मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, जेठ १५ । दाङमा चुनाव प्रचार समूहमाथि हातपात भएको छ । नयाँ शक्ति पार्टी नेपाल दाङको प्रचार प्रसार समुहमाथि हातपात भएको हो ।

प्रचार प्रसारमा हिडेको टोलीमाथि चार जनाको समुहले आईतबार बसपार्कबाट हातपात गर्नुका साथै प्रचार सामाग्रि लुटेर लगेका छन् । हिजो दिउसो ११ बजे तिर नयाँ शक्ति दाङका संयोजक नारायण भट्टराई, तुलसीपुर उपमेयरका उम्मेदवार शान्ता रिजाल, तुलसीपुर महानगरपालिकाका संयोजक मोहन सिंह वली, तुलसीपुर उपमहानगरपालिकाका संयोजक तथा वडा अध्यक्षका उम्मेदवार सुरेन्द्र प्रकाश चन्दलगायतको समुहलाई हातपात गरेको संयोजक भट्टराईले जानकारी दिए ।

संयोजक भट्टराईका अनुसार आफुहरुलाई बिप्लप समुह बताउने समुहले आफुहरुमा माथि अभ्रद ब्यबहार गरेको बताए । यसैबीच नयाँ शक्ति दाङले घटना प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । आईतबार संयोजक नारायण भट्टराईले एक प्रेस बिज्ञप्ती जारी गरी दोषीलाई तत्काल कारबाहीको माग समेत गरेका छन् ।

दाङ, जेठ १४ । इस्लाम धर्मावलम्बी मुसलमानको रमजान पर्व शनिबारदेखि सुरु भएको छ । इस्लामी पात्रो हिजरी संवत्अनुसार नवौं महिना ‘रमजानल मुबारक’ मा विश्वभरका इस्लाम धर्मावलम्बी मुसलमान एक महिनासम्म रोजा (व्रत) बस्छन् । आठौं ‘साबान’ महिनाको अन्तिम दिनमा आकाशमा चन्द्रमा उदाएपछि रोजा बस्न सुरु हुन्छ ।

इस्लामका पाँच आधार स्तम्भ इमान (आस्था), नमाज (प्रार्थना), हज (तीर्थ), जकात (दान) र कल्मामध्ये रोजा (व्रत) एक खम्बा हो । अरू महिनाका तुलनामा ‘रमजानल मुबारक’ महिनालाई मुसलमानले पवित्र महिनाका रूपमा विश्वास गर्छन् ।

दाङ, जेठ १४ ।
राप्तीका साहित्यकारहरु दाङमा भेला भएका छन् । राप्ती साहित्य परिषद्को १३ आंै अधिवेसन तथा ४१ आंै स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा राप्तीका पाँचै जिल्लाका साहित्यकारहरु दाङमा भेला भएका छन् । राप्ती साहित्यको विकासक्रमलाई उनीहरुले समीक्षा गर्दै यसको प्रभावको मूल्याङ्कन गरेका छन् ।

नेपाली समाजको परिवर्तनका लागि साहित्यले पु¥याएको योगदानको बारेमा चर्चा गर्दै उनीहरुले साहित्यको साखलाई बचाई राख्नका लागि हाम्रै समाजका विषयहरु लेख्न आबस्यक रहेकोमा जोड दिएका छन् । साहित्यको मुलधारमा आएको परिवर्तनले नेपाली समाजमा समेत प्रभाव पार्ने भन्दै साहित्य आफैमा संवेदनशील क्षेत्र रहेको उनीहरुको भनाई रहेको छ ।

दाङसहित प्यूठान, रोल्पा, सल्यान र रुकुमका साहित्यकारहरु सहभागी छन् । राप्ती साहित्य परिषद्को पहिलो दिनको कार्यक्रमअन्तर्गत शनिबार पुरस्कार वितरण तथा सम्मान कार्यक्रम र कवि गोष्ठी भएको छ । शनिबार दिउँसो नेपाल पत्रकार महासंघ घोराहीको सभाहलमा सुरु भएको पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा सहभागी भएका साहित्यकारहरु शनिबार बेलुका राप्ती साहित्य परिष्दमा कवि गोष्ठी गरी रचना बाचनको रसस्वादन गरेका छन् ।

