मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

नवीन अभिलाषी,
दाङ, जेठ ६ । नारायणप्रसाद शर्मा र नेत्रलाल अभागी दाङको कम्युनिष्ट आन्दोलनका जुझारु पात्र हुन् । तर, यी दुई बीच कहिल्यै मित्रता देखिएन, यहाँसम्म कि एकले अर्काको कामप्रति सन्तुष्ट जनाउने ठाउँ देख्दैनन् ।

यहि बीचमा नेत्रलाल अभागीले लेखेको कविता हो ‘एउटा चिठी गुन्यूको नाता पर्ने दाइलाई’ शीर्षकको कविता र यो कविता नेत्रलाल अभागी र नारायणप्रसाद शर्मा बीचको आन्तरिक द्वन्द्व देखाउने एउटा झिल्को हो । नारायण गुरुका साली नाता पर्ने विष्णु पौडेलसँग नेत्रलाल अभागीले विवाह गरेका थिए । श्रीमती तर्फबाट नाता पर्ने नारायण गुरुप्रति लक्षित गर्दै अभागीले लेखेको यो लामै कविता हो । यो कविता चर्चित कविता संग्रह ‘सतिसाल मात्र ठिंग उभिन सक्छ’ मा संग्रहित छ । नेत्रलाल पौडेल ‘अभागी’को जीवनको सबैभन्दा महत्वपूर्ण पाटो राजनीतिक जीवन हो । यति हुदाँहुदै पनि अभागीको साहित्यिक क्षेत्रमा समेत महत्वपूर्ण योगदान छ ।

वि.सं. २००१ पुस २७ गते दाङ जिल्लाको धर्ना गाविस वडा नं. २ सिसैपुर गाउँमा जन्मिएका नेत्रलाल पौडेलसँग नारायणप्रसाद शर्माको भेट भने धेरै पछि भयो । २०१७ सालतिर भरतपुरमा रहेको विद्यालयका हेडमास्टर थिए रामसुरत झा । उनले विद्यार्थीहरुलाई हेपाहा प्रवृत्ती देखाउने गरेको त्यस समयका विद्यार्थीहरुको आरोप मात्र थिएन हेडमास्टरलाई निकाल्नुपर्छ भन्ने आन्दोलन समेत चलाइरहेका थिए । त्यो आन्दोलनमा काम गरिरहेका नारायणप्रसाद शर्मासहित केहि विद्यार्थीहरु निस्कासनमा पनि परे । त्यसको प्रतिवाद स्वरुप फेरि आन्दोलन गर्दा नारायण गुरु जेल परे । त्यसको तीन वर्षपछि २०२० साल साउनमा छुटे पनि मात्र नारायण गुरु र नेत्रलाल अभागीको भेट भएको थियो । विद्यालयमा भएको त्यो चर्चित विद्यार्थी आन्दोलनको समयसम्म नेत्रलाल गुमनाम थिए । त्यो समय नेत्रलाल मौन थिए । त्यो आन्दोलनमा कुनै पक्षता देखाएका थिएनन् अभागीले ।

नारायण गुरुको भनाईमा त्यसपछि मात्रै अभागी राजनीतिमा आएका हुन् । ‘अभागी अत्यन्तै कमजोर आर्थिक अवस्थाबाट अगाडि आएका हुन् । उनले धेरै दुःख गरेर पढेका हुन् । २०२२ सालतिर जस्तो लाग्छ बी.ए. अनर्सको अध्ययन पुरा गरेपछि उनी बढी बढि चर्चामा आए’, घोराही काठेकोहोलस्थित आफ्नै निवासमा कुरा गर्दै नारायण गुरुले बताए, ‘अभागी मेरो नातेदार हुन् । उनलाई मेरो सालीसँग विवाह गराईदिने, व्यवस्थापन गर्ने काम मैले नै गरेको थिएँ ।’  

वि.सं. २०२३ बाट नेत्रलालले शिक्षण पेसा सुरु गरे । अभागीले शिक्षण पेसा मात्र सुरु गरेनन् । राजनीति जीवन पनि सँगसँगै सुरु गरे । एक किसिमले अभागीको राजनीतिक जीवन र मावि नारायणपुरमा शिक्षण पेसा एकै साथ चल्यो । वि.सं. २०२३ मा केन्द्रको पुष्पलाल समूह निकट रहेर अर्घाखाँची र गुल्मीको संयुक्त प्र.ने.क.पा. जिल्ला कमिटीमा रही काम गर्ने क्रममा उनले वि.सं. २०२३ मा नै कम्युनिष्ट पार्टीको गौरवपूर्ण सदस्यता प्राप्त गरेका हुन् । उनी पार्टी सदस्य बनेपछि त्यहाँ सङ्गठित भएर काम गर्न थाले । यस क्रममा उनले शिक्षण, राजनीति र साहित्य तीनै क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरे । यहि बीचबाट नारायण गुरु र नेत्रलाल अभागी विचको सम्बन्धमा फाटो देखिन सुरु भएको हो ।

‘नेत्रलाल अभागी जागिरे थिए । तर, उनी जागीरे भन्दा पनि बढि राजनीतिक रुपमा सक्रिय देखिन थाले’, गुरु बताउँछन्, ‘तर तत्कालिन प्रशासनलाई यो सह्य हुने कुरै थिएन । जस्ले गर्दा उनी प्रशासनको आँखामा परे ।’ त्यसपछि अभागी शिक्षण पेसामा आबद्ध रहिरहन सकेनन् । उनी भुमिगत भए । हिसाबले जम्माजम्मी ११ वर्ष भूमिगत कठोर राजनीतिक यात्रा उनको राजनीतिक जीवनको उत्कर्ष समय हो ।

गुरु सुनाउँछन्, ‘एक किसिमले भन्ने हो भने नेत्रलाल कमरेड चरम उग्रबामपन्थी थिए, म २०११ सालदेखि २०/२२ सालसम्म पनि चरम उग्रबामपन्थी नै थिएँ । जब म शालिन राजनीतितर्फ गए उनी उग्र बन्दै गए ।’ यहि विषयलाई नारायण गुरुले आफूहरुको बीचमा नमिलेको पाटो सम्झन्छन् । भन्छन्, ‘हाम्रो विचार नै फरक भैसकेको थियो, त्यसपछिका दिनहरुमा म पत्रकारितासँग जोडिएपछि झन् मलाई विभिन्न आरोप लगाए ।’

नारायण गुरु घोराहीबाट प्रकाशनमा आउने नयाँ युगबोध पत्रिकाको जिम्मेवारीमा रहन थाले । उनी भन्छन्, ‘पत्रकारिताको मर्म अनुसार मैले सरकारको खुलेरै बिरोध गर्न सक्दैन थिएँल भने नेत्रलालले लिएको उग्र राजनीतिको खुलेरै सपोर्ट पनि गरेन । जसका कारण नेत्रलाल अभागीले मलाई सुधारवादी, संशोधनवादी जस्ता विशेषण प्रयोग गरेर आरोप लगाए ।’

नारायण गुरु विगत केलाउँदै थप्छन्, ‘त्यो समय पत्रिका मैले सुरुवात भर्खर गरेको थिएँ । पत्रिकालाई हुर्काउनु बाध्यता थियो भने पञ्चायत बिरुद्ध लेख्नु पनि कम साहसको विषय थिएन । एकातर्फ प्रशासनले दुःख दिन्थ्यो भने अर्कोतर्फ मलाई पञ्चायतको सपोर्ट गर्यो भनेर आरोप लगाउँथे ’, गुरु अगाडि भन्दै जान्छन्, ‘जसरी मैले जनयुद्धलाई खुलेर सपोर्ट गरिनँ र बिरोध पनि गरिनँ त्यसैगरी तत्कालिन नेकपा मालेले लिएको कदमलाई पनि मैले खुलेर सपोर्ट नगरेको हो ।’

