मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, जेठ १३ । पत्रकार एवं साहित्यकार मेदिनीकुमार केवल (तिवारी) को ६० वर्षको उमेरमा शनिबार बिहान निधन भएको छ । दार्जिलिङ र सिक्किममा आयोजना हुने साहित्य सम्बन्धी कार्यक्रममा भाग लिन जाने क्रममा महोत्तरीको बर्दिवास हृदयघातबाट केवलको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

हिँड्दाहिँड्दै ढल्नुभएका उहाँलाई उपचारार्थ बर्दिवासको शुभ स्वस्तिक अस्पताल लगिएको थियो र चिकित्सकले उहाँको निधन भएको घोषणा गरेको पारिवारिक स्रोतले जनाएको छ । दाङको लमही निवासी केवल नेपाली, अवधि र हिन्दी भाषामा साहित्य रचना गर्नुहुने केवलले जनकपुरमा साप्ताहिक पत्रिकाको सम्पादकका रुपमा काम गर्नुभएको थियो ।

पछिल्लो समयमा पनि उहाँ नेपाली जनसरोकार मासिकको सम्पादक हुनुहुन्थ्यो । साथै अवधि भाषाको ‘बटोही’ द्वैमासिकमा पनि उहाँ कार्यरत हुनुहुन्थ्यो । केवलका आधा दर्जन कृति प्रकाशित छन् । पत्रकार केवलका आमा, श्रीमती र दुई छोरी हुनुहुन्छ ।

सन्तोषकुमार गुप्ता,
भालुवाङ, जेठ १३ । पूर्व सभासद् तथा राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले सरकारले जसलाई पनि सहिद घोषणा गर्ने परिपाटीकै कारण मुलुकको आमुल परिवर्तनका मृत्युवरण गर्नुभएका इच्छुकले योगदान, बलिदानी र बिचार ओझेलमा परेको बताउनुभयो ।

इच्छुक स्मृतिपार्क निर्माण समिति भालुवाङले शनिबार इच्छुकको पुख्र्यौली घर भालुवाङ पुल्चोक बजारको राप्ती नदीपारी अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका–५ सातामारामा आयोजना गरेको सहिद पत्रकार तथा साहित्यकार कृष्णसेन इच्छुकको १५ औं स्मृति दिवस समारोहमा बोल्दै नेपालीले आफूलाई सांस्कृतिक परिवर्तनका बाहक क्रान्तिकारी कम्युनिष्ट पार्टी भन्न रुचाउनेहरु सत्तामा पुग्दा मौलिक नेपाली भाषा माथि बिचल्न ल्याउन लागेकै इच्छुकको साहित्य माथि अपमान भएको बताउनुभयो ।

इच्छुक भारतीय सेनाको लाहुरेको छोरो भएर पनि कम्युनिष्ट साहित्यकार भएकै कारण ज्यान गुमाउँदा पटक–पटक कम्युनिष्ट पार्टी भन्नेहरुको सरकार बन्दा पनि इच्छुकको हत्यारालाई कारबाही हुन नसक्नु ठूलो बिडम्बना भएको उहाँले बताउनुभयो । पार्क निर्माण समितिका संयोजक भिमार्जुन सुवेदीको अध्यक्षतामा भएको स्मृति दिवसमा बोल्ने अन्य वक्ताहरुले सहिद साहित्यकार तथा पत्रकार स्वर्गीय कष्णसेन इच्छुकको बिचारलाई सबै दलका नेताहरुले साझा विचार बनाएरका रुपमा आत्म साथ गरेर अघि बढ्नसके मात्र उहाँलाई सच्चा सम्मान मिल्ने बताएका छन् ।

