Khula
डा. गोविन्द केसी शनिबारदेखि दाङमा सत्याग्रह सुरु गर्न लाग्नुभएको छ । सरकारसँग यसअघि भएका सम्झौता कार्यान्वयन र प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग लगाउन संसदमा दर्ता गरिएको प्रस्ताव फिर्ता लिनुपर्ने माग डा. केसीका छन् । सरकारसँग यसअघि भएका सम्झौताअनुसार दाङमा तत्कालै मेडिकल कलेज खोल्ने भनिए पनि अहिलेसम्म काम सुरु नभएको भन्दै सोही स्थानमा सत्याग्रह सुरु गर्न लागेको उहाँले बताउनुभयो । शुक्रबार अबेरसम्म पनि त्रिवी शिक्षण अस्पतालमा बिरामीको सेवामा रहनुभएका केसीले कुरा गर्दै माग पूरा गरेर मात्रै दाङबाट फिर्ता हुने बताउनुभयो ।
यस्तो छ, उहाँसँग गरिएको कुराकानी ।
शनिबारदेखि काठमाडौं बाहिरबाट सत्याग्रह थाल्न लाग्नुभएको हो ?
काठमाडौं बाहिरका माग पूरा गर्न बाहिरबाटै अनसनमा बस्न लागेको हुँ । काठमाडौंमा बस्ने अवस्था नभएपछि काठमाडौं बाहिर पनि बस्नुप¥यो नि, हैन र ?
तपाइँ दाङमै अनसन बस्न लाग्नुभएको हो ?
अहिलेसम्म म अस्पतालमा नै छु । तर, शनिबारसम्म दाङ पुग्छु ।
तपाई पटक–पटक अनसनमा बस्नुभएको छ । तपाईले गरेका अनसनबाट केही परिवर्तन भएका छन् कि छैनन् ?
मलाई सरकार र नेताहरुले त पेलेरै लैजानुपर्छ भन्ने सोचेका छन् । तर, पेलेर लैजाने कोशिस गरे पनि दबाबको कारणले गर्दा सोचेजति गर्न सकेका छैनन् । दबाबले गर्दा केही सम्झौता कार्यान्वयनमा पनि आएका छन् । नेपाली जनताले पनि केका लागि लडेका रहेछन् भन्ने कुरा थाहा पाए, यो पनि उपलब्धि हो । जनताले गुणस्तरिय शिक्षाबाट के कारणले बञ्चित भएका रहेछौं भन्ने थाहा पाए । त्यो पनि ठूलो कुरा हो । एकीकृत चिकित्सा शिक्षा ऐन अहिले संसदमा पुगेको छ । जुन प्रतिवेदनको आधारमा बनेको हो । त्यसमा अहिले संसदमा पार्टी र माफियालाई सहयोग पुग्नेगरी संशोधनको प्रयास भैरहेको छ । हामीले त्यसमा जनतामुखि बुँदा थपेर पारित गर्नुपर्छ भनेका छौं । संसद्सम्म पुग्यो, संसदीय समितिसम्म त पुग्यो । महिला, बालबालिका, जेष्ठ नागरिक र समाजकल्याण समितिमा रहेका सदस्यहरु पनि निजी मेडिकलमा लगानी भएकाहरु नै छन् । उनीहरुमा ‘कन्फ्क्टि अफ इन्ट्रेष्ट’ देखिन्छ । जनताका लागि बोलिदिने को ? महाभियोग लाग्नुपर्ने मान्छे संसदमा छन् । तर, जो सुशासनका लागि लडेको छ उसैका लागि महाभियोग लगाउँछन् यो विडम्बना छ । बाधा व्यवधान सबैतिर छ । माफिया र नेता मिलेर विथोल्न लागेका छन् । अब विथोल्न सक्दैनन् ।
तपाईले दाङ नै सत्याग्रहका लागि रोज्नुपर्ने कारण के ?
दाङ दुई वर्षअघिको अनसनमा सरकारसँग सम्झौता गरेका थियौं । नेपालमा तीनवटा सरकारी र १८ वटा निजी मेडिकल कलेज छन् । संसारमा कहिँ पनि यस्तो हुँदैन । यो संवेदनशील क्षेत्र हो । निजी क्षेत्रमा कम्प्रमाइज हुन्छ भनेर धेरै सरकारी मेडिकल हुन्छन् । सरकारी मेडिकल बढी र निजी मेडिकल कम हुनुपर्ने हो तर नेपालमा त्यस्तो छैन ।
नेपालमा के भयो भने जोसँग करोडौं रुपैयाँ छ उसैका छोराछोरीले मेडिकल शिक्षा पढ्न पाउने भए तर पैसा नहुनेका छोराछोरीले पाउने भएनन् । सरकारसँग भएको सम्झौताअनुसार दाङमा सरकारी मेडिकल कलेज खोल्ने भनिएको थियो । पाँच वर्षभित्र सबै प्रदेशमा मेडिकल कलेज निर्माण गर्ने तर पहिले दाङमा बनाउने भनिएको थियो । तर अहिलेसम्म केही पनि भएन । सबैभन्दा पहिले दाङमा बनाउने भनिएको थियो । बरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कालो धनलाई सेतो बनाउन लागिएको बि एण्ड सी कलेजलाई सम्बन्धन दिने प्रयासमा छन् । उनले मन्त्रिपरिषमा यो प्रस्ताव लगेका थिए । तर, केही मन्त्रीको विरोधले गर्दा त्यो पारित हुन सकेन । हामीले नलडेको भए पहिले नै दिने रहेछन् ।
सुदुरपश्चिममा सरकारी मेडिकल कलेज खोल्ने भनिएको थियो त्यसलाई रोकेर शेरबहादुर देउवा पनि माफियासँग मिलेर अर्को मेडिकल कलेजलाई सम्बन्धन दिनुपर्छ भन्ने पक्षमा छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेता राजनेता मनमोहन अधिकारीको नाम बिक्री गरेर निजी सम्पत्ति कमाउनेलाई सम्बन्धन दिनुपर्छ भनेर लागिपरेका छन् । यी सबै मिलेर ऐन आउन दिएका छैनन् । संविधान समाजवादउन्मुख भए पनि दलहरु त्यसको विरोधमा छन् । यी सबै माफियासँग मिलेर व्यापार गरेका छन् ।
सरकारी मेडिकल कलेज खोल भनेर हामीले भन्दा पनि उनीहरुले भन्नुपर्ने हो । यो अवस्थाको अन्त्यका लागि पटक पटक लड्नुपरेको छ । यीनै नेताहरुले अर्बौं कमाउन सरकारी मेडिकल कलेज रोकेका छन् । दाङमा पहिले नै खोल्ने भनिएको थियो । तर, निजी मेडिकल कलेज खोल्न दौडधुप गरेर त्यहाँ खोल्न नदिने षडयन्त्र गरियो ।
त्यहाँ मेडिकल कलेज भएको भए गरिबका छोराछोरीले पनि पढ्न पाउने थिए । म दाङमा सत्याग्रहमा बसेर तिमीहरुले देश लुटेका छौ, ऐन बन्न दिँदैनौ । यो ठाउँमा पहिले नै मेडिकल कलेज बन्नुपर्ने तर अहिलेसम्म किन बन्न सकेन भनेर भन्छु । त्यहीँ बसेर लड्छु। त्यहाँका जनतासँग ऐक्यवद्धता जनाउन पनि त्यहाँ गएर लड्न लागेको हुँ । म माग पूरा भएपछि मात्रै फर्किन्छु ।
सुशीला कार्की्विरुद्धको महाभियोग प्रस्ताव फिर्ता गर्नुपर्ने हुन्छ । यो देशमा जो भ्रष्ट छन् तिनैले जेहेन्दार र निर्भिक व्यक्तिलाई महाभियोग लगाउन लागिपरेका छन् । उनलाई महाभियोग लगाएर अब आउने न्यायाधीशलाई पनि तर्साउन लागिपरेका छन् । यो हुनै दिनुहुँदैन । सुशासन नष्ट हुन दिनुहुँदैन । मैले मेरो कर्तव्य बुझेर सत्याग्रहमा बस्न लागेको हुँ ।
बाह्रखरीबाट

एजेन्सी, बैशाख १९ । साँप देखेपछि जसलाई पनि डर लाग्छ । अझ गोमन साँप हो भने त तर्सेर सातो जान्छ ।
तर भारतको मध्य प्रदेशका एक व्यक्ति गोमन साँपले डसिसकेपछि त्यसलाई प्लास्टिकको बोतलमा बन्द गरेर अस्पताल पुगेका छन् । अनि त्यहाँ गएर उनले चिकित्सकहरूलाई भने, ‘मलाई यो साँपले डस्यो ।’
यसरी साँप लिएर आउने मान्छे देखेपछि सबैजना छक्क परे । प्लास्टिकको बोतलमा पाँच फीट लामो कालो गोमन देखेपछि छक्क पर्नु स्वाभाविक पनि हो ।
आफूले गोमन समात्न लाग्दा उसले टोकिदिएको र उसलाई सँगै ल्याउँदा उपचार सहज हुन सक्ने लागेको ती व्यक्तिले बताए । मोरगढीको एक घरमा साँप देखिएपछि मानिसहरूले ३२ वर्षीय मोहसिनलाई साँप पक्रिनका लागि बोलाए ।
मोहसिनले साँप त पक्रिए तर त्यसलाई बोतलमा हाल्ने क्रममा उसले उनलाई टोकिदियो । मोहसिन तत्कालै अस्पतालतिर दौडिहाले । आफूले सयवटा साँप पक्रिसकेको र पहिला पनि सर्पदंश खेपिसकेको मोहसिन बताउँछन् । अस्पतालाले उनलाई तत्कालै भर्ती गरेर उपचार शुरु ग–यो । उनी अहिले खतरामुक्त छन् ।

युएई, बैशाख १४ । ओमानमा पुगेकी बुटवलकी सरिता राना मगरले उद्दारको लागि नेपाल सरकार समक्ष अपिल गरेकी छिन् । सरिता ३ महिना पहिला भिजिट भिषामा युएई हुँदै ओमान पुगेकी हुन् । बुटवल दीपनगरका एजेन्ट कुमार अधिकारीले उनलाई भिजिट भिषामा युएई पठाएका थिए । युएई आएको १७ दिन पश्चात राना मगरलाई ओमानको मस्कटमा रहेको एक लेबर रेक्रुटमेन्ट कम्पनीलाई बेचिएको थियो ।
फोनमा कुरा गर्दै उनले भनिन्, ‘एजेन्टलाई फोन गर्दा हामीलाई वास्ता छैन भन्छ । यहाँ खान नदिने, पानी पनि नदिने र पिट्ने गरेको छ । मलाई नेपालबाट पठाउने बेलामा दुबईमा राम्रो काम छ भनेर भनेका थिए अहिले म ओमनमा छु ।’
युएईमा रहेको लेबर रेक्रुटमेन्ट कम्पनीका एजेन्ट एलिशा श्रेष्ठ र सुजन भण्डारीले राना मगरलाई १२ हजार दिर्हाममा (झण्डै ३ लाख ५० हजार रुपैयाँ) ओमानमा रहेको रिक्रुटमेन्ट एजेन्सीलाई बेचेको बताईएको छ । सरिताका अनुसार एजेन्सीले उनलाई ३ महिनादेखि एउटा कोठामा थुनेर राखेको छ ।
आफुले नेपाल फर्काउन अनुरोध गर्दा ओमानको एजेन्सीले १ हजार ओमानी रियाल मागेको सरिताले बताईन् ।
सरितालाई नेपाली एजेन्ट कुमारले एयरपोर्टमा सेटिङ गरी युएई पठाएका थिए । नेपाल एयरपोर्टमा देखाउनका लागि नक्कली क्लिनर भिषा र दुबई एयरपोर्टमा देखाउन सक्कली भिजिट भिसा थमाएर सरितालाई युएई पुर्याईएको सरिताले बताईन् । ‘मलाई छिट्टो नेपाल फर्काउनुस प्लिज, नत्र म त यतै मर्छु होला’, सरिताले भनिन् ।

एजेन्सी, बैशाख १२ । बेहुला बेहुली जग्गेमा बसिसकेपछि पनि केही विवाद निस्किएर बिहे नै रद्द भएका घटना कहिलेकाहीँ सुनिन्छन् । यसरी बिहे रद्द गराउने घटना मामूली भने हुँदैनन् र कारण पनि ठूलै हुन्छन् । तर छिमेकी देश भारतमा चाहीँ एउटा रसगुल्लाको विवादमा भैरहेको बिहे नै रद्द भएको छ ।
घटना भारत उत्तर प्रदेशको हो । एउटा अतिरिक्त रसगुल्लाको विवादमा बेहुला र बेहुली पक्षबीच झगडा हुँदा बिहे नै रद्द भएको हो । घटना गत अपि्रल १४ गतेको हो । उन्नाओ जिल्लास्थित कुर्मापुर गाउँका शिव कुमारको छिमेकी गाउँकी एक युवतीसँग बिहे हुँदै थियो । शिव कुमार जन्ती सहित बेहुलीको घर पुगिसकेका थिए । तर जब जन्तीले खाना खाने बेला भयो तब स्थिति असामान्य बन्यो ।
सबै जन्तीलाई एक एक वटा गुलियो रसगुल्ला खुवाउनका लागि बेहुलीपक्षका एक जना भान्छे खटिए । तर बेहुलाका भतिजले एउटा मात्र नभै दुईवटा रसगुल्ला लिए । यसरी नियम विपरित दुईवटा रसगुल्ला खाएकेा विषयमा रसगुल्लाको जिम्मा लिने व्यक्ति र जन्ती पक्षबीच भनाभन भयो र यसले ठूलो विवादको रुप लियो ।
तत्काले उक्त ठाउँ लडाइँ मैदानमा परिणत भयो । जन्तीतर्फका मानिसहरुले दुलही पक्षका नातेदारलाई कुटपिट गर्न थाले । बेहुला र बेहुली दुबैका बावुहरुले घटना साम्य पार्ने कोसिस गरे तर उनीहरुको केही लागेन । जन्तीहरुले बेहुलीका बाबुलाई पनि कुटपिट गरे ।
रसगुल्लाको विवादमा भएको लडाइँले उग्र रुप लिएपछि घटनालाई नियन्त्रणमा लिनका लागि पुलिसलाई नै बोलाउनु पर्यो । विवादलाई साम्य पारेर बिहेलाई पुनः अघि बढाउन पञ्चायत पनि बस्यो । तर पञ्चायतले कुरा मिलाउन सकेन । जन्तीले आफ्नो बुवालाई कुटेको घटनाबाट बेहुली आक्रोसित भइन् र आफुले बिहे नगर्ने घोषणा गरिन् । उनीसँग दुबै पक्षले अनुरोध गरेपनि उनी बिहेका लागि राजी भइनन् । अन्ततः बिहे नै रद्द गर्नुपर्यो ।

काठमाडौं, बैशाख ७ । जलवायु परिवर्तनका अनेकौं नकारात्मक प्रभावहरू विश्वमा देखिन थालेका छन् । त्यसैको एउटा प्रभाव हो– क्यानाडामा बग्ने स्लिम्स नदी चार दिनमा एकाएक ‘गायब’ हुनु ।
नवभारत टाइम्समा प्रकाशित समाचारअनुसार, अनुसन्धाताहरूले यसलाई जलवायु परिवर्तनको नराम्रो प्रभावको उदाहरण बताएका छन् । वैज्ञानिकहरूले यो घटनालाई ‘रिवर पाइरेसी’ (नदीको चोरी) नाम दिएका छन् ।
कास्कावुल्स ग्लेसियरबाट निस्किने १५० मिटर चौडा स्लिम्स नदी सयौं वर्षअघिदेखि बग्दै आएको थियो । मौसम परिवर्तनका कारण ग्लेसियरको बरफ निकै छिटो पग्लिन थाल्यो र नदीको पानीको बहाव एकदमै तीव्र भयो । तीव्र प्रवाहले गर्दा नदीले आफ्नो दिशा बदलियो ।
बहावको तीव्रताले नदीको बाटो नै अर्कै बन्यो, जसले गर्दा नदी आफ्नो पुरानो ठाउँबाट झन्डै हराएजस्तो भयो । समाचारअनुसार, अब यो नदी अलास्का खाडीतर्फ बग्न थालेको छ ।
समाचारमा एक जना भूवैज्ञानिकले आफूले नदी रहेको ठाउँको यात्रा गरेको बताएका छन् । उनले भनेका छन्, ‘स्लिम्स एकप्रकारले सुकेजस्तै भएको छ । यस्तो ठूलो परिवर्तन आउन निकै लामो समय लाग्छ । विश्वव्यापी ऊष्मीकरणका कारण स्लिम्स नदी सानो धारामा परिणत भएको छ, अर्कोतिर ग्लेसियरको पानीको दिशा परिवर्तन हुनाले अलास्का नदी धेरै गुना ठूलो भएको छ । पहिले अलास्का र स्लिम्स यी दुबै नदी एउटै जस्ता थिए ।’’