वि.संं २०३१ मा भएको चौथो महाधिवेशन पश्चात् नेत्रलाल सुदूरपश्चिमको क्षेत्रीय ब्युरोको सदस्य बने । नेत्रलाल यसरी राजनीतिमा आउने क्रममा वि.सं. २०३० श्रावण २५ गतेदेखि पूर्णरूपमा राजनीतिक गतिविधिमा समर्पित हुन भूमिगत जीवनको यात्रा सुरु गरेका थिए । उनी वि.सं. २०३६ साउनमा नेकपा (माले) को केन्द्रीय सदस्य बने । वि.सं. २०३६ अषाढ ४ गतेदेखि दाङ जिल्लामा सुरु भएको आन्दोलनको नेतृत्व नेत्रलालले गरे ।

नेत्रलालको यस्तो आन्दोलन थियो कि वि.सं. २०३६ को दाङको किसान आन्दोलनको नेतृत्व गर्दै नेत्रलालले जमिन्दार, शोषक, सामन्तको भकारी फोडी किसानहरूलाई वितरण गर्थे । उनको नेतृत्वमा शोषकलाई मोसो दल्ने, ज्वालीमा नारी हल गोरु झैँ जोत्ने जस्ता जनकार्बाही पनि भए । उनले किसानहरूलाई सङ्गठित गराई मोही बेदखली विरुद्ध, सार्वजनिक जग्गामा जग्गाधनीको हस्तक्षेप बिरुद्ध किसान विद्रोह गराए । नेत्रलालले यसरी आन्दोलनमा आफू पनि प्रत्यक्ष सरिक भई र पीडित किसानहरूलाई पनि सहभागी गराई आपूm पनि अत्यन्त जनप्रिय बन्दै किसानहरूमा वर्गीय चेतना र राजनीतिक जागरण ल्याउने क्रान्तिकारी भूमिका निर्माण गरे । तर, यस्ता कामबाट आफू सधँै टाढा रहेको नारायण गुरु बताउँछन् । उनी भन्छन्, ‘उनको कामको सपोर्ट नगरेपछि उनले कवितामै घोचपेच गरे ।’

अहिले नारायण गुरु नेत्रलाल अभागीले त्यो समयमा लिएका नीति विचार तथा कार्यक्रमहरु प्रति सन्तुष्ट छैनन् । नेकपा माओवादीले १० वर्ष युद्ध गरेर जसरी सम्झौताको कसीमा आईपुग्यो । त्यो स्तरसम्म पनि नेत्रलाल र तत्कालिन नेकपा मालेको ऐजेण्डा जनताको पक्षमा नदेखिएको गुरुको बुझाई छ । पछि नेकपा मालेले आफ्ना एजेण्डा निर्णय नै गरेर छोडेको घोषणा गरेको भन्दै गुरुले नेत्रलाल उग्र स्वभावका भएको विश्लेषण गर्छन् ।
तिलू गुरूङ/

हाम्रो प्रेमको सम्बन्ध, टुट्न नपाई आऊ
जिन्दगीको रेल गाडी, छुट्न नपाई आऊ !

घाम पानी सहिरहेछु, खुला आकाश मूनि,
आँधी’ हुरी असिनाले, चुट्न नपाई आऊ !

दुनियाँले चियो चर्चा, खेदो गर्दा प्रेममा,
रक्तचाप बढी मुटु, फुट्न नपाई आऊ !

तिम्रो बाटो कुर्दाकुर्दै, कतै ग्रसित भई,
मुर्छित परी मलामी, जुट्न नपाई आऊ !
धाधिङ

नारायण चापागाई/

दिलमै हान्यौ तिम्ले, सकिनँ त्यो गोली छेकेर
साउने झरीझैं उर्लेको आँसुको खोली छेकेर ।
रूँदा रूँदा शरिर पनि थला परिसक्यो मेरो
भक्कानिदै अब सकेन रुने यो बोली छेकेर ।

                          ******
चन्द्रमाले लुकी–लुकी बादलुलाई छुँदा सानु
मैले तिम्लाई माया गर्दा आधी रात हुँदा सानु ।
मुखमा हेर्दै भन्थ्यौ माया छुट्छ कि खै भोली
अंगालोमा बेरी तिम्ले भक्कानिदै रूँदा सानु !
                   
                                 ******
हाम्रो माया लैजानु, दिदीलाई बेस हुन्छ
अमेरीकामा’ नि हजुरको नेपाली भेष हुन्छ ।
तपाई सारा दुनियाँ, घुमिहिडेँ पनि दिदी
तपाईका लागि प्यारो नेपाल देश हुन्छ ।

सुमन सापकोटा ‘यौटा अपवाद’/ अचानक ब्यूझिएँ । निन्द्रादेवि भागिसकेकी थिइन् । मनभित्र अनेक तरङ्ग आए गए । तर, जति गर्दा पनि निन्द्रा फिटिक्कै आएन । सोचेँ आजकल त निन्द्राले पनि भाउ खोज्न थालिसक्यो । यति के सोचेको थिएँ । निन्द्रा झन् आउनै मानेन । पर हुत्याएको ल्याप्टप् काखमा ल्याएँ । वाईफाई डिस्कनेट देखायो । ‘थुक्क वाईफाई पनि सुतिसकेछ’ मनले सराप्यो ! अनि सिधै माइक्रोफसफ्ट २००८ खोलेँ अनि किबोर्डमा ढौडिएका औलाले यौटा दृश्य देख्यो ‘नदेखिएको दृश्य !’