उनीहरुले बाल्य अवस्थादेखि नै इच्छुक अत्यन्तै मिलनसार, सहयोगी र मिहिनेती भएकाले अहिलेका वर्तमान नेता, कार्यकर्ताहरुसँगै सबैले पाठ सिक्नुपर्ने बताएका थिए । इच्छुकको सम्मानका लागि इच्छुक स्मृति पार्क निर्माण कार्यको सोच अत्यन्तै आवश्यक तथा स्वागत योग्य विषय भएको भए पनि अहिलेसम्म कुनै पनि निर्माण कार्य अघि नबढाउनु दुःखद् भएको समेत वक्ताहरुले बताएका थिए । पार्क निर्माणबाट इच्छुकका रचना तथा कृतिको संरक्षणमा गर्न सहयोग पुग्ने बताउँदै वक्ताहरुले त्यसका लागि गठित पार्क निर्माण समिति सक्रियताका साथ तत्काल निर्माण प्रक्रिया अघि बढाउन आग्रह समेत गरेका थिए । उनीहरुले पार्क निर्माणका लागि स्थानीयस्तरदेखि राष्ट्रियस्तरबाट समेत आवश्यक पहल गर्न आग्रह गरेका थिए ।  

इच्छकुको बगैँचा तथा जग्गा संरक्षक विष्पुरा घर्तीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा इच्छुकका बालसखी सहपार्टी दामोदर भण्डारीले इच्छुकका जीवनी प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा साहित्यकार धर्मराज बैरागी, समितिका सदस्य तथा नेकपा एमालेका जिल्ला सदस्य किरण भण्डारी, नेकपा माओवादीका केन्द्रका जिल्ला सदस्य तथा राप्ती गाउँपालिका प्रमुख पदका उम्मेदवार श्यामेश चौधरी, नेपाल कम्युनिष्ट पार्टीका भिमप्रकाश पुन, साहित्यकारहरु कृष्ण गिरी, जीवराज शर्मा, शरद शर्मा र पुरुषोत्तम आचार्यलगायतका वक्ताले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन पार्क निर्माण समितिका सचिव नारायण शर्माले गर्नुभएको थियो ।

ओमप्रकाश गुप्ता,
सिसहनिया जेठ १३ । सांसद सुशीला चौधरीले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा राम्रो सक्षम, योग्य तथा विकासप्रेमी उम्मेदवार छनौट गरी मतदान गर्न आम नागरिकहरुलाई आग्रह गर्नुभएको छ । सत्गौवा थारु समाज संघको १२ औं साधारण तथा अधिवेशनको शनिबार राप्ती गाउँपालिका–८ पिपरीमा उद्घाटन गर्दै चौधरीले यस्तो बताउनुभएको हो ।

कार्यक्रमकी प्रमुख अतिथि समेत रहनुभएकी सांसद चौधरीले थारुहरु अझै पनि हरेक तह तप्काबाट पछाडि परेको बताउँदै थारुहरुको उत्थान र पहिचानका लागि पनि अबको निर्वाचनमा पार्टी भन्दा व्यक्ति छनौट गर्ने बेला आएकाले कसैको लोभ लालच र डर धम्कीमा नपरी सही उम्मेदवार चिन्ने बेला भएकाले सचेत हुन आग्रह समेत गर्नुभयो । एक अर्को प्रसंगमा सांसद चौधरीले पछिल्लो समय यता थारुहरुको रीतिरिवाज, धर्म, संस्कृति, चाडपर्व, भेषभुषा हराउँदै जान थालेकोमा चिन्ता व्यक्त गर्दै त्यसको संरक्षणका लागि युवा पिढीले ध्यान दिनुपर्ने सुझाव दिनुभएको छ ।