वार्षिक भविष्यको चर्चा गर्दा जगलाग्नलाई पनि विचार गर्नुपर्ने हुन्छ । यस वर्षको जगलग्न कुम्भ हो । लग्नेश शनि एकादश स्थानमा आम्दानीको हिसाबले राम्रो भए पनि वर्षारम्भमा शनि वक्र्र भएकोमा लग्नमा केतु तथा सप्तममा राहु भएकाले पुँजी परिचालन अव्यवस्थित हुने, वैदेशिक व्यापार घाटा अप्रत्यासित रुपले बढ्ने, समाजमा अराजकता फैलिने संभावना रहन्छ ।
मेष
मेष राशिलाई यस वर्ष अढैया शनिको प्रभाव केही समयको लागि हटेको अवस्था छ । वर्षारम्भको समय शुक्र, सूर्य, बुध तथा शनिसमेत अनुकूल रहेकोले आँटेका कार्य सफल हुनेछ । परि श्रमले केही लाभ पनि मिल्नेछ । व्यापारमा सफलता मिल्नेछ । नयाँ कामहरू पनि हात पर्नेछन् । अरूको विश्वास पनि जित्न सकिनेछ । जेठ ६ गतेदेखि पुनः अढैया शनि आरम्भ हुने, छैटा गुरु तथा साउन २१ बाट चतुर्थ भावमा राहु प्रवेश हुने हुँदा समय प्रतिकूल बन्नेछ । घरेलु समस्याले प्रशस्त मात्रामा सताउनेछ । नोकरी तथा राजनीतिमा ठूलो संकटको सामना गर्नुपर्नेछ । मित्रहरूले सहयोगको नाममा षड्यन्त्र गरेर फसाउन सक्नेछन् । परिवारहरू पूर्णरूपमा टेढिनेछन् । शत्रु प्रशस्त मात्रामा बढ्नेछन् । राज्यबाट समेत झुटा आरोप लगाउने प्रयत्न हुनेछ । तपाईंका राम्रै कुरालाई पनि बंग्याउने प्रयत्न गरिनेछ ।
धर्ममा मन नजाने, शरीरमा आलस्यताले डेरा जमाउने, सानो–सानो काम गर्न पनि आँट नआउने, आर्थिक अवस्था कमजोर रहने हुँदा मानसिक तनाव प्रशस्त मात्रामा बढ्नेछ । पेटका रोग र मिर्गौला रोगले सताउने सम्भावना रहन्छ । लेनदेनमा विवादको सामना गर्नुपर्ने, पढाइमा ढिलासुस्ती हुने, सन्तानहरूसँग विमति रहने भएकोले मन अशान्त रहनेछ । भदौ २१ देखि फागुन २५ सम्म सातौं गुरुको अनुकूल प्रभावले व्यापारमा सफलता, यात्रामा लाभ, धर्ममा रुचि बढाउने हुँदा काममा र पढाइमा अपेक्षित सुधार आउनेछ । भाग्यले पनि साथ दिनेछ । मंसिर १ गतेदेखि अढैया शनिले छोड्ने हुँदा आर्थिक कठिनाइमा कमी आउनेछ । लेनदेनको विवाद हटेर जाने, नोकारी तथा राजनीतिमा गरेका प्रयासहरू सकारात्मक हुने राज्यबाट लगाइएका झुटा आरोपहरू निराधार सावित हुनेछ । आफ्नो वर्चस्व बढ्दै जाने योग भएकोले महत्ववपूर्ण कामहरू मंसिर १ पछि फागुन २५ सम्म गरी सक्नु राम्रो हुनेछ । अन्य समय संयम भएर अघिबढनु राम्रो । जेठ, साउन, मंसिर, चैत्र महिना नराम्रो रहनेछ भने असार, असोज, कात्तिक, माघ, फागुन राम्रो रहनेछन् ।
वृष
ग्रहगोचर यस वर्ष मध्य रहनेछ । वर्षारम्भमा अढैया शनिको प्रभावको साथै चतुर्थ राहुको प्रतिकूल प्रभावले समय प्रतिकूल रहनेछ । पारिवारिक समस्याले धेरै सताउनेछ । मित्रहरू मित्रका नाममा कलंक नै हुनेछन् । स्वास्थ्य कमजोर भएर काम गर्ने उत्साह पटक्कै हुनेछैन । मनमा द्विविधाले दरिलो डेरा जमाउनेछ, आर्थिक कठिानाइ प्रशस्त मात्रामा बढ्नेछ, विश्वास गरेकाले महत्ववपूर्ण समयमा धोका दिनेछन् । लेनदेनमा चर्को विवादको सामना गर्नुपर्नेछ । पेटको रोगले सताउनुको साथै आमा हुनेहरूका लागि स्वास्थ्य पनि खराब हुनेछ । घरझगडाले घरै छोड्ने स्थिति पनि आउनेछ । राजनीतिमा प्रशस्त संकटको सामना गर्नुपर्ला । नोकरीमा आउने समस्याले स्थानान्तरण हुने अथवा सेवाबाट वञ्चित हुनेसम्म अवस्था आउने सक्छ । शत्रुले खैरो खन्नेछन् ।
आफूले आफैंलाई अति कमजोर ठान्ने अवस्था आए पनि जेठ ७ गतेदेखि कात्तिक ३० सम्म अढैया शनिले छोड्ने र साउन २२ देखि राहु तृतीय हुने हुँदा समय बलियो हुनेछ । पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने, नयाँ कामको अवसर प्राप्त हुनेछ । वैदेशिक कार्यमा सुधार आउने, यात्रा गर्ने अवसर मिल्ने, प्रेम गर्नेहरूको प्रेम जीवनयात्रामा रूपान्तरित हुने । नोकरी तथा राजनीतिमा आउने समस्यालाई सजिलै पार लगाइ गुमेको स्थान पुनः फर्काउन सक्ने, आम्दानीका अवसरहरू मिल्ने, सन्तान नहुनेलाई पुत्र लाभको योग, छात्रवृत्तिमा विदेश पढ्न जाने अवसर मिल्नेछ । भुलेका मित्रहरूले आफ्नो गल्ती महसुस गर्दै क्षमायाचनासहित सहयोगको तत्परता देखाउनेछ । घर तथा सवारी जोड्ने तरखरमा भए सजिलै प्राप्त हुने योग भए पनि भदौ २२ गतेबाट फागुन २५ सम्म गुरु षष्ठ स्थानमा, मंसिर १ देखि पुनः अढैया शनि प्रवेश हुने हुँदा महत्ववपूर्ण काम साउन २२ देखि भदौ २१ सम्म गर्नु बेस हुनेछ । जेठ, साउन, कात्तिक, फागुन, चैत्र महिना राम्रो र वैशाख, भदौ, पुस नराम्रो महिनामा पर्दछन् ।
मिथुन
ग्रह गोचरले पूर्ण रूपमा साथ दिनेछ । वर्षारम्भमा ग्रह अनुकूल रहेकोले वर्षभरि नै अवस्था राम्रो बन्न सक्ने देखिन्छ । परिवारहरूको केही गुनासो रहनेछ । मित्रहरूले खासै सहयोग नगर्ने भएकोले सजक रहनुपर्ला । अरूको विश्वासमा भन्दा आफ्नो प्रयासमा काम अघि बढाउनु उचित हुनेछ । साउन २० सम्म तृतीय राहुले पराक्रमका साथै मनमा उमंग धेरै बढाउने हुँदा रोकिएका कामलाई पुरा गर्ने एवं आम्दानीका अवसरहरू धेरै मिल्नेछन् । सेवकहरूले जीउज्यान दिएर सेवा गर्नेछन् । दाजुभाइहरूमा मत रहने हुनाले टाढै रहनु होला । व्यापारीहरूको वैदेशिक व्यापारमा सोचेभन्दा बढी सफलता मिल्नेछ । राजनीतिमा पनि विदेशी मित्रहरूको सहयोगले अघि बढ्ने अवसर मिल्नेछ । नयाँ स्थान र मानको अवसर पनि प्राप्त होला । भदौ २२ देखि पढाइमा धेरै सफलता मिल्नेछ सन्तान नहुनेको पुत्र लाभको योग बन्नेछ ।
भएका सन्तानको प्रगतिले मनोवल बढ्नेछ । साहित्यकारहरूले राम्रो लेखरचना सिर्जना गरी राष्ट्रिय, अन्तर्राष्ट्रिय पुरस्कार पाउन सक्ने सम्भावना छ । पुराना प्रेमहरू विवाहमा परिणत हुनेछन् । नयाँ प्रेमको अवसर पनि मिल्नेछ । शत्रुलाई सजिलै परास्त गर्न सकिनेछ । कृषि व्यवसायीहरूले राम्रो लाभ पाउनेछन् । सिनेमा निर्माणमा संलग्नहरूका लागि यो वर्ष राम्रो अवस्था सिर्जना होला । शैक्षिक व्यवसायमा रहनेहरूले उन्नतिको फड्को मार्नेछन् । भदौ २० सम्म मित्रहरूसँग सजग रहनुहोला । साउन २२ पछि बोल्दा होस पुर्याउनु होला । जेठ ७ गतेदेखि कात्तिक ३० सम्म विपरीत लिंगीबाट सचेत हुनु राम्रो हुनेछ । पतिपत्नीमा विवाद हुन सक्ने भएकोले धैर्य धारण गरेर अघि बढ्दा वर्षैका सपनाहरू पूरा गर्न सकिने योग छ । वैशाख, भदौ, मंसिर, चैत्र, महिना शुभ रहनेछन् । जेठ, असोज, माघ महिना प्रतिकूल रहनेछन् ।
कर्कट
यो वर्ष ग्रह गोचर मध्यम रहनेछ । वर्षारम्भमा ग्रह अनुकूल रहेकोले शत्रु नास हुनुका साथै मित्रहरूको सहयोगले अधुरा काम पूरा हुनेछन् । नयाँ काम पाउने योग छ । नोकरीमा पदोन्नति र राजनीतिमा प्रगति सोचेभन्दा बढी नै मिल्नेछ । अरूको विश्वास पनि जित्न सकिनेछ । जोस र जाँगर बढ्नेछ । आम्दानीका अवसरहरू प्रशस्त मात्रामा प्राप्त हुनेछन् । वैदेशिक कार्य र व्यापारमा सोचेभन्दा वढी सफलता रामै्र पाउने योगछ । वैवाहिक कुराहरूले उच्च स्थान पाउनेछ यो वर्ष । विपरीत लिंगी मित्रले प्रेमको प्रस्तावसँगै विदेश जान अनुरोध गर्नेछन् । गृह, रक्षा र सैन्य क्षेत्रमा हुनेहरूका लागि समय अनुकूल रहनेछ । बौद्धिक तथा लेखक वर्गले धार्मिक र सामाजिक क्षेत्रमा रामै्र फड्को मार्न सक्नेछन् । रचिएका कृतिले सम्मान पाउनेछ । शैक्षिक उन्नतिका लागि स्वदेश तथा विदेश दुवै अनुकूल रहनेछ ।
भदौ २१ देखि चतुर्थ गुरु तथा द्वितीय राहुले सोच्ने शक्तिलाई कमजोर बनाउने हुँदा घरेलु विवाद बढाउनेछ, बोल्न अलि विचार गर्नुपर्ला । धनको क्षति हुन सक्ने भएकोले धनको ढुकुटीमा कडा नजर राख्नुपर्नेछ । स्वास्थको ख्याल वर्षभरि नै गर्नुपर्नेछ । मुटु तथा मस्तिष्कमा पीडा सिर्जना हुनेछ । शत्रुले आफ्नो कमजोरी खोजिरहेका बेला मित्रहरूले गोपनियता भंग गरिदिनाले बिनाकारण फन्दामा पर्न सक्ने सम्भावना रहनेछ । पतिपत्नीबीच बढ्ने मतभेदले कार्यक्षेत्रलाई अस्तव्यस्त बनाउनेछ । नोकरीमा स्थानान्तरण र राजनीतिमा संकट पनि भदौ २२ देखि बढ्नेछ । महत्ववपूर्ण कामहरू त्योभन्दा पहिले नै गर्नु होला । निर्माण व्यवसायका व्यक्तिहरूका लागि ग्रहले वर्षभरिनै साथ दिनेछ । शैक्षिक व्यवसायमा लाग्नेले भने सबै निर्णय भदौ २१ भित्र गरी सक्नुपर्नेछ । वैशाख, जेठ, असोज, पुस महिना राम्रोमा पर्नेछ । असार, कात्तिक, फागुन महिना नराम्रो देखिन्छ ।
सिंह
समग्रमा ग्रह गोचर राम्रो रहनेछ । वर्षारम्भलाई विचार गर्दा भाग्य चम्कने देखिन्छ । धार्मिक कार्यहरूमा निकै रुचि बढ्नेछ । सामाजिक क्षेत्रमा ऐतिहासिक सफलता मिल्नेछ । बोलीको प्रभाव राम्रो रहेकोले अरूको मन जित्न सजिलै सकिनेछ । राज्यले सम्मान गर्ने, राजनीतिमा ऐतिहासिक सफलता मिल्ने योग छ । कूटनीतिक क्षेत्रमा राम्रो सफलता पाउने योग छ । नोकरीमा सम्मानयुक्त पदोन्नति र स्थानान्तरण हुनेछ । सैन्य क्षेत्रमा काम गर्ने वा सैनिकसँग काम लिनेहरूका लागि यो वर्ष निकै राम्रो रहनेछ । वैदेशिक कार्यमा सोचेजस्तै सफलता पाउनुहोला । निजी र देशको कार्यका लागि विदेश यात्रा हुने सम्भावना बलियो छ । व्यापार, व्यवसायमा राम्रै सफलता मिल्नेछ ।
पढाइमा उन्नति र बौद्धिक कार्यमा प्रगति सोचेभन्दा बढी नै होला । घरघडेरी र वहान जोड्ने अवसर मिल्नेछ । मित्रहरूले राम्रो सहयोग गर्नेछन,् परिवारबाट पनि सहयोगको अपेक्षा गर्न सकिन्छ । शत्रुमाथि ऐतिहासिक विजय गरेर विभिन्न बिघ्नबाधालाई चिर्दै अगाडि बढ्न ग्रहले साथ दिएको छ । तर मित्र र पारिवारिक सहयोगसहितको सफलता भने जेठ ६ गतेसम्म र मंसिर १ गतेपश्चात् मात्र मिल्नेछ । जेठ ७ गतेदेखि कात्तिक ३० गतेसम्म अढैया शनिको पुनः आरम्भ हुने भएकोले परिवारहरू टेढिएर घरेलु समस्याले सताउनेछ, मित्रले धोका दिनेछन् । आफूमा भएको आत्मविश्वास पनि घटेर जानेछ । राज्यबाट बिनाकारण आक्रमण हुनेछ । नोकरीमा अनायास समस्या, स्वास्थ्यमा संकट आउनुको साथै मुटु र मस्तिष्कमा समस्या आउन सक्छ । हाड, जोर्नी दुःखेर मनो बल घटाउनेछ । लेनदेनमा विवादको सामाना गर्नुपर्नेछ । राजनीतिमा आउने एकपछि अर्को समस्याले अगाडि बढ्नबाट वञ्चित गराउँला । महत्ववपूर्ण कामहरू जेठ ६ गतेअघि र मंसिर १ गतेपछि गर्दा बढी सफलता मिल्नेछ । साउन, मंसिर र चैत्र महिना अशुभ रहनेछन् । जेठ, असार, कात्तिक, माघ राम्रोमा पर्दछन् ।
कन्या
वर्षारम्भको समय ग्रह प्रतिकूल रहनेछ । सुरुमै अशुभ समाचार सुनेर चिन्तित हुनुपर्ला, स्वास्थ निकै कमजोर रहनेछ । सानातिना काममा सफलता मिले पनि महत्ववपूर्ण काममा अवरोध आउनेछ । मित्रहरूले पटकपटक धोका दिनेछन् । परिवारहरू कुरै नबुझी टेढिनेछन् । वहानले पनि दुःख दिनेछ, अरूको काम धेरै गर्नुपर्ने जस नमिल्ने हुन्छ । धातुरोगले पेटको समस्याले प्रशस्त मात्रामा सताउनेछ । लेनदेनको विवादले प्रतिष्ठामा समेत आँच आउन सक्छ । झुटा आरोप राज्यले लगाउने, नोकरीमा समस्या सिर्जना हुनेछ । राजनीतिमा पाएको मान, पद गुम्न सक्ने योग भए पनि जेठ ७ गतेदेखि कात्तिक ३० सम्म अढैया शनिले छोड्ने, भदौ २१ मा गुरु द्वितीय स्थानमा प्रवेश हुँदा योबीचको समय निकै महत्ववपूर्ण रहनेछ । मनमा उत्साह र शरीरमा स्फूर्ति बढ्नेछ । सानै प्रयासले पनि ठूलो काममा सफलता हासिल गरिनेछ । आम्दानीको स्रोतहरू चौतर्फी जुट्नेछन् ।
नोकरीमा आउने समस्यालाई सजिलै किनारा लगाउन सकिनेछ । राजनीतिमा गुमेको आफ्नो स्थान र मान फर्काउन सकिनेछ । बोलीको प्रभावमा राष्ट्रिय, अन्तर्राष्ट्रिय व्यक्तिहरूसँग गरिने अन्तरक्रियाले आफू र राष्ट्र दुवैको हित हुने ऐतिहासिक कार्य गरेर अघि बढ्ने अवसर मिल्नेछ । कूटनीतिक कार्यमा असहजलाई सहज गरी कीर्तिमानी बन्ने अवसर पनि मिल्नेछ । पढाइमा उल्लेख्य सफलता मिल्नेछ । लेखन मंसिरमा उत्कृष्ट लेखक बन्ने अवसर मिल्नेछ । कानुन व्यवसायी र कानुनी अध्ययनकर्ताहरूका लागि राम्रो अवसर प्राप्त हुनेछ । अनायास आउने प्रेमको प्रस्ताव अप्रत्यासित रूपमा वैवाहिक बन्धनमा रूपान्तरित हुँदा हर्षित भइनेछ । गोपनीयता वर्षभरि नै अपनाउनु होला, शत्रुले तपाईंको छिद्र खोजिरहने भएकाले संयमित हुनु जरुरी छ । वैशाख, भदौ, पुस महिना प्रतिकूल हुनेछ भने आषाढ, साउन, मंसिर र चैत्र भने शुभ रहनेछ ।
तुला
यो वर्ष ग्रहले मध्यम फल दिनेछ । वर्षारम्भको समय अनुकूल रहनेछ । बिदेसिएर भुलेका मित्रले याद गर्नेछन् । पढाइको सिलसिलामा वर्षको सुरुमै विदेशयात्रा हुन सक्छ । व्यापारमा पूर्ण सफलता मिल्नुको साथै भुलेका प्रेमीहरूले पुनः याद गर्नेछन् । लेखन मंसिरमा राम्रै सफलता मिल्नेछ । सिनेमा क्षेत्रका हस्तीको लागि ग्रहले साथ दिनेछ । कूटनीतिक क्षेत्रमा गरेका प्रयासहरू सकारात्क रहनेछन् । साउन २१ सम्म एकादश राहुको अनुकूलता प्रशस्त धन आर्जन हुनेछ । मनमा उत्साह र शरीरमा स्फुर्ति पनि बढ्नेछ । आँटेका काम धेरै पूरा हुनेछन् । अरूबाट प्रशंसा पाउनुहोला । विवाह नहुनेका विवाह लागि शुभ वर्षमै पर्दछ, सन्तानको योग पनि बलियो छ ।
घरजग्गा र सवारीसाधन जोड्ने अवसर मिल्नेछ । नोकरीमा पदोन्नति र राजनीतिमा प्रगतिको शुभ लक्षण देखिन्छ । जेठ ७ गतेदेखि कात्तिक ३० गतेसम्म समय प्रतिकूल रहनेछ । स्वास्थमा संकट आउनाको साथै काममा बिघ्नबाधा प्रशस्त मात्रामा आउनेछ । शत्रु सक्रिय हुन्छन् । मित्र तथा परिवारले सहयोगभन्दा बढी आक्रमण गर्नेछन् । पढाइमा अवरोध आउनेछ । बुद्धिले समयमा काम नगर्दा अरूबाट आलोचित हुनुपर्नेछ । हाडजोर्नीको समस्याले मनोबल कमजोर बनाउनेछ । अरूको काम धेरै गर्नुपर्ने, जस नपाउने भएकोले सचेत हुनुहोला ।
प्रेममा खटपट र पतिपत्नीबीचको विवादले दैनिकीमा अप्ठ्यारो बनाउनेछ । सन्तानसँगको विमतिले आफूलाई कमजोर बनाउनेछ । अनावश्यक परिआउने खर्चलाई धान्न हम्मेहम्मे पर्नेछ । त्यसैले महत्ववपूर्ण काम र निर्णयहरू यो बीचमा नगरी अरू समयमा गर्दा भने सहजसित अघि बढ्न सकिनेछ । जेठ, असोज, माघ महिना नराम्रो रहनेछ भने साउन, भदौ, पुस र चैत्र महिना शुभ रहनेछन् ।
वृश्चिक
वर्षारम्भमा ग्रह सामान्य अनुकूल रहे पनि वर्षभरिको ग्रह गोचर प्रतिकूल रहने देखिन्छ । भदौ २१ सम्म गुरुको अनुकूलताले आर्थिक क्षेत्रमा सकारात्मक अवस्था रहनेछ । पढाइमा लाभ मिल्नुका साथै व्यापारमा सफलता प्राप्त होला । सन्तान पक्ष अनुकूल रहनुको साथै बोलीको प्रभावले मान्यजन आकर्षण हुने तथा बौद्धिकवर्गहरूको सहयोग, सद्भाव रहनेछ । स्वास्थ वर्षभरि नै प्रतिकूल रहनेछ । मनमा बिनाकारण त्रास सिर्जना हुनेछ, परिवारहरूको गुनासो दिनानुदिन बढ्दै जानेछ । मित्रहरूको आफूप्रति रहने नकारात्मक भावनाले सफलताका पाइलाहरू कुण्ठित हुनेछन् । शत्रुले खोइरो खन्ने र राम्रो कामलाई पनि नराम्रो बनाउने प्रयासहरू निरन्तर चालिरहनेछन् । अनावश्यक खर्च धेरै गर्नु पर्नेछ ।
नोकरीमा एकपछि अर्काे समस्या आइरहनेछ । राजनीतिमा झुटा लाञ्छना लगाएर पछि पार्ने खेलहरू प्रशस्तै हुनेछन् । मातापितासँगको सम्बन्ध पनि राम्रो हुने देखिन्न । उहाँहरूको स्वास्थमा पनि समस्या आउनेछ । भदौ २२ गतेपश्चात् गुरुसमेत प्रतिकूल हुने हुँदा समय झन् कठिन हुनेछ । खर्चको गति तीव्र हुनुको साथै गलत विचार प्रशस्त मात्रामा बढ्नेछन् । मुद्दामामिलाको सम्भावना पनि बलियो देखिन्छ । सन्तानसँग विमति हुनुका साथै एकसाथ वस्न गाह्रो हुने अवस्था आउनेछ । सानोसानो कामलाई पनि अघि बढाउने आँट आउने छैन ।
मनमा शंका उपशंकाले दरिलो डेरा जमाउनेछ । हाडजोर्नीको दुखाइ प्रशस्त मात्रामा बढ्नेछ । आर्थिक कठिनाइहरूले अस्तव्यस्त बनाउनेछ । पतिपत्नीबीच बढ्ने विवादले बिछोडको अवस्थासम्म सिर्जना गर्न सक्नेछ । धार्मिक क्षेत्रमा निराशिताले दरिलो डेरा जमाउनेछ । यो वर्ष अत्यधिक रूपले अध्यात्ममा जोेड दिनुहोला । धन माल हराउन सक्छ, सचेत हुनुहोला । असार, कात्तिक, फागुन महिना प्रतिकूल वैशाख, भदौ, असोज र माघ शुभ हुनेछन् ।
धनु
ग्रह गोचर यो वर्ष मध्यम रहनेछ । सुरुमा ग्रहले साथ दिनेछ, मन चञ्चल भए पनि धैर्य गरेर अघि बढ्दा धेरै कार्यहरूमा सफलता मिल्नेछ । शत्रुसँगको प्रतिस्पर्धामा जित हासिल गर्न सकिनेछ । आम्दानीका अवसरहरू प्रशस्त मात्रामा प्राप्त हुनेछन् । विवादको सामना गर्नु परे पनि आखिर सत्यले जित हासिल गर्नेछ । जोस र जाँगर बढ्नेछ । आँटेका कामहरू धेरै पूरा हुनेछन् । नयाँ कामको अवसर पनि मिल्नेछ । पढाइमा सफलता मिल्नुको साथै बौद्धिक कार्यमा राम्रै प्रगतिको योग छ । व्यापारमा गरेका प्रयासहरू सकारात्मक रहनेछन् । वैदेशिक कार्यमा पूर्ण सफता मिल्नेछ । वैवाहिक बन्धनमा बाँधिने बलियो सम्भावना छ । सन्तान नहुनेका लागि सन्तान प्राप्तिको वर्ष हो । छात्रवृत्तिसहितको विदेश पढ्न जाने अवसर पनि पाउनुहोला । भूमि वहान जोड्ने तरखरमा हुनुुहुन्छ भने त्यसका लागि वातावरण अनुकूल रहनेछ ।
मित्र तथा परिवारका सहयोग चाहेजति नै मिल्नेछ । भदौ २२ देखि गुरुको अनुकूल प्रभावले मनमा प्रसन्नता बढाउनेछ । नोकरीमा भनेजस्तै स्थान मान पाउने योग छ । भुलेका मित्रहरूले याद गर्दै सहयोग गर्ने मनसाय राख्नेछन् । प्रेम गर्ने अवसर पनि मिल्नेछ, राजनीतिमा राज्यका ठूला हस्तीहरूले तपाईंको आवश्यकता महसुुस गर्नेछन् । कूटनीतिक कार्यबाट राष्ट्रको हित अन्तराष्ट्रको खुस निर्माण गरी आफूलाई ऐतिहासिक व्यक्तित्वमा स्थापित गर्न सफल हुनुहोला । साउन २२ देखि अष्टमा राहुले स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्नेछ । आर्थिक कारोबारमा कठिनाइ उत्पन्न हुनेछ ।
धातुरोग, मिर्गौलासम्बन्धी समस्याले चिन्तित पार्न सक्छ । हड्डी, नसाको दुखाइ सही नसक्नु हुनेछ । मनस्थिति कमजोर हुने भएकोले धैर्यमा जोड दिनु उचित हुनेछ । पानी यो वर्ष धेरै पिउनुपर्ला । धार्मिक कार्यहरूमा खासै प्रगति देखिन्न । गोपनीयता अपनाउनु बेस छ । साउन, मंसिर र चैत्र महिना अशुभ एवं जेठ, असोज, कात्तिक र फागुन शुभ छन् ।
मकर
वर्षारम्भमा ग्रह गोचर राम्रो रहे पनि शनिको प्रतिकूलताले खर्च, विवाद र चिन्ता बढ्ने योगछ । आम्दानीका मंसिरमा अवरोध सिर्जना गर्नेहरूदेखि सजग रहनुपर्ला । शत्रुले खोइरो खन्नेछन् । विश्वास गरेकाले धोका दिनेछन् । हड्डी र नसाको समस्या आउने प्रबल सम्भावना छ । जेठ ७ गतेपश्चात् कात्तिक ३० गते शनि र गुरुको अनुकूलताले भाग्य बलियो हुनुको साथै धार्मिक कार्यमा कीर्तिमानी काम गरेर बढ्दा सामाजिक कार्यमा सम्मान पाउनुहोला । पराक्रम बढ्नुको साथै अधुरा कामहरू पूरा हुने, नयाँ काम पाउने योग बलियो छ । आम्दानीका अवसर मिल्नुको साथै घरघडेरी, सवारीसाधन जोड्ने तरखरमा हुनुहुन्छ भने सहज हुनेछ । मित्रहरूबाट आर्थिक र बौद्धिक सहयोग पाउनुहोला । परिवारहरूको सहयोगले पढाइमा रुचि बढ्नुका साथै छात्रवृत्ति प्राप्त गरी परदेश पढ्न जाने अवसर मिल्नेछ ।
लेखनमा लाग्नेहरूका लागि यो समय अनुकूल रहनेछ । साहित्य, कलामा लाग्नेहरूका लागि समय राम्रो छ । व्यापार, व्यवसायमा सोचेजस्तै सफलता मिल्नेछ । वैवाहिक कुरा पनि अघि बढ्नेछ । ठूला व्यक्तिसँग अन्तरक्रिया गर्दै बौद्धिक विकास गर्ने अवसर मिल्नेछ । साउन २२ पछि राहु अष्टम भावबाट हट्ने हुँदा स्वास्थमा सुधार आउनेछ, लेनदेनका कठिनाइ पनि हटेर जानेछन् । सातौं राहुले पतिपत्नीबीचको सम्बन्धलाई भने कमजोर बनाउनेछ । नोकरीमा पदोनन्ति र इच्छित स्थानान्तरणको योग छ । राजनीतिमा उच्च पद प्राप्तिको अवसर मिल्नेछ तर त्यसका लागि जेठ ६ गतेपश्चात् प्रयास गर्दा सहजसँग सफलता मिल्नेछ । महत्ववपूर्ण निर्णयहरू भदौ २१ गतेभित्र गर्नुपर्ला । मंसिर १ गतेदेखि पुनः शनि साढेसाती आरम्भ हुने भएकोले अस्वस्थता, खर्च, विवाद र चिन्ता बढ्ने योग भएकोले संयम हुनुहोला । वैशाख, भदौ, पुस खराब महिना र असार, कात्तिक, मंसिर, चैत्र शुभ हुनेछन् ।
कुम्भ
ग्रह गोचर यस राम्रो रहे पनि भदौ २१ सम्म अष्टम गुरुले स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने, वाणी अशुद्ध र धन नास हुनेछ । काममा अवरोध आउने, मनमा अशान्ति सिर्जना हुने योगछ । कुरा काट्नेहरू बढ्नेछन् । विश्वासमा धोका हुने भए पनि शनिको अनुकूल प्रभाव वर्षभरि नै रहनेछ । साउन २२ मा राहु षष्ट भावमा जाने, भदौ २२ देखि गुरु पनि अनुकूल भएकोले समग्रमा वर्ष राम्रो रहनेछ । शत्रुमाथि ऐतिहासिक विजय हासिल गर्दै आफ्नो लक्ष्यमा पुग्न सफल हुनुहोला । आँटेका अधिकांश काम पूरा हुनेछन् । मनमा हर्ष र शरीर स्फुर्ति प्रशस्त मात्रामा बढ्नेछ । व्यापारमा गरेका प्रयासहरू सकारात्मक रहनेछन् । विदेशयात्रा र वैदेशिक व्यापारमा लाभ प्रशस्तै हुने देखिन्छ । आम्दानीका नयाँ स्रोतहरू जुट्नेछन् । नोकरीमा चाहेअनुसारै स्थानान्तरण हुनेछ । राजनीतिमा गुमेको स्थान पुनः प्राप्ति गर्ने वातावरण बन्नेछ ।
भाग्य बलियो हुनेछ । धार्मिक कार्यहरूमा मन जानेछ । शैक्षिक सफलताले मन प्रसन्न रहनेछ । सन्तान नहुनेका लागि भदौ २२ पछि समय अनुकूल हुनेछ । घरघडेरी र सवारीसाधन जोड्ने अवसर पनि मिल्नेछ । राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा गरिएका कूटनीतिक प्रयासहरू प्रशंसनीय हुनेछन् । विद्वान्हरूको छत्रछायामा रहेर ऐतिहासिक काम गर्नै अवसर मिल्नेछ । बोलीको प्रभावमा अरूको मन सजिलै जित्न सकिन्छ । वैवाहिक बन्धनमा बाँधिने सम्भावना बलियो छ । आफूलाई भुलेका मित्र र बिदेसिएर टाढिएका मित्र तथा परिवारजनहरूले याद गर्दै सहयोगको हात अघि बढाउनेछन् । वैशाख, साउन, मंसिर, पुस महिना शुभ र जेठ, असोज, माघ महिना अशुभ हुनेछन् ।
मीन
वर्षको आरम्भमा ग्रह गोचर राम्रो रहनेछ । व्यापारमा उन्नति गर्ने अवसर मिल्नेछ । यात्राका अवसरहरू प्रशस्त मात्रामा जुट्नेछन् । प्रेम गर्ने अवसर पनि मिल्नेछ, वैवाहिक बन्धनमा बाँधिन बलियो सम्भावना छ । बोलीको प्रभाव बढ्नुको साथै कूटनीतिमा आफ्नो वर्चस्व बढाउन सफल हुनुहोला । पतिपत्नीबीच सुमधुर सम्बन्ध गाँसिनेछ । वैदेशिक कार्यमा ठूलै फड्को मार्ने अवसर मिल्नेछ । आम्दानीको स्रोतहरू प्रशस्त मात्रामा जुट्नेछन् । शत्रु पराजय हुनुको साथै मित्र तथा परिवारको सहयोग पनि अपेक्षित पाउनुहोला । घरघडेरी र सवारीसाधन जोडने अवसर मिल्नेछ । नोकरीमा पदोन्नति र लाभप्रद स्थानान्तरण हुने योग छ । राजनीतिमा आफ्नो वर्चस्व बढाउन सकिनेछ । पदक प्राप्तिको सम्भावना छ । साउन २२ बाट पञ्चममा राहु प्रवेश हुने र भदौ २२ देखि गुरु अष्टमा हुने भएको हुँदा समय प्रतिकूल हुनेछ ।
धातु र मिर्गौलासम्बन्धी रोगले सताउनेछ । तत्पश्चात् वर्षभरि नै सजग रहनुपर्ला, आपसी विश्वासमा ह्रास आउने, मन अशान्त हुने, आर्थिक संकट बढ्ने, नगद कारोबार गर्दा अनावश्यक विवादमा फस्ने सम्भावना रहन्छ । पढाइमा मन नजाने, सन्तानसँग मतभेद हुने, शत्रुले आक्रमण गर्ने अवस्था सिर्जना होला । सही कार्यलाई समेत गलत बनाउने प्रयत्न हुनेछ । नोकरीमा संकट आउने, राजनीतिमा झुटा आरोप लाग्न सक्ने बलियो सम्भावना छ । यो स्थितिमा आफन्तहरूले समेत साथ नदिन सक्छन् । वैदेशिक र कूटनीतिमा समेत रहेको छाप हट्न सक्छ । सोच्ने शक्तिमा कमी आउनुको साथै निर्णयको अभाव पनि देखिन्छ । महत्ववपूर्ण निर्णयहरू भदौ २२ पूर्व नै लिनु बेस हुन्छ । जेठ, भदौ, पुस, माघ महिना शुभ र असार, कात्तिक, फागुन, महिना अशुभ हुनेछन् ।
ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’/ हरेक नयाँ साल सुरु हुँदा जो कोहीलाई पनि आशावादी बनाउँछ नै । मानिस स्वभावैले आशामुखी हुन्छ । हाम्रो मात्र होइन क्रिस्चियन देशहरूमा पनि १ जनवरीलाई नयाँ साल परिवर्तनका हिसाबले धुमधाम साथ मनाउँछन् । मुस्लिम समुदायले पनि महोरमलाई वर्ष प्रवेश उत्सवका रूपमा मनाउने गर्छन् । भारत वर्षमा मात्र अनेकौं संवत्सरहरू चलेका वा चल्दैआएका छन् । तिनमा मुख्य गरी विक्रम, शाके, मुस्लिम र इस्वी संवत् बढी चल्तीमा छन् ।
हरेक देशभित्र धेरै जाति र संस्कृति भएकाले तिनका आ–आफ्नै प्रकारका संवतहरू फेरिने अलगअलग पद्धतिहरू छन् । हाम्रो जस्तो बहुल जाति र बहुल संस्कृति भएको देशमा हरेक जातिका नयाँ वर्षका बेग्लाबेग्लै संस्कारहरू छन् । व्राह्मण, क्षेत्रीले वैशाख १ लाई नव वर्ष, राई, लिम्बू आदिले वैशाख शुक्ल पूर्णिमा (उँभौली) लाई, नेवारहरूले कार्तिक शुक्ल प्रतिपदा (न्हूँ दया भिन्तुना) लाई, गुरुङ, मगर आदिले पौष शुक्ल प्रतिपदा (तमुल्होसार) लाई, तामाङलगायतले माघ शुक्ल प्रतिपदा (सोनाम ल्होसार) लाई र हिमाली क्षेत्रका शेर्पा आदिले फाल्गुण शुक्ल प्रतिपदा (ग्याल्पो ल्होसार) लाई नयाँ वर्ष प्रवेशका रूपमा मनाउने गर्छन् । हाम्रो पञ्चांग गणनाका लागि तिथि, नक्षत्र, योग र करणका लागि शक संवत् (चैत्र शुक्ल प्रतिपदा) र गते, बार, दिन, घण्टा आदिका लागि विक्रम संवत् मेषार्क (वैशाख १ गते) लाई प्रमुख आधार मानिएको छ । यही पात्रोका आधारमा सबैले आ–आफ्ना प्रचलनअनुसारका पात्रा या क्यालेन्डरहरू बनाउँछन् । सूर्यको परमोच्चकाल मेष राशिको १० अंशा (०.१० डिग्री) मा हुने भएकाले त्यसलाई विक्रम संवत्ले बढी महत्व दिएको छ । सूर्य सिद्धान्तले पनि यही मेषार्क अर्थात् वैशाख महिनाको प्रारम्भलाई गणनारम्भ मानेको छ । तसर्थ, वैशाख १ गते जति बजे सूर्य मेष राशिमा प्रवेश गर्छ, त्यसैलाई वर्षारम्भ मानिन्छ । स्मरणीय छ, सूर्यका सहस्र नाममध्ये एक विक्रम पनि हो । विक्रम संवत् भनेको नेपालीमा सूर्य सम्वत् हो भनेर बुझ्नुपर्छ । यो आजसम्मको सबैभन्दा वैज्ञानिक गणना पद्धति हो ।
यस वर्ष चैत्र ३१ गते राति १ बजेर ४१ मिनेटमा सूर्य मेष राशिमा प्रवेश गरेका छन् । सूर्य कुण्डलीअनुसार सो समयमा नेपाली क्षितिजमा मकर लग्न, मीन नवमांश, कर्क होरा, मेष द्ेष्काण, कन्या त्रिशांश, धनु दशमांश, मेष द्वादशांश, कन्या सप्तमांश, कन्या षोडशांश तथा सिंह षष्ठ्यांश चलिरहेको छ । क्षष्टकाल ५०.३ (घ.प.) तथा विशाखा नक्षत्रको भोग्यांश ६६.४८ बाट भुक्तांश ४३.।५२ चलिरहेको सो समयम सूर्य स्पष्ट ०।०।०।०, चन्द्रमा ६।२८।४६।३६, मंगल १।०।४२।२०, बुध ०।१०।४।२३, गुरु ५।२३।२९।१०, शुक्र ११।२।६७।९, शनि ८।३।४४।२१ तथा राहु ४।७।३९।४७ डिग्रीमा रहेका छन् । गत चैत्र शुक्ल प्रतिपदा बुधबार भएकाले यस वर्षको राजा बुध ग्रह तथा वर्ष प्रवेशको बारादि शुक्रबार भएकाले मन्त्री शुक्र हुनेछन् । त्यसैगरी, सस्येश र नीरसेश सूर्य, मेघेश, फलेश र दुर्गेश बुध, रसेश मंगल, धान्येश शुक्र र धनेश शनि भई ग्रहमण्डलमा आफ्ना क्षेत्रको कार्य गर्नेछन् ।
२०७४ मा भाद्र ६ गते मंगलबार राति ११ः३३ मा सानो चन्द्रग्रहण लाग्नेछ र राति १२ः१७ मा सकिन्छ भने माघ १८ गते बुधबार खग्रास चन्द्रग्रहण लाग्नेछ । साँझ ६ः२५ मा स्पर्श भएर राति ९ बजे समाप्त हुनेछ भने जेठ २७ बाट वृहस्पति मार्गी हुनेछन् । त्यस्तै, गुरु असोज २६ मा अस्त भएर कात्तिक २४ गते उदय हुनेछन् । त्यसैगरी, शुक्र वैशाख २ गतेबाट मार्गी हुन्छन् भने मंसिर २४ मा अस्त भई फागुन ७ गते मात्र उदय हुनेछन् । गुरु–शुक्र अस्तकालमा शुभकार्य गर्नुहुँदैन भन्ने पुरानो मान्यता अथवा अन्धविश्वास पनि छ । ज्योतिषीय दृष्टिमा चाहिँ गुरुको वक्रीकाल सबैभन्दा खराब मानिन्छ भने शुक्रको वक्रीकालमा एक्सिडेन्ट ज्यादा हुन्छन् । २०७३ मा फागुनदेखि नै शुक्र वक्री भएकाले मोटर दुर्घटना ज्यादा भएका थिए । गुरु वक्रीकालमा उल्टा तथा गैरकानुनी कार्य ज्यादा हुने र जन्मकालमा ग्रहहरू कमजोर हुनेको मरण हुने वा रोग, व्याधीको प्रकोप बढ्ने ज्योतिषीय मान्यता छ । गत माघ २४ देखि गुरु वक्री भएकाले ढिला, सुस्ती, रोग, व्याधी तथा प्रदूषण आदिको प्रकोप बढेको हो भन्न सकिन्छ । तर, कर्मकाण्डमा चाहिँ अस्तलाई नराम्रो मानिएको छ । मंगलको वक्रीकालमा गुन्डागर्दी, ज्यादती, रक्तविकार आदि, बुधको वक्रीकालमा व्यापारमा घाटा, ब्रेनमा समस्या तथा शनिको वक्रीकालमा कार्य विलम्ब तथा श्वास–प्रश्वास आदिको समस्या आइपर्नेछ । यिनै वक्री ग्रहले सूर्य या चन्द्रमामाथि प्रभाव पारे भने खतरनाक हुन्छ । सबै ग्रहको परस्पर दृष्टि (एउटै रेखा) मा परे भने भूकम्प, सुनामी तथा पृथ्वीमा उथलपुथल आउनेछ । ग्रहहरूको विश्लेषण गरेर फल बताउने विद्यालाई नै ज्योतिष शास्त्र भनिन्छ । ग्रहको चुम्बकीय शक्ति मानव र जीव प्राणीहरूमा प्रवाहित भइरहेको हुन्छ ।
चुनाव हुन्छ वा हुँदैन ? सत्ता परिवर्तन हुन्छ वा हु“दैन? भन्ने कुतूहलता आम रूपमा रहनु स्वाभाविकै हो । अलिकता अदालत, प्रहरी वा सेनाको वर्चस्व बढ्न सक्नेछ। दलहरूमा एकताको शृंखला तीव्र गतिमा बढ्नेछ । वर्ष प्रवेशका हिसाबले यसपल्टका ग्रहगोचर नेपालका निम्ति त्यति खराब देखिँदैनन् । पृथ्वीनारायण शाहले काठमाडौं कब्जा गर्दा रेवती नक्षत्र र मीन राशिमा चन्द्रमा रहेकाले र काठमाडौं नेपालको राजधानी भएको हुँदा नेपालको मीन राशि ठहर्छ । यसपल्ट उच्चमा शुक्र, सूर्य र धनुमा शनि रहेकाले नेपालको आन्तरिकभन्दा वैदेशिक सम्बन्ध राम्रो रहनेछ । विदेशबाट मनग्ये सहयोग आउनेछ । शुक्र बलवान् भएकाले बाटाघाटा, राम्रा भवन, मन्दिर, बाँध, पैनी आदिको निर्माण हुनेछन् भने लग्नबाट केन्द्रमा सूर्य, बुध र चन्द्रमा भएकाले राजनीति र प्रशासनमा सुधार हुनेछ । असार, साउनपछि दक्षिणी क्षेत्रमा केही गन्जागोल वा बाढीको प्रकोप बढ्नेछ ।
कन्यामा गुरुपछि भदौबाट तुलामा जाने हुँदा नेपालको लाभस्थानमा रहँदा शैक्षिक, धार्मिक तथा व्यापार–व्यवसाय लाभदायक नै रहनेछ । तर, केन्द्रको शनि मानिसहरूमा ज्यादाजसो आलस्यताले बास गर्नेछ । रोजगारीका बाटाहरू बढ्नेछन् । विशेष गरी चुनाव हुन्छ वा हुँदैन ? सत्ता परिवर्तन हुन्छ वा हुँदैन ? भन्ने कुतूहलता आम रूपमा रहनु स्वभाविकै हो । अलिकता अदालत, प्रहरी वा सेनाको वर्चस्व बढ्न सक्नेछ । दलहरूमा एकताको शृंखला तीव्र गतिमा बढ्नेछ । खेती, बालीमा भने कम प्रगतिको सम्भावना प्रबल छ । चोरी, घूसखोरी तथा बलात्कार र हिंसाका घटनामा केही न्यूनता देखिएला । नियम कानुनको परिपालनातिर समाज लागिपर्ने तथा संविधानको मजबुतीकरण हुँदै जाने देखिन्छ । चुनाव ३।४ चरणमा हुन सक्नेछ भने चुनावमा दलहरूको भन्दा धार्मिक, बौद्धिक वा क्षेत्रीयतावादीहरूको बढी गुञ्जायस रहला । प्रमुख दलहरूलाई आफ्नो वर्चस्व जोगाउन हम्मेहम्मे पर्नेछ भने धेरै दलहरू अस्तित्वबाट आझेल पर्नेछन् । यस वर्ष भदौअघि मिथुन, कन्या, धनु र मीन राशिलाई अपेक्षाकृत राम्रो रहनेछ । बन्द व्यापारमा लाभ, वैवाहिक जीवन सुखद् एवं पठनपाठनमा सन्तोषजनक रहे पनि आश्विनपछि मध्यम रहनेछ । त्यस्तै वृष, सिंह, वृश्चिक र कुम्भ राशिलाई भदौअघि मध्यम रहनेछ । खास गरी वैदेशिक व्यापार वा कारोबार र टाढाका काममा सफलता मिल्नेछ भने आन्तरिक पक्ष कमजोर रहनेछ । आश्विन उप्रान्त घरायशी खर्च, विवाद र झमेलाले सताउनेछ । मेष, कर्क, तुला र मकर राशिलाई भदौअघि कार्यमा असफलता, परेशानी, आन्तरिक खर्च एवं ऋणभारले सताउनेछ भने असोजदेखि कार्यमा सुधार, बन्द व्यापारमा प्रगति, पठनपाठनमा रुचि, मान–सममान एवं कार्य प्रगति हुनेछ ।
वैवाहिक जीवनमा मधुर सम्बन्ध बनिरहला । माथि उल्लेखित राशिका मानिसहरूका जन्मकालमा गुरु वक्री, वेधित वा नीच भएमा राजयोग भंग भई दुःख, परेशानी, मुद्दा आदि झमेला आउला । मंगल वक्री, वेधित वा नीच भए भूमिसम्बन्धी हानि बेहोर्नु पर्ला, जेल, दण्ड आइपर्ला । बुध वक्री, वेधित वा नीच भएमा साझेदारीमा झन्झट, व्यापार व्यवसायमा मन्दी एवं इष्टमित्रबाट धोका आउला । शुक्र वक्री, वेधित, नीच आदि भए प्रेममा धोका, पति–पत्नीमा मनमुटाव वा गृहकलह, गाडी एक्सिडेन्ट आदि आइपर्ला । शनि वक्री, वेधित वा नीच भए दुर्मरण, घाउ, खटिराले दुःख देला, शरीरमा रोग देखापर्ला, श्वास–प्रश्वास, मृगौला आदि रोगले सताउला । अतः एव राम्रो ज्योतिष पढेको मानिसलाई मात्र हेराएर काम गरेमा राम्रो होला । पत्थर लाएर वा पूजा गरेर ग्रहशान्ति हुँदैन । लिएर आएको कुरा भोग्नैपर्ने भए पनि खानपान, आहार, विहारले तल–माथि पर्न सक्ने हुँदा यसतर्पm ध्यान दिनु राम्रो हुनेछ । २०७४ सालले सबैको कल्याण गरोस् ।