परिषद्का अध्यक्ष पुरुषोत्तम खनालको अध्यक्षता तथा संस्थापक अध्यक्ष नारायण गुरुको प्रमुख आतिथ्यता र बरिष्ठ साहित्यकार गिरिराज शर्माको विशिष्ठ आतिथ्यतामा सुरु भएको पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा परिषद्ले वितरण गर्ने पुरस्कारहरु स्रष्टालाई वितरण गरिएको थियो । यो वर्ष राप्ती साहित्य परिषद्मा स्थापना गरिएका १७ वटा पुरस्कारहरु वितरण गरिएको पुरुषोत्तम खनालले जानकारी दिनुभयो ।

यसवर्षको राप्ती साहित्य पुरस्कार डा. नेत्र एटमलाई प्रदान गरिएको छ, भने राप्ती सिर्जना पुरस्कार श्रीधर पौडेललाई प्रदान गरिएको छ । त्यस्तै नन्दहरी साहित्य पुरस्कार कुलराज राजभण्डारी, विष्णु नुमा साहित्य पुरस्कार विमला डाँगी विकलतालाई, डोमादेवि साहित्य पुरस्कार लोक आलोकलाई, ऋषि लक्ष्मी साहित्य पुरस्कार अर्जन पौडेललाई, देविचन्द्र साहित्य पुरस्कार गोपाल भुसाल अभिलाषीलाई, अपामुकुन्द प्रज्ञा पुरस्कार सूर्य विसीलाई, गोपाल चन्द्र प्रज्ञा पुरस्कार प्रद्युम्न पोख्रेललाई र गोमादेवि कला पुरस्कार कमला भारतीलाई प्रदान गरिएको छ ।

यस्तै हरिप्रसाद मीना पाण्डेय कला साहित्य पुरस्कार रेशम विसीलाई, खोपीलाल हुकुमादेवि छन्द पुरस्कार सिर्जना शर्मालाई, पण्डीतकपिल मुनी भक्तकुमारी शिवाकोटी स्मृति पुरस्कार लिला गम्भीर थारुलाई, पद्मप्रसाद रुपसाप्रज्ञा पुरस्कार प्रकाश केसीलाई, तिलका तुल्सीराम आचार्य स्मृति साहित्य पुरस्कार डा. मधुसुदन लामिछानेलाई, चक्रपाणी लक्ष्मी स्मृति छन्द पुरस्कार डिल्लीराज श्रीधरलाई, तिलसरी दल अतिरिक्त पुरस्कार भावेश भुमरीलाई प्रदान गरिएको छ ।

यस्तै प्युठानमा बसेर लामो समयदेखि राप्ती क्षेत्रको साहित्यिक विकास र सिर्जनाको क्षेत्रमा महत्वपूर्ण योगदान गर्नुको साथै राप्ती साहित्य परिषद्मा पुरस्कार समेत स्थापना गर्नुभएको बरिष्ठ साहित्यकार भुपेन्द्र सुवेदीलाई अभिनन्दन समेत गरिएको थियो । कार्यक्रमको सहजीकरण राप्ती साहित्य परिषद्का सचिव रमेश सुवेदीले गर्नुभएको थियो ।

यसैबीच राप्ती साहित्य परिष्दको १३ आंै अधिवेसन तथा ४१ आंै स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रमअन्तर्गत शनिबार बेलुका कवि गोष्ठी समेत भएको छ । राप्ती साहित्य परिषद्को सभाहलमा टम्म भरिएका राप्तीका साहित्यकारहरुले आफ्ना सिर्जनाहरु सुनाएका थिए । राप्ती साहित्य परिषद् रुकुम शाखाको आयोजना तथा पञ्चरत्न शिविरको स्थानीय व्यवस्थापनमा कार्यक्रम आयोजना गरिएको थियो ।


दाङ, जेठ १४ । घोराही उपमहानगरपालिका वडानम्वर ७ मा कांगे्रस र एमाले बीच कडा टक्कर हुने भएको छ । दुवै पार्टीमा राजनीतिक तथा सामाजिक क्षेत्रमा अगुवाई गरिरहेको उम्मेदवार तोकेपछि तीब्र प्रतिष्पर्धा देखिएको हो ।

अहिले उक्त वडामा नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य भिमप्रकाश खड्का र एमाले नेता खोपिराम चौधरीले वडाध्यक्षमा टिकट पाउनुभएको छ । चौधरीलाई एमालेले सर्वसम्मत वडाध्यक्षमा अगाडि सारेको छ, भने कांग्रेसबाट खड्कासहीत एक दर्जनले वडाध्यक्षमा दावि गरेका थिए । अन्ततः कांग्रेसले वडानम्वर ७ मा खड्कालाई टिकट दिएको छ ।

