शरद रेग्मी,
दाङ, जेठ ११ ।
आगामी जेठ ३१ गते हुने स्थानीय तह निर्वाचनमा मतदाताको उत्साहजन सहभागिता कसरी जुटाउने र बदर मत न्यूनीकरण कसरी गर्ने भन्ने सवालमा तुलसीपुरमा अन्तत्र्रिmया कार्यक्रम गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले कार्यक्रम आयोजना गरेको हो ।
पहिलो चरणको निर्वाचनमा १० प्रतिशत भन्दा बढी मत बदर भएको र मतदाता शिक्षा प्रभावकारी हुन नसकेको व्यापक गुनासो बढेको हुँदा जिल्ला निर्वाचन कार्यालयले वदर मतको संख्या कसरी घटाउन सकिन्छ भन्ने सवालमा सरोकारवालासँग छलफल एवं अन्तत्र्रिmया गर्दै आएको छ । उसले जिल्लाका लमही, घोराही र तुलसीपुर क्षेत्रमा राजनीतिक दल, नागरिक समाज, पत्रकार, अधिकारकर्मी र सर्वसाधारणको उपस्थितिमा यस्तो अभिमुखीकरण कार्यक्रम गर्दै आएको छ ।
दाङका निर्वाचन अधिकारी बिजयकुमार कार्कीका अनुसार ७ गते घोराही, ८ गते लमही र बुधबार १० गते तुलसीपुरमा मतदाता शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । यो अभिमुखीकरण कार्यक्रममा मतदान गर्नु भन्दा पहिला, मतदानको समय र मतदानपछिको अवधिमा अपनाउनुपर्ने सर्तकता बारेमा जानकारी दिने गरिएको छ । निर्वाचनमा उत्साहजनक सहभागिता जुटाउन, निर्वाचन मर्यादित र बिश्वसनिय बनाउन निर्वाचन यस्तो गरिएको हो । यही कार्यक्रममा निर्वाचन आचार सहिंता, स्थानीय तहमा गरिएको व्यवस्था, उम्मेदवार र मतदातामाथिको उजुरी र कारबाहीका व्यवस्थालगायतका विषयमा समेत निर्वाचन अधिकारीलगायतका व्यक्तिहरुले जानकारी दिने गरेका छन् ।
दाङ जिल्लामा कुल २ लाख ९१ हजार १ सय ७३ जना मतदाता छन् । जसमध्ये घोराही उप–महानगरपालिकामा ७८ हजार ४ सय २७, तुलसीपुर उप–महानगरपालिकामा ७६ हजार ८ सय ९३, लमही नगरपालिकामा २४ हजार ९ सय ३६, बंगलाचुली गाउँपालिकामा ११ हजार ४ सय ७, दंगीशरण गाउँपालिकामा १३ हजार ४ सय २३, शान्तिनगर गाउँपालिकामा १५ हजार ६ सय १, राप्ती गाउँपालिकामा २२ हजार ९ सय ५,गढवा गाउँपालिकामा २१ हजार ७१ र राजपुर गाउँपालिकामा १० हजार ४ सय २३ जना मतदाता रहेका जिल्ला निर्वाचन अधिकारी कार्कीले जानकारी दिनुभयो ।
कार्यक्रममा मतपत्रको आकार, संकेत र मतदान गर्दा अपाउनुपर्ने सावधानीका बारेमा निर्वाचन कार्यालयका नायव सुव्वा गेहेन्द्र कुँवरले जानकारी दिनुभएको छ । उक्त कार्यक्रम नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मीको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सहजीकरण निर्वाचन कार्यालय दाङका कर्मचारी शोभाखर उप्रेतीले गर्नुभएको थियो ।