दाङ/अबको केही समयपछि देशभर कक्षा १२ को परीक्षा सुरु हुँदैछ । शिक्षा ऐन ८ औं संशोधन पछि अब कक्षा १२ सम्मलाई विद्यालय तह मानिएको छ । र, अब एसएलसी परीक्षा कक्षा १२ मा हुने छ । कक्षा १२ को परीक्षा यसकारण पनि महत्वपूर्ण मानिन्छ कि, यसपछि नै कुनै पनि विद्यार्थी विश्वविद्यालय तहको शिक्षा हासिल गर्न योग्य हुन्छ । र, कक्षा १२ को नतिजाले जीवनमा महत्वपूर्ण भूमिका खेल्छ ।
परीक्षाका बेला कतिपय विद्यार्थीहरु यस्तो गल्ती पनि गर्छन् कि जसले गर्दा रिजल्टमा थोरै अंकमात्रै प्राप्त हुन्छ । यदी विद्यार्थीहरुलाई ती गल्तीहरुबारे परीक्षा सुरु हुनुअगावै जानकारी दिइयो र उनीहरुलाई त्यसबारे सचेत गराइयो भने परीक्षामा राम्रो गर्न सक्छन् । र, नतिजामा राम्रो अंकका साथ पास हुन सक्छन् ।
किताब रटेर मात्रै टप गर्न सकिदैन
धेरै विद्यार्थीले सोच्ने गर्छन् की, परीक्षामा टप गर्नेहरुले आफ्नो उत्तर पुस्तीकामा त्यस्तो के लेख्छन्, जसले गर्दा उनीहरुलाई ९९ या १०० नम्बर मिल्छ ? यदी तपाईहरु पनि यस्तो सोच राख्नुहुन्छ भने यो सोचले तपाईहरुलाई पनि परीक्षा टप गर्न प्रेरित गर्न सक्छ । एउटा कुरा जान्नु जरुरी छ कि, टप गर्ने विद्यार्थीहरु किताब मात्रै रटेर बस्दैनन् । न त उनीहरु आफ्नो उत्तर पुस्तीकामा त्यो मात्रै लेख्छन् जो पाठ्यपुस्तकमा लेखिएको हुन्छ । यो आलेखमा टपर विद्यार्थीहरुको केही सिक्रेट्स उल्लेख गरिएका छन् । जसलाई अपनाएर तपाईहरु पनि परीक्षा टप गर्न सक्नुहुनेछ ।
कक्षा ११ मै १२ को पढाई
जो विद्यार्थी कक्षा १० या १२ को परीक्षामा बोर्ड फस्ट हुन्छन्, उनीहरुको जिन्दगीमा त्यो अचानक भएको चमात्कार हैन । र न त उनीहरु कुनै अमृत नै पिउँछन् । फरक मात्र यति हो कि, उनीहरु ‘स्मार्ट माइन्ड’का साथ अध्ययन गर्छन् । टपर विद्यार्थीहरु पहिलेदेखि नै विशेष प्रकारको तयारी गर्ने गर्छन् । जस्तै, ११ कक्षामै उनीहरुले १२ कक्षाको पढाइबारे जानकारी हाँसिल गर्ने गर्छन् । या ९ कक्षामा पढ्दा नै १० कक्षाको पाठ्यापुस्तक पढ्ने गर्छन् । कतिपय टपर विद्यार्थीहरु यस्ता पनि हुन्छन् जसले आफ्नो लक्ष्य पहिल्यै निर्धारण गरेका हुन्छन् । जस्तै कक्षा ११ मा पढ्दा नै १२ कक्षा टप गर्ने उनीहरुको लक्ष्य हुन्छ । र, त्यसका लागि उनीहरुले १२ कक्षाको परीक्षा दिएका विद्यार्थीसँग छलफल गर्ने गर्छन् । परीक्षा कस्तो थियो ? कस्ताखालका प्रश्न आए ? पाठ्यपुस्तकबाट कति प्रश्न आए ? यी र यस्ता जिज्ञासा मेटाउन उनीहरु आफूभन्दा सिनियर विद्यार्थीसँग छलफल गर्ने गर्छन् ।
‘करेन्ट इग्जाम्पल’ लेख्नु
धरै विद्यार्थी प्रश्नको उत्तर दिँदा कितावमै रेटेको उदाहरण दिने गर्छन् । तर परीक्षामा टप गर्ने विद्यार्थीहरु भने उत्तरमा ‘करेन्ट इग्जाम्पल’ दिने गर्छन् । उदाहरण प्रस्तुत गर्नुपर्ने प्रश्नमा नयाँ घटनालाई उदाहरणको रुपमा पेश गरे त्यसले उत्तर पुस्तिका जाँच गर्नेलाई पनि आकर्षण गर्न सक्छ ।

