मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

ओमप्रकाश गुप्ता,
सिसहनिया जेठ १३ । सांसद सुशीला चौधरीले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा राम्रो सक्षम, योग्य तथा विकासप्रेमी उम्मेदवार छनौट गरी मतदान गर्न आम नागरिकहरुलाई आग्रह गर्नुभएको छ । सत्गौवा थारु समाज संघको १२ औं साधारण तथा अधिवेशनको शनिबार राप्ती गाउँपालिका–८ पिपरीमा उद्घाटन गर्दै चौधरीले यस्तो बताउनुभएको हो ।

कार्यक्रमकी प्रमुख अतिथि समेत रहनुभएकी सांसद चौधरीले थारुहरु अझै पनि हरेक तह तप्काबाट पछाडि परेको बताउँदै थारुहरुको उत्थान र पहिचानका लागि पनि अबको निर्वाचनमा पार्टी भन्दा व्यक्ति छनौट गर्ने बेला आएकाले कसैको लोभ लालच र डर धम्कीमा नपरी सही उम्मेदवार चिन्ने बेला भएकाले सचेत हुन आग्रह समेत गर्नुभयो । एक अर्को प्रसंगमा सांसद चौधरीले पछिल्लो समय यता थारुहरुको रीतिरिवाज, धर्म, संस्कृति, चाडपर्व, भेषभुषा हराउँदै जान थालेकोमा चिन्ता व्यक्त गर्दै त्यसको संरक्षणका लागि युवा पिढीले ध्यान दिनुपर्ने सुझाव दिनुभएको छ ।

संघका अध्यक्ष खड्कबहादुर सत्गौवाको अध्यक्षतामा भएको सभामा वार्षिक प्रगति प्रतिवेदन संघका सचिव रामप्रसाद सत्गौवा र आर्थिक प्रतिवेदन संघका कोषाध्यक्ष भिमलाल सत्गौवाले प्रस्तुत गर्नुभएको थियो । संघकी उपाध्यक्ष कुशुम सत्गौवाको स्वागत मन्तव्यबाट सुरु भएको सभामा सत्गौवा समाज संघका सल्लाहकारहरु बामदेव सत्गौवा, झावेन्द्र सत्गौवा, समाजसेवी तथा बुद्धिजीवीहरु नन्दकुमार सत्गौवा, गणेशकुमार सत्गौवा, संघका सदस्य जंगबहादुर सत्गौवा, पूर्व सदस्य सुवर्णमान सत्गौवा, डा. अम्रिस सत्गौवा, इञ्जिनियर विजयदेव सत्गौवा, शंकर मावि पिपरीका प्रधानाध्यापक रामकुमार चौधरी र पत्रकार ओमप्रकाश गुप्तालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा सत्गौवा समाज संघमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै डा. अम्रिस सत्गौवा र इञ्जिनियर विजयदेव सत्गौवालाई सम्मान पत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो, भने ७ जना जेष्ठ नागरिकहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रमको बीच बीचमा विभिन्न नृत्यहरु समेत देखाइएको थियो । कार्यक्रमको सञ्चालन संघका सचिव रामप्रसाद चौधरीले गर्नुभएको थियो ।

दाङ, जेठ १३ । दाङमा मेडिकल कलेज स्थापना गर्नेलगायतका माग राख्दै अनसन बस्नका लागि दाङको घोराही आइपुग्नुभएका डाक्टर गोविन्द केसीको अनसन स्थल फेरिएको छ । आफ्नो एघारौं अनसन राप्ती उपक्षेत्रीय अस्पतालमा बस्न लाग्नुभएका डाक्टर केसी अब सिरडि साई मन्दिर घोराहीमा अनसन बस्नु हुनेछ ।
डाक्टर केसीको अनसनमा अवरोध गर्न आज बिहान सर्कुलर जारी गरेको अस्पताल प्रशासन अन्ततः आफ्नो योजनामा सफल भएको छ । आईसियुको अभाव देखाउँदै अनसन रोक्ने मागसहित आज बिहान प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेलाई गुहार्न पुगेको अस्पताल प्रशासनले सौचालयको समस्या देखाउँदै अस्पतालमा बस्ने भनिएको डाक्टर केसीको अनसन स्थल परिवर्तन गर्न सफल भएको छ ।

