मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, बैशाख ११ । दुई दिनसम्म घोराहीमा चलेको नेवारहरुको छाता संगठन नेवाः दय् दवूको महाधिवेसनले २७ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । नरेशकुमार ताम्राकारको अध्यक्षतामा २७ सदस्यीय नयाँ नेतृत्व चयन गरिएको हो ।

जस्को उपाध्यक्षमा कृष्ण उदास प्रदेश एक, शंकरराम श्रेष्ठ प्रदेश दुई, चन्द्रलाल राजभण्डारी प्रदेश ३, शंकरनारायण श्रेष्ठ प्रदेश चार, दीपककुमार श्रेष्ठ प्रदेश पाँच, मिलन श्रेष्ठ प्रदेश नम्वर छ र एककुमार श्रेष्ठ प्रदेशनम्वर ७ रहनु भएको छ । त्यस्तै सदस्यहरुमा माइलाबाबु द्यौला, शान्त श्रेष्ठ, बसन्ता श्रेष्ठ, सत्यनारायण डंगोल, अनिल मास्के, महेन्द्र लिंगल रहनुभएको छ भने महिला सदस्यहरुमा यशोदादेवि श्रेष्ठ, निर्मला श्रेष्ठ, लक्ष्मी शाक्य, सीता श्रेष्ठ, रश्मीला प्रजापती, सुन्दरी श्रेष्ठ रहनु भएको छ ।

त्यसैगरी प्रदेश सदस्यहरुमा कमल श्रेष्ठ, घनश्याम श्रेष्ठ, हरिकुमार श्रेष्ठ, देवेन्द्रकुमार श्रेष्ठ, त्रिरत्नलाल शाक्य, खगेन्द्रबहादुर श्रेष्ठ र विकाश श्रेष्ठ रहनु भएको छ । साथै महाधिबेसनले दाङ घोषणापत्र समेत जारी गरेको छ । नेवारहरुको भाषा, कला, संस्कृतिलाई विश्वभर प्रचारप्रसार गर्दै नेवार समुदायको पहिचानलाई अविछिन्न राख्दै नेवारहरुप्रति बिगतदेखि हँुदै आएको विभेद अन्त्यका लागि माग गरेको छ ।

राज्यको हरेक निकायमा समाबेशी, समानुपातिक प्रतिनिधित्व र पहिचान स्थापना गर्ने कार्यमा संसारका विभिन्न कुनामा छरिएर रहेका नेवारहरुलाई संगठित हुन आह्वान गरेका छन् ।
सिन्धुपाल्चोक, बैशाख ९/ स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोकमा ११ राजनीतिक दल पार्टीले मात्र दलीय चुनाव चिन्ह पाएका छन् । चुनावी प्रयोजनको लागि जिल्ला निर्वाचन कार्यालयमा २० दल दर्ता छन् । आजको नागरिकमा खबर छ ।

समानुपातिक मतका आधारमा संसदमा प्रतिनिधित्व गर्ने दललाई क्रमसँख्या १ देखि ११ सम्म र लहरका चिन्ह छुट्याइएको छ । ११ देखि २० क्रमसंख्यासम्मको लहरका चिन्ह जिल्लामा दर्ता भएका तर संसद्मा प्रतिनिधित्व नगर्ने दलका लागि व्यवस्था गरिएको छ । उनीहलाई फरक फरक चिन्ह दिइएको छ ।

आयोगले स्वतन्त्र उम्मेदवारलाई दिएका चुनाव चिन्ह निकै रोचक छन् । जानको पात, सियोधागो, हुप, सुई, बाँदर, भ्यागुतो, गंगटो, चल्ला, ढिकी, बिरालो, छुरा, दाह्री काट्ने मेसिन लगायत धेरै चिन्ह मतदातालाई हँसाउने खालका छन् ।
गोकर्ण पौडेल,
दाङ, बैशाख ३ ।
नेकपा एमालेका पुराना नेता नेकपा एमालमै फर्किनुभएको छ । २०५४ सालको  मध्यावधिक निर्वाचनमा माले क्षेत्र नम्बर ३बाट चुनाव लडेका केसी पछिल्लो समय नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुनुहुन्थ्यो । नेकपा एमाले दाङले  आइतबार तुलसीपुरमा आयोजना गरेको घर फर्क अभियान स्वागत एवम सम्मान कार्यक्रममा केसी पुन एमालेमै आएको घोषणा गर्नुभएको थियो । दाङको सन्देश समूहका एक हस्ती केसीले माओवादी केन्द्रमा वैचारिक विचलन आएका कारण पुरानै घरमा फर्किएको बताउनुभएको हो ।

