दाङ, जेठ १३ । दाङमा मेडिकल कलेज स्थापना गर्नेलगायतका माग राख्दै अनसन बस्नका लागि दाङको घोराही आइपुग्नुभएका डाक्टर गोविन्द केसीको अनसन स्थल फेरिएको छ । आफ्नो एघारौं अनसन राप्ती उपक्षेत्रीय अस्पतालमा बस्न लाग्नुभएका डाक्टर केसी अब सिरडि साई मन्दिर घोराहीमा अनसन बस्नु हुनेछ ।
डाक्टर केसीको अनसनमा अवरोध गर्न आज बिहान सर्कुलर जारी गरेको अस्पताल प्रशासन अन्ततः आफ्नो योजनामा सफल भएको छ । आईसियुको अभाव देखाउँदै अनसन रोक्ने मागसहित आज बिहान प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेलाई गुहार्न पुगेको अस्पताल प्रशासनले सौचालयको समस्या देखाउँदै अस्पतालमा बस्ने भनिएको डाक्टर केसीको अनसन स्थल परिवर्तन गर्न सफल भएको छ ।
आफ्ना माग पुरा नहुँदासम्म काठमाडौं नफर्कने भन्दै दाङ आइपुग्नुभएका डाक्टर गोविन्द केसीले भोलि दिउँशो २ वजेसम्मका लागि अनसन रोक्नुभएको छ । स्वास्थ्यमन्त्री गगन थापाले भोलि २ वजेसम्मका लागि समय माग गरेपछि आज अपरान्ह ४ वजेबाट सुरु गर्ने भनिएको अनसन भोलिसम्मका लागि रोकिएको डा. केसीका सहयोगी डा. सुमन आचार्यले जानकारी दिनुभयो ।
दाङ नै सत्याग्रहका लागि किन ?
नेपालमा तीनवटा सरकारी र १८ वटा निजी मेडिकल कलेजहरु छन् । सरकारी मेडिकल कलेज बढी र निजी मेडिकल कलेजहरु कम हुनुपर्ने आम मान्यता रहे पनि नेपालमा भने निजी मेडिकल कलेजहरु बढि छन् । दुई वर्ष अघिको अनसनमा सरकारसँग सम्झौता भएको थियो । सरकारसँग भएको सम्झौता अनुसार दाङमा सरकारी मेडिकल कलेज खोल्ने भनिएको थियो । पाँच वर्षभित्र सबै प्रदेशमा मेडिकल कलेज निर्माण गर्ने सम्झौता अनुसार दाङमा पनि त्यो आयोजना सुरु हुनुपर्ने थियो । तर, अहिलेसम्म मेडिकल कलेज निर्माण बारे कुनै पनि प्रक्रिया अगाडि बढ्न सकेन । सबैभन्दा पहिले दाङमा मेडिकल बनाउने सम्झौता रहेको थियो । बरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कालो धनलाई सेतो बनाउन लागिएको बि एण्ड सी कलेजलाई सम्बन्धन दिने प्रयास गरेको देखियो ।
सुदूरपश्चिममा सरकारी मेडिकल कलेज खोल्ने भनिएको थियो । त्यसलाई पनि रोकेर शेरबहादुर देउवाले अर्को मेडिकल कलेजलाई सम्बन्धन दिनुपर्ने पक्षमा उभिए । ‘सरकारी मेडिकल कलेज खोल भनेर हामीले भन्दा पनि उनीहरुले भन्नुपर्ने हो’, डा. केसी भन्नुहुन्छ, ‘यो अवस्थाको अन्त्यका लागि पटक पटक लड्नुपरेको छ । यिनै नेताहरुले अर्बौं कमाउन सरकारी मेडिकल कलेज रोकेका छन् । दाङमा पहिले नै खोल्ने भनिएको थियो । तर, निजी मेडिकल कलेज खोल्न दौडधुप गरेर त्यहाँ खोल्न नदिने षडयन्त्र गरियो ।’
सरकारसँग भएको सम्झौता अनुसार दाङमा पहिलो मेडिकल कलेज सञ्चालन गर्नुपर्ने अनुसार डा. केसी दाङबाटै दवाव दिन चाहनुभएको छ । यो ठाउँमा पहिले नै मेडिकल कलेज बन्नुपर्ने तर अहिलेसम्म किन बन्न सकेन भनेर उहाँले सरकारलाई प्रश्न गर्न खोज्नुभएको छ । त्यहाँका जनतासँग ऐक्येवद्धता जनाउन खोजेको भन्दै माग पूरा भएपछि मात्रै आफू फर्किने योजनामा केसी रहनुभएको छ ।