मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, जेठ ९ । गर्मीयामसँगै बढेका लामखुट्टे नियन्त्रणका लागि तुलसीपुरका एक समाजसेवीले टोल टोलमा औषधि छर्कन थालेका छन्। तुलसीपुर उपमहानगरपालिका–६ निवासी टोपबहादुर महतराले विभिन्न टोलहरुमा लामखुट्टे मार्ने औषधि छर्कदैं आएका छन्।

उनले यो अभियान जेष्ठको ५ गतेदेखि सुरु गरेका छन्। प्रत्येक सार्वजनिक ठाउं, नालामा लामखुट्टे नियन्त्रणका लागी आफुले एकल प्रयासले यो कार्य गरेको महतराले बताए। दाङमा डेंगु रहेका कारण मानिसहरुमा डेंगु सर्न नदिन लामखुट्टे नियन्त्रण थालेको उनले बताए।

तुलसीपुरको ६ नम्बर वडावाट सुरु गरेको उनको अभियान अहिले तुलसीपुरको ५ नम्बर वडामा केन्द्रित छ। उनले तुलसीपुर बजारभर यो अभियान गर्ने बताए। यो अभियानमा तुलसीपुर उपमहानगरपालिकाले केही मात्रामा औषधि सहयोग गरेको महतराले बताए। महतराले तुलसीपुर लगायत अन्य क्षेत्रहरुमा पनि विभिन्न समाजिक कार्य गर्दै आएका छन्।

विभिन्न कैदी बन्दीका बालबालिकाहरुलाई शिक्षामा सहयोग गरेका छन् भने कारागारका कैदी बन्दीहरुलाई समेत विभिन्न तालिम दिंदै आएका छन्।

Abroad Study
«
Next
»
Previous