 केन्द्रमा आर्थिक भ्रष्टीकरण बढेको , तानाशाही प्रवृत्ति बढेको उहाँद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । कार्यक्रममा बोल्दै नेता केसीले विगतमा आफूबाट एमालेलाई विश्वास घात गरेर ठुलो गल्ती गरेको बताउनुभएको थियो । साथै केसीले सबैको सहयोग र साथले नेकपा एमालेले २०५४ सालको स्थानीय निकायको निर्वाचनजस्तै देशभर सफलता प्राप्त गर्ने बताउनुभएको थियो । कार्यक्रममा बोल्दै स्थायी कमिटी सदस्य शंकर पोख्रेलले देशको समृद्वि र विकासका लागि स्थानीय तहको निर्वाचनमा बामपन्थीहरु विजयीका साथै एकताको आवश्यकता रहेको बताउनुभएको थियो ।

 कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पोख्रेलले निर्वाचन आयोग र सुरक्षा निकाय समेत तयार हुदा सरकार नै निर्वाचनबाट डराएर भाग्नु लज्जास्पद विषय रहेको बताउनुभएको थियो । नेता पोख्रेलले मधेशी मोर्चामै समस्या रहेकाले मधेशको समस्या यथावत् रहेको बताउनुभएको थियो । एमालले मधेशका समस्या समाधान गर्न  सकेन भनेर सत्ता परिवर्तन गरेका माओवादी केन्द्र र  नेपाली काग्रेसको सरकार समेत असफल भएको टिप्पणी गर्नुभएको थियो । अतिवादी , जातिवादी सोच र अराजनीतिक क्रियाकलापले स्वयम नेपाली काग्रेसलाई नै अहित हुने बताउनुभएको थियो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पाटी पाच नम्बर इन्चार्ज तुलसा केसी समेत एमालेमै फर्किनुभएको छ । उहाँको साथ साथै जिल्लामा रहेका पाटी सहित सम्पूण जनवर्गीय संघ संगठनहरु समेत एमालेमै विलय भएका छन् । कार्यक्रममा बोल्दै नेतृ केसीले अब देशको विकासको बाटो एमाले नै अघि बढाउने बताउनुभएको थियो । कार्यक्रममा नेपाल कम्युनिष्ट पाटीका संस्थापक टीकाराम धितालले एकजुट भएर सम्पूर्ण नेपालीहरुको समस्या समाधान गर्नुपर्ने बेला आएको बताउनुभएको थियो ।कार्यक्रममा विभिन्न पाटी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका थिए ।कार्यक्रममा वैकल्पिक पोलिट्व्युरो सदस्य भागवत विश्वासी, केन्द्रीय सदस्यहरु मेटमणी चौधरी, शान्ता चौधरी लगायतका नेताहरुको सहभागिता  रहेको थियो ।

 नेकपा एमाले दाङका अध्यक्ष टीकाराम खडकाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।  जिल्ला उपाध्यक्ष हुकुम बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमका सञ्चालन सचिव हिराचन्द्र केसीले गर्नुभएको थियो ।

एजेन्सी, भदौ १४  । जिउँदो मुसाको टाउको टोकेर यसको भिडियो फेसबुकमा हालेको निहुँमा एक २५ वर्षिय अस्ट्रेलियन पुरूषलाई सय घन्टाको जेल सजाय सुनाइएको छ ।

‘म्याड म्याट’ का नामले पनि चिनिने मालोनीले ब्रिस्वेन मजिस्ट्रेट अदालतमा आफ्नो अपराध स्वीकार गरेका छन् । उनले मुसालाई बाकसबाट निकालेर टाउको टोकेको भिडियो हजारौं पटक हेरिएको छ । यो दृश्य अनलाइनमा राखिएपछि यसले ठूलो आक्रोश पैदा गराएको थियो । भिडियो हेर्नेहरूले उनलाई पागल भएको बताएका छन् । 
काठमाडौं भदौ ९ । सहरमा राखिएको ‘आची’ चोरिएपछि नगरपालिकालाई झण्डै तिन लाख रुपैयाँभन्दा धेरै घाटा लागेको छ । आखिर नगरपालिकाले नै सफा गर्नुपर्ने सहरको आची चोरले चोर्दा त उल्टै नगरपालिकालाई हाइसन्चो हुनुपर्ने हो । बढार्नुपर्ने कसिंगर हावाले उडाइदिएजस्तै हुनुपर्ने पो हो । तर यस्तो भएन, स्पेनको टोरेलोडोन्स नगरपालिकालाई ।

