मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

चितवन, जेठ १२ । भरतपुर महानगरपालिकामा चलिरहेको मत गणनामा एकिकृत माओवादी केन्द्रकी मेयरकी उम्मेदवार रेणु दाहाल थप संकटमा परेकी छन् ।

कांग्रेसको गढ मानिने वडा नम्बर १६ मा एमालेको प्यानलनै विजयी भएपछि रेणु दाहाललाई थप समस्या हुने आंकलन गरिएको छ । वडा नम्बर १६ मा एमालेका चतुरमान गुरुङको सेट विजयी भएको छ । १६ नम्बरको मत गणना सकिएसँगै मेयर पदमा १७ सय ३६ को मत अन्तर भएको छ ।

एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीले अहिले लिड गरिरहेका छन् । ज्ञवालीले ३५ हजार पाँच सय ८८ मत ल्याएका छन् भने दाहालले ३३ हजार ८ सय ५२ मत ल्याएकी छन् । उप मेयरमा चाँहि कांग्रेसकै पार्वती शाहले अग्रता कायम गरेकी छन् । १६ नम्बर वडामा एमाले एक सय भन्दा कम मत अन्तरले विजयी भएको हो ।

मत गन्न बाँकी रहेका अरु वडामा पनि कांग्रेसकै गढ मानिन्छ । तर यसरी एमालेको सेट आउन थाल्यो भने मेयरको मत पनि घट्ने छ भने रेणु थप संकटमा पर्ने नेताहरु बताउँछन् ।
काठमाडौं, जेठ १२/  काठमाडौं महानगरपालिकाको अब २३ हजार मत गणना हुन बाँकी रहेको छ । शनिबार साँझसम्म अन्तिम परिणाम आउन सक्ने बताइएको छ । काठमाडौं महानगरपालिकाको अहिले १४ नम्बर वडा गणना हुँदै छ । वडा नम्बर ९, १०, ११, १२ मत गणना हुन बाँकी छ । त्यस्तै वडा नम्बर १५, १६ पनि गणना हुन बाँकी छ । वडा नम्बर १ देखि ८ र १७ देखि ३२ वडाको मतगणना सकिएको छ ।

पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले आफ्नी प्रतिष्पर्धीको भन्दा १५ हजार ९ सय ५० मत बढी ल्याउनुभएको छ । शाक्यको ५४ हजार ७ सय ८८ मत आएको छ भने निकत्म प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशीले ३८ हजार ७ सय ३८ मत ल्याउनुभएको छ ।
विवेकशीलबाट मेयर पदकी उम्मेदवार रन्जु दर्शनाले २० हजार १ सय ९५ मत ल्याउनुभएको छ भने चौठो स्थानमा रहनुभएका साझा पार्टीका उम्मेदवार किशोर थापाले १५ हजार ६ सय ८९ मत ल्याउनुभएको छ ।

काठमाडौं महानगरपालिकामा २ लाख ७४ हजार ४ सय ३८ मतदाता रहेपनि गत वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरका १ लाख ७२ हजारले मात्र मदादान गरेका थिए ।
पोखरा, जेठ १२ । पोखरा महानगरपालिकाको मेयरम निर्वाचित मानबहादुर जीसी र उपमेयरम निर्वाचित मञ्जु गुरुङ । पोखरा महानगरपालिकाको मेयरमा एमालेका मानबहादुर जिसी र उपमेयरमा एमालेकै मन्जुदेवी गुरुङ निर्वाचित भएका छन् ।

मेयरमा जिसीले कांग्रेस उमेदवार राजमी कुँवरभन्दा १४ हजार ७ मत बढी प्राप्त गरी निर्वाचित भए भने उपमेयरमा मन्जुले १२ हजार मत अन्तरमा कांग्रेस उमेदवार सरस्वती गुरुङलाई पराजित गरिन् ।
नतिजाको अन्तिम परिणाम अनुासर जिसीले ६०,४२३ मत प्राप्त गरे, उनका निकटतम प्रतिद्वन्द्वी कुँवरले ४६,४१६ मत पाए ।

उपमेयरमा एमालेका मन्जुले ५६ हजार ४४८ मत पाएकी छन् भने काग्रेस उमेदवार सरस्वतीले ४४ हजार ३३८ मत पाइन् । पोखरा महानगरमा कांग्रेस र माओवादीले गठबन्धन गरे पनि एमाले उमेदवारलाई हराउन सकेनन् । ३३ वटा वडा रहेको पोखरामा २२ वटा वडामा एमालेले वडाध्यक्ष जितेको छ भने ११ वटा वडामा कांग्रेसले वडाध्यक्ष जितेको छ ।

