मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

शरद रेग्मी 
तुलसीपुर, बैशाख २९ । तुलसीपुर उद्योग वाणिज्य संघद्वारा अधिवक्ता एवं व्यवसायी प्रविण लम्साल र पूर्व उपाध्यक्ष एवं तुलसीपुरका प्रतिष्ठित व्यवसायी खगेन्द्रप्रसाद पोख्रेललाई मानार्थ सदस्यता प्रदान गरेको छ । संघको बिहीबार बसेको कार्यसमितिको नियमित बैठकले संघमा दश वर्ष भन्दा बढी सेवा गरेको भन्दै संघको विद्यान बमोजिम मानार्थ सदस्यता प्रदान गर्ने निर्णय गरेको हो ।

संघका अध्यक्ष विमल रिजालको अध्यक्षतामा बसेको बैठकले वर्तमान कानुनी सल्लाहकार लम्साल र अर्का सल्लाहकार पोख्रेललाई संघको मानार्थ सदस्यता प्रदान गरेको हो । त्यस्तै बैठकले व्यवसायी रत्नबहादुर वली एकाएक बेपत्ता भएपछि मर्कामा परेका तुलसीपुरका व्यवसायीहरुको गुनासो बढेपछि विभिन्न सरोकारवालासँग कसरी अगाडि बढ्ने भन्ने विषयमा समेत छलफल भएको छ ।

सो अवसरमा वलीको अवस्थाका बारेमा सत्यतथ्य पत्ता लगाउन सबैसँग अनुरोध गर्ने समेत बैठकमा छलफल भएको थियो । बैठकमा वरिष्ठ उपाध्यक्ष विरु रावत, उपाध्यक्ष सुदिप श्रेष्ठ, पूर्व अध्यक्ष हेमन्त रिजाल, सल्लाहकार सुरेश हमाल, प्रेस सल्लाहकार शरद रेग्मी, कोषाध्यक्ष ललित जंग शाह, सहकोषाध्यक्ष डिल्लीबहादुर वलीलगायतले आ–आफ्नो धारणा राख्नु भएको थियो । बैठकको सहजीकरण सचिव मिनराज भण्डारीले गर्नुभएको थियो । 

Abroad Study
«
Next
»
Previous