नवीन अभिलाषी,
दाङ, जेठ १३ । घोराही उपमहानगरपालिका वडानम्वर ५ धर्नाका विवेक बुढाथोकी चर्चामा आउन नसकेका मोडल तथा कलाकार हुनुहुन्थ्यो । केहि वर्ष पहिलेसम्म राजनीतिको बारेमा अनविज्ञ बुढाथोकी नेकपा एमालेमा प्रवेश गरेको करिव दुई वर्षको हाराहारी मात्रै भएको छ । तर, स्थानीय तहको निर्वाचन पश्चात् उहाँको नाम वडाध्यक्षका रुपमा चर्चामा आयो ।
साविक धर्ना गाविस एक वर्ष अगाडि नेकपा एमालेको कमजोर ईलाका हो । कुनै–कुनै समयमा आयोजित कार्यक्रमहरुमा एउटा बस पनि कार्यकर्ताले भर्न मुस्किल हुन्थ्यो एमालेलाई । तर, विवेक बुढाथोकी एमालेमा प्रवेश गरेसँगै धर्नामा एमालेप्रति लहर पैदा भयो । नेकपा एमालेले सञ्चालन गरेको मेची–महाकाली अभियान कार्यक्रममा धर्नाबाट मात्रै ९ वटा बसमा कार्यकर्ता लिएर विवेक जब लमही पुगे त्यसपछि कांग्रेस एक किसिमले ‘तर्सियो’ । यसअगाडि धर्ना नेपाली कांग्रेसको अखडा हो । २०५४ सालमा धेरै स्थानमा नेकपा एमालेले जीतको झण्डा फहराउँदा पनि धर्नामा नेपाली काँग्रेसले जीत छोडेको थिएन ।
काँग्रेसको ईलाकामा एमालेकै दवदवा बनाउने बुढाथोकीलाई स्थानीय तहको निर्वाचनका लागि एमालेले वडाध्यक्षको टिकट दिएको छ । वडा अध्यक्षको उम्मेदवारका रुपमा चुनावी कार्यक्रममा व्यस्त बुढाथोकी एक किसिमले काँग्रेसको तारो बन्दै गइरहनुभएको थियो । यहि क्रममा विवेकमाथि भएको कांग्रेस निकट युवा कार्यकर्ताहरुको आक्रमणले घोराही उपमहानगरपालिका ५ को एमालेलाई थप बलियो बनाएको छ ।
असुरक्षित धर्ना
अहिले नेकपा एमालेको पकटमा रहेको धर्ना क्षेत्र केहि वर्ष पहिलेसम्म नेपाली काँग्रेसको एरियाका रुपमा चिनिन्थ्यो । काँग्रेसको गुण्डागर्दीले धर्ना समयसमया चर्चामा आउने क्षेत्र पनि हो । त्यसको कारणका रुपमा काँग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्का हुनुहुन्छ । काँग्रेसको केन्द्रकै प्रभाव पार्नसक्ने खुमबहादुरको एरिया हो–धर्ना । यसकारणले पनि धर्ना बेलाबेलामा असुरक्षित रहेको धर्नाबासीले महसुस गर्छन् ।
यसलाई प्रहरीले पुष्टि गर्छ । प्रहरीको अध्ययनमा स्थानीय तहको निर्वाचनका लागि त झन् धर्ना क्षेत्र अत्यन्तै जोखिमयुक्त क्षेत्र हो । धर्ना, रामपुर, हापुर क्षेत्र निर्वाचनका क्रममा हनु सक्ने आपराधिक गतिविधिलाई प्रहरीले सुष्म रुपले हेर्दै आएको छ । स्थानीय तहको निर्वाचनको उम्मेदवार बुढाथोकीमाथि भएको आक्रमणले धर्नाको सुरक्षा चुनौति स्पष्ट भएको छ । प्रशासनलाई सुरक्षामा चुनौति दिँदै काँग्रेस कार्यकर्ताहरुले विवेक बुढाथोकी माथि आक्रमण गरेका छन् ।
घटनाको नालीबेली ?
रातको ११ वजेको थियो । विवेकले खाना खाइसक्नुभएको थियो । खानापछि चुनावी माहोल र भइरहेका गतिविधिहरुको बारेमा छलफलका लागि विवेक धर्नास्थित वसन्तपुरमा रहेको राम कटेजमा पुग्नुभएको थियो । विवेकलाई भेट्न कांग्रेस निकट गुण्डा घोराही उपमहानगरपालिका–७ शुक्रबारका विनय वली टाइगर, मेघराज चौधरी पनि सोही कटेजमा पुगेका थिए ।
सामान्य कुराकानीकै क्रममा कांग्रेसका युवाहरुले खुकुरी र पेस्तोल देखाएपछि विकेक बाहिर निस्के । पिछा लाग्ने गरेका कांग्रेस युवाहरुदेखि डराउनुभएका विवेक भाग्नुभयो । भाग्दाभाग्दै लडेका विवेकमाथि फलामको रड प्रहार भएको नेकपा एमाले घोराही उपमहानगरपालिकाका ईञ्चार्ज विवेक श्रेष्ठले जानकारी दिनुभयो । आक्रमणबाट बुढाथोकीको खुट्टा भाँचिएको छ । प्रहरीले बुढाथोकीको घोराहीको राप्ती उपक्षेत्रीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि कोहोलपुर रिफर गरिएको छ ।
आक्रमण गर्नेहरु अहिले फरार छन् । उनीहरुको खोजी कार्य जारी रहेको वडा प्रहरी घोराहीका वडाप्रहरी प्रमुख सूर्य थापाले बताउनुभयो । त्यहाँ गोली चलेको भनि दाबी गरिए पनि प्रहरीको प्रारम्भिक अनुसन्धानले त्यस्तो नदेखाएको पनि थापाको भनाई छ । तर, कांग्र्रेसले यो घटनामा आफ्नो कुनै संलग्नता नरहेको र सो घटनामा सलग्नलाई कानुनी दायरामा ल्याएर कारबाही गर्नुपर्ने बताएको छ ।