चुनावी परिणाम आएपछि मेयरमा निर्वाचित जिसीले जनताको माया खेर जान नदिने प्रतिक्रिया दिए । उनले निर्वाचनअघि आफूले गरेको वाचा पुरा गर्ने प्रतिवद्धता गरेका छन् ।

वडाअध्यक्षमा को कहँबाट:
१, बगर– शारदा पराजुली, एमाले
२, भैरबटोल– रामेश्वर मल्ल, कांग्रेस
३, तेर्सापट्टी नदीपुर– रविन्द्रबहादुर प्रजु, कांग्रेस
४, गणेशटोल– शंकरप्रसाद बास्तोला, कांग्रेस
५, मालेपाटन– धनबहादुर नेपाली, एमाले
६, बैदाम– जगत पहारी, कांग्रेस
७, मासवार– रामचन्द्र बराल, एमाले
८, सिमलचौर– रुद्रनाथ बराल, एमाले
९, नयाँबजार– महेन्द्रपुल रामराज लामिछाने, कांग्रेस
१०, रामबजार– औद्योगिक क्षेत्र राजकुमार गुरुङ, कांग्रेस
११, रानीपौवा– फुलबारी, काहुँ मोहन बास्तोला, कांग्रेस
१२, माटेपानी– रामजी कार्की, कांग्रेस
१३, बाँझापाटन– अर्वा, काहुँखोला लेखबहादुर तामाङ (दर्शन लामा), एमाले
१५, काजीपोखरी– नयाँगाउँ प्रकाश पौडेल, एमाले
१६, बाटुलेचौर– अर्मला जिवनप्रसाद आचार्य, एमाले
१७, विरौटा– छोरेपाटन तिर्थराज अधिकारी, एमाले
१८, सराङकोट रणबहादुर थापा, एमाले
१९, पुरनचौर– लामाचौर शोभामोहन पौडेल, एमाले
२०, भलाम– मौजा सीम गुरुङ, एमाले
२१, निर्मलपोखरी– कृष्ती खगराज आचार्य, एमाले
२२, पुम्दी भुम्दी– मित्रलाल बराल एमाले,
२३, भदौरे चापाकोट– विष्णुप्रसाद पराजुली, कांग्रेस
२४, कास्कीकोट– ओमप्रसाद सुवेदी, एमाले
२५, हेम्जा– शोभाकर तिमिल्स्निा, एमाले
२६, राखी बुढीबजार सिलिङ्गे – नारायण बराल, एमाले
२७, अर्घौ तालचोक– पूर्णकुमार गुरुङ, कांग्रेस
२८, कालिका माझठाना– निर्मल दियाली सुनार, एमाले
२९, भण्डारडिक सैनिक– चेतबहादुर गुरुङ, एमाले
३०, सिशुवा खुदी– श्रीराम पोखरेल, एमाले
३१, लामास्वाँरा बेगनास खोलाबेसी– कमल थापा, एमाले
३२, राजाको चौतारा ढोडबेसी– अकलबहादुर कार्की, कांग्रेस
३३, भरतपोखरी– शिव आचार्य, एमाले

पोखरा, जेठ १२-पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका उमेद्वार मानबहादुर जिसीको बिजय निश्चित भएको छ। वडा नम्बर ३२ र ३३ को नतिजा घोषणा नगर्दै उनको मत अन्तर बढी भए पछि जित निश्चितत भएको हो ।

उनले वडा नम्बर ३१ सम्ममा ५५ हजार ५ सय ७५ मत ल्याएका छन् भने नेपाली कांग्रेसका रामजी कुँबरले ४२ हजार ४ सय ४५ मत ल्याएका छन्। जिसी १३ हजार १ सय ३० मतले अगाडि छन्। अब गन्न बाँकी रहेको वडा नम्बरको ३२ र ३३ मा जम्मा ९ हजार ८ सय ६३ मत खसेको छ ।