                                                                  ***********
तेस्रो पटक भेट हुँदै थियो उसँग । यसपाली म कुरिरहेको थिएँ । मनमा उमङ्ग थियो, उत्साह थियो.. । सायद आफूलाई मन परेको मान्छे भेटिदा जो कोहीलाई पनि यस्तै हुन्छ ।
टन्टलापुरे घामले तालु सेकिरहेको थियो । तर, पनि मलाई पोलिरहेको थिएन लाग्थ्यो उसँगको भेटको शीतलतासामु यो ताप केही होइन । घण्टी बजाएँ ।
‘काँ छौ ?’
‘आउदैछु ..काँ आऊँ ?’ उत्तर सितै प्रश्न पनि गरी ।
‘सिधै आऊ मलाई देख्छ्यौ ?’ मैले भनेँ ।
“भनेसी मलाई देखिरहेका छौ ?’ उत्तरको अपेक्षा ऊ प्रश्न नै गर्थी प्राय..।
‘मनमा डेरा जमाएर आँखामा बसिरहने मान्छेलाई नदेखेको पल त कुन होला र ?’ म पनि उत्तर जस्तै प्रश्न गर्न गरिदिम् झैँ लागेको थियो । तर, गरिनँ लाग्यो उससँगको प्रश्न उत्तर दिनभरि पनि सकिँदैन ‘त्यसैले छिटो आउने खुरूखुरू ..ल बाई’ भन्नेर उस्को रिप्लाई नै नसुनि फोन काटिदिएँ ! सुनेको भए अर्काे उत्तर दिनु पथ्र्याे ।
टाठाबाट देखेँ ऊ यतै आइरहेकी थिई । यता उता हेर्दै आएको उसको आगमन यस्तो लाग्थ्यो मानांै ऊ कुनै मणी हराएर खोज्दै हिडेकी छे । त्यो दृश्य हेरिरहेँ ..सोचेँ उसँग नदेखिऊँ उसलाई अगाडि जान दिऊँ र पछाडिबाट सप्राइजका रूपमा आफू देखिऊँ । तर, त्यसो गर्न मनले दिएन.. । मनलाई उसँग भेटिनु नै हतार थियो ।
‘कत टाइम लाको.. । मान्छे मर्न लाइसकेँ ?’ रिसाएझैँ  मायालु पारामा प्रश्न गरेँ ।
‘काँ लुकेको ? खोज्दाखोज्दा मलामी जस्तै लखतरान परेँ ।’
उल्टै प्रश्न पो गर्छे !
‘तिम्रो मनमा.., अनि आफ्नो मन आफैले कसले देख्छ र ?’, मैले पनि यसैै उत्तर फर्काई दिएँ ।
‘गफाडी कहिँ को..’, मीठो स्वरमा भनी.., धन्न प्रश्न चाँही गरिन यस पटक ।
पहिलाका भेटभन्दा थोरै भिन्न देखिएकी थिई.., भिन्न नभनौं थोरै होची ।
तुरून्त मेरो दृष्टि उसका खुट्टामा परे हिल लगाएकी रहिनछ । जिस्किने मुड चलेको थियो ।
‘कसरी सर्लक्क बढेको ? हिल भाच्या हो र ?’
यति के भन्न भ्याको थेँ आँखाका परेला उप्काएर हेरी खाऊँला झंै गरेर तर मायालु पाराले !
म मोहित थिएँ उसको त्यो हेराईप्रति । हेरिरहुँ जस्तो ।
किताबमा लेखिएको हुन्छ भन्छन् । तर, आँखाको भाषा नै सबैभन्दा शक्तिशाली हुँदो र’छ । त्यसैले पठ्न किताब नचालिदो रहेछ आँखा भए पुग्छ त्यति बेला मैले यस्तै अनुमान गरेँ अनुमान के अनुभवै गरेँ। उसका आवाज पनि कति मीठो..सुनूँ सुनूँझैं लाग्ने, जे बोले पनि मीठो सायद् मायाको मीठासले झन् मीठो सुनाई दियो मलाई !
घर पुगियो उसका अंकल अनि आन्टी हुनुहुँदोरहेछ । अड लागिरहेको थियो भेट्न । बुढाबुढीले के सोच्ने हुन् ! तर, पनि भेटे औपचारिक अनौपचारिक केही कुरा भए ।
म हतारिए जान । म होइन हामी । ऊ सोध्न डराइरहेकी थिई म सोध्न कर गरिरहेको थिएँ आँखैले । उस्ले आँटै गरेर सोधी एकछिन ऊसँग लाइबेरी गएर आउँछु ल । त्यति बेला लाग्यो ऊ नै हो मेरा आँखाको भाषा बुझ्ने मान्छे । आन्टी सकारात्मक भइन् बुढा कड्किए अनि हुत्तिएर निस्किए पनि ।
मनमा नरमाईलो त लागिरहेको थियो । तर, अभिभावकको नाताले त्यो सहि नै थियो । केहिछिनको अनुरोध पछि आन्टीको करले पनि बुढा मान्न बाध्य नै भए । धन्यवाद दिन मन लागेको थियो, तर दिइनँ । बस् ‘राम्रोसँग बस्नुहोला, आफ्नो केयर गर्नुहोला जान्छु ल !’ यति भनेँ अनि औपचारिक बन्दै दुई हात जोरेँ अनि निस्किएँ ऊसँगै ।