संघका अध्यक्ष खड्कबहादुर सत्गौवाको अध्यक्षतामा भएको सभामा वार्षिक प्रगति प्रतिवेदन संघका सचिव रामप्रसाद सत्गौवा र आर्थिक प्रतिवेदन संघका कोषाध्यक्ष भिमलाल सत्गौवाले प्रस्तुत गर्नुभएको थियो । संघकी उपाध्यक्ष कुशुम सत्गौवाको स्वागत मन्तव्यबाट सुरु भएको सभामा सत्गौवा समाज संघका सल्लाहकारहरु बामदेव सत्गौवा, झावेन्द्र सत्गौवा, समाजसेवी तथा बुद्धिजीवीहरु नन्दकुमार सत्गौवा, गणेशकुमार सत्गौवा, संघका सदस्य जंगबहादुर सत्गौवा, पूर्व सदस्य सुवर्णमान सत्गौवा, डा. अम्रिस सत्गौवा, इञ्जिनियर विजयदेव सत्गौवा, शंकर मावि पिपरीका प्रधानाध्यापक रामकुमार चौधरी र पत्रकार ओमप्रकाश गुप्तालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा सत्गौवा समाज संघमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै डा. अम्रिस सत्गौवा र इञ्जिनियर विजयदेव सत्गौवालाई सम्मान पत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो, भने ७ जना जेष्ठ नागरिकहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रमको बीच बीचमा विभिन्न नृत्यहरु समेत देखाइएको थियो । कार्यक्रमको सञ्चालन संघका सचिव रामप्रसाद चौधरीले गर्नुभएको थियो ।

दाङ, जेठ १३ । दाङमा मेडिकल कलेज स्थापना गर्नेलगायतका माग राख्दै अनसन बस्नका लागि दाङको घोराही आइपुग्नुभएका डाक्टर गोविन्द केसीको अनसन स्थल फेरिएको छ । आफ्नो एघारौं अनसन राप्ती उपक्षेत्रीय अस्पतालमा बस्न लाग्नुभएका डाक्टर केसी अब सिरडि साई मन्दिर घोराहीमा अनसन बस्नु हुनेछ ।
डाक्टर केसीको अनसनमा अवरोध गर्न आज बिहान सर्कुलर जारी गरेको अस्पताल प्रशासन अन्ततः आफ्नो योजनामा सफल भएको छ । आईसियुको अभाव देखाउँदै अनसन रोक्ने मागसहित आज बिहान प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेलाई गुहार्न पुगेको अस्पताल प्रशासनले सौचालयको समस्या देखाउँदै अस्पतालमा बस्ने भनिएको डाक्टर केसीको अनसन स्थल परिवर्तन गर्न सफल भएको छ ।

आफ्ना माग पुरा नहुँदासम्म काठमाडौं नफर्कने भन्दै दाङ आइपुग्नुभएका डाक्टर गोविन्द केसीले भोलि दिउँशो २ वजेसम्मका लागि अनसन रोक्नुभएको छ । स्वास्थ्यमन्त्री गगन थापाले भोलि २ वजेसम्मका लागि समय माग गरेपछि आज अपरान्ह ४ वजेबाट सुरु गर्ने भनिएको अनसन भोलिसम्मका लागि रोकिएको डा. केसीका सहयोगी डा. सुमन आचार्यले जानकारी दिनुभयो ।

दाङ नै सत्याग्रहका लागि किन ? 
नेपालमा तीनवटा सरकारी र १८ वटा निजी मेडिकल कलेजहरु छन् । सरकारी मेडिकल कलेज बढी र निजी मेडिकल कलेजहरु कम हुनुपर्ने आम मान्यता रहे पनि नेपालमा भने निजी मेडिकल कलेजहरु बढि छन् । दुई वर्ष अघिको अनसनमा सरकारसँग सम्झौता भएको थियो । सरकारसँग भएको सम्झौता अनुसार दाङमा सरकारी मेडिकल कलेज खोल्ने भनिएको थियो । पाँच वर्षभित्र सबै प्रदेशमा मेडिकल कलेज निर्माण गर्ने सम्झौता अनुसार दाङमा पनि त्यो आयोजना सुरु हुनुपर्ने थियो । तर, अहिलेसम्म मेडिकल कलेज निर्माण बारे कुनै पनि प्रक्रिया अगाडि बढ्न सकेन । सबैभन्दा पहिले दाङमा मेडिकल बनाउने सम्झौता रहेको थियो । बरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कालो धनलाई सेतो बनाउन लागिएको बि एण्ड सी कलेजलाई सम्बन्धन दिने प्रयास गरेको देखियो ।