दाङ । डीआइजी प्रकाश अर्याल आफ्ना प्रतिस्पर्धी नवराज सिलवाललाई पछि पार्दै नेपाल प्रहरीको महानिरीक्षक बनेका छन् । मन्त्रिपरिषदको सोमबारको बैठकले उनलाई आइजीपी बनाएको छ । चैत २८ गते रातारात आइजीपी बनेका अर्यालले भोलि चैत २९ गते बिहानैदेखि आफन्त र शुभेच्छुकहरुसँग खुशी साटासाट गर्ने छन् । आइजीपी अर्यालको जीवनमा चैत २९ गते लक्की दिन हो ।
संयोग कस्तो परेको छ भने अर्यालले नेपाल प्रहरीमा सुरुको नियुक्ति लिएको दिन पनि चैत २९ गते नै हो । अर्याल ०४४ साल चैत २९ गतेदेखि नेपाल प्रहरीमा भर्ना भएका प्रहरी अधिकृत हुन् ।
चन्द र सिलवालको झगडाबाट फाइदा
जतिबेला आइजीपीका लागि डीआइजी जयबहादुर चन्द कांग्रेस नेता शेरबहादुर देउवासमक्ष लविङ गरिरहेका थिए, डीआइजी प्रकाश अर्यालचाँहि चुपचाप थिए । अर्का डीआइजी नवराज सिलवाल पनि अहोरात्र लविङमै थिए । तर, अर्यालले सुरुमा आइजीपी चाहियो भनेर कतै लविङ गरेनन् । नेताको दैलोमा त उनी जाँदै गएनन् ।
सरकारले तेस्रो बरियताका जयबहादुर चन्दलाई आइजीपी बनाउने निर्णय गर्नासाथ अदालतमा मुद्दा पर्यो । डीआइजी सिलवाल आफैं अदालत गए । अन्ततः अदालतले जयबहादुर चन्दको आइजीपी पद खारेज गर्यो र सिलवाललाई नै बनाउनुपर्ने अर्थ लाग्ने गरी फैसला सुनायो ।
अदालतले आइजीपीबारे निर्णय सुनाउनै लाग्दा डीआइजी प्रकाश अर्याल पनि सर्वोच्च अदालतसम्म पुगे । तर, अर्यालका बारेमा अदालतले केही पनि बोलेन । परिस्थितिले साथ दिएपछि सोमबार साँझ मन्त्रिपरिषद बैठकले प्रकाश अर्याललाई आइजीपी बनाउने निर्णय गर्यो ।
पढाइमा दोस्रो, प्रहरीमा पहिलो !
उमेरले ५३ वर्षमा हिँडिरहेका अर्यालको जन्मस्थान दाङको त्रिभुवननगर नगरपालिकामा ०२० साल असार १४ गते भएको हो । उनका पिताको नाम लोकराज अर्याल हो भने बाजेको नाम गंगाधर अर्याल हो । अर्यालले ०३५ सालमा दोस्रो श्रेणीमा एसएलसी पास गरे । त्यसपछि २०३८ सालमा मानविकी विषयमा उत्तीर्ण श्रेणीमा आइए पास गरे भने अर्थशास्त्र विषय लिएर दोस्रो श्रेणीमा ०४२ सालमा बीए पास गरे । बीए पास गरिसकेपछि उनी ०४४ सालमा नेपाल प्रहरीमा प्रहरी निरीक्षक पदमा भर्ना भई सेवा प्रवेश गरेका हुन् ।
प्रहरी सेवामै रहेका बेला अर्यालले तीन वर्षअघि स्नातकोत्तरको अध्ययन पूरा गरेका हुन् । अर्यालले व्यापार प्रशासनमा ०७० सालमा स्नातकोत्तर (एमबीए) गरेका छन् । पढाइमा सामान्यतः दोस्रो श्रेणीभन्दा माथि उक्लिन नसके पनि अर्याल नेपाल प्रहरी संगठनमा भने पहिलो बन्न सफल भएका छन् ।
प्रहरी निरीक्षक आधारभूत तालिम लिएको मिति ०४५ साल जेठ २ बाट गणना गर्ने हो भने अर्यालले अब ठीक एक वर्ष आइजीपी चलाउने छन् र ३० वर्षे सेवावधिका कारण अवकाश पाउनेछन् । सामान्य परिवारमा जन्मेर प्रहरी सेवामा करिब २९ वर्ष बिताएका अर्याल नेपाल प्रहरीभित्र ‘प्रोफेसनल’ एवं हक्की स्वाभावका प्रहरी अधिकृतका रुपमा परिचित छन् ।
तालिमः भारतदेखि अमेरिकासम्म
सुरुमा एक वर्ष प्ररही निरीक्षकको आधारभूत तालिम लिएका अर्यालले भारत र अमेरिकाबाटसमेत तालिम र कोर्षहरु गरेका छन् । ०५९ सालमा उनले अमेरिकामा जघन्य मुद्दा सम्बन्धी १२ दिने कोर्ष गरेका छन् । ०५६ सालमा भारतमा प्रति आतंक तथा विशिष्ट व्यक्ति कमाण्डोसम्बन्धी तीन महिने कोर्ष गरेका छन् ।
त्यस्तै नेपालमा उनले लागू औषध कानून कार्यान्वयन कोर्ष, अपराध अनुसन्धान तालिम, कमाण्डो तालिम, विशिष्ट व्यक्तिको सुरक्षा तालिम, कानून कार्यान्वयनमा मानवअधिकार तालिम, मानव स्रोत व्यवस्थापन, विपद व्यवस्थापन, प्रशिक्षक प्रशिक्षण लगायतका कोर्षहरु गरेका छन् ।
जिल्लामा कम, राजधानीमा बढी
प्रहरी निरीक्षकका रुपमा ०४४ साल चैत २९ मा नियुक्ति पाएका अर्याल ०५१ सालसम्म काठमाडौं बाहिर सरुवा भएनन् । ०५२ साल पुसमा डीएसपीमा बढुवा भएपछि सोही साल माघ २५ गते डीएसपी बनेर तेह्रथुम जिप्रकाको कमाण्ड सम्हाल्न पुगे । अर्यालको सेवाअवधिको लामो समय राजधानीमै बितेको देखिन्छ । उनी जिल्लामा कमै खटिएका छन् ।
तेह्रथुममा काम गरेको एक वर्षपछि फेरि प्रहरी प्रधान कार्यालयमा सरुवा भए । ०५४ साल पुसमा उनी त्रिभुवन विमानस्थलमा सरुवा भए भने बैशाखमा फेरि नक्शालमै काजमा फर्किए । अर्यालले ०५५ साल असार ३ गतेदेखि नयाँ बानेश्वरस्थित लागू औषध नियन्त्रण कानून कार्यान्वयन इकाइमा जिम्मेवारी सम्हाले । तर, त्यसको एक महिना पछि नै उनलाई दैलेखको डीएसपी बनाएर पठाइयो ।
दैलेखमा एक वर्ष बसेपछि अर्याललाई मकवानको डीएसपी बनाएर पठाइयो । मकवानपुरमा करिब ७ मनिा कमाण्ड सम्हालेपछि उनी उपत्यका ट्राफिक महाश्ााखा रामशाह पथमा काजमा सरुवा भए । त्यहाँ ५ महिना काम गरेपछि अर्याललाई प्रहरी प्रकान कार्यालय कार्यविभाग नक्शालमा खटाइयो । सुरुमा काजमा खटिएका उनी त्यही सरुवा भए ।
०५२ सालमा डीएसपीमा बढुवा भएका अर्याल ०६१ साल चैत १ गते प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भए । एसपी भएपछि अर्याललाई ०६२ साल बैशाख ५ गते पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र बिराटनगरमा पदस्थापन गरियो । अर्याललाई ०६३ साल जेठ १६ गते कास्कीको प्रहरी प्रमुखका रुपमा सरुवा गरियो, जहाँ उनी करिब २ महिनामात्रै बसेर संयुक्त राष्ट्र संघ मिसनमा सुडान गए । सुडानबाट फर्केपछि उनी पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखरामा काजमा खटिए ।
पोखराबाट अर्याल फेरि काठमाडौंमै आए । ०६४ साल मंसिर १२ गतेदेखि अर्याल अपराध अनुसन्धान विद्यालय महाराजगञ्जमा खटिए । जहाँ उनी करिब १ वर्ष खटे । अर्याललाई ०६५ साल कात्तिक २९ गते रुपन्देहीको प्रहरी प्रमुख बनाएर पठाइएको थियो । रुपन्देहीमा कार्यरत रहेकै बेला उनी एसपीबाट एसएसपीमा बढुवा भए । ०६६ साल कात्तिकमा एसएसपीमा बढुवा भएपछि अर्याल फेरि काठमाडौंमै फर्किए । उनलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका पदस्थापन गरियो ।
प्रतिष्ठानबाट अर्याल ०६७ असारमा अञ्चल प्रहरी कार्यालयमा काजमा खटिए । त्यसको करिब १६ महिनापछि उनलाई प्रहरी महानिरीक्षकको सचिवालयमा जिम्मेवारी दिइयो । र, त्यहीँ रहँदा उनी ०६९ साल पुस ४ गते डीआइजीमा बढुवा भए । बढुवासँगै उनलाई प्रहरी प्रधान कार्यालय अपराध नियन्त्रण ब्यूरो (सीआइबी) मा खटाइयो ।
यसवीचमा अर्याल ०७० पुस ११ गते मध्य क्षेत्रीय प्रहरी कार्यालयमा खटाइएका थिए । त्यसको एक वर्षपछि प्रहरी प्रधान कार्यालय अन्वेषण योजना निर्देशनालय नक्शालमा खटिए । डीआइजीको जिम्मेवारीमा रहँदा गत साल माघ २१ गतेदेखि अर्याल महानगरीय ट्राफिक प्रहरी महाशाखामा प्रमुख थिए । विभिन्न पुरस्कार पाएका अर्याललार्इ ०५५ साल जेठ १३ गते नसिहत कारबाही गरिएको थियो । त्यही बर्ष मंसिर ४ गते सचेत गराइएको थियो ।
अनलाइन खबरबाट