आफ्ना माग पुरा नहुँदासम्म काठमाडौं नफर्कने भन्दै दाङ आइपुग्नुभएका डाक्टर गोविन्द केसीले भोलि दिउँशो २ वजेसम्मका लागि अनसन रोक्नुभएको छ । स्वास्थ्यमन्त्री गगन थापाले भोलि २ वजेसम्मका लागि समय माग गरेपछि आज अपरान्ह ४ वजेबाट सुरु गर्ने भनिएको अनसन भोलिसम्मका लागि रोकिएको डा. केसीका सहयोगी डा. सुमन आचार्यले जानकारी दिनुभयो ।

दाङ नै सत्याग्रहका लागि किन ? 
नेपालमा तीनवटा सरकारी र १८ वटा निजी मेडिकल कलेजहरु छन् । सरकारी मेडिकल कलेज बढी र निजी मेडिकल कलेजहरु कम हुनुपर्ने आम मान्यता रहे पनि नेपालमा भने निजी मेडिकल कलेजहरु बढि छन् । दुई वर्ष अघिको अनसनमा सरकारसँग सम्झौता भएको थियो । सरकारसँग भएको सम्झौता अनुसार दाङमा सरकारी मेडिकल कलेज खोल्ने भनिएको थियो । पाँच वर्षभित्र सबै प्रदेशमा मेडिकल कलेज निर्माण गर्ने सम्झौता अनुसार दाङमा पनि त्यो आयोजना सुरु हुनुपर्ने थियो । तर, अहिलेसम्म मेडिकल कलेज निर्माण बारे कुनै पनि प्रक्रिया अगाडि बढ्न सकेन । सबैभन्दा पहिले दाङमा मेडिकल बनाउने सम्झौता रहेको थियो । बरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कालो धनलाई सेतो बनाउन लागिएको बि एण्ड सी कलेजलाई सम्बन्धन दिने प्रयास गरेको देखियो ।

सुदूरपश्चिममा सरकारी मेडिकल कलेज खोल्ने भनिएको थियो । त्यसलाई पनि रोकेर शेरबहादुर देउवाले अर्को मेडिकल कलेजलाई सम्बन्धन दिनुपर्ने पक्षमा उभिए । ‘सरकारी मेडिकल कलेज खोल भनेर हामीले भन्दा पनि उनीहरुले भन्नुपर्ने हो’, डा. केसी भन्नुहुन्छ, ‘यो अवस्थाको अन्त्यका लागि पटक पटक लड्नुपरेको छ । यिनै नेताहरुले अर्बौं कमाउन सरकारी मेडिकल कलेज रोकेका छन् । दाङमा पहिले नै खोल्ने भनिएको थियो । तर, निजी मेडिकल कलेज खोल्न दौडधुप गरेर त्यहाँ खोल्न नदिने षडयन्त्र गरियो ।’

सरकारसँग भएको सम्झौता अनुसार दाङमा पहिलो मेडिकल कलेज सञ्चालन गर्नुपर्ने अनुसार डा. केसी दाङबाटै दवाव दिन चाहनुभएको छ । यो ठाउँमा पहिले नै मेडिकल कलेज बन्नुपर्ने तर अहिलेसम्म किन बन्न सकेन भनेर उहाँले सरकारलाई प्रश्न गर्न खोज्नुभएको छ । त्यहाँका जनतासँग ऐक्येवद्धता जनाउन खोजेको भन्दै माग पूरा भएपछि मात्रै आफू फर्किने योजनामा केसी रहनुभएको छ ।
दाङ, जेठ १३ । स्वास्थ्यमन्त्री गगन थापाको फोनपछि डाक्टर गोविन्द केसीको अनसन रोकिएको छ । स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै दाङको राप्ती उपक्षेत्रीय अस्पतालमा आजबाट सुरु  हुने भनिएको डा. केसीको अनसन भोलि २ वजेसम्मका लागि रोकिएको हो ।