सुदूरपश्चिममा सरकारी मेडिकल कलेज खोल्ने भनिएको थियो । त्यसलाई पनि रोकेर शेरबहादुर देउवाले अर्को मेडिकल कलेजलाई सम्बन्धन दिनुपर्ने पक्षमा उभिए । ‘सरकारी मेडिकल कलेज खोल भनेर हामीले भन्दा पनि उनीहरुले भन्नुपर्ने हो’, डा. केसी भन्नुहुन्छ, ‘यो अवस्थाको अन्त्यका लागि पटक पटक लड्नुपरेको छ । यिनै नेताहरुले अर्बौं कमाउन सरकारी मेडिकल कलेज रोकेका छन् । दाङमा पहिले नै खोल्ने भनिएको थियो । तर, निजी मेडिकल कलेज खोल्न दौडधुप गरेर त्यहाँ खोल्न नदिने षडयन्त्र गरियो ।’

सरकारसँग भएको सम्झौता अनुसार दाङमा पहिलो मेडिकल कलेज सञ्चालन गर्नुपर्ने अनुसार डा. केसी दाङबाटै दवाव दिन चाहनुभएको छ । यो ठाउँमा पहिले नै मेडिकल कलेज बन्नुपर्ने तर अहिलेसम्म किन बन्न सकेन भनेर उहाँले सरकारलाई प्रश्न गर्न खोज्नुभएको छ । त्यहाँका जनतासँग ऐक्येवद्धता जनाउन खोजेको भन्दै माग पूरा भएपछि मात्रै आफू फर्किने योजनामा केसी रहनुभएको छ ।
दाङ, जेठ १३ । स्वास्थ्यमन्त्री गगन थापाको फोनपछि डाक्टर गोविन्द केसीको अनसन रोकिएको छ । स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै दाङको राप्ती उपक्षेत्रीय अस्पतालमा आजबाट सुरु  हुने भनिएको डा. केसीको अनसन भोलि २ वजेसम्मका लागि रोकिएको हो ।

पुर्व घोषित कार्याक्रम अनुसार डा. केसीले आफ्नो ११ औँ अनसन दाङमा बस्ने तयारी गर्नुभएको थियो । शुक्रबार महाराजगञ्जस्थित शिक्षण अस्पतालमा बिरामीको शल्यक्रिया गरेर रात्री बसमा दाङ आउनुभएका केसीले आज  अपरान्ह ४ वजेबाट राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा अनसन सुरु गर्ने तयारी गर्नु भएको थियो ।

डा. केसीले प्रदेश नम्वर ५ मा बन्ने सरकारी मेडिकल कलेज दाङमा हुनुपर्ने लगायतका माग राख्दै दाङबाटै अनसन सुरु गर्न लाग्नुभएको थियो । १० औ अनसनमा एक प्रदेश एक मेडिकल कलेज स्थापना गर्ने र पहिलो चरणमा दाङमा गर्ने सहमति भए पनि सरकारले प्रक्रियालाई तिव्रगतिमा नलागेको भन्दै केसी अनसन बस्न लाग्नु भएको थियो ।

फोनमा स्वास्थ्यमन्त्री थापाले माग पुरा गर्न भोलि २ वजेसम्मको समय माग गरेपछि भोलि २ वजेसम्मका लागि अनसन रोकिएको डा. केसीका सहयोगी डा. सुमन आचार्यले जानकारी दिनुभयो । ‘प्रधान न्यायाधीश सुशीला कार्कीको महाअभियोगको प्रस्ताव सरकारले फिर्ता लिइसकेको छ । तपाईले उठाउनुभएका माग सम्बोधन गर्न सरकार लागिपरेको छ । भोलिसम्मलाई अनसन रोकिदिनुहोस् भनेर स्वास्थ्यमन्त्री गगन थापाको फोन आएपछि अनसन भोलिसम्मका लागि रोकिएको छ’,डा. केसीका सहयोगी डा. आचार्यले भन्नुभयो,‘माग पुरा नभए भोलिदेखि डाक्टर केसीको अनसन भोलि २ वजेदेखि सुरु हुन्छ ।’