तुलसीपुर, चैत २५ । कुनै अकल्पनीय घटना नभए आगामी बैशाख ३१ गते २० वर्षपछि देशमा स्थानीय तहको चुनाव हुने निश्चित छ । यदि स्थानीय निकायको चुनाव भएमा राजनीतिक अस्थिरता केही हदसम्म कम हुनेछ । १५ वर्षदेखि कर्मचारीको भरमा चलेका स्थानीय निकायले जनप्रतिनिधि पाउनेछन् । अझैं भनौं, ‘स्थानीय तहमा जनताको शासन चल्नेछ ।’
मौसमी गर्मीसँगै चुनाव हुने भएपछि अन्यत्र जस्तै तुलसीपुर उपमहानगरपालिकामा पनि चुनावी सगर्मी दिनप्रतिदिन उत्तिकै बढिरहेको छ । संघीय संरचना बनेपछि नगरपालिकाबाट उपमहानगरपालिका बनेको तुलसीपुरमा कसले जीत्ने भन्ने विषयमा दलहरुबीच प्रतिष्पर्धा छ ।
स्थानीय निकायको चुनाव दुई दशकपछि हुन लागेकाले पनि हुनसक्छ मेयर र उपमेयरका आकांक्षी पनि धेरै छन् । एमालेको तर्फबाट ०५४ सालमा मेयर जीतेका ढुण्डिराज लामिछाने, लामिछानेसँगै उमपेयर जीतेका घनश्याम पाण्डे र एमाले दाङमा सचिव हिराचन्द्र केसी मेयरका प्रमुख दावेदारका रुपमा अघि सर्नुभएको छ । लामिछाने ०५४ सालको चुनावमा ४ हजार ६ सय ६२ मत प्राप्त गरी नेपाली काँग्रेसका उम्मेदवार शंकरप्रसाद आचार्यलाई १ हजार ९ सय ४३ मतले पछि पार्दै विजयी हुनुभएको थियो । आचार्यले २ हजार ७ सय १३ मत ल्याएउनुभएको थियो । लामिछाने जनतामाझ स्वच्छ छवि र विकासप्रेमी नेताका रुपमा चिनिनुहुन्छ । उहाँले यससपटक फेरि मेयर भएर अघिल्लो कार्यकालमा बाँकी रहेका काम पुरा गर्ने आफ्नो लक्ष्य रहेको बताउनुभयो ।
एमालेबाट मेयरमा अर्का बलियो दाबेरका रुपमा रहेका पाण्डेले ०५४ सालको स्थानीय निकायको चुनावमा विजय हासिल गर्नुभएको थियो । उनले ४ हजार ७ सय ३८ मत प्राप्त गरी प्रतिष्प्रर्धी शंकर केसीलाई २ हजार १ सय ३ मतको फराकिलो अन्तरले पराजित गर्नुभएको थियो । केसीले २ हजार ६ सय ३५ मत मात्रै ल्याउनुभएको थियो । त्यसैगरी एमालेबाट मेयरका अर्का आकांक्षी हिराचन्द्र केसी युवा संघको केन्द्रीय अनुशासन आयोगका अध्यक्ष समेत हुनुहुन्छ । राजनीतिमा अत्यन्तै आशा लाग्दा युवा नेता केसी प्रष्ट वक्ताका रुपमा चिनिनुहुन्छ । राजनीतिमा युवा पुस्तालाई स्थापित गर्न र तुलसीपुरको विकासका लागि आफूले मेयरमा दाबी गरेको केसीले बताउनुभयो ।
त्यस्तै एमालेबाट नवराज लामिछानेले पनि मेयरमा इच्छा देखाउनुभएको छ । तर, उहाँलाई तुलसीपुर उपमहानगरपालिका वडानम्वर ६ को वडा अध्यक्षमा टिकट दिइने एमाले स्रोतले बताएको छ । एमालेबाट उपमेयरको रेसमा माया आचार्य, विनोद शर्मा, तारा देवकोटा र रेखा आचार्य हुनुहुन्छ ।
यसपाली तुलसीपुर उपमहानगरपालिकामा नेपाली काँग्रेसका धेरैले मेयरमा इच्छा देखाएका छन् । काँग्रेसबाट पूर्व सांसद गेहेन्द्र्र गिरी, जिल्ला सभापति कीर्तिबहादुर खड्का, निर्वतमान जिल्ला सभापति घणश्याम रेग्मी, नेताहरु तेजबहादुर बस्नेत, जगतबहादुर खड्का र किरणबहादुर शाह मेयरको रेसमा हुनुहुन्छ । गिरी काँग्रेस दाङका पूर्व सभापतिसमेत हुनुहुन्छ । उहाँ खरो स्वभाव र प्रष्ट वक्ताका रुपमा परिचित हुनुहुन्छ । ‘म टिकटका लागि दश ठाउँ जाँदैन’, गिरीले भन्नुभयो, ‘पार्टीले टिकट दियो भने चुनाव लड्छु र जित्छु ।’ ६ जना मेयरको रेसमा भए पनि गिरीले नै टिकट पाउने काँग्रेसको उच्च स्रोत बताउँछ । काँग्रेसबाट उपमेयरमा सुष्मा गिरी, पवित्रा धिताल, सुरेश हमाल, तेजबहादुर कार्कीलगायतकाले इच्छा देखाउनुभएको छ ।
त्यसैगरी माओवादी केन्द्रबाट केन्द्रीय आयोजक कमिटी सदस्य रामजी थारु र साउने थारु मेयरका आकांक्षी हुनुहुन्छ । यी दुईमा रामजी अगाडि रहेको बताइन्छ । माओवादी स्रोतका अनुसार रामजीले चुनाव लड्दैन भने मात्रै साउनेले टिकट पाउनुहुनेछ । माओवादी केन्द्रमा सुशीला दाहाल उपमेयरकी एक्लो दाबेदार हुनुहुन्छ ।
खासगरी तुलसीपुर उपमहानगरपालिकामा एमाले र काँग्रेसकै प्रतिष्पर्धा छ । २०६४ सालको संविधान सभाको चुनावमा दाङका पाँचवटै क्षेत्र जितेको माओवादी तुलसीपुर उपमहानगरपालिकामा एमाले र काँग्रेसको तुलनामा कमजोर मानिन्छ । माओवादी फुटेर झुन्ड–झुन्ड हुनु र उसको नेतृत्वले जनचहाना अनुसार काम गर्न नसक्नु यसका मुख्य कारण हुन् । २०५४ सालको स्थानीय निकायको चुनावमा साविकको तुलसीपुर नगरपालिकामा एमाले कब्जा जमाएको थियो । यहाँको मेयर र उपमेयर सहित ७ वडामा एमालेले जितेको थियो भने काँग्रेस र राप्रपाले १÷१ वटा वडामा मात्रै वडा अध्यक्ष जितेका थिए । २०७० मा दाङका पाँचै क्षेत्र जितेको काँग्रेस र ०५४ सालको स्थानीय निकायको नतिजा आफ्नो पोल्टामा पारेको एमाले र आआफ्नो साख जोगाउने गरी चुनावमा होमिदैछन् ।
बिगतका चुनावको नतिजा अनुसार आंकलन गर्ने हो भने यसपटकको स्थानीय तहको चुनावमा तुलसीपुर उपमहानगरपालिकामा एमाले र काँग्रेस मध्ये कसले जित्छ ? केही भन्न सक्ने स्थिति छैन । मतदाताहरु पहिले जस्तो पार्टी भन्दा पनि विकासका लागि स्पष्ट भिजन दिनसक्ने नेतालाई मतदान गरेर जिताउने बताउँछन् । गणतन्त्र दैनिकले छापेको छ ।
घनश्याम पोख्रेल,
(प्रमुख, जिल्ला जनस्वास्थ्य कार्यालय दाङ )
यो मनोसामाजिक समस्या भनेको के हो ?
मानिसका विविध क्रियाकलापलाई समाज र वातावरणमा प्रभाव पार्दछ भने समाज र वातावरणमा हुने विविध घटनाले मानिसमा पनि प्रभाव पार्दछ । यतिमात्र नभएर उनीहरुको दैनिक क्रियाकलाप, परिवार, साथीभाइ, नातागोता आदिसँग सम्बन्ध, आर्थिक अवस्था जस्ता सामाजिक तत्वहरुले उनीहरुको सोच, व्यवहार र विकासमा प्रभाव पारिरहेको हुन्छ । यहि सामाजिक गतिविधि, घटनाक्रम आदिका कारणले व्यक्तिमा देखिने समस्या नै मनोसामाजिक समस्या हो । गरिबी, बेरोजगारी, मृत्यु, प्राकृतिक प्रकोप, हिंसा, द्वन्द्व, यौनशोषण, बिछोड, बिस्थापन बदनामी आदि सामाजिक घटनाहरु हुन भने मानसिक दवाव, डर, त्रास, असक्षमता, उदासिपन, चिन्ता, नराशा, कमजोर आत्म सम्मान, दिक्दारीलगायत शारिरीक समस्या, खान मन नलाग्ने, निन्द्रा नलाग्ने जस्ता समस्याहरु जस्को चिकित्सकिय परिक्षणमा कुनै कारण पत्ता लाग्दैन यस्ता सामाजिक घटनाले निम्त्याएको अवस्थालाई मनोसामाजिक समस्या हुन् ।
दाङमा मनोसामाजिक समस्याका बिरामी कति छन् र अवस्था कस्तो छ ?
मनोसामाजिक समस्या भएका बिरामीहरु यति नै छन् भनेर ठ्याक्कै भन्न सक्ने अवस्था रहदैन । यो समस्या दाङको, नेपालको मात्र समस्या होइन यो विश्वकै समस्या हो । तर, यस्ता बिरामीहरु दाङमा पनि कम छैनन् । दशवर्षे युद्ध सकिएको नेपालमा फेरि देशलाई नै हलचल बनाउने गरी भुकम्प गयो । यसले मनोसामाजिक समस्याका बिरामीहरु बढायो । मनोसामाजिक समस्या भएका बिरामीहरु खुलेर बाहिर नआउने भएका कारण यसको एकिन तथ्यांक छैन । कडा खालका समस्या भएकाहरु देखिन्छन् । सामान्य खालको समस्या भएका तर उच्च खानदान भएका व्यक्तिहरु देश बाहिर गएरै उपचार गराउने गरेको पाइन्छन् । तर, सामान्य आर्थिक अवस्था भएका परिवारका बिरामीहरु पछिल्लो समयमा बाहिर आउन थालेका छन् ।
मनोसामाजिक समस्या भएका विरामीहरु बाहिर आउन नसक्नुको कारण के हो ?
मनोसामाजिक समस्या भएका बिरामीहरुलाई हाम्रो समाजले सहज रुपले स्वीकार गर्न सकेको छैन । मनोसामाजिक समस्या भनेको बहुलाउनु हो भन्ने धारणा राख्ने र तल्लो स्तरबाट मुल्यांकन गर्ने नराम्रो परिपाटी छ । त्यसकारण बरु जिल्ला बाहिर लगेर उपचार गराउने तर नजिकैको स्वास्थ्य चौकीमा नदेखाउने परिपाटी छ । जुन आर्थिक अवस्था र शिक्षा कमजोर भएका परिवारका बिरामी छन् । उनीहरुलाई आफूमा मनोसामाजिक समस्या छ भन्ने बारेमा नै जानकारी छैन । जस्का कारण बिरामीको तथ्यांक यकिन छैन । तर, हामीले यातना पीडित सरोकार केन्द्र सिभिक्ट नेपालसँगको सहकार्यमा काम गरिरहेका छौं । ग्रामिण क्षेत्रका स्वास्थ्य चौकीमार्फत् हामीसँग सम्पर्कमा आएका बिरामीहरु १ हजार २ सय २६ जना छन् । यो संख्या निक्कै कम हो । यो भन्दा धेरै संख्या बाहिर छ जो सम्पर्कमा आउन सकेको छैन ।
पछिल्लो समयमा धेरै सुनिने शब्द डिप्रेसन अर्थात् उदासिनता भनेको के हो ?
व्यक्तिको दैनिक जीवनमा एक दुई दिन नरमाइलो हुन सक्छ । र यस्तो नरमाइलो पनि बिस्तारै आफै हराएर जान्छ । यो सामान्य प्रक्रिया हो । यदि दुई हप्ता भन्दा बढि समयसम्म मन दुःखी, खिन्न, उदास, नरमाइलो महसुस भई व्यक्तिको दैनिक क्रियाकलापमा वाधा पु¥याउँछ, भने त्यस्तो समस्यालाई उदासिनता अर्थात् डिप्रेसन भनिन्छ । धेरैजसो उदासिनताका बिरामीहरु के कारणले उदास हुन्छन् भन्ने चिकित्सा विज्ञानले पनि पत्ता लगाउन सकेको छैन ।
यस्ता समस्याहरु मानिसको जीवनमा किन आउँछन् ?
यसका केहि कारणहरु छन् । यो बायोलोजिकल, जेनेटिक र अन्य सामाजिक कारणहरुले गर्दा मानिसहरु मनोसामाजिक समस्यामा पर्ने गरेको पाइएको छ । व्यक्तिको मनोबैज्ञानिक पक्ष जस्तै अनुभूति, सोचाई, विचार, विश्वास, धारणा, भावना, ईच्छा शारिरीक व्यवहार, ज्ञान, चेतना र सामाजिक तत्वहरु जस्तै हाम्रो बाहिरी वातावरण, साथीभाइ, परिवार, समाज, विद्यालय, संस्कृति, मूल्यमान्यताले हाम्रो सोचमा प्रभाव पार्छन् । त्यसमा बायोलोजिकल, जेनेटिक र साइकोसोसियल फ्याक्टर सहयोग गर्छ । जस्का कारण मानिसहरु मनोसामाजिक समस्याको सिकार हुने गरेका छन् । त्यसको पछाडि गरिबी, बेरोजगारी, मृत्यु, प्राकृतिक प्रकोप, हिंसा, द्वन्द्व, यौनशोषण, बिछोड, बिस्थापन, बदनामी जस्ता कारणहरुले मानिसमा डिप्रेसन आउने गरेको पाइन्छ ।
मनोसामाजिक समस्या भएका बिरामीहरुको उपचार, परामर्शका लागि जिल्ला जनस्वास्थ्य कार्यालय र यस मातहतका निकायहरुले के कस्ता कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् ?
अहिलेको प्रमुख काम भनेको चेतना जागरणको विषय नै हो । केहि शिक्षा प्राप्त गरेका व्यक्तिहरु उपचारका लागि बाहिर जान्छन् । तर, केहि त्यस्ता व्यक्तिहरु छन् जस्ले आफूमा मनोसामाजिक समस्या भएको समेत थाहा पाउँदैनन् उनीहरुलाई चेतना दिनु पहिलो काम हो । अहिले जिल्ला समन्वय समिति, यातना पीडित सरोकार केन्द्र (सिभिक्ट) नेपाल र जनस्वास्थ्य मिलेर मनोसामाजिक समस्या भएका बिरामीहरुको पहिचान, उनीहरुको उद्धार, परामर्श र उचित उपचारका लागि समेत काम भइरहेको छ । खासगरी केहि समयदेखि यहाँ सिभिक्ट नेपालले जिल्लाका ग्रामिण क्षेत्रमै परामर्श गर्ने, सामान्य उपचार गर्ने व्यवस्था मिलाएको छ । ग्रामिण क्षेत्रमा रहेर काम गर्दै आउनुभएका ६ सय बढि महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई मनोसामाजिक समस्याको बारेमा काम गर्नका लागि तालिम प्रदान गरिएको छ । जिल्लाका तीन स्थानमा परामर्श केन्द्रहरु राखिएको छ । अझ कडाखालको मानसिक समस्या भएका बिरामीहरुको लागि घोराही र तुलसीपुरमा मासिक रुपमा विशेषज्ञ डाक्टरहरुबाट उपचार सेवा सुरु गरिएको छ । हामीले यस क्षेत्रमा सहयोग गर्ने काम गर्दै आएका छौं । तर, सरकारी रुपबाटै ठूलै बजेट बिनियोजन गरेर कार्यक्रम सञ्चालन भने हुन सकेको छैन ।
समाजमा जरा गाडेर बसेको यति डरलाग्दो समस्याका लागि सरकारले किन कार्यक्रम तथा बजेट छुट्याउन सकेको छैन होला ?
सरकारले प्राथमिकताको आधारमा काम गर्ने हो । अहिलेसम्म सरकारले यो विषयलाई त्यति प्राथमिकता दिन नसकेको भए पनि अबका दिनहरुमा भने मनोसामाजिक समस्याको विषयमा पनि चासो दिएको छ । दिगो विकास लक्ष्यहरु पुरा गर्नका लागि पनि सरकारले विभिन्न रणनीतिक योजनाहरु बनाएको छ । अब सरकारले मानसिक स्वास्थ्यको क्षेत्रमा सरकारले लगानी गर्न सुरु गरिसकेको छ । मानसिक स्वास्थ्यमा लगाएको बजेटलाई खर्च भन्दा पनि लगानीका रुपमा बुझ्ने गरिएको छ र बुझ्नु पनि पर्छ । सरकारले अहिले औषधिहरुको सुचीमा समेत मानसिक स्वास्थ्य समस्याको समाधानका लागि औषधिहरु पनि राखेको छ । भर्खर मात्र तुलसीपुरमा रहेको अञ्चल अस्पतालमा मानसिक स्वास्थ्य सम्बन्धी विशेषज्ञ डाक्टरको पदपुर्ति भएको छ । घोराहीको राप्ती उपक्षेत्रीय अस्पतालमा पनि केहि समयभित्रै हुन्छ । त्यस पछि स्वास्थ्य चौकीहरुमा परामर्शदाताहरु रहने छन् । यसरी सामान्य समस्या भएका बिरामीहरुका लागि परामर्श, चेतनामुलक कार्यक्रमहरु र कडा खालका बिरामीहरुका लागि औषधि र विशेषज्ञ सहितको उपचार सेवा हुने भएपछि यो समस्या कम हुन्छ भन्ने विश्वास छ ।
मनोसामाजिक समस्याबाट बच्नका लागि एउटा मानिसले आफ्नो जीवन शैलीलाई कसरी अगाडि बढाउनुपर्छ ?
निकै राम्रो प्रश्न सोध्नुभयो । मानिसहरुको जीवन शैली अत्यन्तै अव्यवस्थित छ । भौतिक आशक्तिले डुबेको जीवन शैली छ । जस्का कारण हामीले अर्कोको जीवनशैलीसँग आफूलाई तुलना गरेर हेर्ने गरेका छौं । जहाँ आफू निरास हुनुपर्छ । अरुको देखासिकीले गर्दा हामीले कुण्ठा, पीडाहरु भोग्दै आएका छौं । अर्को कुरा हामीले योजना बनाएर काम गर्ने गरेका छैनौं । प्रत्येक मानिसले आफ्नो क्षमता अनुसार काम गर्ने हो भने डिप्रेसन नै आउँदैन । क्षमता अनुसारको काम नहुँदा पनि आफूभित्र खिन्नता सुरु हुन्छ । शारिरीक समस्या तथा जटिलता, दुव्र्यसनी, सकारात्मक सोच नराख्दा पनि धेरै मानिसहरु अहिले डिप्रेसनको सिकार भएर बाँच्न बाध्य भएका छन् ।
आज परेको विश्व स्वास्थ्य दिवस र यो मनोसामाजिक समस्याको सन्दर्भलाई कसरी जोड्न सकिन्छ ?
नेपाल सरकारले पनि प्रत्येक वर्ष विश्व स्वास्थ्य दिवस मनाउँदै आएको छ । यो वर्षको दिवसको नारा नै डिप्रेसनको बारेमा कुरा गरौं भन्ने रहेको छ । मनोसामाजिक समस्या अहिले देशको मात्र समस्या नभएर विश्वकै प्रमुख समस्याको रुपमा रहेका छ । सन् १९९० को तथ्यांक अनुसार विश्वकर्मा ४ सय १६ मिलियन मानिसहरु डिप्रेसनको समस्याबाट ग्रसित छन् भने २०१६ मा यो संख्या बढेर ६ सय १८ मिलियन पुगेको छ । नेपालमा पनि बर्षेनी यो संख्या बढ्दै गइरहेको छ । मनोसामाजिक समस्याको क्षेत्रमा हामीले दाङमा केहि राम्रा कामहरु पनि गरेका छौँ । सिभिक्ट नेपालले यसमा ठुलो सहयोग गरेको छ । यो विषयमा अझै चेतना जगाउन आवश्यक छ ।
प्रस्तुती: नविन अभिलाषी
एजेन्सी । केटी खोज्दा–खोज्दा नपाएर हत्तु बनेका एक चिनियाँ इन्जिनीयरले अन्नतः आफैंले बनाएको रोबोटसँग बिहे गरेका छन् ।
‘साउथ चाइना मर्निङ पोष्ट’ का अनुसार ३१ वषिर्य इञ्जिनियर झेङ जियाजियाले गत वर्षको अन्त्यतिर यस रोबोट बनाएका थिए । यीङयीङ नाम राखिएको सो रोबोटले चाइनिज अक्षर चिन्न र फोटो पहिचान गर्न सक्छ । साथै केही अक्षर उच्चारण पनि गर्छ । झेङले सो रोबोटलाई हिँडडुल गर्न र घरायशी काम गर्न सक्ने गरी अपग्रेड गर्ने योजना बनाएका छन् ।
गत शुक्रबार एउटा सानो समारोहका बीच झेङले यीङयीङसँग पराम्परागत रितपूर्वक विहे गरेका हुन् । बिहे गर्दा यीङयीङलाई टाउकोमा रातो स्कार्फ लगाएर दुलही झैं सजाइएको थियो । समारोहमा जियाजियाकी आमा र साथीभाईहरु सहभागी थिए ।
झेङ हुआवे कम्पनीका पूर्व कर्मचारी हुन् र अहिले हाङझोउमा रहेको ड्रिम टाउनमा काम गर्छन् । यो बिहे अनौठो लागे तापनि विज्ञहरुले आगामी दिनमा रोबोट र मानवबीच बिहेको प्रचलन फैलिदै जाने भविष्यवाणी गरेका छन् ।
‘अबको ३५ वर्षमा रोबोट यतिधेरै विकसित हुनेछन् कि मानिससँग भन्दा रोबोटसँग सेक्स गर्दा मज्जा आउनेछ,’ लभ एन्ड सेक्स विथ रोबोट नामक किताबका लेखक डा. डेभिड लेभी भन्छन् ।
निकट भविष्यमा आधाभन्दा बढि पुरुषले सेक्स रोबोट खरिद गर्ने दावी गर्दै उनले कहिल्यै नथाक्ने रोबोटले कहिलेकाहीँ मानिसलाई समस्यामा पारिदिन सक्ने पनि उल्लेख गरे । भविष्यमा विभिन्न सेलिब्रिटीहरुसँग अनुहार मिल्ने रोबोट पनि निर्माण हुने र यसबाट सेक्समा अझै रोमान्चकता थपिने उनको विश्वास छ । ‘यसबाट आफ्नो कपिराइट बेचेर सेलिब्रिटीहरुले पनि राम्रो आम्दानी गर्न सक्छन्,’ उनले भने ।