सहरमा ठड्याइएको भिमकाय कुकुरको आची अज्ञात चोरले चोर्दा नगरपालिकालार्य २४ सय युरो घाटा लागेको छ । यथार्थमा त्यो वास्तविक आची थिएन । सहरमा घरमा कुकुर पाल्ने मान्छेहरुलाई आफ्नो कुकरलाई यत्रतत्र दिसा नगराउन र दिसा गरिहालेमा पनि सफा गर्न जनचेतना जगाउनका लागि नगरपालिकाले महंगोमा खरीद गरेको हावा भरेको दिसा आकारको ठूलो आकृति थियो त्यो ।

तिन मिटर अग्लो त्यो फुलिने आचीको तौल नै ३० किलो थियो ।
कुकुरधनीलाई जनचेतना जगाउने अभियानलाई निकै सफल बनाउन सहयोग गरेको उक्त आची हराएपछि चिन्तामा परेका नगरपालिकाका अधिकारीहरुले आची निर्मातालाई अर्को आची तयार गरिदिन अर्डर गरिसकेका छन् ।

नगर काउन्सिलर एन्जेल गुइराओका अनुसार कृत्रिम आचीमार्फत सुरु गरिएको अभियान भव्य रुपमा सफल भैरहेको थियो । नगरपालिकाले उक्त भिमकाय आचीसँगै सहरका विभिन्न ठाउँमा कुकुरको आचीजस्तै देखिने कंक्रिटका डाल्ला पनि राखिदिएको छ । ती कंक्रिटका डल्लासँगै एउटा सन्देश पनि लेखिएको हुन्छः यो सँगै बस्नका लागि एउटा ठूलो अवरोध हो । यदि तपाइँको  पनि कुकुर छ भने हामीलाई सहयोग गर्नुस् ।
जिवनमा मायाप्रेम तथा विश्वास भन्दा ठूलो कुरा केही हुँदैन र मायाप्रेमका अगाडि सुनचाँदी र हिरामोतीको कुनै अर्थ रहँदैन भन्ने आदर्शमय कुरा धेरैले गर्छन् । तर यस्तो आदर्शलाई घाममा सुकाइदिने काम गरेकी छिन् चीनकी एक युवतीले । दक्षिण पश्चिमी चीनको चेंग्दू सहरकी एक युवतीले हिराको औँठी सानो भएको भन्दै आफ्नै ब्वायफ्रेण्डले राखेको विवाहको प्रस्ताव अस्विकार गरेकी छिन् ।

विशेष समारोहबीच विवाहको प्रस्ताव गर्न ठीक्क परेका प्रेमीले आफ्नो लागि उपहारको रुपमा ल्याएको हिराको औँठी सानो भएको निहुँमा उनले युवकको बिहे प्रस्तावलाई लात हानेकी हुन् । युवकले हिराको औँठीको साथ युवतीलाई प्रपोज गर्ने र कुरो प्रपोजल समारोहलाई रमाइलो बनाउनका लागि सांगितिक समूह समेत तयार पारेका थिए । सांगितिक समूहले सहरको चोकमा नाचगान प्रस्तुती पनि गरेको थिए ।

आफ्नो ब्वाइफ्रेण्डले आफ्नो खुसीका लागि यति धेरै गरेको देखेर सुरुमा त युवतीका आँखाबाट आँशु खसे । तर जब युवकले प्रपोज गर्ने बेलामा उनलाई औँठी लगाइदिन खोजे तब युवतीले तत्कालै आफ्नो हात खोसिन् । औँठी सानो भएको भन्दै उनी युवकको विवाह प्रस्तावलाई लत्याउँदै त्यहाँबाट हिँडिन् ।

पहिले कुराकानीका क्रममा एक क्यारेटको हिराको औँठी लिएर आउने समझदारी भएपनि केटाले सानो औँठी ल्याएर आफुलाई झुक्याएको युवतीको गुनासो छ । यो घटनाका बारेमा चिनिया सोसल साइटमा खुबै चर्चा भइरहेको छ र धेरैले युवतीलाई आलोचना गरेका छन् ।
पुस ७ । मुस्लिम देश साउदी अरबमा हालै महिलालाई मताधिकारका साथै चुनावमा उमेद्धार बन्ने अधिकार दिइयो र त्यहाँको स्थानीय चुनावमा केही महिला उमेद्धारले जित समेत हासिल गरे । इतिहासमा पहिलो पटक साउदीमा महिला नेता बने ।

