भरतपुर, जेठ १४ । भरतपुर महानगरपालिकामा १ लाख भन्दा बढी मत गणना हुँदा पनि मेयरमा कसले बाजी मार्ला भन्ने अड्कल लगाउन धेरैलाई समस्या भएको छ । अब बाँकी ३ वटा वडाको मत गणना बाँकी छ । समाचार तयार पार्दासम्म नेकपा एमालेका मेयरका उमेदवार देवी ज्ञवाली ११४५ मतले अघि देखिएका छन् ।
उनलाई पराजित गर्न रेणुले बाँकी प्रत्येक वडाबाट करिब ३८५ मतले अग्रता कायम राख्नैपर्ने हुन्छ, जुन अत्यन्त चुनौतिपूर्ण देखिन्छ ।
हुनत नेपाली कांग्रेसको गढ मानिएका वडा भए पनि दाहाललाई सोचेअनुसार कांग्रेस कार्यकर्ताले मतदान गरेको पाइएन । ज्ञवालीले अहिलेसम्म मेयरमा ३९७५० मत प्राप्त गरेका छन् भने दाहालले ३८६०५ मत प्राप्त गरेकी छन् । कांग्रेसको गढ मानिएको वडा नम्बर १८ मा वडाध्यक्षसहित प्यानलमै कांग्रेस विजयी भए पनि मेयरमा दाहाललाई यो वडाबाट कांग्रेसको ६२ प्रतिशत मात्रै मत परेको छ । कांग्रेसको करिब ५ प्रतिशत मत एमालेलाई परेको छ ।
वडाध्यक्षमा दिपक लामा प्यानलसहित नै विजयी भएका हुन् । अब बाँकी १९, २० र २१ नम्बर वडा पनि कांग्रेसको गढ भएकाले अझै पनि आफ्नो पक्षमा मत खस्न सक्ने दाहालको आकलन छ । वडा नम्बर १९ मा जम्मा २८६० मत खसेको छ । शारदानगर, गुञ्जनगर, किरणगंज, लगायतका क्षेत्र त्यो वडामा पर्छन् । त्यसैगरी वडा नम्बर २० अन्तर्गत भिमनगर, सिमलटारी, दद्रेनी लगायतका क्षेत्र पर्छन् । वडा नम्बर २१ मा पार्वतीपुर, मनिपुर लगायतका क्षेत्र पर्छन् । कांग्रेसकै क्षेत्र मानिए पनि अहिलेसम्म उनलाई सोचेअनुसारको मत नआएकाले समस्या पर्दै गएको स्थानीय नेता तथा कार्यकर्ताको भनाई छ ।
१७ र १८ नम्बर वडा पनि कांग्रेसकै वडा मानिएको भए पनि दाहाललाई उल्लेख्य मत आएन । ६, १५ र २५ नम्बर वडाबाट भने दाहाललाई कांग्रेसको राम्रै मत परेको थियो । २९ वटा वडा रहेको भरतपुरमहानरमा १ लाख १२ हजार ७४१ मत खसेको छ ।