तुलसीपुर, बैशाख १९ । क्लिन तुलसीपुर ग्रीन तुलसीपुर सरसफाईअन्तर्गत मंगलबार ३७ औं हप्ताको सरसफाई गरिएको छ । मंगलबारको अभियानमा बजारका पाँच वटै लाइनको एकै साथ सरसफाई गरिएको सरसफाई अभियानका संयोजक एवं तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिमल रिजालले जानकारी दिनुभयो ।
सरसफाईको उद्घाटन ईलाका प्रहरी कार्यलय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश चन्द्र गुप्ताले सरसफाई सम्बन्धी नारा लगाएर गर्नुभएको थियो । सरसफाईमा ४ सय बढि म्यादी प्रहरीको सहभागीता रहेको संयोजक रिजालले जानकारी दिनुभयो । एकैपटक पाँचवटै लाईनको सरसफाई गर्दा आठ वटा फोहर बोक्ने साधन पनि प्रयोग गरिएको थियो । पाँच वटा ट्रेक्टर, ट्रेक्टर व्यवसायी समितिले सहयोग गरेको थियो, भने थप तीनवटा तुलसीपुर उप–महानगरपालिकाका साधनहरु प्रयोग गरिएको क्लीन तुलसीपुर, ग्रीन तुलसीपुर सरसफाई अभियानका संयोजक रिजालले जानकारी दिनुभयो ।
तुलसीपुर उद्योग वाणिज्य संघका सचिव मिनराज वलीले सञ्चालन गरेको कार्यक्रमको समापन तुलसीपुर होटेल व्यवसायी समितिका अध्यक्ष टेकराम खड्काले गर्नुभएको थियो ।