                                                                     ***********
लाइबेरी जान्छु भन्नू त केवल बहाना मात्र थियो । हामी यौटा सुन्दर ठाउँमा जान चाहन्थ्यौ । जहाँ मान्छेको थुप्रो नहोस् । जहाँ होहल्ला नहोस् । होस् त केवल चराचुरूङ्गीको मीठो चिरबिर, मन्द गतिमा बगेको खोलाको कलकल, अनि हामी दुईका मायाका मीठा संवाद । उस्ले मेरा हात समातेकी थिई अनि मैले उस्का । हामी निर्धक्क हिडिरहेका थियौँ । कसैको डर चिन्ता केही थिएन, थियौं त सँगै हुनुमा खुसी थियौं । सँगै हिडिरहनुमा खुसी थियौं । हाम्ले कल्पना गरेको ठाउँ त पाएनांै तैपनि एउटा शान्त क्याफेमा छि¥यौं, जहाँ ग्राहकको उपस्थिति निकै कम थियो । एक किसिमले शान्त थियो जहाँ उस्का र मेरा मायाका कुरा सुन्ने कान टाढा थिए ।
‘कस्तो लाग्यो ठाउँ ?’, टेबलमा बस्दै गर्दा मैले सोधेँ ।
‘तिमीसँगै भएको ठाउँ पनि नराम्रो मान्छु होला र ?’, हल्का मुस्कुराएर उत्तर दिई ।
‘कुरा गर्नमा तिमी पिएच्डी गर ! नेपालै उत्कृष्ट ¥याङ्क ल्याउँछेऊ !’, उसैैगरी उत्तर फर्काई दिएँ ।
‘त्यो त म सक्छु, तर अगाडि भएको प्रतिस्पर्धीसँग चाही निकै डर लाग्छ’, प्रशंसा गरेझैं मलाई नै पेच् हानी ।
‘गफाडी’ म पनि हाँस्दै भनिदिएँ ।
‘के ल्याऊँ सर ?’ मेनु तेस्र्याउँदै वेटर बोल्यो ।
‘यौटा हट कफी..एक भेज मस्म अनि यौटा फ्रेस सलाद’, मेनुतिर हेर्दै नहेरी अडर दिई !
‘तिम्लाई मन त पर्छ नि ?’, वेटर टाठा पुगेसी मात्र सोधी ।
‘खाइसकेपछि सोध्नुपर्ने ! अल्लि छिटै भएन र ?’, म हाँस्दै भनँे ।
‘त्यसपछि पनि सोध्छु’. आँखा तरेझैँ बोली ।
उस्को त्यो आँखा तराई नै सुन्दर थियो । मनमोहक । र हेरिरहूँ जस्तो र म हेरी नै रहेँ !
‘कति राम्री छ्यौ’, उस्को त्यो हेराईमा भुल्दाभुल्दै फुत्त वाक्य निस्किएछ ।
‘रूपमा सौन्दर्यता नखोज प्रिय’, मसँग नजिकिदै मेरा हात समात्दै उस्ले भनी !
उस्को त्यो स्पर्शले नै मलाई फिदा बनाइदिएको थियो, जीवनकै सुन्दर क्षण जस्तो लागिरहेको थियो त्यतिबेला । हामी नजिकिएका थियौं एकदमै नजिक । जहाँ उस्को तातो श्वासको अनुभूति सजिलैसँग गरिरहेको थिएँ । छुट्टै दुनियाँमा आएको जस्तो लाग्यो । हाम्रा आँखा जुधिरहेका थिए ‘सृष्टि’, मैले भनेँ ।
‘हजुर’, तातो स्वास कानमा पु¥याउँदै उस्ले बोली ! भित्र कता–कता काउकुति लागेजस्तो भइरहेको थियो । उस्को त्यो हेराईमा छुट्टै सौन्दर्य थियो , बोलीमा माधूर्यता अनि अनुहारमा चाञ्चलता देखिएको थियो । हामी झन् नजिकियौं । हाम्रा ओठहरू नजिकिए एकदमै नजिक जहाँ ओठहरू आपसमा स्पर्श गरिरहेका थिए । म बोल्न चाहन्थेँ । तर, त्यहाँ खाली ठाउँ नै कहाँ थियो र ! हाम्रा ओठहरू नबोली मायाका भाव साटिरहेका थिए । मेरा हात उस्को शरीरमा चलबलाइरहेका थिए ।
थाहा थिएन कुन अदृश्य शक्तिले त्यस्तो प्रेरणा गराइरहेछ । ऊ पनि मस्त थिई अनि म पनि..। सायद हामी एकाापस सँगै हुनुमा मस्त थियौं ।
‘आई लभ् यु’ ओठबाट ओठ छुट्याएर अँगालोमा टाँसिदै लाढे स्वरमा मेरो कानमा आएर बोली !
‘लभ् यु टु’, उस्का सुन्दर नयनलाई हेर्दै मैले प्रत्युत्तर दिएँ ।
‘यो समय कति रमाइलो है ! तिमी छौ तिमीसँग मेरा यी कुरा छन्, कसम कैले भुल्न सक्दिन यो समय..बेस्ट टाइम अफ् माई लाईफ’, थौरै भावुक हुँदै ऊ बोलिरहेकि थिई । भुल्न त म पनि कहाँ सक्थेँ र स स्मृतिमा आजीवन कैद भइसकेका थिएँ ती सम्झना जुन ऊ टाढा भए पनि उस्का प्रतिबिम्ब भएर साथमा रहने वाला थिए ।
‘एक्सक्यूजमी’, वेटर उभिरहेको रहेछ ।
‘यस’ उस्लाई हेरेर टोलाइरहेको म थोरै सतर्क हुँदै बोलेँ ।
खाजा राखिदियो अनि थोरै मुस्कुराउँदै वेटर गयो । खाजा खायौँ ।
‘बाहिर गएर आइसक्रिम खानुपर्छ है !’, त्यहाँबाट बाहिर निस्कदै गर्दा उस्ले भनेकी थिई। खाजा खाएसी आइसक्रिम खाने उस्को आदतको म ज्ञाता बनिसकेको थिएँ ।
‘ओके’, मैले भनेँ ! हामी रोडमा आइपुगेका थियांै । फुटपाथ मै राखिरहेको रहेछ । तर, त्यहाँ मलाई खानु मनै थिएन । भनेँ, ‘पर राम्रो ठाउँ छ त्यही खाने ल ।’
‘नाई  यहि त छ मजा, यही खानुपर्छ’, उस्ले अड्डी लिई । मैले मान्नै कर लायो । ऊ निकै फुरूङ्ग थिई अनुहार झन् उज्यालो बनेको थियो । ‘सधै यस्तै खुसी बनिराख ल !’ मनमनै भनेँ । छुट्टै आनन्दका थिए ती पलहरू।
‘तिम्ले आइसक्रिम किन्दै गर म रिक्सा रोक्दै गर्छु अनि यो सहर , यो भीडलाई हेर्दै खाँदै जानुपर्छ’, निर्देशन दिँदै ऊ सडकको छेउमा रिक्सा रिजर्भ गर्न गइरहेकी थिई। पसलेले आइसक्रिम मेरो हातमा थमाइदिई सकेको थियो । टाढाबाट रिक्सा आउँदै थियो । ऊ मलाई एकदमै मीठो मुस्कान सहित पछाडि फर्केर नसालु नजरले हेरी अनि अगाडि मात्र के फर्किन लागेकी थिई टाढाबाट हुइकिदै आएको मिनीबसले उस्लाई धक्का दियो । उ रगताम्य लडी । ‘सृ..ष्टि......’ म सहरले नै सुन्ने तरिकाले चिच्याएँ । टाउको भनन्न घुमियो । लाग्यो सारा पृथ्वी नै घुमिरहेको छ र केही छिनमा प्रलय हुँदैछ । मेरो मनमा  प्रलयभन्दा पनि ठूलो धक्का त यसै पनि गएको थियो । असारको बाढीको भेलभन्दा पनि ठूलो भेल मेरा आँखाबाट झरिरहे । अचानक छागाबाट निर्ममतापूवक लडेको मान्छे जस्तै चेतनाबिहीन बनेछु । पूरै अध्यारो देखेँ । उभिरहेको छु वा पल्टिरहेको आफैलाई थाहा थिएन । चेतनारहित पर्खाल भत्किए झै भत्किएँ । सारा सपना भत्किएका थिए ! खस्नका निम्ति धरातलभन्दा माथि हुनुपर्छ भन्थे म जमिनमै उभिएर खसेको थिएँ..मेरो शरीरबाट हाडजति सप्पै निकालेजस्तै लल्याक्लुलुक बनिसकेको थियो र झ्याप्पै पल्टिएँ बेहोसीमा ।


                                                                       ***********

‘ओए के भयो ?’, अर्काे खाटमा सुतिरहेको साथी करायो । मेरो उत्तर नै नसुनी निदाएछ ।
‘ओहो ! सपना पो थियो ?’
पहिलोपटक आफैप्रति आफैलाई अविश्वास लागिरहेको थियो ।
ढाड दुखिरहेको थियो । नमज्जासँग पल्टिएछु । श्वासको गति उति बेला जस्तै तीव्र नै थियो । हतार–हतार लाइट बालेँ । कोठाका सबै संरचना एकटक हेरिरहेँ। ऐनामा आफ्नै अनुहार अर्कैको जस्तो लाग्यो रातै भएको थियो । आजसम्म त्यस्तो अनुहार म आफैले देखेको थिइनँ । शरीरबाट पनि अनवरत पसिनाका धारा बगिरहेका थिए । मुसलधारे पानीमा भिजेजस्तै बनेको रहेछ ओच्छ्यान । सोचेँ मुसलधारे पानीले त शरीर भिजाउँछ । तर, यो मन ? केल्ले भिजायो ? पैला बाजी राख्दा पनि पिउन नसकेको म त्यतिबेला एक वोतल नै पानी पिइदिएछु । धड्कनको गतिलाई घटाउन आफूलाई धारामा गएर फिजाइरहेँ । ज्यानले हल्का महसुस ग¥यो ।


                                                                        ***********
को थिई ? किन आई ? अनि त्यो अघिको रमाइलो ? अनि त्यो बिभत्स घटना ? यस्ता लाखौं प्रश्न जुर्मुराए । तर, अहँ ! कुनै निकासा पाएनन् ती प्रश्नहरूले ।
सपना थियो ससपना नै सोचेर भुल्न चाहेँ, तर एउटा प्रश्नले दिमाग घुमाइरह्यो, ‘के सुख अनि दुःख पनि त्यो सपना जस्तै क्षणिक छन् ?’
......प्रश्नमात्रै आयो उत्तर आएन ।
दाङ, बैशाख ८ । यस वर्षको राप्ती साहित्य पुरस्कार डा. नेत्र एटमलाई दिइने भएको छ । त्यस्तै, राप्ती सिर्जना पुरस्कार नङ्ग्याइएकी द्रौपदी खण्डकाव्यका लागि श्रीधर पौडेललाई प्रदान गरिएको छ ।