न्युजिल्याण्डले १८९३ मै प्रदान गरेको यो महिला अधिकार साउदी महिलाले बल्लतल्ल सिमित रुपमै भएपनि प्राप्त गरे । तर अहिलेपनि साउदी अरबमा महिलामाथि ठूलो विभेद छ र कडा मुस्लिम कानून अनुसार महिलालाई विभिन्न विषयहरुमा बन्देज लगाइएको हुन्छ । लोकतान्त्रिक मुलुक वा अन्य धर्म मान्ने देशका महिलाहरुले सदियौँदेखि उपभोग गर्दै आएका अधिकार साउदी महिलाले अहिलेसम्म पनि उपयोग गर्न पाएका छैनन् ।
 साउदी महिलाले अहिलेसम्म पनि गर्न नपाएका ५ काम यस्ता छन्ः
-साउदी अरबमा महिलाहरुले आफ्नो नाममा बैंक अकाउण्ट खोल्न पाउँदैनन् ।
-महिलाहरुलाई आफ्नो पुरुष अभिभावकको अनुमति विना घुम्न, आधिकारिक व्यवसाय संचालन गर्न तथा आफ्नो सरीरको स्वास्थ्य चेकजाँच गर्न समेत निषेध छ ।
-साउदी महिलाले बुर्का नलगाइकन बाहिर हिड्न पाउँदैनन् । महिलाले बाहिर हिँड्दा सरीरको आँखा र हात मात्र देखाउन पाउँछन् अरु सबै अंग छोप्नैपर्छ ।
-सार्वजनिक स्थानमा परिवार वा आफन्त बाहेकको पुरुषलाई भेट्न महिलाले पाउँदैनन् । यसलाई सकासंचालन गरिरहेका छन् र बेलाबेलामा गाडी चलाएर विरोध प्रदर्शन समेत गर्दछन् । – एजेन्सीको सहयोगमा
दाङ/ ४ दिनको मायाप्रेम अनि वर्षौँको पर्खाइ । यस्तो त फिल्म तथा साहित्यमा देख्न, पढ्न पाइन्छ । हाचिको डग नामक फिल्ममा एउटा कुकुरले आफ्नो मृत मालिकलाई नाट्यघर बाहिर वर्षौँ सम्म कुरिरहेको र अन्तिममा सोही ठाउँमा कुकुर मरेको दुखान्त दृश्य हेर्नुभएकै होला ।  तर किताब र काँचको पर्दामा मात्र होइन साँच्चीकै यथार्थमा पनि यस्तो हुँदोरहेछ । यो दुनियामा एकजना यस्ता व्यक्ति छन् जसले पछिल्लो २० वर्षदेखि लगातार आफ्नी प्रेमिकालाई पर्खिरहेका छन् ।


आजभन्दा २० वर्ष पहिले एक जना युवतीले ती पुरुषसँग प्रेम गरिन् अनि छिटै फर्किन्छु र तिमीसँगै डेटिंगमा जान्छु भनेर बाचा गरेर गइन् । आहजी नामका ती पुरुष अहिलेपनि ताइवानको शिबुया रेल स्टेशन बाहिर उनै प्रेमिकाको पर्खाइमा बसिरहेका छन् ।

हचिको नामकी युवतीसँग उनको रेलयात्राकै क्रममा भेट भएको थियो । अनि दुइबीचमा रेलभित्रै मायाप्रेम बस्यो । दुबैजनाले फेरि भेट्दा डेटिंगमा जाने बाचा गरे र त्यसका लागि भेट्ने ठाउँ तय गरियो शिबुया रेल स्टेशन ।
बाचा अनुरुप तोकिएको दिनमा आहजी रेल स्टेशनमा पुगे तर उनकी प्रेमिका हचिको भने पुगिनन् । प्रेमिका आउने इन्तजारमा उनी रेल स्टेशनमा बसिरहे । उनी थाकेका छैनन् र ती बाचा गर्ने प्रेमिका आउने आशा मारेका छैनन् ।

एकदिन उनी अवश्य आउनेछिन् भन्ने विश्वास गरेका छन् उनले । ती क्षणभरकी मनकी रानीको पर्खाइमा उनले जिवनका २० वर्ष खेर फालिसकेका छन् र सबैकुरा त्याग गरेका छन् । उनका घर परिवारका सदस्यहरुले रेल स्टेशनमा उनलाई बेलाबेलामा खानेकुरा ल्याइदिन्छन् । लत्ताकपडा ल्याइदिन्छन् र घर फर्किनका लागि विन्तीभाउ गर्छन् ।

तर उनले आफ्नो चोखो मायाका खातिर सबै कुरालाई अस्विकार गर्दै आएका छन् । उनी भिखारीको जिवन जिइरहेका छन् र अरुको दयाको भरमा उनको प्राण धानिएको छ । तर प्रेमिका हचिको फर्किएपछि सबै कुरा बदलिने र आफ्नो जिन्दगीले नयाँ मोड लिने अपेक्षा उनको छ ।