कांग्रेसका खड्का सामुदायिक वनको आन्दोलन नेतृत्व गरी अहिले सामुदायिक वन उपभोक्ता महासंघको केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ, भने एमालेका चौधरी पनि सामाजीक क्षेत्रमा क्रियाशील व्यक्ति हुनुहुन्छ । दुवैले पार्टीले टिकट दिएपछि जीत्ने दावीसमेत गर्नुभएको छ । एमाले नेता चौधरीले आफूले सामाजिक क्षेत्रको नेतृत्व गर्दै काम गरिरहेको बताउँदै वडा अध्यक्ष भएर त्यस क्षेत्रमा सामाजिक सेवा गर्ने इच्छा व्यक्त गर्नुभयो । उहाँले अहिले सौडियारमा रहेको अस्थायी वडा कार्यालयलाई सोही स्थानमा स्थायी वडा कार्यालय बनाउने पहिलो आफ्नो मिसन रहेको बताउनुभयो ।

उहाँले त्यस क्षेत्रको आर्थिक विकासका लागि सर्रा–सौडियार जोड्ने बाटो पिच हुनुपर्ने भन्दै त्यो पनि आफ्नो अर्काे मिसन भएको बताउनुभयो । चौधरी गैर सरकारी क्षेत्रमा पनि नेतृत्व गर्दै अघि बढिरहनुभएको छ । गैरसरकारी क्षेत्रमा चौधरीको नाम अग्रपङ्तिमा आउने गर्दछ । चौधरीकै पहलमा साविक सौडियारमा विभिन्न वडाहरु आर्थिक आयआर्जनका विभिन्न कार्यक्रमहरु पनि सञ्चालन भइरहेका छन् । चौधरी मिलनसार र सहयोगी मानिनुहुन्छ ।

त्यस्तै कांगे्रसका नेता खड्काले सबैको सहयोग भएमा आफूले स्थानीय निर्वाचन जित्ने दावि गर्नुभयो । त्यस क्षेत्रमा कांग्रेस बलियो रहेको भन्दै वडाध्यक्ष बनेर त्यस क्षेत्रको विकास गर्ने आफ्नो उद्देश्य रहेको बताउनु भयो । सामाजिक र राजनीतिक क्षेत्रलाई एकैसाथ अगाडि बढाउनु भएका खड्का सबैसामु परिचित नै हुनुहुन्छ । जनभावना अनुसार आफू काम गर्न तयार रहेको भन्दै पार्टीले आफुलाई नै टिकट दिने विश्वास उहाँले व्यक्त गर्नु भयो ।

साविक सौडियार गाविसमा खड्का कांग्रेसका पुराना, सिनियर, सबैसँग मिल्ने खुवी भएका र अत्यन्तै सहयोगी नेताकारुपमा चिनिनुहुन्छ । क्षेत्रनम्वर ३ बाट कांग्रेस नेता खड्काले सभासदमा समेत दावी गर्नुभएको थियो । यता नेकपा माओवादी केन्द्रले वडानम्वर ७ मा बुद्धिप्रकाश चौधरीलाई उठाएको छ । समाचार गणतन्त्र दैनिकले छापेको छ ।

दाङ, जेठ १३ । नेपाली कांग्रेसको भातृसंगठन नेपाल दलित संघ दाङ क्षेत्र नं. ४ ले तुलसीपुर उपमहानगरपालिकाको मेयर, उपमेयर र वडाध्यक्ष जस्ता महत्वपूर्ण प्रमुख पदमा पार्टीले दलितलाई उम्मेदवारको छनोट नगरेको भन्दै घोर आपत्ती जनाएको छ ।

नेपाल दलित संघ क्षेत्रनम्वर ४ का उपाध्यक्ष रमेश विश्वकर्मा र सचिव किरण विश्वकर्माले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीले दलित संघमा आबद्ध कुनै पनि दलितलाई प्रमुख पदका लागि उम्मेदवार छनोट नगरेप्रति घोर आपत्ती जनाएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै तुलसीपुर उपमहानगरपालिका वडानम्वर ७ का जुझारु, कर्मठ र क्षमतावान योग्य नेता नेपाल दलित संघका केन्द्रीय सदस्य जोगेन्द्र विश्वकर्मालाई पार्टीले वडाध्यक्ष पदको उम्मेदवार नदिएको र उहाँको स्थानमा अर्को व्यक्तिको नाम छनोट गरेको भन्दै उक्त निर्णय पार्टीले तत्काल फिर्ता नलिए नेपाल दलित संघ क्षेत्रनम्वर ४ ले पार्टीको कुनै पनि गतिविधिमा सहभागिता र सहयोग नगर्ने विज्ञप्तिमार्फत् जानकारी गराइएको छ ।
सुशील बस्नेत,
दाङ, जेठ १३ । जेठ ३१ हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र बिश्वसनीय बनाउन पत्रकारहरुको महत्वपूर्ण भूमिका हुने नेपाल प्रेस युनियनले शनिबार तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । प्रेस युनियनको २६ औं स्थापना दिवसको अवसरमा तुलसीपुर स्थित वीपी चोकमा शान्ति दीप प्रज्ज्वलनपछि आयोजीत कोण सभामा बोल्ने वक्ताहरुले आम मतदाताहरुलाई निर्वाचनमा सहभागी गराउन र उनीहरुको सहभागितामा बिश्वसनीय र शान्तिपूर्ण निर्वाचन गराउन पत्रकारहरुले भूमिका खेल्नुपर्ने सुझाव दिएका छन् ।