कुँबरलाई त्यो सबै मत पाए पनि हार निश्चित भएको छ। त्यसै गरि उपमेयरमा पनि एमालेकी मन्जु देवि गुरुङको पनि जित निश्चित भएको छ । उनले अहिले सम्म ५१ हजार १ सय ८८ मत प्राप्त गरेकी छन् भने नेपाली कांग्रेसकी सरस्वती गुरुङले ४० हजार ४ सय ८० मत प्राप्त गरेकी छन्।
चितवन, जेठ १२/ भरतपुर महानगरपालिकाको मतगणनाको पछिल्लो परिणाम अनुसार एमालेका देवी ज्ञवालीको अग्रता कायम रहेको छ ।

शुक्रबार बिहान ६ : ४५ मा प्राप्त नतिजा यस्तो छ

मेयर 
एमाले : ३३१६४
माओवादी : ३१७६५
राप्रपा : ५०२९

उपमेयर
कांग्रेस : ३५२८०
एमाले : २९९६२
राप्रपा : ५३२३
काठमाडौं,  जेठ १०  । भारत इन्दौरका तीर्थयात्रीहरू चढेको बस गंगोत्री धामबाट फर्किने बेला गंगोत्री राजमार्गको नालूपानीनजिकै भागीरथी नदीमा खस्दा २१ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका सात जनालाई सुरक्षित उद्धार गरेर उत्तरकाशीको जिल्ला अस्पतालमा भर्ना गरिएको छ । दैनिक भास्करको समाचारमा उल्लेख गरिएअनुसार दुई जना यात्री बेपत्ता छन् ।

मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले मृतकका परिवारलाई तत्काल राहतस्वरूप दुई–दुई लाख रुपैयाँ दिने घोषणा गरेका छन् । उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्रसिंहले समेत दुर्घटनामा मृत्यु  हुनेका परिवारजनलाई एक एक लाख र घाइतेहरूलाई ५०–५० हजार सहयोग गर्ने घोषणा गरेका छन् ।

तीर्थयात्रीहरू चढेको उक्त बस १२ मईमा बेटमाबाट हिँडेको थियो । बसमा बेटमा र नालछाका यात्रीहरू थिए । मंगलबार बिहान गंगोत्री धामको दर्शन गरिसकेपछि यो बसका ५७ जना तीर्थयात्रीहरू दुईवटा बसमा बाँडिएर केदारनाथ धाम जाँदै थिए । एउटा बसमा ड्राइवर र कन्डक्टरसहित ३१ जना यात्री थिए भने अर्कोमा ३० जना थिए ।

दुइटै बस अगाडि पछाडि हुँदै हिँडिरहेका थिए । समाचारअनुसार साँझ करिब छ बजे ३० यात्री रहेको बस उत्तर काशीबाट २५ किलोमिटर टाढा ऋषिकेशतर्फको बाटोमा ३०० मिटर तल खोँचमा खस्यो र बसमा रहेका केही यात्रीहरू भागीरथीमा खसे । डरलाग्दो मोडमा सन्तुलन बिग्रिँदा बस दुर्घटनाग्रस्त भएको समाचारमा उल्लेख छ । 
काठमाडौं, जेठ १० । ललितपुर महानगरपालिकामा  नेपाली कांग्रेस विजयी भएको छ । मेयर पदमा कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपमेयरमा गीता सत्याल विजयी हुनुभएको हो ।

कांग्रेसका महर्जनले २४ हजार ६ सय ४२ मत लिएर विजयी हुनुभएको हो । एमालेका हरिकृष्ण व्यन्जनकारलाई ३ सय २६ मतको अन्तरले पराजित गर्दै महर्जन मेयर पदमा निर्वाचित हुनुभएको हो ।
ब्यन्जनकारले २४ हजार ३ सय १६ मत ल्याउनुभएको छ भने तेस्रो स्थानमा रहनुभएका माओवादी केन्द्रका दिनेश महर्जन ‘दिपेश’ले १० हजार ६ सय ६१ मत पाउनुभयो ।

त्यस्तै उपमेयरमा कांग्रेसकी गीता सत्याल विजयी हुनुभयो । उहाँले साझा पार्टीकी उम्मेदवार शोभा शाक्य भन्त्दा ५ हजार ५ सय ७९ मत बढी ल्याएर उपमेयरमा निर्वाचित हुनुभएको हो । सत्यालले १९ हजार ८ सय १९ मत ल्याउनुभएको छ भने शाक्यले १४ हजार २ सय ४० मत ल्याउनुभयो । एमाले–राप्रपाकाका साझारुपमा बन्नुभएका उमपेयरको उम्मेदवार बाबुकाजी थापाले १० हजार ५ सय ४७ मत प्राप्त गर्नुभयो ।