दाङ, जेठ ६ । दङाली कम्युनिष्ट आन्दोलनका धरोहर नेत्रलाल अभागीको स्मृति दिवसमा आज घोराहीमा बृहत कार्यक्रम हुने भएको छ । आज परेको अभागीको ३३ औं स्मृति दिवसमा एमालेले बृहत कार्यकर्ता भेला गर्न लागेको एमाले दाङले जनाएको छ ।
आज दिउँशो १२ वजे घोराहीको भरतपुरस्थित नारायण सल्याणी स्मृति भवनमा कार्यक्रम हुन लागेको एमाले दाङका सचिव हिराचन्द्र केसीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रमलाई सम्बोधन गर्न बरिष्ठ नेता माधवकुमार नेपाल, स्थायी कमिटि सदस्य शंकर पोख्रेललगायतका नेताहरु आज दाङ आउँदै हुनुहुन्छ । उहाँले कार्यक्रममा उपस्थित हुन पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुक सबैमा आग्रह गर्नुभएको छ ।