राप्ती साहित्य परिषद् पुरस्कार छनौट समितिको बैठकले परिषद्मा स्थापित विभिन्न पुरस्कारहरु प्रदान गर्न स्रष्टाहरु छनौट गरेको हो । उक्त अभिनन्दन तथा पुरस्कारहरु परिषद्को आगामी जेठ १३ र १४ गते घोराहीमा हुने ४१ औं स्थापना दिवस तथा १३ औं अधिवेशनका अवसरमा प्रदान गरिने परिषद्का अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार छनौट समितिको बैठकले यस वर्ष नन्दहरि साहित्य पुरस्कार दाङका कुलराज राजभण्डारीलाई, विष्णु–नुमा साहित्य पुरस्कार रोल्पाकी विमला डाँगी ‘विकलता’ लाई, डोमादेवी साहित्य पुरस्कार रोल्पाकै लोक आलोकलाई र ऋषि–लक्ष्मी साहित्य पुरस्कार दाङका अर्जुन पौडेल ‘अर्जुन शर’लाई दिने निर्णय गरेको छ ।

त्यसैगरी देवीचन्द्र साहित्य पुरस्कार दाङका गोपाल भुसाल अभिलाषीलाई, अपामुकुन्द प्रज्ञा पुरस्कार सूर्य बिसीलाई, गोपालचन्द्र प्रज्ञा पुरस्कार प्रद्युम्न पोख्रेललाई, गोमा देवकोटा कला पुरस्कार कमला भारतीलाई र हरिप्रसाद–मीना पाण्डेय कलासाहित्य पुरस्कार रेशम विसीलाई प्रदान गर्ने निर्णय गरिएको खनालले बताउनुभयो ।

त्यस्तै, खोपीलाल हुकुमादेवी छन्द पुरस्कार रुकुमकी सिर्जना शर्मालाई, पण्डित कपिलमुनि भक्तकुमारी शिवाकोटी स्मृति पुरस्कार लीला गम्भीर थारुलाई, पद्मप्रसाद–रुपसा प्रज्ञा पुरस्कार प्रकाश केसीलाई, तिलका–तुल्सीराम आचार्य स्मृति साहित्य पुरस्कार सल्यानका डा. मधुसुदन लामिछानेलाई, चक्रपाणि–लक्ष्मी लोकेश्वरी स्मृति छन्द पुरस्कार दाङका डिल्लीराज श्रीधरलाई र दिलसरी–दल अतिरिक्त पुरस्कार प्यूठानका भावेश भूमरीलाई दिने निर्णय गरिएको खनालले बताउनुभयो ।

सोही अवसरमा राप्ती क्षेत्रमा साहित्यिक विकास र सिर्जनाका क्षेत्रमा महत्वपूर्ण योगदान गर्नुका साथै परिषद्मा पद्माकुल हाँस्यव्यङ्ग्य पुरस्कार स्थापना गर्ने प्यूठानका वरिष्ठ साहित्यकार भुपेन्द्र सुवेदीलाई अभिनन्दन गर्ने निर्णय गरिएको अध्यक्ष खनालले बताउनुभयो । खनालका अनुसार छनौट समितिको संयोजकमा परिषद्का संस्थापक अध्यक्ष एवं सल्लाहकार नारायणप्रसाद शर्मा, सदस्यहरुमा उत्तमकृष्ण मजगैंया, सुशील गौतम, टीकाराम उदासी र शारदा शर्मा रहनुभएको थियो ।

पछिल्लो समयकी चर्चित गायिका हुन्– भूमिका गिरी । स्टेज क्विनका नामले समेत परिचय बनाएकी यी सुन्दरी दाङमा जन्मेर काठमाडौँलाई कर्मथलो बनाउँदै आएकी छन् । बाल्यकालदेखि नै कलाकारिता क्षेत्रप्रति झुकाव राख्दै आएकी उनको लोक गायनमा एउटा छुट्टै परिचय बनेको छ । लोकगीत गाएर देशविदेश समेत घुम्न सफल गिरीलाई  १० प्रश्नः

तपाईं त गायिका मेकअप खासै चाहिँदैन होला हैन ?
म पनि महिला नै हुँ । महिलालाई मेकअप त चाहिहाल्छ नि । तर म हल्काफुल्का गर्छु । धेरै चाहिँ हैन । हिरोइनले जस्तो घन्टौँ लाग्दैन । धेरै समय भए पुग्छ ।

फेसनप्रति कतिको रुचि छ ?
रुचि छ, किन नहुनु नि । लगाउन चाहिँ यो ज्यानलाई कम्फर्टेबल फिल हुने साधारण पहिरन नै लगाउँछु । फेसनेबल ड्रेस मनपर्छ । अहिलेसम्म किनेको महँगो पहिरन भनेको सारी हो । तीजको कार्यक्रमका लागि किनेको । अब फेरि यस्तै किन्ने हो ।


तपाईंलाई आफ्नो के सुन्दर लाग्छ ?
खासै यो भन्ने छैन । म आफूमा भन्दा पनि बढी अरूलाई सुन्दर देख्छु ।

पुरुषको के कुरा मनपर्छ ?
पुरुषको अङ्गभन्दा नि हेयर स्टाइल मनपर्छ । जसमा हसिलो सुहाउँदो चेहेरा होस् र गेट आधुनिक होस् ।

मनपर्ने खाना नि ?
खानामा प्रायः थकाली सेट मनपर्छ । त्यसैले डिसका रूपमा प्रायः भेज खानेगर्छु । यसले मेरो स्वास्थ्यलाई फिट राख्ने काम गरेको छ ।

पर्स बोक्न बिर्सिएर अप्ठ्यारो परेको छ ?
अहिलेसम्म त्यस्तो अप्ठ्यारो परेको छैन । किनकि प्रायः यताउता हिँड्ने भनेपछि पर्स अनि पैसाको म्यानेज पहिले नै गरिसकेकी हुन्छु ।

कस्तो डेटिङ प्लेस मनपर्छ ?
डेटिङ प्लेस यो, त्यो भन्ने छैन । मन परेको मान्छे सँगै भएपछि ठाउँले के फरक पार्छ र ? अनि डेटिङ अफरभन्दा नि प्रपोज धेरै आउँछन् । यो ज्यानले खोजे जस्तो नभेटेर होला प्रस्ताव स्वीकार्न सकेकी छैन ।

कोसँग डेटिङ जाने रहर छ ?
डेटिङप्रति त्यति चाख छैन । मलाई यो, त्यो रोज्नु पनि छैन । जसलाई मनले चाहन्छ, त्योसँगै हो डेटिङ जाने, जीवन बिताउने । जीवन बिताउनेसँग नै डेटिङ आन्नदित होला ।


जवानीलाई कसरी हेर्नु भएको छ ?
जवानी जीवनको एक अमूल्य उपहार हो । जीवनमा हरेक कुराको विशेष महत्व हुन्छ । जसले जवानी चिन्न सक्छ । त्यो नै सफलताको शिखर चुम्छ जस्तो लाग्छ मलाई । त्यसैले हरेकले जवानी चिन्नु जरुरी छ ।

आँखा लाउने पनि त होलान् नि ?
अरुको मनभित्रको कुरा के थाहा । तर मन पराएर प्रेम प्रस्ताव राख्ने धेरै छन् । अहिले पनि आइरहेका छन् । प्रस्ताव राख्नेलाई सहर्ष सम्मान गरी धन्यवाद दिन्छु ।
                                                                                                                             रातोपाटीबाट

