दाङ, जेठ ८ । ४ वर्षपहिला स्वर्गद्वारी दर्शनका लागि आएका नवलपरासीका उद्धव पौडेललाई यहाँ २ दिन बिताउनसमेत मुश्किल भयो । त्यस्तै, काठमाडौं महानगरपालिका वडा न २ मा बस्दै आएका डिल्लीराज र कमला आचार्यको सपरिवार यहाँ १ साता लामो भ्रमण लिएर आए पनि उनको परिवार २ दिन बसेर फिर्ता भयो । पौडेल र आचार्य मात्रै होइन, यहाँ दर्शनका लागि भन्दै लामो बिदामा आउनेहरू भ्रमण दिनभन्दा धेरै अगाडि फिर्ता भएका घटना धेरै छन् ।
तर, झण्डै ५ वर्षपछि १ दिने भ्रमणका लागि भन्दै स्वर्गद्वारी आएका डिल्लीराज र कमला आचार्यको जोडी ३ दिनसम्म प्यूठान बसे । बसाइको समयमा उनीहरूले स्वर्गद्वारीबाट देखिने धौलागिरि, नीलगिरि, माछापुच्छे,अन्नपूर्ण, मनास्लुजस्ता हिमशृङ्खलाको दृश्य–अवलोकन मात्रै होइन, मन्दिरमा २५ हजारको अक्षकोषसमेत स्थापना गरेका छन् । कारण हो बदलिँदो परिवेशसँगै स्वर्गद्वारीमा बस्नका लागि रोजेअनुसारका होटल हुनु । पछिल्लो समयमा स्वर्गद्वारी मन्दिर दर्शनका लागि आउने दर्शनार्थी तथा पर्यटकलाई केन्द्रित गरी स्थापना गरिएका होटलहरूको सङ्ख्यासँगै गुणस्तरसमेत वृद्धि भएपछि स्वर्गद्वारी आउने भक्तजन तथा पर्यटकको प्यूठान बसाइ लम्बिँदै गएको छ ।
‘पहिलो पटक स्वर्गद्वारी आउँदा खान र बस्नका लागि समेत समस्या भएको थियो,’ नवलपरासीका उद्धव पौडेलले ५ वर्षपछि दर्शन गर्न आउँदा मन्दिरको आधार शिविर भिगृमा भने, ‘होटलहरूको समस्या अब अन्त्य भए छ ।’ उनले खान र बस्नका लागि समस्या समाधान भएको भन्दै अर्को पटक सपरिवार आउने बताए । हिजोआज स्वर्गद्वारी मन्दिरको आधार शिविर भिगृ तथा आश्रमपरिसरमा पनि नयाँनयाँ होटलहरू खुल्दै आएका छन् । त्यस्तै, यहाँका होटलहरूमा गुणस्तरसमेत वृद्धि हुँदै गएको सेवाग्राहीले बताउन थालेका छन् ।
जिल्लाबाहिर तथा विदेशबाट आउने दर्शनार्थीहरूले गुणस्तर र आफूअनुकूलको वातावरण खोज्ने भन्दै मन्दिरका कोठारी वासुदेव भट्टराईले होटलहरू स्थापना र गुणस्तर वृद्धि भएसँगै स्वर्गद्वारीमा आउने दर्शनार्थीहरू बस्ने दिन लम्बिएको बताए । ‘दैनिक २ सयसम्म भक्तजन र पर्यटकहरू स्वर्गद्वारी आउने गर्छन्,’ उनले भने, ‘तीमध्ये अधिकांश १ दिन मात्रै यहाँ बस्ने गरेका थिए तर अहिले धेरै दिनसम्म बस्ने गरेका छन् ।’ त्यस्तै, स्वर्गद्वारी मन्दिरमा पनि सुविधासम्पन्न धर्मशालाहरू स्थापना भएपछि पर्यटकहरूलाई बस्न र खानाका लागि सहज भएको छ । सुविधायुक्त धर्मशाला, होटलहरू स्थापना भएपछि स्वर्गद्वारी आश्रममा दर्शनार्थीहरू बस्ने दिन लम्बिँदै गएको स्वर्गद्वारी आश्रमका कोठारी प्रमुख भट्टराईले जानकारी दिए ।
मन्दिरलाई लक्षित गरी अहिले भिगृमा ९ करोडको लगानीमा होटल स्वर्गद्वारी दर्शन प्रालि स्थापना भएको छ । स्थानीय टेकराज भण्डारीले सञ्चालनमा ल्याएको उक्त होटलमा होटलमा ३ सयदेखि ३ हजार ५ सयसम्मका कोठा तथा सेवा सुविधाहरू उपलब्ध रहेका छन् ।
जिल्लामा पछिल्लो क्रममा होटलहरू स्थापना हुने दर वृद्धि भएसगै गुणस्तरमा समेत वृद्धि भएको होटल व्यावसायी महासङ्घ प्यूठानका अध्यक्ष चन्द्रलाल न्यौपानेले जानकारी दिए । ‘पछिल्लो १ वर्षमा मात्रै प्यूठान र स्वर्गद्वारी केन्द्रित होटलमा ५० करोड लगानी भएको छ,’ उनले भने– ‘जिल्लामा आउनेहरूले अब होटलका कारण दुःख पाउने दिन सकिए ।’
भिगृबाट स्वर्गद्वारीसम्म जानका लागि केबुलकार, बर्जिवाङको चाल्नेटारमा विमानस्थल र स्वर्गद्वारीको धनवाङको ‘होम स्टे’ का कारण यहाँ गुणस्तरीय होटलहरू स्थापना हुने क्रम बढ्दो छ । जिल्लामा अहिले साना तथा ठूला गरी ५ सय ६० भन्दा धेरै होटल स्थापना भएका छन् । स्थापना भएका होटलहरूमध्ये पछिल्लो समय स्वर्गद्वारी केन्द्रित होटलहरूमा लगानी बढ्दो रहेको छ ।
शमशेरविक्रम जिसी/अभियान