दीपकसंगम थापा,
रुकुम जेठ ८ । चन्दननाथ आधारभूत विद्यालय डाँग्रीचौर मुसिकोटमा अध्ययनरत १५ जना विशेष शिक्षाका बालबालिकाहरुलाई सोमबार शैक्षिक सामग्री पदान गरिएको छ । नेपाल मानव धर्म सेवा समिति शाखा कार्यालय रुकुमले उक्त स्रोत कक्षाका १५ जना सुस्तश्रवण बालबालिकाहरुलाई शैक्षिक सामग्री बितरण गरेको हो ।
सोमबार १५ जना बालबालिकाको आश्रममा पुगेर सामग्री बितरण गरिएको हो । १५ जना बालबालिकाहरुले कापी र कलम पाएका छन् । नेपाल मानव धर्म सेवा समितिको शिक्षित बालबालिका शिक्षित राष्ट्रको शिक्षा अभियान अन्तर्गत उक्त सामग्री वितरण गरेको धर्म समितिका उपाध्यक्ष भिमबहादुर परियारले बताउनुभयो । उक्त कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी पूर्णबहादुर अछामीले सबैको सहयोगले मात्र शैक्षिक क्षेत्रमा टेवा पुग्ने बताउनुभयो ।
कार्यक्रममा मानव धर्म सेवा समितिकी वाचिका करुणा वाइजी, जिल्ला बाल अधिकार अधिकृत मानविर ओली, दीपक अधिकारी, फूलमाया चौधरी, टेकम गौतम, शेरबहादुर ओली, नरेन्द्र अधिकारी, गणेश खड्का, रीता अधिकारी, दशरथ परियारलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता नेपाल अपांग संरक्षणका अध्यक्ष भिमबहादुर डाँगीले गर्नुभएको थियो, भने सञ्चालन डिल्ली पुनले गर्नुभएको थियो ।