पुर्व घोषित कार्याक्रम अनुसार डा. केसीले आफ्नो ११ औँ अनसन दाङमा बस्ने तयारी गर्नुभएको थियो । शुक्रबार महाराजगञ्जस्थित शिक्षण अस्पतालमा बिरामीको शल्यक्रिया गरेर रात्री बसमा दाङ आउनुभएका केसीले आज  अपरान्ह ४ वजेबाट राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा अनसन सुरु गर्ने तयारी गर्नु भएको थियो ।

डा. केसीले प्रदेश नम्वर ५ मा बन्ने सरकारी मेडिकल कलेज दाङमा हुनुपर्ने लगायतका माग राख्दै दाङबाटै अनसन सुरु गर्न लाग्नुभएको थियो । १० औ अनसनमा एक प्रदेश एक मेडिकल कलेज स्थापना गर्ने र पहिलो चरणमा दाङमा गर्ने सहमति भए पनि सरकारले प्रक्रियालाई तिव्रगतिमा नलागेको भन्दै केसी अनसन बस्न लाग्नु भएको थियो ।

फोनमा स्वास्थ्यमन्त्री थापाले माग पुरा गर्न भोलि २ वजेसम्मको समय माग गरेपछि भोलि २ वजेसम्मका लागि अनसन रोकिएको डा. केसीका सहयोगी डा. सुमन आचार्यले जानकारी दिनुभयो । ‘प्रधान न्यायाधीश सुशीला कार्कीको महाअभियोगको प्रस्ताव सरकारले फिर्ता लिइसकेको छ । तपाईले उठाउनुभएका माग सम्बोधन गर्न सरकार लागिपरेको छ । भोलिसम्मलाई अनसन रोकिदिनुहोस् भनेर स्वास्थ्यमन्त्री गगन थापाको फोन आएपछि अनसन भोलिसम्मका लागि रोकिएको छ’,डा. केसीका सहयोगी डा. आचार्यले भन्नुभयो,‘माग पुरा नभए भोलिदेखि डाक्टर केसीको अनसन भोलि २ वजेदेखि सुरु हुन्छ ।’

डा. आचार्यले स्वास्थ्य सेवाका हिसाबले पछाडि परेका रुकुम, रोल्पा, सल्यान, प्यूठानलगायतका जिल्लाका बासिन्दालाई दाङ पायक पर्ने भएकाले डा. केसीले दाङमै मेडिकल कलेज स्थापना हुनुपर्ने माग गर्दै आउनु भएको जानकारी दिनुभयो ।
घोराही, जेठ १३ । घोराहीमा रहेको साझेदारी बचत तथा ऋण सहकारी संस्थाले सेयर सदस्यहरुलाई सहकारी शिक्षा तालिम प्रदान गरेको छ । सहकारीको महत्व र सहकारीले दिने फाइदाका विषयमा सहकारी शिक्षा तालिम प्रदान गरिएको हो ।

सहकारी संस्थाका शिक्षा उपसमितिका संयोजक सुशीला आचार्यको अध्यक्षता तथा जिल्ला सहकारी संघका अध्यक्ष गोविन्दप्रसाद शर्माको प्रमुख आतिथ्यतामा तालिम सञ्चालन भएको थियो । २५ जना सेयर सदस्यहरुको सहभागीता रहेको तालिममा सस्थाका अध्यक्ष कृष्णप्रसाद शर्मा, सचिव प्रेम केसी र शिक्षा उपसमितिका संयोजक सुशीला आचार्यले सहकारी, सहकारीबाट हुने फाइदा, सहकारीको महत्वका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

विमला श्रेष्ठले स्वागत गर्नुभएको तालिमको सहजीकरण सदस्य उषारमण घिमिरेले गर्नुभएको थियो ।

घोराही, जेठ १३/ पत्रकार तथा साहित्यकार सहिद कृष्ण सेन इच्छुकको स्मृति दिवसमा दाङमा कार्यक्रम गरिएको छ । तीन संस्थाको संयुक्त आयोजनामा गरिएको स्मृति दिवसमा जिल्लाका २ जना पत्रकार र एक जना साहित्यकारलाई सम्मान गरिएको छ ।

