मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

सन्तोषकुमार गुप्ता,
भालुवाङ, जेठ १३ । पूर्व सभासद् तथा राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले सरकारले जसलाई पनि सहिद घोषणा गर्ने परिपाटीकै कारण मुलुकको आमुल परिवर्तनका मृत्युवरण गर्नुभएका इच्छुकले योगदान, बलिदानी र बिचार ओझेलमा परेको बताउनुभयो ।

इच्छुक स्मृतिपार्क निर्माण समिति भालुवाङले शनिबार इच्छुकको पुख्र्यौली घर भालुवाङ पुल्चोक बजारको राप्ती नदीपारी अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका–५ सातामारामा आयोजना गरेको सहिद पत्रकार तथा साहित्यकार कृष्णसेन इच्छुकको १५ औं स्मृति दिवस समारोहमा बोल्दै नेपालीले आफूलाई सांस्कृतिक परिवर्तनका बाहक क्रान्तिकारी कम्युनिष्ट पार्टी भन्न रुचाउनेहरु सत्तामा पुग्दा मौलिक नेपाली भाषा माथि बिचल्न ल्याउन लागेकै इच्छुकको साहित्य माथि अपमान भएको बताउनुभयो ।

इच्छुक भारतीय सेनाको लाहुरेको छोरो भएर पनि कम्युनिष्ट साहित्यकार भएकै कारण ज्यान गुमाउँदा पटक–पटक कम्युनिष्ट पार्टी भन्नेहरुको सरकार बन्दा पनि इच्छुकको हत्यारालाई कारबाही हुन नसक्नु ठूलो बिडम्बना भएको उहाँले बताउनुभयो । पार्क निर्माण समितिका संयोजक भिमार्जुन सुवेदीको अध्यक्षतामा भएको स्मृति दिवसमा बोल्ने अन्य वक्ताहरुले सहिद साहित्यकार तथा पत्रकार स्वर्गीय कष्णसेन इच्छुकको बिचारलाई सबै दलका नेताहरुले साझा विचार बनाएरका रुपमा आत्म साथ गरेर अघि बढ्नसके मात्र उहाँलाई सच्चा सम्मान मिल्ने बताएका छन् ।

उनीहरुले बाल्य अवस्थादेखि नै इच्छुक अत्यन्तै मिलनसार, सहयोगी र मिहिनेती भएकाले अहिलेका वर्तमान नेता, कार्यकर्ताहरुसँगै सबैले पाठ सिक्नुपर्ने बताएका थिए । इच्छुकको सम्मानका लागि इच्छुक स्मृति पार्क निर्माण कार्यको सोच अत्यन्तै आवश्यक तथा स्वागत योग्य विषय भएको भए पनि अहिलेसम्म कुनै पनि निर्माण कार्य अघि नबढाउनु दुःखद् भएको समेत वक्ताहरुले बताएका थिए । पार्क निर्माणबाट इच्छुकका रचना तथा कृतिको संरक्षणमा गर्न सहयोग पुग्ने बताउँदै वक्ताहरुले त्यसका लागि गठित पार्क निर्माण समिति सक्रियताका साथ तत्काल निर्माण प्रक्रिया अघि बढाउन आग्रह समेत गरेका थिए । उनीहरुले पार्क निर्माणका लागि स्थानीयस्तरदेखि राष्ट्रियस्तरबाट समेत आवश्यक पहल गर्न आग्रह गरेका थिए ।  

इच्छकुको बगैँचा तथा जग्गा संरक्षक विष्पुरा घर्तीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा इच्छुकका बालसखी सहपार्टी दामोदर भण्डारीले इच्छुकका जीवनी प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा साहित्यकार धर्मराज बैरागी, समितिका सदस्य तथा नेकपा एमालेका जिल्ला सदस्य किरण भण्डारी, नेकपा माओवादीका केन्द्रका जिल्ला सदस्य तथा राप्ती गाउँपालिका प्रमुख पदका उम्मेदवार श्यामेश चौधरी, नेपाल कम्युनिष्ट पार्टीका भिमप्रकाश पुन, साहित्यकारहरु कृष्ण गिरी, जीवराज शर्मा, शरद शर्मा र पुरुषोत्तम आचार्यलगायतका वक्ताले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन पार्क निर्माण समितिका सचिव नारायण शर्माले गर्नुभएको थियो ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post