डा. आचार्यले स्वास्थ्य सेवाका हिसाबले पछाडि परेका रुकुम, रोल्पा, सल्यान, प्यूठानलगायतका जिल्लाका बासिन्दालाई दाङ पायक पर्ने भएकाले डा. केसीले दाङमै मेडिकल कलेज स्थापना हुनुपर्ने माग गर्दै आउनु भएको जानकारी दिनुभयो ।
प्रेमबहादुर राम्जा 
दाङ, जेठ १३ । दाङ जिल्लामा रहेका दश स्थानीय तहमा कसले विजयी हासिल गर्छ यसै भन्न सक्ने अवस्था छैन । मुख्य रुपमा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच प्रतिष्पर्धा हुने आकलन गरिए पनि कसले बाजी मार्ला भन्ने अवस्था छैन ।

जिल्लाका दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिकामा कसले विजयी हासिल गर्छ भन्नका लागि विगतका निर्वाचनलाई मुल्यांकन गर्न आवश्यक छ । विगतका चार वटा निर्वाचनलाई मुल्यांकन गर्ने भने तीन दल नै जिल्लामा हाबी देखिन्छन् ।

दोस्रो पटक २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेले तीन वटा गाविसबाहेक सबैमा विजयी भएको थियो । त्यसको दुई बर्षपछि २०५६ सालमा भएको आम निर्वाचनमा जिल्लामा रहेका ४ निर्वाचन क्षेत्रबाट नेपाली काँग्रेसले विजयी हासिल गरेको थियो । त्यसबेला नेकपा एमालेको फुटेको असर दाङमा पनि परेको थियो ।

माओवादी जनयुद्धको विश्राम पश्चात शान्ति प्रक्रियासंगै जिल्लामा पाँच निर्वाचन क्षेत्र निर्धारण गरियो र २०६४ सालमा भएको पहिलो संविधानसभाको निर्वाचनमा माओवादीले पाँच वटै निर्वाचनक्षेत्रमा विजयी भयो । पछिल्लो समयमा भएको २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा नेपाली काँग्रेसले पाँच वटै निर्वाचन क्षेत्रमा विजयी हासिल गरेको छ । जिल्लामा नेकपा एमालेले स्थानीय निकाय निर्वाचनबाहेक अन्य निर्वाचनमा विजयीको स्वाद चाख्न पाएको छैन ।

दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा विजयी हासिल गर्नका लागि तीन मुख्य पार्टीहरु तयारीमा लागेका छन् । यद्यपी नेपाली काँग्रेस उम्मेदवार छनौटको सकसमा फसेको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले उम्मेदवार टुंगो लगाएका छन् । नेपाली काँग्रेसले एकाध गाउँपालिका बाहेक अन्य स्थानमा उम्मेदवारको टुंगो लगाउन सकेको छैन । यसका बारेमा बुझ्न खोज्दा नेपाली काँग्रेसका नेताहरु कसैको फोन उठ्दैन ।

जिल्लामा हुने दोस्रो चरणको निर्वाचनका लागि दुई लाख ९१ हजार एक सय ७३ मतदाताले त्यसको निर्धारण गर्ने छन् । मतदाताहरुले एक सय ५१ मकतदानस्थलका तीन सय ५१ केन्द्रबाट मतदान गरेर पाँच सय २० जना प्रतिनीधिहरुको भाग्य निर्धारण गर्ने भएका छन् ।