सेनको १५ औँ स्मृति दिवसको अवसरमा शनिवार घोराहीमा आयोजित कार्यक्रममा पत्रकार उदय जिएम, नरेन्द्र के.सी र साहित्यकार नदिराम केसीलाई सम्मान गरिएको हो । नेपाल पत्रकार महासंघ दाङ, प्रेस सेन्टर नेपाल दाङ, जनसांस्कृतिक महासंघ दाङको संयुक्त आयोजनामा भएको सेनको १५ औं स्मृति दिवस एवम् पुरस्कार वितरण समारोहमा उनीहरुलाई सम्मान गरिएको हो ।

प्रत्यक वर्ष सेनको स्मृति दिवसको अवसरमा नेपाल पत्रकार महासंघ दाङ, प्रेस सेन्टर नेपाल दाङ, जनसांस्कृतिक महासंघ दाङले एक एक जना स्रष्टालाई सम्मान गर्दै आएका छन् । सो अवसरमा बोल्ने वक्ताहरुले सेन नेपाली राजनीति, पत्रकारिता, साहित्यका धरोहर भएको भन्दै उहाँका विचार र आर्दश मनन योग्य भएको बताएका थिए ।

नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासनको अध्यक्षता एवं बरिष्ठ पत्रकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम सेनको व्यक्तित्वका बारेमा चर्चा गर्नुभएको थियो ।
दाङ, जेठ १३ । डाक्टर गोविन्द केसीले आजदेखि ११ औं  अनसन शुरु गर्न लागेका छन् । यसअघिका आनशन महाराजगञ्जस्थित शिक्षण अस्पतालमा बसेका डा. केसी यसपटक दाङको घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा अनसन बस्न लागेका हुन् । तर, अस्पताल प्रशासनले भने अनसन बस्न नदिन सर्कुलर जारी गरेको छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. जनाद्र्धन पन्थीले आइसियू नभएको भन्दै अनसन रोक्न खोजेको बुझिएको छ । डा. पन्थी सोही व्यहोरासहित अनसन रोक्न माग गर्दै प्रमुख जिल्ला अधिकारी समक्ष पुगेको बुझिएको छ । यता जिल्लाका सरोकारवालाहरुले राप्ती उपक्षेत्रीय अस्पतालमै अनसन बसाउने व्यवस्था मिलाउन लागेका छन् ।

विगतमा गरिएका सम्झौता कार्यान्वयनका साथै दाङमा मेडिकल कलेज स्थापना गर्ने विषयलाई उनले प्रमुखताका साथ उठाएका छन् । पत्रकारहरुसँगको कुराकानीमा केसीले पटक–पटक सरकारको सहमति पालना नभएकोले दबाबका लागि फेरि अनशन बस्नु परेको बताए ।

दुई वर्ष अघिको अनशनका क्रममा प्रत्येक विकास क्षेत्रमा एउटा मेडिकल कलेज स्थापना गर्ने सहमति डा केसी र सरकारबिच एको थियो । मुलुक संघीय संरचनामा गइसकेपछि हरेक प्रदेशमा एउटा मेडिकल कलेज स्थापना गर्ने सहमति भएकोमा अहिलेसम्म कुनै काम नभएको डाक्टर केसीको भनाई छ ।

दुवै सहमतिको कार्यान्वयन दाङमा मेडिकल कलेज स्थापना गरेर शुरु गर्ने भनिएपनि हालसम्म कुनै काम नभएकाले आफुले दाङलाई नै रोजेको केसीले बताए ।

दलका नेताहरुकै कारण सहमति कार्यान्वयन नभएको बताउँदै उनले सरकारी मेडिकल कलेजहरुको अनुपात बढी हुनुपर्नेमा आर्थिक चलखेलका कारण नीजि मेडिकल कलेजहरुको संख्या बढाइएको र उनीहरु नै निर्णायक भूमिकामा रहेको आरोप लगाए ।

