दाङ, जेठ १३ । राप्ती साहित्य परिषद्को १३ आंै अधिवेसन तथा ४१ आंै स्थापना दिवस आजबाट सुरु हुने भएको छ । अधिवेसन तथा स्थापना दिवसको सम्पूर्ण तयारी सकिएको राप्ती साहित्य परिषद्ले बताएको छ ।
आज र भोलि गरी दुई दिनसम्म घोराहीमा सञ्चालन हुने अधिवेसन तथा स्थापना दिवसमा परिषद्का शाखाहरुबाट समेत सहभागिता हुने भएको छ । राप्ती साहित्य परिषद्को साविक राप्ती अञ्चलको पाँचै वटा जिल्लामा यसको शाखा रहेका छन् ।
अधिबेसन तथा स्थापना दिवसको पहिलो दिनको कार्यक्रमअन्तर्गत पुरस्कार बितरण तथा सम्मानको कार्यक्रम रहेको परिषदका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिनुभयो । घोराहीस्थित नेपाल पत्रकार महासंघको सभाहलमा मध्यान्ह १२ वजे हुने पुरस्कार वितरण तथा सम्मानको कार्यक्रममा उपस्थितिका लागि सम्पूर्णलाई आग्रह समेत गर्नुभएको छ । त्यस्तै अधिवेसन राप्ती साहित्य परिषद्कै सभाहलमा हुनेछ । १४ गते आइतबार बिहान ७ वजेदेखि अधिवेसन सुरु हुने परिषद्ले बताएको छ ।