जिल्लामा रहेका दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिकामा एमाले र केन्द्रले उम्मेदवार टुंगो लगाएका छन् भने नेपाली काँग्रेस अझै अलमलमा परेको छ । एमालेले रहेको घोराही उपमहानगरपालिकाको मेयरका लागि प्रदेश सदस्य नरुलाल चौधरीलाई उम्मेदवार बनाएको छ । शुक्रबार सम्पन्न एमालेको स्थायी कमिटीले प्रदेश सदस्य चौधरीलाई उम्मेदवार बनाएको हो । उपमेयरमा भने पुर्व अञ्चल सदस्य सिता न्यौपानेलाई उम्मेदवार बनाएको छ ।

त्यसैगरी तुलसीपुर उपमहानगरपालिकामा बन महासंघका पुर्व अध्यक्ष तथा तत्कालीन तुलसीपुर नगरपालिकाका उपमेयर घनश्याम पाण्डेयलाई मेयर पदको उम्मेदवार बनाएको छ भने उपमेयरमा दंगाली कम्युनिष्ट आन्दोलनका धरोहर श्रीमणी आचार्यकी धर्मपत्नी माया आचार्यलाई अगाडी सारेको छ ।

त्यसैगरी लमही नगरपालिकामा नेकपा एमालेका जिल्ला सचिवालय सदस्य कुलबहादुर केसीलाई मेयर र उपमेयरमा अनेमसंघकी जिल्ला अध्यक्ष मीना गुरुङलाई अगाडी सारेको छ । यस्तै माओवादीले घोराही उपमहानगरपालिकाको प्रमुखमा यसअघि नै जीवन गौतमलाई घोषणा गरिसकेको छ भने उपप्रमुखमा सिता चौधरीलाई अघि सारेको छ ।

यस्तै तुलसीपुर उपमहानगरपालिकाको प्रमुखमा शेषुराम भण्डारी र उपप्रमुखको उम्मेदवार सिता ओलीलाई बनाइएको माओवादी केन्द्र दाङले जनाएको छ । माओवादी केन्द्रले लमही नगरपालिका प्रमुखमा द्रौपदा पौडेल र उपप्रमुखमा कालुराम चौधरीलाई अघि सारेको छ ।

रुद्र सुवेदी,
नेपालगञ्ज, जेठ १३ । यही जेठ ३१ मा हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सरकारले नेपालसँग जोडिएका भारत र चीनसँगको सीमाक्षेत्र तीन दिन बन्द गर्ने तयारी गरेको छ । सीमा क्षेत्रबाट निर्वाचनको समयमा निर्वाचन केन्द्रित आपराधिक घटना बढ्नसक्ने भएकाले सीमा क्षेत्र बन्द गर्ने तयारी गरेको हो ।

मतदान सुरु हुनुभन्दा ४८ घण्टाअघि र मतदान भइसकेपछि २४ घण्टा सीमाक्षेत्र बन्द गर्न प्रस्ताव गरिएको सुरक्षा स्रोतको भनाइ छ । यस विषयमा सीमा जोडिएका जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा भारतीय पक्षसँग छलफलसमेत सुरु भइसकेको छ । निर्वाचनको सुरक्षालाई लक्षित गरी भएको नेपाल–भारत सीमावर्ती सुरक्षा बैठकमा नेपाली पक्षले दुई दिनअगावै सीमा नाका बन्द र निर्वाचन सम्पन्न भइसकेको एक दिनपछिसम्म बन्द गर्न नेपाल पक्षले प्रस्ताव राखेको छ ।

भारतीय पक्षले त्यसलाई स्वीकार भने गरिसकेकोे छैन । नेपाल–भारत सीमा क्षेत्रका जिल्लामा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको पहलमा दुई देशका सुरक्षा अधिकारीको बैठक बसिरहेको छ । सीमा क्षेत्र बन्द गर्ने विषयमा औपचारिक÷अनौपचारिक छलफल भइरहेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार दुई देशका अधिकारीबीच सुरक्षा बैठक राख्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई जिम्मेवारी दिइसकेको छ ।

