बिहान ८ वजे घोराहीस्थित पत्रकार महासंघको भवनमा सुरु हुने कार्यक्रममा उपस्थितिका लागि जिल्लामा क्रियाशील सम्पूर्ण सञ्चारकर्मी, साहित्यकार, पत्रकार महासंघका पूर्व अध्यक्ष तथा सल्लाहकारलगायत अन्य सबैलाई आग्रह गरिएको ।
यसैबीच नेपाल पत्रकार महासंघ दाङ शाखाले प्रदान गर्ने ‘कृष्णसेन स्मृति पत्रकारिता पुरस्कार’ बाट यसवर्ष नेपाल पत्रकार महासंघका केन्द्रीय सभासद उदय जीएम पुरस्कृत हँुदैहुनुहुन्छ । लामो समयदेखि पत्रकारितामा क्रियाशील जीएमलाई पुरस्कृत गर्न लागिएको महासंघ दाङका अध्यक्ष प्रियासनले जानकारी दिनुभयो । ५ हजार राशीको पुरस्कारसहित जीएमलाई सम्मान गर्न लागिएको हो । उक्त पुरस्कारबाट यसअघिका वर्षमा पत्रकार सुशील गौतम र भुवन देवकोटालाई सम्मानित गरिएको थियो ।