दाङ, चैत्र १८ । आज शुक्रबारबाट दाङलगायत देशभर चलचित्र ‘पलास’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै यो चलचित्र प्रदर्शनमा आएको हो ।

अभिनेत्री रेखा थापाको प्रमुख भूमिका रहेको पलासमा अयुव केसी र कामेश्वर चौरासियाको समेत अभिनय देख्न पाइन्छ । करिब एक वर्षको अन्तरालमा अभिनेत्री रेखाको चलचित्र दर्शक माँझ आएको हो । त्यसैले पनि चलचित्रको ब्यावसाय हुने अनुमान गरिएको छ ।

सेन्सर बोर्ड चलचित्र बालबालिकाका लागि रोक लगाउदै प्रदर्शन अनुमती दिएको हो । सम्बाद एडल्भ भएका कारणले चलचित्रले पनि एडल्भ सर्टिफिकेट पाएको छ ।

कृषा चौलागाइले बनाएको यो चलचित्रमा रेखाले आफु भन्दा धेरै कान्छो हिरो कामेश्वरसँग रोमान्स गरेकी छन् । चलचित्रमा रेखाको एक्सन समेत रहेको प्रचार गरिएको छ । चलचित्र सुवास कोइराले निर्देशन गरेका हुन् ।
शरद रेग्मी,
तुलसीपुर, चैत १७ । नयाँ वर्षको अवसर पारेर तुलसीपुर नगर जेसीजले सांगीतिक कार्यक्रम गर्ने भएको छ । जेसीजले बिहीबार रिपोटर्स क्लव नेपाल दाङ शाखामा पत्रकार सम्मेलनको आयोजना गरी नयाँ वर्षको अवसरमा वैशाख १ गते सांगीतिक कार्यक्रम गर्न लागेको जनाएको हो ।

जेसीजका अध्यक्ष बिमल पौडेलको अध्यक्षता तथा जेसीजका एरिया डी कोर्डिनेटर जीवराज खरेलको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रम संयोजक मोहन स्वर्णकारले जेसीजको भवन निर्माणका कार्यक्रमको आयोजना गर्न लागेको बताउनुभयो । साथै कार्यक्रममा बोल्दै स्वर्णकारले कार्यक्रममा रामजी खाँड, कालीप्रसाद बास्कोटा, सुनिल गिरी, सचिन पौडेललगायतका स्थानीय कलाकारहरुको प्रस्तुति रहने बताउनुभयो ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि खरेलले तुलसीपुर नगर जेसीजलाई बलियो बनाउनका लागि सांगीतिक कार्यक्रमको आयोजना गर्न लागेको बताउनु भयो । साथै खरेलले विभिन्न गतिविधि गरेकै कारण तुलसीपुर नगर जेसीजले नेपालमै पहिचान बनाउन सफल भएको भन्दै सांगीतिक कार्यक्रम सम्पन्न गर्न सबैको सहयोगको अपेक्षा समेत गर्नु भयो । सो अवसरमा बोल्दै अध्यक्ष पौडेलले आफनो कार्यकालमै तुलसीपुर नगर जेसीजको भवनको शिलान्यास गर्ने बताउनु भयो ।

सबैको सहयोगमा नयाँ वर्षको अवसर पारी मनोरञ्जन प्रदान गर्नुका साथै अर्थिक सहयोग समेत संकलन गर्न कार्यक्रमको आयोजना गरिएको भन्दै सहयोग गर्न सबैमा आग्रह गर्नुभयो । साथै अध्यक्ष पौडेलले म्युजिकल कन्र्सट सम्पन्न गर्नका लागि प्रशासनबाट स्वीकृति लिनेलगायतका सम्पूर्ण काम सम्पन्न भएको भन्दै बैशाख १ गते अरनिको मैदानमा आएर जेसीजको भवन निर्माण गर्ने अभियानमा सहयोग गरिदिन सबैमा आह्वान गर्नुभयो ।

सो अवसरमा रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मी र एस टि एन च्यानलका प्रबन्धक दुर्गा गिरीले जेसीजको सांगीतिक कार्यक्रमलाई पूर्ण रुपमा सफल पार्नका लागि सहयोग गर्ने बताउनुभयो । पत्रकार सम्मेलनको सहजीकरण तुलसीपुर नगर जेसीजका सहसचिव लोकमान रिजालले गर्नु भएको थियो ।

दाङ, चैत ११ । दाङबाट सञ्चालन भएको एओन टेलिभिजनले भव्य सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । एओन मुभी मेकर्स प्रालिद्वारा सञ्चालित एओन टेलिभिजनले आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा चैत १२ गते शनिबार घोराहीमा कार्यक्रम गर्न लागेको हो ।

‘परिवर्तनका लागि सञ्चार, सञ्चारका लागि एओन टेलिभिजन’ भन्ने मूल नाराका साथ सञ्चालन भएको यस टेलिभिजनले पहिलो वार्षिक ोत्सवको अवसरमा राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको सहभागीताका कार्यक्रम गर्न लागेको टेलिभिजनका प्रबन्ध निर्देशक अमृतमान वलीले जानकारी दिनुभयो ।

कार्यक्रममा चर्चित कलाकारहरु पप गायीका आश्था रावत, चर्चित हाँस्य कलाकार कमल गाउँले, लोकप्रीय गायक दुर्गेश थापा, गायक यादवनाथ योगी, लोकपप गायक टंक निमिल्सिना, मोडल रश्मी तामाङ, दिलु सोनार, लक्ष्मी बोहरा, गायक सरद समीप, देवेन्द्र बस्नेत, टोपेन्द्र विष्ट, प्रेम शर्मा, विजय परियार, पिताम्वर रिजाल, रेश्मा केसी, प्रेम विवश घर्ती, सुवास परियार, खड्ग शर्मा, रोहन वली, मिलन बुढालगायतका कलाकारहरुको प्रस्तुति रहने वलीले जानकारी दिनुभयो ।

त्यसैगरी लेट्स डान्स, दोभान सांस्कृतिक कलापुञ्ज, वि फ्रिडम डान्स एकेडेमी, डि टेन कला केन्द्रको पनि प्रस्तुति रहने छ । शनिबार कर्मचारी मिलन केन्द्रको दक्षीणतर्फ रहेको मैदानमा दिउँसो १२ वजेदेखि सुरु हुने कार्यक्रममा उपस्थितिका लागि टेलिभिजनले सबैमा अनुरोध गरेको छ । यस टेलिभिजनले सुचनाको माध्यमबाट समाज परिवर्तनसँगै सुचनाको हक स्थापीत गर्ने र स्थानीय कला, संस्कृति एवं पर्यटकीय तथा धार्मीक स्थलको प्रचारप्रसार गरी स्थानीय विषयवस्तुलाई प्राथमिकता दिदै आएको छ । स्थापनाको १ वर्षमा यस टेलिभिजन सबैको रोजाई बनेको छ ।

दाङ, चैत १० । नेपाल टेलिभिजन प्लसबाट सिघ्र प्रशारणको तयारीमा रहेको हाँस्य टेलिश्रृङ्खला सुर्के झोलामा डान्स आइकन दाङका उपबिजेता सिया लामिछाने अनुबन्धित हुनुभएको छ ।