नेपाल प्रेस युनियन दाङका अध्यक्ष सुशील बस्नेतको अध्यक्षता एवं नेपाली कांगे्रस जिल्ला कार्यसमितिका सदस्य सुरेन्द्र खड्काको प्रमुख आतिथ्यतामा आयोजित कोण सभामा प्रमुख अतिथि खड्काले स्थानीय तहको निर्वाचन गणतन्त्रको संस्थागत विकासका लागि मियोका रुपमा काम गर्ने भएकाले भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउनुपर्ने बताउनुभयो । उहाले नेपाली काग्रेसले स्थानिय तहको निर्बाचनमा बहुमत प्राप्त गर्ने गरि नेपाल प्रेस युनियनमा आबद्ध पत्रकारहरुले भूमिका खेल्नुपर्ने बताउनुभयो ।

उक्त अवसरमा नेपाल कर्मचारी युनियनका जिल्ला उपाध्यक्ष रश्मी अधिकारी, नेपाल तरुण दलका जिल्ला सहसचिव ध्रुव आचार्यले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष शरद रेग्मी र सहजीकरण सहसचिव बालाराम खडकाले गर्नुभएको थियो ।

स्थापना दिवसको अवसरमा दाङको तुलसीपुर, घोराही र लमहीमा शान्ति दीप प्रज्ज्वलन गरिएको नेपाल प्रेस युनियनले जनाएको छ । २०४८ सालमा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको पहलमा युनियनको स्थापना गरिएको हो । प्रजातन्त्रको पुनर्वहालीसँगै पत्रकारिता क्षेत्रमा पनि मिसनबाट व्यवसायिक बन्न थालेपछि व्यवसायिक पत्रकारिताको विकास र श्रमजीवी पत्रकारको हितका लागि नेपाल प्रेस युनियन स्थापना भएको हो ।

नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाका प्रेस सल्लाहकार जयप्रकाशप्रसाद गुप्तालाई तदर्थ समितिको अध्यक्ष बनाएर गठन भएको प्रेस युनियनको पहिलो महाधिवेशनले हरि अधिकारीलाई पहिलो अध्यक्ष चयन गरेको थियो । स्थापनाको २६ औं वर्षको अवसरमा यसपटक रजत वर्ष समापन समारोह गर्न लागिएको युनियनले जनाएको छ । ७३ वटा जिल्ला र आठ वटा प्रतिष्ठान शाखा रहेको नेपाल प्रेस युनियनमा अहिले ७ हजारभन्दा बढी सदस्य छन् ।

दाङ, जेठ १३ । पत्रकार एवं साहित्यकार मेदिनीकुमार केवल (तिवारी) को ६० वर्षको उमेरमा शनिबार बिहान निधन भएको छ । दार्जिलिङ र सिक्किममा आयोजना हुने साहित्य सम्बन्धी कार्यक्रममा भाग लिन जाने क्रममा महोत्तरीको बर्दिवास हृदयघातबाट केवलको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

हिँड्दाहिँड्दै ढल्नुभएका उहाँलाई उपचारार्थ बर्दिवासको शुभ स्वस्तिक अस्पताल लगिएको थियो र चिकित्सकले उहाँको निधन भएको घोषणा गरेको पारिवारिक स्रोतले जनाएको छ । दाङको लमही निवासी केवल नेपाली, अवधि र हिन्दी भाषामा साहित्य रचना गर्नुहुने केवलले जनकपुरमा साप्ताहिक पत्रिकाको सम्पादकका रुपमा काम गर्नुभएको थियो ।

