काठमाडौं, पुस २९ । सुपरहिट चलचित्र छक्का पन्जाको पाइरेसी गरेको आरोप लागेका युवकले आत्महत्या गरेका छन् । नवलपरासीका २५ वर्षीय कृष्ण सुवेदीले हिजो साँझ राजधानीमा आत्महत्या गरेका हुन् ।
अध्ययनका सिलसिलामा काठमाडौं भिमसेनगोला बस्दै आएका सुवेदीले डेराको फ्यानमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । डेराबाट सुसाइड नोटसेमत फेला परेको छ ।
नोटमा उनले आफ्नो मृत्युबारे कसैलाई दोष नदिन भनेको महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी नवराज कार्कीले जानकारी दिए । कार्कीका अनुसार सुवेदीले आफ्नो बैंक खातामा रहेको एक लाख रुपैयाँ बहिनीलाई दिनु भन्ने लेखेका छन् ।
सुवेदीसहित चारजनालाई महानगरीय प्रहरी परिसर काठमाण्डुले चलचित्र पाइरेसीको आरोपमा पक्राउ गरेको थियो । तर, आरोप गलत भएको भन्दै प्रहरीले छाडेको थियो । यसैबीच मृतकका परिवारले शुक्रबार मुचुल्का गरी शव बुझेका छन् ।