आउँदो शनिबारबाट सुटिङ्ग सुरु हुने सुर्केझोलामा लामिछाने अनुबन्धि भएको भएको अक्सिजन मिडियाका  कार्यकारी निर्देशक बिरेन्द्र वलीले जानकारी दिनुभयो । नृत्यमा पारंङ्गत सिया लामिछाने बहुमुखी प्रतिभाकी धनि हुनुहुन्छ । हिमाल एकेडेमी तुलसीपुरको कक्षा ९ मा अध्ययनरत लामिछाने डान्स आइकन दाङको लेडि फस्ट हुनुहुन्छ । 

दाङ, चैत १ ।
 शान्ति क्षितिज पारि छ 
आन्दोलन त अझै जारी छ ।
लोक दोहोरी गायक बद्री पंगेनीले यो गीत गाइरहँदा सोमबार दाङको लमहीस्थित बगैचामा उपस्थित हजारौं जनताहरु खुसीले उफ्रिदै नाचेका थिए । नेकपा एमालेको मेची–महाकाली राष्ट्रिय अभियान अन्तर्गतको ऐतिहासिक सभाबाट गायक पंगेनीले गीतमार्फत् अराष्ट्रिय शक्तिको समुल अन्त्य गर्ने जनताको आन्दोलन अझै बाँकी रहेको उद्घोष गरेका थिए ।

अघि बढ झलनाथ माधव खनाल हामी साथ दिन्छौं 
नयाँ नेपाल बनेपछि हामी बिश्वास लिन्छौं ।
मञ्चमा आसन ग्रहन गरेका एमालेका बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाललाई औंल्याउँदै पंगेनीले गीत गाएपछि मञ्चमा रहेका एमालेका सचिव प्रदिप ज्ञवाली, नेता लालबाबु पण्डित, उपमहासचिव विष्णु पौडेल छमछमी नाचेका थिए । मञ्चमा नेताहरु नाचेसँगै दर्शकदीर्घामा रहेका हजारौं कार्यकर्ता आफ्नो ठाउँबाट उठेर छमछमी नाचेका थिए । संविधान संशोधनको नाममा मुलुकलाई बिखण्डनतर्फ लैजाने षड्यन्त्र भएको भन्दै पंगेनीले आफ्नो गीत यसरी प्रस्तुत गरेका थिए–
हिमाल पहाड तराई बस्ने सबै हाम्रो साथी
जाति भाषा पार्टी भन्दा देश हुन्छ माथि


जनगायक पंगेनीलाई सुनिरहेका बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल मन थाम्न सकेनन् र मञ्चमै छमछमी नाच्न भ्याए । सधै भाषण सुनेका कार्यकर्ताहरु पार्टी नेतृत्वको खुसीयालीसँगै नाच देख्दा होसिएका थिए । नेकपा एमाले जिन्दावादका नारा घन्काएका थिए । प्रसस्त मात्रामा दर्शकको साथ पाएका पंगेनीले होसिएर यस्तो गीत गाएका थिए–
एउटै हुन्छ भाषा हाम्रो एउटै हुन्छ भेष
एमालेले जीतेपछि बल्ल बन्छ देश

मुलुकभर एमालेमा लहर छाएको भन्दै पंगेनीले अब देशको पहिलो पार्टी एमाले बन्ने भन्दै एमालेको विजयसँगै समुन्नत नेपाल बन्ने बताएका थिए ।


काठमाडौँ । नेपाली सुगम सङ्गीतको क्षेत्रमा क्रियाशिल युवा गायक सुमन गिरिको ”क्या तनाब भो ” बोलको गीतले युट्युबमा दिनप्रतिदिन लोकप्रियता हासिल गरेको छ ।
हाल सम्म करिब डेड दर्जन भन्दा बढी गीत सार्वजनिक गरि सेकका युवा गायक गिरी अन्य गीतको तुलनामा
'क्या तनाब भो' गीतले युट्युबमा पाएको सफलताले उनी निकै उत्साहित बनेका छन् ।
यसरी गिरीले आफुद्वारा स्वरबद्ध गीत एका एक चर्चामा आए पछि उनि भन्छन्- 'म अझै पनि सङ्गीतको विद्यार्थी हुँ । अहिले पनि म गुरु चण्डी प्रसाद काफ्लेसँग सङ्गीतको प्रशिक्षण लिइरहेको छु ।'
छैन एकै पल, आफ्नो जस्तो हुन्न रैछ, म कहीँ कवि, माया जवानी चढेछ लगायतका गीतमा स्वर दिइसकेका गिरी नेपाली सुगम सङ्गीतको क्षेत्रमा सफल युवा गायक मानिन्छन् । उनले यस पटक 'क्या तनाब भो' बोलको गीतलाई आफैले बजार व्यवस्थापन गरेका छन्  । यो गीतको म्युजिक भिडियोलाई  गायक गिरीले म्युजिक नेपालको युट्युब च्यानल मार्फत डिजिटलरूपमा सार्वजनिक गरेका छन् ।
युट्युवमा सार्वजनिक भएको छोटो समयमा नै अत्याधिक दर्शकहरुको माया यस गीतले प्राप्त गरेकोमा उनि अझै आउँदा दिनहरुमा थप कर्णप्रिय गीत सङ्गीत प्रस्तुत गर्नमा हौसला मिलेको बताउँछन् । प्रस्तुत म्युजिक भिडियोमा बर्षा, सुबास र चेतनको अभिनय रहेको छ भने निर्देशन शिव पौडेलको रहेको छ । निर्मल न्यौपानेले निर्माण गरेको म्युजिक भिडियोलाई छायाङ्कन अनिल के मानन्धर र सम्पादन सुसिल न्यौपानेले गरेका छन् ।

'क्या तनाब भो' बोलको गीतको म्युजिक भिडियो हेर्न तल क्लिक गर्नुहोस्

दाङ, फागुण २४ । यस वर्षको होलीको अवसरमा घोराहीमा होली विशेष भव्य सांस्कृतिक कार्यक्रम हुने भएको छ । नेपाली चलचीत्र ‘पर्शुराम’ परिवारको आयोजनामा कार्यक्रम हुने भएको हो । फागुण ३० गते घोराहीको बाल मन्दिरमा कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक महेन्द्र बुढाथोकीले जानकारी दिनुभयो ।

कार्यक्रममा चलचित्रका निर्देशक एन.आर. घिमिरे, गायक तथा संगीतकार टंक बुढाथोकी, लोकदोहोरी गायीका भुमिका गिरी, गायक विक्रम थापा, गायिका सरस्वति लामा, मोडल रिना थापा मगर, गायीका जानवी बस्नेत, गायक तथा ¥यापर राजेन्द्र भट्ट, गायिका सलिना विसीलगायतका कलाकारहरुको प्रस्तुति रहने कार्यक्रमका प्रचारप्रसार संयोजक आर.के. शीतलले जानकारी दिनुभयो ।

कार्यक्रमको सल्लाहकारमा बलिभद्र राना, खड्ग बुढाथोकी, सविन प्रियासन, पारश बस्नेत, राजभक्त राना, यादव सैघाली, केशरमान विसी, लेखराज डिसी रहेको सांस्कृतिक संयोजक सुनिल विसीले जानकारी दिनुभयो ।

नविन अभिलाषी/ ‘प्रिय अभि,
तिमी बाँच्नु मेरो जिन्दगी माथीको गम्भीर प्रश्न हो । तिमी मर्नु यो श्रृष्टि माथीको ।’