एजेन्सी/ विहेमा बेहुला बेहुलीलाई लिनका लागि पहिला पहिला घोडा, पाल्की, डोलीमा आउने गरेका थिए । तर पछिल्लो समय ति सवै हराएका छन् । पछिल्ला दिनहरुमा बेहुला बुहुली लिनका लागि कार, बग्गीमा सवार हुने गरेका छन् । तर यस्तो एउटा दृश्य देखिएको छ । जसमा बेहुला सिंहमा सवार भएर बेहुलीको घरमा पुगे ।
तपाईले सोच्नुभयो होला, आधुनिक समयमा इलेक्ट्रोनिक तर उस्तै देखिने सिंह बजारमा पाइन्छ त्यसमै चढेर बेहुला बेहुली लिन पुगे भन्ने सोच्नु भयो होला । तर, बेहुला भने असली जंगलको राजा सिंहमा सवार भएर बेहुलीको घरमा पुगेका हुन् । यो घटना नेपालमा भने भएको होइन । पाकिस्तानको एक विवाह समहारोहको यो तस्वीर र भिडियो केही समय पहिला भाइरल भएको थियो । जसमा बेहुला सिंहमाथि सवार भएर बेहुलीको घरमा गएका थिए ।
सक्कली सिंहमा चढेरै बेहुली लिन जाने आँट बेहुलाले कसरी गरे त ? यस्तो आँट गर्नुको प्रमुख कारण चाहीँ के थियो भने त्यो सिंह पिँजडाभित्र थियो र आक्रमण गर्न सक्दैनथ्यो । पाकिस्तानको मुुल्तानमा खिचिएको उक्त बिहेको भिडियो हालैका दिनहरुमा खुबै चर्चित बनेको छ ।
शेह इरफान नामका ती युवकको इच्छा शेरमा चढेर बिहे गर्ने थियो । उनका धनाढ्य बाउ शेख हस्मतले छोराको इच्छा पूरा गर्न कुनै कसर बाँकी राखेनन् । उनले चिडियाघरबाट सिंह मगाएर त्यसलाई पिँजडामा राखे । उक्त पिँजडालाई गाडीमा राखियो र पिँजडामाथि बेहुुला बसे ।

देश पुर्नसंरचनामा गैसकेपछि घोराही नगर कमिटि खारेज भएको छ । अहिले के गरीरहनु भएको छ ?
—अहिले प्रत्येक दिन जनताको घरदैलोमा पुग्ने काम भएको छ । मंगलबार मात्रै म लगाएतको हाम्रो टोली ५ वटा गाउँमा पुगेको छ । अहिले कमिटि खोरेज भएको छ । अहिले साविक त्रिपुर नगरपालिका र साविक गाविसका नेतृत्व संग समन्वय र सहकार्य भएको छ । यति हुँदा हुँदै पनि अहिले स्थानिय तहको निर्बाचनको माहोल सुरु भएको छ । त्यसै सन्दर्भमा हामीले घरदैलो कार्यक्रम गरीरहेका छौँ । जनतालाई भेट्ने, पार्टीको निति, कार्यक्रम र सिद्धान्त बारेमा प्रष्ट पार्ने र एमालेको पक्षमा मत राख्नको लागि घरदैलो कार्यक्रम भैरहेको हो ।
तपाईको राजनितीक यात्रा कसरी र कहाँबाट सुरु भयो ?
—म रोल्पाको गैरीगाउँमा २०२५ सालमा जन्मेको मान्छे हुँ । जतिबेला मैले बुझ्न सक्ने भए । त्यो बेला मेरो बुवाले पनि राजनिती गर्नु हुन्थ्यो । बुवाले निर्दलिय व्यवस्था ठिक छ भन्दै जाँदा मैले भने बहुदलिय व्यवस्था ठिक छ भनेँ । यसरी एउटै घरबाट बाबुछोराको फरक फरक राजनितीक विचारधारामा रहेर राजनितीक यात्रा सुरु भएको हो । रोल्पामा बसेर त्यो पनि जनजातीको रुपमा राजनिती गर्न गाह्रो थियो । स्रोत साधन थिएन । पैसा थिएन । मिडियामा पहुँच नै थिएन ।
काग्रँेस र कम्युनिष्टको विचमा धेरै मत भिन्नता थियो । त्यो बेला काग्रेसले अभियान चलाएको थियो । प्रत्येक घरघरमा जाँदै कुखुरा, खसीबोकाहरु काटेर त्यसको रगतमा औला चोब्न लगाई आज देखि काँग्रेस भएँ भन्न लगाउने अभियान गरीरहदा त्यसको प्रतिबाद गर्ने हामी थियौँ । त्यसलाई परास्त गर्न, जित्न हामी सफल भएका थियौँ । त्यस लगत्तै माओबादीले युद्ध सुरु गर्यो । हामी जनताको लोकप्रिय थियौँ । हामी माथी माओबादीले चन्दा आतंक, कुटपिट गर्ने, अपहरण गर्ने गथ्र्यो । त्यस्तो अबस्थामा २०५४ सालको स्थानिय निकायको निर्बाचनमा नेकपा एमालेबाट जनप्रतिनिति समेत भएको हुँ । जनताको काम गर्दै जाँदा माओबादीले हात काट्ने खुट्टा काट्ने, मार्ने सम्मका सजायहरु सुनाएकाले म २ वर्ष विदेशमा बस्न बाध्य भएँ ।
त्यस पछि २०५७ सालमा म दाङ झरेँ । दाङमा झर्दा मेरो सम्पुर्ण परिवारले शरिरमा लगाएको कपडा मात्र लिएर आएको थियो । मेरो बुवाको मृत्युमा १३ दिने क्रिया बस्ने क्रममा माओबादी आएर चन्दा मागेको थियो । यस्तो समयमा पनि मैले माओबादीलाई चन्दा दिएर १४ औँ दिनको दिन म दाङ झरेको थिएँ ।
त्यसपछिका दिनहरुमा मैले दाङमा ब्यापार व्यवसाय गरेँ । गल्ला तथा राईस मिल राखेँ । ब्यापारमा मात्रै ध्यान दिएर बसेको अबस्थामा यहा पनि माओबादीले चन्दा मागेर सताए पछि फेरी म २ वर्ष विदेश बसेँ । विदेश आए पछि पनि फेरी चन्दा माग्ने काम भयो । त्यसपछि म एमालेमा फेरी सक्रिय हुन थालेँ । यो विचमा मैले बचत तथा ऋण सहकारी, कृषि सहकारीमा लामो समय काम गरेँ । त्यसपछि एउटा निजि विद्यालय र एउटा सामुदायीक विद्यालयको व्यवस्थापन समितिमा पनि मैले काम गरेँ । जनजाती महासंघको सदस्य, नेपाल मगर संघ, नयाँ वषपार्क खानेपानी र तिन वटा टोल विकास सस्थाको सल्लाहकारको रुपमा काम गरेको छु भने अन्य धेरै ठाउँमा मैले काम गरेको छु । त्यति मात्रै नभई जनताको आबस्यक अनुसार मैले हरेक सरकारी तथा गैरसरकारी निकायहरुमा सम्बन्धीत भुमिकामा रहेर मैले काम गरेको छु ।
यति धेरै क्षेत्र तथा निकायहरुमा रहेर काम गर्दा तपाईलाई कत्तिको सन्तुष्टि मिलेको छ ?
—मेरो भुमिका राजनितीक रुपमा स्पष्ट भए पनि मैले अहिले सम्म एउटा दलको अर्थात एमालेको लागि मात्र काम गरेको छैन । मेरो काम आम जनताको आबस्यकताको परिपुर्ति गर्नको लागि हो । जनताले पनि मेरो काम रुचाएका छन भन्ने लाग्छ । अहिले सम्म गरेका कामहरुमा कहीँ कतै असफल नभई सफलता नै हात परेको छ । सबैले राम्रो भएको छ भनेर समिक्षा गरेका छन् । तर यतिले मात्रै पुग्दैन धेरै काम गर्नुपर्ने आबस्यकता अहिले छ । त्यसको लागि भुमिका स्पष्ट हुनु पर्छ । त्यहि भुमिकाको खोजी गर्ने क्रममा छु भने जनताले पनि अहिले मेरो कामको मुल्यांकन गर्ने समय भएको छ ।
तपाई नेकपा एमाले अन्र्तगत घोराही नगरकमिटिमा रहेर काम गर्नुभयो । अहिले मुल्यांकन गर्दा कस्तो कस्तो र के के काम गरेँ भन्नु हुन्छ ?
—म घोराही नगरकमिटिमा रहेर करिब ९ वर्ष काम गरेँ । घोराही नगरकमिटिमा म पहिले सदस्य भएर काम गरेको हुँ । मेरो कामको आधारमा म उपाध्यक्ष भए र अर्को कार्यकालमा म अध्यक्षको रुपमा काम गर्ने अबसर पाएँ । यो विचमा दलको पक्षमा रहेर र आम जनताको भावना बुझ्ने किमिसले काम गरेको छु जस्तो लाग्छ । सस्थागत निर्णय गर्दै दाङलाई प्रादेशिक राजधानी बनाउने देखि पार्टी प्रबेश सम्मका कामहरु भएका छन् । यसरी घोराही नगरपालिकाको क्रमश विकास भएर घोराही उपमहानगरपालिका बन्नु, यहाको विकासले गति पाउनु, जनताको उत्साह थपिनुको पछाडी एमालेको र एमाले भित्र मेरो भुमिका पनि छ जस्तो लाग्छ । यति बेला मैले भन्नु पर्छ कि एमाले घोराही नगरकमिटिमा दुई हजार एक सय भन्दा बढिलाई हामीले पार्टीमा प्रबेश गराएका छौँ । यसबाट पार्टीलाई धेरै हद सम्म सहयोग मिलेको महसुस भएको छ । भुकम्प पिडीतलाई खाद्य र आर्थिक सहयोग गरेर हामीले मानवताको परिचय दिएका छौँ भने २०५४ सालका जनप्रतिनिधिहरुलाई सम्मान गरेर राजनितीक आस्थालाई बलियो बनाउने काम भएको छ ।
तपाई एमाले घोराही नगर कमिटिको अध्यक्ष भएर काम गरी सक्नु भएको छ अबको तपाईको भुमिका के हुन्छ ? र कहाँ हुन्छ ?
—यतिबेलाको आबस्यकता भनेको परिवर्तन, विकास र समृद्धि हो । परिवर्तन, विकास र समृद्धि भनेको राजनितिक दलको सक्रियतामा हुदै आएको अबस्था छ । राजनितिक दल जनताको प्रतिनिधित्व गर्ने बलियो संगठन हो । अहिले परिवर्तन, विकास र समृद्धिका लागि दलहरु स्थानिय तहको निर्बाचनमा होमिएका छन् । मैले यसअगाडीको घोराही नगरकमिटिको प्रमुखको रुपमा काम गरीसकेको हुनाले नयाँ संरचना अनुसार निर्माण भएको घोराही उपमहानगरपालिकाको सर्वोच्च भुमिकामा रहेर काम गर्न पाउछु भन्ने विस्वास छ । अहिलेको सक्रियता, सोच, योजना र कार्यक्रमले नै ब्यक्तिलाई भुमिका दिनमा सहयोग गर्छ । त्यो सबै म संग छ । तर त्यति मात्र भएर पनि हुँदैन । पहिले त मलाई मेरो पार्टीले सहयोग गर्नुपर्छ । त्यसपछि मात्रै मलाई जनताले मुल्यांकन गर्नेछ् ।
घोराही उपमहानगरपालिकाको सर्वोच्च भुमिकामा रहेर काम गर्नको लागि अर्थात घोराही उपमहानगरपालिकाको विकास र समृद्धिका लागि तपाईसंग के कस्ता योजनाहरु छन् ?
—देशकै सम्भावनायुक्त ठाउँको रुपमा घोराही पर्छ । यहाको पर्यायबरणीय विकास र संरक्षण, भौतिक विकास र त्यसको व्यवस्थापन, शहरीकरणको सौन्दर्यता र पहिचान, पर्यटन र सास्कृतिक सम्पदाहरुको विकास, खानेपानीको दिर्घकालिन व्यवस्थापन, औद्यौगिक क्षेत्रको विकास र त्यसको अपनत्वको विषय अहिलेको प्रमुख मुद्धाहरु हुन । यो भित्र धेरै कुराहरु जोडिएर आउछन् । अव्यवस्थित बसोबास, देशकै शैक्षिक हब निर्माण गर्ने, गुणस्तरिय स्वास्थ्य सुविधाको प्रत्याभुति गराउने र घोराही उपमहानगरपालिकाबाट सर्वसुलभ रुपमा सेवा सुविधा प्रदान गर्ने लगाएतका कामहरुलाई प्राथमिकता दिनु पर्ने अबस्था छ । त्यति मात्र हैन घोराही उपमहानगरपालिका देशभरीका ठुलो उपमहानगरपालिका मध्य एउटा हो । त्यसकारण हामी संग ग्रामीण बस्तीहरु धेरैछन् । जहा अहिले सम्म सडक सञ्जालले छुन सकेको छैन, खानेपानी पुगेको छैन । भने अझै पनि न्युनतम् सुविधाहरु पुग्न नसकेको अबस्थामा गर्नुपर्ने कामहरु धेरै छन् । त्यसको लागि योजनाबद्ध रुपमा काम गर्न आबस्यकता छ ।
अन्त्यमा केहि भन्नु छ की ?
—नितिगत रुपमा कामहरु भएका छन भने भोलीका दिनहरुमा पनि गर्नुपर्ने प्रसस्त कामहरु छन् । ति योजनाहरु क्रमश बाहिर आउने छन् । मैले हिजोका दिनहरुमा गरेका कामहरुको मुल्यांकन यतिबेला जनताले गर्दै हुनुहुन्छ । त्यसले मेरो अबको भुमिकालाई बढवा दिनमा सहयोग गर्नेछ् । अन्त्यमा तपाईको लोकप्रिय पत्रिकामा मेरो विचारलाई पनि छोटकरीमा समाबेश गर्ने अबसर दिनु भएकोमा धन्यबाद दिन्छु ।

