घोराही, जेठ ११ । नयाँ शक्ति नेपाल दाङले बुधबार घोराही उपमहानगरपालिकासहीत विभिन्न ५ स्थानीय तहमा आफ्नो उम्मेदवारी घोषणा सार्वजानिक गरेको छ । नेपाल पत्रकार महासंघ दाङको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो पार्टीले उम्मेदवारी घोषणा सार्वजनिक गरेको हो ।
‘अबको निकास आर्थिक विकास, समृद्धि सम्भव छ, हाम्रै पालामा’ भने मुल नारालाई आत्मसाथ गर्दै आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेको पार्टीकोतर्फबाट घोराही उपमहानगरपालिकाको मेयरमा उठ्नुभएका जगत पुन मगरले बताउनुभयो । जसअनुसार घोराही उप–महानगरपालिको प्रमुख र उप–प्रमुखका लागि जगत पुन मगर र निर्मला विकलाई उम्मेदवार बनाएको छ ।
त्यस्तै राजपुर गाउँपालिकाको प्रमुखमा मिश्रीलाल गुप्ता, बबई गाउँपालिका प्रमुखमा लोकेन्द्र शेरपाइली, शान्तिनगर गाउँपालिकाको प्रमुखमा खम्वु जैसी, उप–प्रमुखमा सीमा वली, वडानम्वर २ को वडाध्यक्षमा छविलाल वली, ३ मा रुद्र केसी र वडानम्वर ६ मा हर्क नेपाली रहनुभएको छ । त्यस्तै राप्ती गाउँपालिका प्रमुखमा नन्दकुमार चौधरी र उप–प्रमुखमा भुमि गुरुङ रहनुभएको छ ।
घोषित उम्मेदवारहरुले विकास र समृद्धिका लागि आफूहरुले काम गर्ने भन्दै जिताउन आग्रह समेत गरेका थिए । कार्यक्रमको सहजीकरण नयाँ शक्ति नेपालका जिल्ला संयोजक नारायण भट्टराईले गर्नुभएको थियो । सो अवसरमा नयाँशक्ति नेपालका केन्द्रिय अभियन्ता धिरज सेर्पाइलीले पार्टीले गरिरहेका गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो ।