दाङ, जेठ ८ । दाङको देउखुरी उपत्यकामा रहेका लमही नगरपालिकाको मेयर र राप्ती गाउँपालिकाको प्रमुखको टिकट नेपाली कांग्रेसले क्रमशः जोगराज चौधरी र प्रकाश चौधरीलाई दिने भएको छ ।
स्रोतका अनुसार लमही नगरपालिकाबाट कांग्रेसका नेता जोगराज चौधरीलाई टिकट दिने अन्तिम तयारी भएको छ । राप्ती गाउँपालिकाको प्रमुखमा कांग्रेसले प्रकाश चौधरीलाई टिकट दिने तयारी भएको छ ।
राप्ती गाउँपालिका र लमही नगरपालिकामा टिकटका आकंक्षीहरू धेरै भए पनि कांग्रेसका शीर्ष नेताहरू प्रकाश र जोगराजप्रति लचक देखिएका छन् । स्थानीय तहको निर्वाचनको दोस्रो चरणको कार्यक्रम सुरु हुनै लाग्दा कांग्रेसले आफ्नो पकड रहेको राप्ती गाउँपालिका र लमही नगरपालिकामा यी दुई नेतालाई टिकट दिने तयारी गरेको हो ।
जोगराज र प्रकाश कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्का निकटका मानिन्छन् । जोगराज र प्रकाश ती स्थानीयस्तरमा लोकप्रिय नेताका रुपमा चिन्छिन् । राप्ती गाउँपालिकाबाट प्रमुखको टिकट पाउन लागेका प्रकाश चौधरीका बाबु श्रीनारायण चौधरीलाई सशस्त्र द्वन्द्वका बेला माओवादीका कार्यकर्ताहरूले हत्या गरेका थिए । पछि सरकारले श्रीनारायण चौधरीलाई शहीद घोषणा गरेको थियो ।