मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

लक्ष्मण बस्नेत
हापुरे जेठ ५ । नेकपा एमाले बबई गाउँपालिकाले अध्यक्ष, उपाध्यक्ष तथा वडा अध्यक्षहरुको टुङ्गो लगाएको छ । नेकपा एमाले बबई गाउँपालिकाले गाउँपालिकाको अध्यक्ष पदमा साबिक पुरन्धारा गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेललाई उठाउने निर्णय गरेको सचिव टंक बिश्वकर्माले जानकारी दिनुभयो ।

गाउँपालिकाको उपाध्यक्ष पदमा जिल्ला कमिटी सदस्य सावित्रा बिश्वकर्मालाई उम्मेदवार बनाउने निर्णय भएको छ । सचिव बिकका अनुसार गाउँपालिकाको वडा नं १ मा खड्कबहादुर कवँर, २ मा प्रेमलाल वली, ३ मा नन्दलाल वली, ४ मा टेकबहादुर वली, ५ मा डम्वरबहादुर श्रीस मगर, ६ मा रामबहादुर डाँगी र ७ मा कृष्णबहादुर चौधरीलाई वडा अध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरिएको छ ।

यस्तै वडा नं १ को महिला सदस्यमा सावित्रा बोहरा, दलित सदस्यमा पूर्णकली बिक, खुला सदस्यमा नन्दलाल वली र कमल घर्ती, वडा नं २ को महिला सदस्यमा लालमती वली, दलित सदस्यमा सुशीला बिक, खुला सदस्यमा चुर्णबहादुर वली र नन्दलाल वली, वडा नं ३ को महिला सदस्यमा पार्वती केसी, दलित सदस्यमा सरस्वती नेपाली, खुला सदस्यमा प्रेमबहादुर थापा र खड्गबहादुर खत्रीलाई सिफारिस गरिएको छ ।

साथै वडा नं ४ को महिला सदस्यमा गौरीकुमारी बोहरा वली, दलित सदस्यमा शान्ता बिक, खुला सदस्यमा रणवीर खत्री र बृजलाल बिक, वडा नं ५ को महिला सदस्यमा कृष्णकुमारी खड्का, दलित सदस्यमा साबित्रा सुनार, खुला सदस्यमा शालिकराम पौडेल र लिलाधर भण्डारी, वडा नं ६ को महिला सदस्यमा गंगाराम सोती, दलित सदस्यमा जसी बिक, खुला सदस्यमा रामबहादुर चौधरी र गोविन्द गौतम र वडा नं  ७ को महिला सदस्यमा रुपा राना, दलित सदस्यमा देवीकुमारी बिक, खुला सदस्यमा लालबहादुर बिक र जगतबहादुर बस्नेतलाई सिफारिस गरेको नेकपा एमाले बबई गाउँपालिका सचिब टंक बिश्वकर्माले जानकारी दिनुभएको छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post