मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

तुलसीपुर, बैशाख २९ । तुलसीपुरका व्यापारी रत्नबहादुर वलीको अवस्था दश दिन बितिसक्दा पनि अज्ञात रहेको छ । यहि बैशाख १९ गतेदेखि सम्पर्क बिहिन भएका वलीको खोजीमा सहगोग गरिदिन जिल्लाका सहकारी कर्मीहरुले आग्रह गरेका छन् ।

जिल्ला सहकारी संघ, तुलसीपुर नगरस्तरिय सहकारी सञ्जाल, हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था र सहयोगी बचत तथा ऋण सहकारी संस्थाले बिहीबार छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै वलीको खोजी गरी सत्यतथ्य विवरण सार्बजनिक गर्न माग गरेका हुन् । जिल्ला सहकारी संघका अध्यक्ष गोविन्द शर्मा र सचिव कृष्णप्रसाद शर्माले जारी गरेको विज्ञप्तिमा दश दिनदेखि बेपत्ता वलीको खोजीनीति गरी सत्यतथ्य विवरण सार्वजनिक गर्न माग गर्दछौं भनिएको छ । साथै विज्ञप्तिमा बेपत्ता वलीको खोजीमा सहयोग गरिदिन पत्रकार, मानवअधिकारवादीलगायत सबैलाई आग्रह गरिएको छ ।

त्यस्तै नगरस्तरिय सहकारी सञ्जालका संयोजक हेमराज गौतमले जारी गरेको विज्ञप्तिमा पनि वलीको खोजी गरिदिन सम्बन्धित निकायलाई आग्रह गरिएको छ । वली नगरस्तरिय सहकारी सञ्जालका सल्लाहकार हुनुहुन्छ । त्यस्तै सहयोगी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कर्णबहादुर वली र सचिव दुर्गाबहादुर खड्काले जारी गरेको विज्ञप्तिमा सहकारी अभियान्ता वली दश दिनदेखि बेपत्ता हुँदा प्रहरी प्रसासनले खोजतलासमा कम चासो दिएको उल्लेख छ ।

विज्ञप्तिमा व्यक्ति एकाएक बेपत्ता हुनु, उहाँले प्रयोग गरेको मोटरसाइकल व्यवारिसे भेटिनु र लामो समयसम्म सम्र्पकमा नआउँदा परिवार तथा आफन्त पीडामा डुवेको भन्दै वलीको खोजी गरी सत्यतथ्य बाहिर ल्याउन प्रहरी प्रशासनसँग जोडदार माग गर्दछौं भनिएको छ । यस्तै हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले पनि विज्ञप्ति जारी संस्थाका शेयर सदस्य रत्नबहादुर वलीको बारेमा अनुसन्धान गरी सत्यतथ्य विवरण बाहिर ल्याउन आग्रह गर्नुभएको छ ।

तुलसीपुर ५ न्युरोडमा आरके सप्लायर्स सञ्चालन गर्दै आएका वलीले प्रयोग गर्दै आएको मोटरसाइकल घोराहीमा व्यवारिसे अवस्थामा फेला परे पनि उहाँ दश दिनदेखि सम्पर्क विहिन हुनुभएको छ । यता जिल्ला प्रहरी कार्यालय दाङले भने घटनाको विषयमा अनुसन्धान जारी रहेको बताएको छ । कड डिटेल झिकाएर अनुसन्धान सुरु गरिएको र अहिलेसम्मको अनुसन्धानबाट केही भन्न नसकिने जिल्ला प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले बताउनु भयो ।

Abroad Study
«
Next
»
Previous