मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

कल्पना बिष्ट थापा,
तुलसीपुर, चैत १७ । आफूले सिकेका कुरा व्यवहारका लागु गर्न र सीप सिकेर दक्ष भई आयआर्जन बृद्धि गर्नतर्फ महिलाहरु लाग्नुपर्ने एक कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिएका छन् । उनीहरुले महिलाहरु आत्मनिर्भर नभई परनिर्भर हुनु पर्दा दुःख पाएकोे बताएका हुन् ।

महिलाहरु कमजोर हुन्छन् भन्ने कुराको अन्त्य गर्ने बेला आएको वक्ताहरुको भनाई छ । तुलसीपुर उपमहानगरपालिकाको आर्थीक सहयोग तथा वाडास्तरिय महिला सञ्जाल वडानम्वर–९ को आयोजनामा बिहीबारबाट सुरु भएको तीन महिने कटाई सिलाई तालिमको उद्घाटन कार्यक्रमा बोल्ने वक्ताहरुले यस्तो बताएका थिए ।

वडाका ३० ओटा टोलबाट गरिव, बिपन्न वर्ग, असहाय र दलित महिलाहरुबाट एक÷एकजनाको प्रतिनिधित्व हुने गरी तालिममा ३० जना महिलाहरुको सहभागी रहेको छ । वडास्तरिय महिला सञ्जालकी अध्यक्ष खीमा केसीको अध्यक्षता तथा वडासचिव गणेश आचार्यको प्रमुख आतिथ्यता र वडा नागरिक मञ्चका संयोजक प्रेम बिकको बिशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

Abroad Study
«
Next
»
Previous