सुरक्षाका दृष्टिकोणले अति संवेदनशील मानिएका भारतसँग सीमा जोडिएका तराईका सीमा क्षेत्रमा नेपाली सेना नै तैनाथ गर्ने सरकारको तयारी छ । निर्वाचन सुरक्षाका लागि तराईका जिल्लामा सेनाले गस्तीसमेत सुरु गरिसकेको छ । सशस्त्र प्रहरीले पनि अस्थायी क्याम्प खडा गरिसकेको छ । नेपाल प्रहरीले सुरक्षा लागि सबै तयारी गरिसकेको छ ।

१९ जेठमा उम्मेदवारी मनोनयन हुने र उम्मेदवारहरू घरदैलो कार्यक्रममा जुटिसकेकाले सुरक्षा निकाय सतर्क रहेको गृह मन्त्रालयले जनाएको छ । ‘निर्वाचनका लागि सुरक्षाको व्यवस्था कडा पारिएको छ, जनताले ढुक्क भएर मतदान गर्न पाउनेछन्,’ गृह मन्त्रालयका प्रवक्ता सहसचिव बालकृष्ण पन्थीले भन्नुभयो, ‘पहिलो चरणको निर्वाचनमा देखिएका कमजोरीलाई समेत  ध्यानमा राखेर त्यो गल्ती नदोहोरिने गरी निर्वाचन सुरक्षाको व्यवस्था गरिएको छ ।’

यसअघि नै सरकारले तराईका १३ वटा जिल्लालाई विशेष निगरानीमा राखेको थियो । गृह मन्त्रालयले बनाएको निर्वाचन केन्द्रित सुरक्षा योजनामा पनि तराईका जिल्लामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई थप मद्दतका लागि सेनासमेत खटाउने उल्लेख छ । तराईका कतिपय जिल्लामा मतपेटिका लुटिनसक्ने खतरालाई ध्यानमा राखेर सुरक्षा व्यवस्थालाई थप कडाइ बनाइने सुरक्षा अधिकारीहरूले दाबी गरेका छन् ।

निर्वाचन सुरक्षाका शिलशिलामा शुक्रबार जिल्ला प्रशासन कार्यालय बाँकेमा नेपाल–भारत सीमा सुरक्षाको संयुक्त बैठक बसेको छ । बैठकमा नेपालतर्फबाट बाँके, बर्दिया र दाङका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा भारततर्फबाट बहराइच र श्रावस्तीका डिस्टिक मजिस्टेड र सुरक्षा अधिकारी सहभागी भएका छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थका अनुसार बैठकमा आसन्न स्थानीय तहको निर्वाचनलाई हुने सुरक्षा चुनौतीविरुद्ध भारतीय पक्षबाट सहयोग र सहकार्य खोजिएको र उनीहरूको तर्फबाट पनि सक्दो सहयोग हुने प्रतिबद्धता आएको छ ।

निर्वाचनका क्रममा खुला सिमानाका कारण सुरक्षा चुनौती बढ्ने भएकाले त्यसलाई दृष्टिगत गरी मतदानको ४८ घण्टाअगाडि नेपाल–भारत सिमाना बन्द गर्ने तयारी गरिएको छ । सिमामा हुने आपराधिक घटना न्यूनीकरण नै मुख्य एजेन्डा भएको बैठकमा लागू पदार्थको अवैध कारोबारदेखि मानवबेचबिखन तथा ओसारपसारका घटना न्यूनीकरणको विषयले पनि प्रवेश पाएको उहाँले बताउभयो ।

दुईदिने बैठकमा बाँकेका प्रमुख निर्वाचन अधिकृत तथा जिल्ला अदालत बाँकेका न्यायाधीश तेजनारायण पौडेल, बर्दियाका प्रमुख जिल्ला अधिकारी विष्णु थापा, दाङका प्रमुख जिल्ला अधिकारी मेघनाथ काप्mले, भारत बहराइचका डीएम अजय दीप सिंह र श्रावस्ती जिल्लाका डीएम दीपक मिनालगायत उच्च सुरक्षा निकायका अधिकारीहरूको सहभागिता रहेको छ ।