मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

ओमप्रकाश गुप्ता,
सिसहनिया जेठ १३ । सांसद सुशीला चौधरीले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा राम्रो सक्षम, योग्य तथा विकासप्रेमी उम्मेदवार छनौट गरी मतदान गर्न आम नागरिकहरुलाई आग्रह गर्नुभएको छ । सत्गौवा थारु समाज संघको १२ औं साधारण तथा अधिवेशनको शनिबार राप्ती गाउँपालिका–८ पिपरीमा उद्घाटन गर्दै चौधरीले यस्तो बताउनुभएको हो ।

कार्यक्रमकी प्रमुख अतिथि समेत रहनुभएकी सांसद चौधरीले थारुहरु अझै पनि हरेक तह तप्काबाट पछाडि परेको बताउँदै थारुहरुको उत्थान र पहिचानका लागि पनि अबको निर्वाचनमा पार्टी भन्दा व्यक्ति छनौट गर्ने बेला आएकाले कसैको लोभ लालच र डर धम्कीमा नपरी सही उम्मेदवार चिन्ने बेला भएकाले सचेत हुन आग्रह समेत गर्नुभयो । एक अर्को प्रसंगमा सांसद चौधरीले पछिल्लो समय यता थारुहरुको रीतिरिवाज, धर्म, संस्कृति, चाडपर्व, भेषभुषा हराउँदै जान थालेकोमा चिन्ता व्यक्त गर्दै त्यसको संरक्षणका लागि युवा पिढीले ध्यान दिनुपर्ने सुझाव दिनुभएको छ ।

संघका अध्यक्ष खड्कबहादुर सत्गौवाको अध्यक्षतामा भएको सभामा वार्षिक प्रगति प्रतिवेदन संघका सचिव रामप्रसाद सत्गौवा र आर्थिक प्रतिवेदन संघका कोषाध्यक्ष भिमलाल सत्गौवाले प्रस्तुत गर्नुभएको थियो । संघकी उपाध्यक्ष कुशुम सत्गौवाको स्वागत मन्तव्यबाट सुरु भएको सभामा सत्गौवा समाज संघका सल्लाहकारहरु बामदेव सत्गौवा, झावेन्द्र सत्गौवा, समाजसेवी तथा बुद्धिजीवीहरु नन्दकुमार सत्गौवा, गणेशकुमार सत्गौवा, संघका सदस्य जंगबहादुर सत्गौवा, पूर्व सदस्य सुवर्णमान सत्गौवा, डा. अम्रिस सत्गौवा, इञ्जिनियर विजयदेव सत्गौवा, शंकर मावि पिपरीका प्रधानाध्यापक रामकुमार चौधरी र पत्रकार ओमप्रकाश गुप्तालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा सत्गौवा समाज संघमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै डा. अम्रिस सत्गौवा र इञ्जिनियर विजयदेव सत्गौवालाई सम्मान पत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो, भने ७ जना जेष्ठ नागरिकहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रमको बीच बीचमा विभिन्न नृत्यहरु समेत देखाइएको थियो । कार्यक्रमको सञ्चालन संघका सचिव रामप्रसाद चौधरीले गर्नुभएको थियो ।

Abroad Study
«
Next
»
Previous