अहिले के गरीरहनुभएको छ ?
अहिले म राजनितीक रुपमै सक्रिय छु । सामाजिक सेवामा पनि छु । नेपालमा जो अहिले राजनितीक गतिविधिहरु भएका छन् । त्यसलाई नजिकबाट नियाल्ने प्रयास गरीरहेको छु । र त्यसलाई दाङमा यसलाई अब कसरी अगाडी बढाउनु पर्छ भनेर चिन्तन पनि गर्दै आएको छु ।
तपाईको राजनितीक यात्रा कहाँबाट सुरु भएको हो ?
म जन्मेर हुर्केको ईन्डियाको कोलकत्तामा हो । मेरो राजनितीक यात्रा पनि त्यहाबाटै सुरु भएको हो । ज्योती बोसु मुख्य मन्त्री हुने समयमा म कलेजमा पढ्थे । त्यति बेला नै म सक्रिय सदस्य थिए । कलेजबाट जि एस जितेको मानिस हुँ । त्यस पछि ईन्डियन एयर फोर्समा एयर क्राप्ट टेक्नो क्रेट थिएँ । मेरो काम भनेकै हेलिकोप्टर बनाउने विगार्ने नै थियो । म बायु सेनाको मानिस थिएँ । त्यस पछि म कारगिलको युद्ध पछिराजिनामा गरेर घरमा आए ।
त्यसपछि अमेरिका गएँ । जहा मैले सुरक्षा सम्बन्धी ६५ वटा देशको कक्षा लिन्थेँ । मैले अहिले सम्म १ सय ९ राष्टू घुम्ने अबसर प्राप्त गरेकोछु । यो संसारमा धेरै कुराहरु सिकेर मनेपाल आएको हुँ । त्यस पछि म राप्ती ग्यास उद्योगलाई जन्म दिने काम गरेँ । विभिन्न सामाजिक संजालमा छु । मेरो छोरी छैनन् । त्यसैले मैले विपन्न परिवारका तिन वटा छोरीहरु पढाईरहेको छु ।
तपाई नेपाल किन फर्किनु भएको हो ?
—नेपालमा केहि गर्नु पर्छ भन्ने सोच पहिले देखि नै थियो । अहिले नेकपा एमालेले राष्टिूयताको पक्षमा लिएका मुद्धाहरु मलाई मन परेको छ । त्यसमा पनि केपि ओलीले राष्टिूयताको पक्षमा लिनु भएको अडान अहिलेको सान्र्दभिक विषय हो । नेपालको बाहिर ठुलो ईज्जत छ । तर हामीले त्यसको महसुस गर्न सकेका छैनौँ । हामीले नेतृत्व राम्रो पाउन पनि सकेको छैनौ । जस्का कारण हाम्रो विचमा धेरै समस्या छन् । नेतृत्व राम्रो भएमा हामीले यो देशलाई निक्कै राम्रो बनाउन सक्छौँ । विश्वका धेरै गरीव मुलुकहरु अहिले आर्थिक सुधार गर्दै अगाडी आएका छन् भने नेपालको राम्रो सम्भाबना छ ।
नेपाल फर्किसके पछि के गर्नभयो राजनितीका लागि ?
—हामीले मान्दै आएका डा. बाबुराम भट्राई संग कुरा भयो । नयाँ शक्ति पार्टीमा रहेर काम गर्नु पर्छ भन्ने कुरा आयो । म नयाँ शक्ति पार्टीको केन्द्रिय सदस्य पनि भएँ । मलाई नयाँ शक्तिले जिल्लाको नेतृत्व लिनु पर्छ भनेका थिए तर मैले लिईन् । भट्टराई संगका केहि कुराहरु पछि आएर मलाई मन परेन । बाबुरामको भिजन स्पष्ट छैन भन्ने मलाई लाग्छ । सायद मैले नयाँ शक्तिको विचार र सिद्धान्तलाई मैले बुझ्न सकिन । उहाले टोपी दिवसको अबसरमा पनि टोपीको विरोध गर्नुभयो । कहिले निर्बाचनमा जा, कहिले नजा भन्ने कुराले मलाई पुरानै घरमा फर्किने अबसर दियो । त्यो पनि पाँच सय भन्दा बढि कार्यकर्ताहरु संग म फर्किएको छु ।
मैले नेपालको राष्टिूयता र सगरमाथाको ईज्जतको लागि अमेरिका छोडेर आएको हुँ । अहिले पनि धेरैलाई अमेरिका सपनाको देश हो । तर हामीले नै नेपाललाई बनाउन सकेनौँ भने भोलीका हाम्रा सन्तानहरुले हामीलाई धिक्कार्ने छन् । मैले अमेरिकामा २५ लाख रुपैया मासिक कमाउथे । तर तर एउटा जिउ त जस्ले पनि पाल्न सक्न तर देशलाई विश्वले चिन्नु पर्छ र मेरै पालामा देश समृद्ध भएको हेर्न चाहन्छु । त्यसको लागि मैले के गर्नु पर्छ त्यो भुमिकाको खोजी मैले गरीरहेको छु ।
तपाईको सोच, विचार, क्रियाशिलता र सिद्धान्तलाई अटाउन सक्ने त्यो भुमिका भनेको के हो ?
—यो एक्काईशौ शताब्दी हो । यो समय भनेको नयाँ सोच सहितको क्रियाशिलता हो । विकासका लागि युवा सहभागिता र सोचको लगानी हो । अहिले स्थानिय तहको निर्बाचनको चर्चा चुलिदै गएको छ । नेकपा एमाले भित्र धेरै नेताहरुले लामो समय देखि काम गर्दै आउनु भएको छ होला । तर अहिले लामो समय भन्दा पनि नयाँ सोच र नयाँ विचारको साथमा काम गर्नुपर्ने बेला आएको छ । म एक सय ९ देश घुमेको छु । ६५ देशको सुरक्षा हेरेको मानिस हुँ । मलाई थाहा छ कि कुन देश कुन शहर कुन बस्तिलाई कसरी समृद्ध बनाउनु पर्छ भन्ने । त्यस कारण घोराही उपमहानगरपालिकाको मेयरको रुपमा मैले जिम्मेवारी पाएँ भने त्यसपछिको काम मैले गरेर देखाउन सक्ने थिएँ । तर त्यसको लागि मेरै पार्टी नेकपा एमालेले मलाई सहयोग गर्नु पर्छ र गर्छ पनि ।
नेकपा एमालेबाट घोराही उपमहानगरपालिकामा मेयरको रुपमा आउन चाहने धेरै नेताहरु छन् । वीर क्षेत्री नै किन आउनु पर्ने ?
—वीर क्षेत्रीको भिजन सानो छैन । म संग लिंक छ । म संग टच छ । देश विदेश संगका निकायहरु संग नजिकको सम्बन्ध राखेको छु । म दावाका साथ भन्छु कि घोराही उपमहानगरपालिका भित्र मेरो जस्तो सोच, सिद्धान्त र कार्ययोजना सहित कुनै पनि राजनितीक पार्टीबाट आउने उम्मेदवार संग छैन । हामीले घोराही उपमहानगरपालिकालाई समृद्ध बनाउने भनेको नेपालको लागि मात्र हैन । यहाँको उपत्यका, यहाको बस्ती विकास, शहरीकरण संग जोडिएको ग्रामीण भेगलाई कसरी विकास गर्नु पर्छ भन्ने सोच म संग छ । मैले देखेको छु । संसारमा न्युन आर्थिक अबस्था भएका बस्तीहरु कसरी समृद्ध भएका छन् भन्ने कुराको सैद्धान्तीक, प्रयोगात्मक भिजनहरु म संग छन् । म दावि गर्छु । घोराही क्षेत्रमा मैले मेयरको जिम्मेवारी पाएँ भने केहि वर्षमै मैले घोराहीको अबस्थामा ब्यापक परिवर्तन ल्याउन सक्छु ।
घोराही उपमहानगरपालिका समृद्ध बन्नको लागि धेरै प्रकारका चुनौतीहरु रहेका छन् । यसको समृद्धिका लागि तपाई संग कस्ता योजनाहरु छन् ?
—सबै भन्दा पहिले म रोडको विकास गर्छु । अहिलेको रोडमा धेरै कुराको कमि छ । नाला राम्रो छैन । दिगो छैन । फिनिसिंग छैन । सुरु मात्र भएको छ । त्यस पछिको कुनै काम भएको छैन । तर म यहाको मेयर भैसके पछि नर्वेकोउदाहरण दिन्छु । जहाँ माटो छैन । तर त्यहा राम्रा राम्रो बाटो बन्छ । त्यो भन्दा यहा धेरै सहज छ । यहाकै युवापुस्तालाई लिएर काम गर्ने हो भने अन्र्तराष्टिय स्तरकै सडक अहिलेकै अबस्थामा निर्माण गर्ने दावि गर्छु ।
अर्को समस्या हामीले भोग्दै आएको स्वास्थ्य हो । संसारको सबै भन्दा ठुलो सम्पती भनेको स्वास्थ्य हो । घोराही राम्रो शहर भए पनि यहा प्रभावकारी स्वास्थ्य सुविधा छैन । म संगठन चलाएको मानिस हुँ । मैले एकै पटक हजारौँ डाक्टरहरुलाई चलाएको मानिस हुँ । र अर्को महत्वपुर्ण शिक्षा हो । मैले घोराही उपमहानगरपालिमा भित्र राम्रो विद्यालय होलान तर कम्तीमा १२ कक्षा सम्मको शिक्षालाई हामीले अहिलेकै अबस्थामा धेरै कुराहरु सुधार गर्न सक्छौँ । शिक्षा पछि विद्यार्थीहरुको योजनालाई कार्यान्वयन गर्नको लागि रोजगारी हो । शिक्षा भए मात्रै चेतना अभिबृद्धि हुन्छ र गरीवी पनि न्युनिकरण हुन्छ ।
त्यस्तै खानेपानीको अहिलेको अबस्था कमजोर छ । पानी भनेको दैनिक जीवन संग जोडिएको छ । घोराही उपमहानगरपालिकामा चौविसै घण्टा पानीको आपुर्तिका लागि मैले पहिलो प्राथमिकता साथ काम गर्ने छु । हामीले जे गछौँ त्यहा जनता प्रतिको उत्तरदायि हुनु आबस्यक छ । हरेक काममा पारदर्शीता र जवाफ देहिता छ । र मैले जे गर्छु युवाहरुको साथमा गर्छु । मैले पैसा खोज्ने भए अमेरिकामा बस्थेँ ?नेपालमा नम्बर एक शहरको रुपमा विकास गरेर देखाउने छु । म संग सोच र अनुभब छ । मेरो सोच अनुसार काम गर्ने हो भने यहाको भौगोलिक अबस्था नै परिवर्तन गरेर पानी ल्याउन सकिने मेरो अध्ययन छ ।
मेयरका लागि पार्टीले सहयोग गर्नु पर्ने पनि होला । पार्टी संगको सम्बन्ध कस्तो छ ? एमालेले तपाईलाई टिकट दिन्छ त ?
—नेकपा एमालका माधबकुमार नेपालको ईमान्दारिता र केपी ओलीको राष्टिूयताबादलाई संगसंगै मिलाएर मैले काम गरेको छु । पार्टी मेरो पक्षमा सकारात्मक छ । र मलाई विस्वास छ । एमालेको इमान्दार कार्यकर्ता हुँ । एमाले धेरै सम्भावित नेताहरु भएको राम्रो पार्टी हो । हामी एक एक गरेर छानिएर घोराही उपमहानगरपालिकाको मेयरको रुपमा आउछौँ । पार्टीले मलाई सहयोग गर्नेछ् । र मैले मेयरको रुपमा काम गर्नु भनेको त्यो नेकपा एमाले र यहाका आम जनताको लागि हो । त्यसको ईज्जत नेकपा एमालेको पक्षमा देखिने छ । अहिलेको अबस्था भनेको घोराही उपमहानगरपालिकाको समृद्धि र विकास नै हो । त्यसको लागि सोच भएको नेतालाई पार्टीले टिकट दिन्छ । र त्यो सोच भएको एक मात्र कार्यकर्ता म नै हुँ । मेरो जुन अनुभब छ । त्यो अनुभवलाई राष्टू र जनताले फाईदा लिनु पर्छ । म पहिलो मेयर हुनेछु जस्ले घोराहीलाई वर्डक्लास सिटि बनाउनेछु ।
पार्टीले टिकट दिएर मात्र पनि त हुँदैन । घोराही उपमहानगरपालिकाका आम जनताले तपाईलाई विस्वास गर्ने बाताबरण कसरी बनाईरहनु भएको छ ?
—म ईमान्दार मान्छे हो । मेरो चरित्रमा मलाई पुर्ण विस्वास छ । घोराहीका आम जनताले मलाई विस्वास गर्ने बाताबरण भनेको मेरो अनुभब हो । म पारदर्शिता, इमान्दारीता, कार्ययोजनाको कार्यान्वयन, विकास र समृद्धीका लागि क्रियाशिलता, पुरानो पुस्ताको योजना र युवा शक्तिको परिचालन गर्न चाहन्छु । त्यसको लागि मेरो पारिवारिक स्थितीलाई पनि मुल्यांकन गर्न सक्नु हुन्छ । जीवनमा मैले अहिले सम्म एक रुपैयाँ कसैको केहि खाएको छैन । म जुन स्थानमा पुगेँ त्यो मेरो शिक्षा, अनुभब र कामको आधारमा पुगेको मानिस हुँ । मैले बुझेको छु परिवार मात्र राम्रो भएर हुँदैन । समाज पनि राम्रो हुनुहुन्छ । समाज राम्रो भए मात्रै परिवार राम्रो भएको ठहर्छ । मैले अगाडी पनि भने म संग केहि अन्र्तरराष्टिूय सोच र योजनाहरु छन् । त्यो मैले यहा देखाउन चाहन्छु । त्यो अबसर मलाई घोराही उपमहानगरपालिकाबासीहरुले दिनुहुन्छ भन्ने पुर्ण विस्वस्त छु ।
अन्त्यमा केहि भन्नु छ ?
—म सुरक्षाकर्मी र पत्रकारहरु संग मिलेर अपराधमुक्त बनाउन चाहन्छु । मिडिया भन्दा ठुलो कुरा संसारमा केहि छैन । यसको क्षमता मलाई राम्रो संग थाहा छ ।शहरमा विकास र समृद्धि मात्र भएर हुदैँन । शान्त शहरको रुपमा पनि विकास गराउनु पर्छ । रात्रीको समयमा पनि हाम्रा छोरीहरु हिड्न सक्ने बाताबरण बनाउन केहि समय भित्रै सकिन्छ । किनकै मैले सुरक्षा निकायमा लामो समय काम गरेको छु । कहाँ के हुराको प्रयोग कसरी गर्नु पर्छ भन्ने मलाई थाहा छ । त्यसको लागि सबैले साथ सहयोग गर्नै पर्छ । र मलाई मेरो कुराहरु यहा राख्न दिनुभएकोमा तपाई र तपाईको पत्रिकालाई धेरै धेरै धन्यबाद दिन चाहन्छु । गणतन्त्र दैनिकबाट