मध्यपश्चिमको दाङ र सुदूरपश्चिममा खोल्ने भनिएको मेडिकल कलेज दलका शिर्ष तथा प्रमुख नेताहरुका कारण अलपत्र भएको उल्लेख गर्दै उनले निजी मेडिकल कलेजमा तिनै नेताहरुले कालो धनलाई सेतो बनाउने माध्यमको रुपमा लगानी गरेको दाबी समेत गरे ।
शरद रेग्मी,
दाङ, जेठ १३ । नेकपा माओवादी केन्द्रले तुलसीपुर उपमहानगरपालिकामा उम्मेदारहरु घोषणागरेको छ । शनिबार एक कार्यक्रमका बीच केन्द्रले मेयर, उपमेयर र वडाध्यक्षको घोषणा गरेको होे ।

तुलसीपुर उपमहानगरपालिका वडाम्वर पाँचका अध्यक्ष मिनराज भण्डारीको अध्यक्षता एवं नगर उपाध्यक्ष चित्रबहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडानम्वर पाँचको अध्यक्षमा पे्रम योगीलाई उम्मेदवार बनाएको छ । त्यसैगरी सदस्यहरुमा कर्णबहादुर दमाई, लालबहादुर विक, दलित महिला सदस्यमा निमा दमिनी र खुला महिला सदस्यमा पार्वती कुमारी बुढाथोकिलाई उम्मेद्धार बनाईएको संघका सचिव बेदप्रसाद वलीले जानकारी दिनुभयो ।

यता तुलसीपुर उपमहानगरपालिकाको मेयरमा शेशुराम भण्डारी, उपमेयरमा सिता वलीलाई पार्टीले यसअघिनै घोषणा गरिसकेको छ । नेकपा माओवादी केन्द्रको उपहार गाऊ गाऊमा सिंहदरवार भन्ने नारासहित केन्द्रले सहरदेखि गाऊँगाऊँसम्म चुनावी प्रचारप्रसार अभियानलाई तिव्रता दिएको छ ।

शरद रेग्मी,
दाङ, जेठ १३ । असहायहरुलाई सहयोग गर्नका लागि शनिबार तुलसीपुरमा दाङ फेमिनाका युवतीहरुले सहयोग संकलन गरेको छ ।

दाङ फेमिना ग्रुपमा १६ देखि २५ उमेर समूहका १ हजार ८ सय विवाहित र अविवाहित दङाली युवतीहरुको फेसबुक पेज सँगसँगै महिला सशक्तिकरण र समाज परिवर्तनमा विश्वास गर्ने एउटा दृढ संकल्प हो । बृद्धाश्रममा बस्ने आमाबुबाहरुलाई एक छाक खानाको व्यवस्था गर्ने सोच अन्तत सफल भएपछि रामअली चौधरी नाम गरेका एकजना मानसिक सन्तुलन गुमाएका स्थानीय व्यतिलाई आर्थिक सहयोग गर्न पाउँदा थप सामाजिक काम गर्ने उर्जा थपिएको उहाँहरुको भनाई छ ।

संकलन गरिएको सहयोग रकम विजौरीस्थित अनाथ बालबालिकाहरु लाई दिइने संस्थाका एडमिन संगीता ढकालले जनकारी दिनुभयो । शनिबार  तुलसीपुरको विपी चोकमा दाङ फेमिना ग्रुपको चटपटे स्टल र दानपेटिका लिएर यिनै युवतीहरुको समूहले चटपटे बेचिरहेका थिए । अनि बाटो हिडने
बटुवाहरुलाई चटपटे खाएर केही रकम सहयोग गर्न आग्रह गरिरहेका थिए । उनीहरुले पैदल यात्री र आफूले चिनेका शुभेच्छुकहरुसँग विपी चोकमा बोलाएर सहयोग गर्न लगाएका थिए । पैदल हिड्नेहरुले मन फुकाएर सहयोग गरेका थिए ।

उनीहरुले सामाजिक अभियानमा हाम्रो पनि सहयोग हुने भन्दै ५ रुपैयादेखि १ हजार रुपैयासम्म आर्थिक सहयोग गरेको दाङ फेमिनाकी स्मृति केसीले बताउनुभयो ।