मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, जेठ १३ ।
प्राध्यापक डाक्टर गोविन्द केसीले आजदेखि दाङमा ११ आंै सत्याग्रह सुरु गर्दैहुन्छ । सरकारी चिकित्सा क्षेत्रको सुधारका लागि १० आंै पटक अनसनमा बस्नुभएका डा. केसीले सरकारसँग भएका सम्झौताहरु कार्यान्वयनका लागि दाङबाट दवाव सिर्जना गर्नुहुनेछ । सत्याग्रहका लागि आज बिहान प्रा.डा. केसी दाङ आई पुग्दैहुनुहुन्छ ।

‘शुक्रबार बेलुकासम्म माग पुरा भएन भने सरले भोलि शनिबारबाट अनशन सुरु गर्नुहुनेछ र त्यो यसपटक त्रिवि शिक्षण अस्पतालमा होइन दाङमा हुनेछ’, डा. केसीका सहयोगी डा. सुमन आचार्यले बताउनुभयो । सरकारले यसभन्दा अगाडिको अनसनमा प्रत्येक प्रदेशमा एउटा सरकारी मेडिकल बनाउने भन्ने सम्झौता भए पनि त्यसको स्थापनामा केही चासो नदेखाएको भन्दै  दबाबस्वरुप दाङबाट अनसन सुरु गर्न लागेका सहयोगी डा. आर्चायको भनाई रहेको छ । उहाँले भन्नुभयो, ‘यसभन्दा अगाडिको अनसनमा प्रत्येक प्रदेशमा एउटा सरकारी मेडिकल कलेज स्थापना सम्झौता भएको थियो, अहिलेसम्म सरकारले सो कार्य अगाडि नबढाएको हुँदा सरले दबाबस्वरुप दाङको घोराहीबाट अनशन सुरु गर्न लाग्नु भएको छ ।’

डा. केसीले आफूसँग विगतमा भएका सम्झौताको पूर्ण कार्यान्वयन हुनुपर्ने र सर्वोच्च अदालतका प्रधानन्यायधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग फिर्ता लिनुपर्ने माग अघि सार्नुभएको छ । गत ९ जेठदेखि नै एघारौं अनसन सुरु गर्ने भने पनि अन्तिम समयमा आएर तीन दिन पर्खिनुभएको थियो । तर, राप्ती उपक्षेत्रीय अस्पतालका केडिकल सुपरिटेन्डेन्ट डा. जनार्दन पन्थीले यसबारेमा आफूले विस्तृत जानकारी प्राप्त नगरेको बताउनुभयो । गणतन्त्र दैनिकसँग कुरा गर्दै डा. पन्थीले उहाँको अभियान बारेमा आफूहरुलाई कुनै पनि जानकारी नआएको बताउनुभयो । ‘यसको आधिकारिकता बारेमा हामीलाई कुनै पनि जानकारी छैन’, डा. पन्थीले भन्नुभयो, ‘डा. केसीले फोन गर्नुभएको थियो । म आउँदै छु भनेर भन्नुभयो । शनिबार बिहान आइपुग्नु हुन्छ । बाँकी यस बारेमा मलाई केहि जानकारी छैन ।’

दाङ नै सत्याग्रहका लागि किन ?
नेपालमा तीनवटा सरकारी र १८ वटा निजी मेडिकल कलेजहरु छन् । सरकारी मेडिकल कलेज बढी र निजी मेडिकल कलेजहरु कम हुनुपर्ने आम मान्यता रहे पनि नेपालमा भने निजी मेडिकल कलेजहरु बढि छन् । दुई वर्ष अघिको अनसनमा सरकारसँग सम्झौता भएको थियो । सरकारसँग भएको सम्झौता अनुसार दाङमा सरकारी मेडिकल कलेज खोल्ने भनिएको थियो । पाँच वर्षभित्र सबै प्रदेशमा मेडिकल कलेज निर्माण गर्ने सम्झौता अनुसार दाङमा पनि त्यो आयोजना सुरु हुनुपर्ने थियो । तर, अहिलेसम्म मेडिकल कलेज निर्माण बारे कुनै पनि प्रक्रिया अगाडि बढ्न सकेन । सबैभन्दा पहिले दाङमा मेडिकल बनाउने सम्झौता रहेको थियो । बरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कालो धनलाई सेतो बनाउन लागिएको बि एण्ड सी कलेजलाई सम्बन्धन दिने प्रयास गरेको देखियो ।

सुदूरपश्चिममा सरकारी मेडिकल कलेज खोल्ने भनिएको थियो । त्यसलाई पनि रोकेर शेरबहादुर देउवाले अर्को मेडिकल कलेजलाई सम्बन्धन दिनुपर्ने पक्षमा उभिए । ‘सरकारी मेडिकल कलेज खोल भनेर हामीले भन्दा पनि उनीहरुले भन्नुपर्ने हो’, डा. केसी भन्नुहुन्छ, ‘यो अवस्थाको अन्त्यका लागि पटक पटक लड्नुपरेको छ । यिनै नेताहरुले अर्बौं कमाउन सरकारी मेडिकल कलेज रोकेका छन् । दाङमा पहिले नै खोल्ने भनिएको थियो । तर, निजी मेडिकल कलेज खोल्न दौडधुप गरेर त्यहाँ खोल्न नदिने षडयन्त्र गरियो ।’

सरकारसँग भएको सम्झौता अनुसार दाङमा पहिलो मेडिकल कलेज सञ्चालन गर्नुपर्ने अनुसार डा. केसी दाङबाटै दवाव दिन चाहनुभएको छ । यो ठाउँमा पहिले नै मेडिकल कलेज बन्नुपर्ने तर अहिलेसम्म किन बन्न सकेन भनेर उहाँले सरकारलाई प्रश्न गर्न खोज्नुभएको छ । त्यहाँका जनतासँग ऐक्येवद्धता जनाउन खोजेको भन्दै माग पूरा भएपछि मात्रै आफू फर्किने योजनामा केसी रहनुभएको छ ।

Abroad Study
«
Next
»
Previous