काठमाडौं, चैत १० । बोल्दाबोल्दै फोन काटियो ? नआत्तिनुस् अब क्षतिपूर्ति पाइन्छ । बोल्दाबोल्दै फोन काटिने, आवाज प्रस्ट नबुझिने, नेटवर्क आउने जाने भइ रहने जस्ता समस्या दूरसञ्चार क्षेत्रमा सेवाग्राहीका वषौँदेखिका गुनासा अझै पनि छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणले अबदेखि फोन गर्दा यस्ता समस्या दिने दूरसञ्चार प्रदायक कम्पनीलाई क्षतिपूर्ति स्वरुप पहिलो चरणमा बिचमै बोल्दाबोल्दै फोन काटिए सो कल वापतको पैसा फिर्ता गर्ने नियामवली र प्रविधि लागू गर्न गृहकार्य थालेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
यस्ता समस्यालाई समाधान गर्न दूरसञ्चार सेवा प्रदायकलाई त्यसको क्षतिपूर्ति भराउने अन्तिम तयारी गरिरहेको प्राधिकरणले उपभोक्ताका गुनासा सम्बोधन गर्ने उद्देश्यका साथ क्षतिपूर्तिको व्यवस्था गर्न लागेको जनाएको छ ।
‘पैसा घट्दै जाने तर कुरा गर्न नपाउने समस्यामा अझै सुधार हुन सकेको छैन । अहिलेको दूरसञ्चार नियमावलीमा क्षतिपूर्ति सम्बन्धी प्रावधान छैन । त्यसैले अब हामी नयाँ नियमावली बनाउँदै छौं । त्यसमा ‘कल ड्रप’ भएको समयको पैसा फिर्ता गर्नुपर्ने प्रावधान राख्दै छौं’ प्राधिकरणका निर्देशक पुरुषोत्तम खनालले भने ।

दाङ, चैत ५ । स्वास्थ्यका लागि हिडाईंका धेरै फाइदा छन् । यो एरोबिक अभ्यास हो । टेनेसी विश्वविद्यालयले गरेको अध्ययनमा पनि नहिड्नेभन्दा हिड्नेको शरीरमा बोसो काम भएको पाइएको थियो । हिड्दा शरीरमा रगत जम्न पाउँदैंन र मुटु रोग पनि लाग्न पाउँदैंन । यसका फाइदा के–के छन् रु
१. रगत सन्चालनमा वृद्धि गर्छ: हिड्नाले रक्तचाप न्युन हुन सहयोग गर्छ र मुटुको रोग लाग्न दिँदैंन । टेनेसी विश्वविद्यालय र कोलोराडो विश्वविद्यालयहरुले गरेका अध्ययनले महिनावारी बन्द भैसकेका महिलाहरुले दैनिक २ माइलसम्म हिड्ने गर्नाले २४ हप्तामा रक्तचाप करिब ११ अंकले घट्छ । दैनिक ३० मिनेट हिड्ने महिनामा स्ट्रोक हुने सम्भावना २० प्रतिशतले कमी आउँछ ।
२. हड्डी मजबूत पार्छ: विशेषगरी ओस्टियोपोरोसिस रोग लागेकाहरुमा हिडाईले हड्डीको मासी कम हुनबाट बचाउँछ । महिनावारी बन्द भएका महिलाले दैनिक ३० मिनेट हिड्नाले हिप भाँचिने सम्भावना ४० प्रतिशतले कमी गर्ने पनि अध्ययनहरुले देखाएका छन् ।
३. आयु बढाउँछः ५० र ६० को दशकमा पुगेका मानिसहरुले नियमित हिड्नाले आयु पनि बढ्छ । मिचिगन विश्वविद्यालय मेडिकल स्कुल र हेल्थकेयर सिस्टम विशेषज्ञ आन हार्बरले गरेको अध्ययनमा नियमित अभ्यास गर्ने ५० र ६० को दशकका मानिसहरु अभ्यास नगर्नेभन्दा ८ वर्षभित्र मर्ने सम्भावना ३५ प्रतिशतले कम हुने देखिएको थियो ।
४. मुड राम्रो बनाउँछः दैनिक हिड्नाले मुड पनि राम्रो हुन्छ । हिड्दा इन्डोर्फिन नामक प्राकृतिक तत्व निस्कन्छ, जसले दुखाईलाई कम गर्छ । यसले मुड राम्रो बनाउँछ ।
५. तौल कम गर्छः ३० मिनेटको हिडाईले २ सय क्यालोरी बर्न गर्न सहयोग गर्छ । यसबाट तौल कम हुन मद्धत गर्छ ।
६.मांसपेशी मजबूत बनाउँछः हिडाईले खुट्टा, पेट तथा पाखुराको मांसपेशीलाई मजबुत बनाउँछ र आर्थराइटिस दुखाई कम गर्न मद्धत गर्छ।
७. राम्रो निद्रा पर्छः ५० देखि ७५ वर्षका महिलाहरुले दैनिक बिहान १ घण्टा हिड्नाले अनिद्राको समस्याबाट छुट्कारा पाएको हचिन्सन क्यान्सर रिसर्च सेन्टर सियाटलको एक अध्ययनले देखाएको छ ।
८. जोर्नीलाई फाइदा पुग्छः जब मानिसको शरीरमा चाल पैदा हुन्छ, जोर्नीहरुले मासीबाट पोषण प्राप्त गर्छन् र त्यस क्षेत्रले अक्सिजन पाउँछन् । तर नहिड्दा जोर्नीहरुले त्यस्ता मासीप्राप्त गर्न सक्दैनन् र गति कम हुन्छ ।
९. श्वासप्रश्वासमा सुधार ल्याउँछः हिड्दा श्वासप्रश्वासको गति बढ्छ, जसबाट नसाहरुमा अक्सिजन राम्रोसंग पुग्न पाउँछ जसले विकारहरुलाई हटाउन मद्धत गर्छ र शक्तिमा वृद्धि गर्छ ।
१०. मानसिक क्षयलाई कम गर्छः ६५ वर्षमाथिका ६ हजार महिलामा गरिएको एक अध्ययनमा नियमित हिड्नेहरुमा उमेरसंग सम्बन्धित स्मरण क्षमता कम हुने समस्या कम भएको पाइएको थियो । दैनिक २।५ माइल हिड्नेमा स्मरण क्षमता १७ प्रतिशतले कम भएको पाइएको थियो भने नहिड्नेमा २५ प्रतिशतले कम भएको पाइएको थियो ।
११. अल्जाइमरको खतरा कम गर्छः दैनिक १ माइलहिड्ने वृद्धहरुमा अल्जाइमर र डिमेन्सियाको समस्या कम भएको अध्ययनमा पाइएको थियो ।
१२. अपांगताको खतरा कम गर्छः हिडाईले ६५ वर्षभन्दा माथिका वृद्धहरुमा अपांगता हुने खतरा कम गर्ने अध्ययनमा देखिएको छ ।

एजेन्सी । विश्वका केही देशहरुमा निकै अचम्मका नियम कानूनहरु हुन्छन् । यस्ता कानूनहरुको बारेमा सुन्दा लाग्छ त्यस्ता कानूनको पालना कसरी होला रु तर त्यस्ता कानून पनि मानिसहरुले सहिरहेकै छन् ।
सामोआ नामको देशमा यस्तो अनौठो कानून छ कि त्यहाँ पत्नीको जन्मदिन भुल्नुलाई अपराध ठहर गरिन्छ । कोही पुरुषले यदि पहिलोचोटि आफ्नी श्रीमतीको जन्मदिन भुलेको हो भने त्यसलाई चेतावनी दिइन्छ ।
यदि उसले यस्तो गल्ती फेरि दोहोरायो भने त्यसलाई जरिवाना वा जेल सजाय दिइन्छ । त्यसैले जो श्रीमतीहरु आफ्नो लोग्नेले बारम्बार जन्मदिन भुलेका कारण हैरान हुन्छन् उनीहरुले लोग्नेलाई लिएर सामोआ घुम्न जानुपर्ने देखिन्छ ।
अस्ट्रेलियामा भने अनौठो कानून छ । त्यहाँ फ्युज गएको विजुलीको बल्व फेर्न समेत लाइसेन्सवाला इलेक्ट्रिसियन्स गुहार्नु पर्छ । लाइसेन्स नभएकाहरुले विजुलीको सामान्य भन्दा सामान्य काममा समेत हात हाल्ने अधिकार छैन ।
फिलिपिन्स दुनियाको एउटा यस्तो देश हो जहाँ अहिलेसम्म सम्बन्ध विच्छेदको लागि कुनै कानून छैन । विवाह पछि पति पत्नी अलग हुनसक्छन् तर डिभोर्सको कानूनी प्रावधान भने छैन । चाहे तपाइँ आफ्नो वैवाहिक सम्बन्धबाट धेरै पीडित किन नहुनुस् डिभोर्स लिनु असम्भव छ । भ्याटिकन सिटीमा पनि सम्बन्ध विच्छेदको कानूनको अभाव छ ।

मेटमणि चौधरी,
दाङ जिल्ला ईञ्चार्ज, नेकपा एमाले,
मेची–काली अभियानको तयारी तयारी कस्तोे छ ?
‘संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि र स्वाभिमान, राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि मेची–महाकाली अभियान’ भन्ने मुल नाराका साथ नेकपा एमालेले थालेको मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत आज दाङको लमहीमा ऐतिहासिक सभाको आयोजना गर्दैछौं । कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ । फागुण २१ गते बिहान १० वजे झापाका काँकडभिट्टाबाट सुरु भएको राष्ट्रिय अभियानलाई ऐतिहासिक बनाउन जिल्लाका सम्पूर्ण कमिटीहरु परिचालन गरेका छौं ।
सम्पूर्ण तयारी पुरा भएको भन्नुभयो । अलि स्पष्ट पारिदिनुहोस् न ।
मेची–महाकाली राष्ट्रिय अभियानलाई हामीले दाङको पार्टी निर्माणका लागि अवसरका रुपमा लिएका छौं । अभियानबाट प्राप्त उर्जालाई हामीले पार्टी निर्माणमा खर्चने सोंच बनाएका छौं । यसैक्रममा हामीले अभियानको टोलीको स्वागतका लागि ३५ वटा स्वागत गेट निर्माण गरेका छौं । दाङको पूर्वी सीमा क्षेत्र धानखोलादेखि पश्चिमी क्षेत्र अमिलियासम्मका सबैजसो स्थानमा एमालेको झण्डा फर्फराएका छौं । ५ हजार पार्टी सदस्यहरु परिचालित गरेर १ लाख निम्तापत्र वितरण गरेका छौं । पार्टी कार्यकर्ता र शुभेच्छुकहरुलाई कार्यक्रम स्थलसम्म ल्याउनका लागि गाउँपार्टी कमिटिहरुको सक्रियतामा २ सय ५० ठूला बसहरुको व्यवस्था गरेका छौं । अतिथिहरुको स्वागतका लागि सम्पूर्ण तयारी गरिसकेका छौं ।
राष्ट्रिय अभियान आयोजना गर्नुको उद्देश्य के हो ? बताई दिनुहोस् न ।
मेची–महाकाली राष्ट्रिय अभियान राष्ट्रिय एकताको सन्देश प्रवाह गर्नका लागि थालिएको हो । नेपालको हिमाल, पहाड र तराईलाई अलग गर्ने षड्यन्त्र भइरहेको छ, यसैलाई चिर्नका लागि फागुण २१ गतेदेखि हामीले अभियानको सुरुवात गरेका हौं । यो अभियान हामीले तराईको पूर्व–पश्चिम राजमार्गलाई केन्द्रीत गरेका छौं । जसका लागि एमालेका सम्पूर्ण जिल्लाका कमिटीहरु परिचालित भएका छन् । तराई–मधेशमा एमालेप्रति जुन खालको भ्रम, अन्योल फैलाउने कोशिस गरिएको छ, यो भ्रम चिर्न र सदियौंदेखि नेपालमा रहेको सामाजिक सद्भावलाई बलियो बनाउन हामीले अभियानको थालनी गरेका हौं । मैले माथि नै भनिसकेँ मेची–महाकाली राष्ट्रिय अभियानको मुख्य उद्देश्य भनेको हिमाल, पहाड र तराई बीचको एकतालाई सुदृढ बनाउन हो ।
अभियान अन्तर्गत दाङमा के–के कार्यक्रम हुन्छन् ? बताइदिनुहोस् न ।
अत्यन्तै राम्रो प्रश्न सोध्नुभयो । पूर्वबाट पश्चिम बढेको राष्ट्रिय अभियानको टोलीलाई हामीले आज दाङको दिउँशो १ वजे जिल्लाको पूर्वी सीमाक्षेत्र धानखोलामा भव्य स्वागत गर्नेछौं । जिल्लाका अगुवा नेता कार्यकर्ताहरु सम्मिलित स्वागत टोलीले अभियानको टोलीलाई स्वागत गरेपछि भालुवाङ, सिसहनिया हुँदै लमहीसम्म स्थानीय कमिटीहरुले टोलीको स्वागत गर्नेछन् । त्यसपछि दिउँशो २ वजे लमहीको बगैचामा ऐतिहासिक जनसभा हुनेछ । सभामा हाम्रो पार्टीका अध्यक्ष क. केपी ओली, बरिष्ठ नेता क. झलनाथ खनाल, क. माधव नेपाललगायतका नेता कमरेडहरुले सम्बोधन गर्नुहुनेछ । उक्त अवसरमा हामीले ४ हजार बढी मानिसहरुलाई एमालेमा प्रवेश गराउँदैछौं । यसका साथै ९० काटेका जेष्ठ नागरिकहरु र अन्तर्जातीय विवाह गरेका जोडीहरुलाई सम्मान गर्दैछौं । यी सबै कार्यक्रमको समाप्तिपछि हामीले टोलीलाई दाङको पश्चिमी सीमा क्षेत्रसम्म पु¥याएर बिदाई गर्ने कार्यक्रम तय गरेका छौं ।
लमहीको सभापछि घोराही सभा गर्ने र चैत्र १ गते तुलसीपुर–अमेलिया हुँदै अभियान अगाडि बढाउने भन्ने तयारी थियो त । किन कार्यक्रम परिवर्तन गरियो ?
यहाँले भनेको कुरा एकदमै ठीक हो । हामीले सोही अनुसार नै तयारी गरेका थियौं । तर, सप्तरीमा भएको घटनापछि अभियानको रुट छोट्याउने क्रममा दाङका साथै अन्य स्थानमा पनि पूर्व कार्यक्रममा फेरबदल गरिएको छ । ३० गते टोलीलाई घोराही, नारायणपुर, विजौरीलगायतका क्षेत्रमा व्यवस्थित होमस्टेमा बसाउने र चैत्र १ गते जिल्लाको दाङ उपत्यकामा टोलीको भव्य स्वागत गर्ने हाम्रो तयारी थियो, तयारी अनुसारको कार्यक्रम गर्न नपाएको हामी अत्यन्तै दुखित भएका छौं । तर, पनि जिल्लामा थालिएको सम्पूर्ण तयारीलाई ३० गते लमहीमा आयोजित ऐतिहासिक जनसभामा लगाउँदैछौं । सिंगो दाङलाई एमालेमय बनाउन चाहन्छौं ।
सप्तरी घटनापछि जनताहरुमा एक किसिमको त्रास छाएको देखिन्छ । शान्ति सुरक्षाको प्रबन्ध कसरी मिलाउनुभएको छ ?
यहाँले अत्यन्तै राम्रो कुरा उठाउनुभयो । हामीले शान्ति सुरक्षाको व्यवस्थालाई अत्यन्तै सुदृढ बनाएका छौं । सैयौं स्वयंसेवकहरुले कार्यक्रमलाई शान्तिपूर्ण बनाउनुहुनेछ । त्यस्तै कार्यक्रमको सुरक्षार्थ हामीले स्थानीय प्रशासनसँग समन्वय गरेका छौं । उहाँहरुले हाम्रो कार्यक्रमलाई शान्तिपूर्ण बनाउन मद्दत गर्नुहुनेछ । म यहाँको पत्रिकामार्फत् सबै जिल्लाबासीहरुलाई ढुक्क भएर कार्यक्रममा उपस्थितिका लागि आग्रह गर्दछु । राष्ट्रिय एकताका लागि थालिएको एमालेको मेची–महाकाली अभियानमा उपस्थित भइदिनुहुन अनुरोध गर्दछु ।

सम्पादकीय
Loading...