पछिल्लो समयमा पनि उहाँ नेपाली जनसरोकार मासिकको सम्पादक हुनुहुन्थ्यो । साथै अवधि भाषाको ‘बटोही’ द्वैमासिकमा पनि उहाँ कार्यरत हुनुहुन्थ्यो । केवलका आधा दर्जन कृति प्रकाशित छन् । पत्रकार केवलका आमा, श्रीमती र दुई छोरी हुनुहुन्छ ।

सन्तोषकुमार गुप्ता,
भालुवाङ, जेठ १३ । पूर्व सभासद् तथा राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले सरकारले जसलाई पनि सहिद घोषणा गर्ने परिपाटीकै कारण मुलुकको आमुल परिवर्तनका मृत्युवरण गर्नुभएका इच्छुकले योगदान, बलिदानी र बिचार ओझेलमा परेको बताउनुभयो ।

इच्छुक स्मृतिपार्क निर्माण समिति भालुवाङले शनिबार इच्छुकको पुख्र्यौली घर भालुवाङ पुल्चोक बजारको राप्ती नदीपारी अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका–५ सातामारामा आयोजना गरेको सहिद पत्रकार तथा साहित्यकार कृष्णसेन इच्छुकको १५ औं स्मृति दिवस समारोहमा बोल्दै नेपालीले आफूलाई सांस्कृतिक परिवर्तनका बाहक क्रान्तिकारी कम्युनिष्ट पार्टी भन्न रुचाउनेहरु सत्तामा पुग्दा मौलिक नेपाली भाषा माथि बिचल्न ल्याउन लागेकै इच्छुकको साहित्य माथि अपमान भएको बताउनुभयो ।

इच्छुक भारतीय सेनाको लाहुरेको छोरो भएर पनि कम्युनिष्ट साहित्यकार भएकै कारण ज्यान गुमाउँदा पटक–पटक कम्युनिष्ट पार्टी भन्नेहरुको सरकार बन्दा पनि इच्छुकको हत्यारालाई कारबाही हुन नसक्नु ठूलो बिडम्बना भएको उहाँले बताउनुभयो । पार्क निर्माण समितिका संयोजक भिमार्जुन सुवेदीको अध्यक्षतामा भएको स्मृति दिवसमा बोल्ने अन्य वक्ताहरुले सहिद साहित्यकार तथा पत्रकार स्वर्गीय कष्णसेन इच्छुकको बिचारलाई सबै दलका नेताहरुले साझा विचार बनाएरका रुपमा आत्म साथ गरेर अघि बढ्नसके मात्र उहाँलाई सच्चा सम्मान मिल्ने बताएका छन् ।

उनीहरुले बाल्य अवस्थादेखि नै इच्छुक अत्यन्तै मिलनसार, सहयोगी र मिहिनेती भएकाले अहिलेका वर्तमान नेता, कार्यकर्ताहरुसँगै सबैले पाठ सिक्नुपर्ने बताएका थिए । इच्छुकको सम्मानका लागि इच्छुक स्मृति पार्क निर्माण कार्यको सोच अत्यन्तै आवश्यक तथा स्वागत योग्य विषय भएको भए पनि अहिलेसम्म कुनै पनि निर्माण कार्य अघि नबढाउनु दुःखद् भएको समेत वक्ताहरुले बताएका थिए । पार्क निर्माणबाट इच्छुकका रचना तथा कृतिको संरक्षणमा गर्न सहयोग पुग्ने बताउँदै वक्ताहरुले त्यसका लागि गठित पार्क निर्माण समिति सक्रियताका साथ तत्काल निर्माण प्रक्रिया अघि बढाउन आग्रह समेत गरेका थिए । उनीहरुले पार्क निर्माणका लागि स्थानीयस्तरदेखि राष्ट्रियस्तरबाट समेत आवश्यक पहल गर्न आग्रह गरेका थिए ।  

इच्छकुको बगैँचा तथा जग्गा संरक्षक विष्पुरा घर्तीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा इच्छुकका बालसखी सहपार्टी दामोदर भण्डारीले इच्छुकका जीवनी प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा साहित्यकार धर्मराज बैरागी, समितिका सदस्य तथा नेकपा एमालेका जिल्ला सदस्य किरण भण्डारी, नेकपा माओवादीका केन्द्रका जिल्ला सदस्य तथा राप्ती गाउँपालिका प्रमुख पदका उम्मेदवार श्यामेश चौधरी, नेपाल कम्युनिष्ट पार्टीका भिमप्रकाश पुन, साहित्यकारहरु कृष्ण गिरी, जीवराज शर्मा, शरद शर्मा र पुरुषोत्तम आचार्यलगायतका वक्ताले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन पार्क निर्माण समितिका सचिव नारायण शर्माले गर्नुभएको थियो ।