आभाको अन्तिम चिठ्ठी थियो यो । कच्याककुच्चुक पारेर गोजीमा राखेँ । फाल्न मन भएन । ढोकामा ताल्चाको हत्या गरे । पासो लगाईदिएँ । र लाँगे तुलसीपुर चौक तिर ।

मेरो जाने ठाउँ भनेकै त्यहि हो । अरु कतै कोही छैन । अमिलो थियो होला अनुहार । घरबेटीले घोरीएर हेर्दै थियो । भाडा भर्खर बुझाएको थिएँ । रक्सी खाने पैसा बचाएर  । बादलले आन्दोलन गरीरहेको आकाशको एउटा टुक्रो जस्तो यो अनुहार देखेर मान्छे आकारका सडकका जीवहरुले पनि हेर्दै थिए । मान्छेहरु रमिता हेर्नको लागि पनि यो संसारमा आएका हुन । मलाई विस्वास छ ।

दुनियालाई हतार छ । कत्ति न मृत्युलाई जितेर हिडे जस्तो हतारमा छन् मान्छेहरु । मान्छे के भन्नु मान्छेका अनुहार लिएकाहरु । एउटा त म पनि हुँ । मान्छेको अनुहार लिएको । तर हुँ के ? थाहा छैन । मान्छेको अर्थमा जव मान्छेकै अनुहार हुदैन मान्छेसंग त के यो सब चराचर नाटक लाग्छ ।
मेरो अगाडी छ, विष्णु मोबाईल । जहाँ बाट मैले आभाको लागि मोबाईल सेट किनेको थिएँ पहिलो पटक । जन्मदिनको उपहार । उपहारले मान्छेको हैसियत नाप्छ । उपहारको जातै नाप्नु हो । मान्छेले उपहारमा प्रेम नाप्छ । आभाले नापेकी थिई या थिईन मलाई थाहा भएन । मान्छेको जन्म देखि मृत्यु सम्म नाप तौलको सम्बन्ध रहन्छ । प्रेम पनि भाग्न चाहेन । पलपलमा नापीन्छ प्रेम ।

यो शहरमा । यो भीडमा । मैले चिनेको कोही छैन । सायद मलाई चिन्ने पनि कोही छैन । त्यस कारण मैले चिन्ने पनि कोही नभएको होला । चिन्नु संग संसारीक मान्यताको सम्बन्ध कति हो थाहा छैन । जीवन बाच्नको लागि कसैलाई चिन्नु पर्छ की पर्दैन ?

२ वर्ष भन्दा बढि समय अगाडीका छैनन मेरो पैतालाहरुको डोव यो शहरमा । मैले यो शहरलाई, पस्दा पनि उस्तै देखेको थिए जो अहिले पनि देख्दैछु । शहर आफन्त हैन । हुदैन कहिल्यै । घाम लुकेको एक आधा घण्टा जस्तै भैसक्यो । रक्सीको महान पसलमा अर्थात भट्टीमा पस्ने मुड छैन । मोह भंग भएको छ । बढि तनाब भयो भने मलाई त्यस्तै हुन्छ । पिउनुले तनाबलाई कुनै असर गर्दैन भन्ने बोध पछि म बास्तबमा केहि ईमान्दार भएको छु हिजो देखि ।

गोजीमा हात जान्छ । हात एउटा यस्तो साधन हो जो नियन्त्रण भन्दा बाहिर हुन्छ । भेटाउछ उहि कागजको खोस्टो । कहिलेकाही यिनै हातहरुले यिनै गोजीहरुमा कण्डम भेटाउथ्यो होला । आज आभाले कोरेर दिएको कागजको खोस्टो भेटायो । कुनै दिन यस्तै खोस्टोलाई संसारको सबै भन्दा मुल्यावान महसुस गर्ने महामानब पनि मै हुँ । यो कागजमा आभाले मेरो जीवन र मृत्युको नया गीता कोरेकी छ । लेखेकी छ ।
हेर्छु लेखेको त्यहि छ ।

‘प्रिय अभि,
तिमी बाँच्नु मेरो जिन्दगी माथीको गम्भीर प्रश्न हो । तिमी मर्नु यो श्रृष्टि माथीको ।’

उस्ले मेरो मृत्यु हैन, जीवन चाहन्छे ।
मैले यसै गरी संसारलाई वाईह्यात सम्झु भन्ने चाहन्छे उस्ले । यी मान्छेहरुलाई नाटक गर्न यस पृथ्वी लोकमा पठाईएको पुतलीहरु हुन भनेर ब्याख्या गर्दै हिडोस भन्ने चाहन्छे । कथित मान्छे भएर बाँच्नुमा मैले सधै भरी प्रश्न उठाई रहु भन्ने उस्को विचार हो । तर म बाँच्नु पनि उस्को जीवनको लागि, उस्को सम्बन्धको लागि खतरा छ, उस्लाई थाहा छ । उ सधै खतराको भांडोमा पाक्न चाहान्छे । कुनै पनि बेला उस्को घांटी मैलै सेर्न सक्छु, अर्थात उस्को बन्दै गरेको पोईको । त्यो उस्लाई राम्ररी थाहा छ । त्यसैले म मर्नु यो श्रृष्टी माथीको प्रश्न हो । त्यो बडो अचम्म हुनेछ । आश्चर्य लाग्दो हुनेछ । र प्राकृतिक मान्यतामाथीको त्यो चुनौती हुनेछ ।

किनकी भोली उस्को विवाह हो ।
केटिहरु बढि नाटक गर्छन भन्ने कुरा मैले बुझेको यो शताब्दीमा हैन । धेरै पहिले हो । ईश्वरले कुनै कुनै चिज बढो रहस्य बनाउछ । ईश्वरको अरु कुनै काम भए पो । ईश्वरको कामै रहस्य बनाउनु हो । बनाउछ । आफ्नो धर्म निभाउछ । यसमै उस्लाई आनन्द छ ।

चितवन जलपान गृहको ठिक आगँनमा उभिरहेको वेवारिसे मलाई एउटा हाकिम जस्तो देखिने स्वाठले धक्काएर गयो अहिले भर्खरै । प्रेमिकाले छोडेर जानेहरुलाई दुनियालाई हेप्छ भन्थे हो रहेछ । मेरो दायाँ साईडमा छ सानो ढ्याब्ली । पान पसल । हामीले धेरै पटक पान खाएको ठाउ हो त्यो । १५ रुपैयाको पान कहिलेकाही ख्वाउथी र १५ महिना उल्लु बनाउथी आभाले ।

माछा बेचि सकेको छैन अझै दोस्तीले । मैले दोस्ती भन्थे उस्लाई । आभालाई धेरै मन पर्ने माछा हो । माछाको ग्रेभि शैली खुब मन पर्छ । बनाउने शैली पनि थियो उ संग । यो चौक, यो शहर, मेरो सम्बन्धलाई बचाउने, यादहरुको ठेली छपाउने र रहरहरु सजाउदै बाच्न सिकाउने शहर हो । चौक हो । चाट पसल देखि डिपार्टमेन्ट सम्मको यादहरुले बाचेको हो मेरो प्रेम । तर आज प्रेमको अन्तिम अनुहार गोजीमा राखेर यी चौकमा छु । जहाबाट मेरो प्रेमको भोली मलामी जानु छ । सायद प्रेमको सौन्दर्य एउटा यो पनि हो भनेर चित्त बुझाउनु पर्नेछ ।

आभाले विबाह गरेर जाँदैछे भनेर के रक्सी पीउनु ? चिच्याउनु ? कराउनु ? या के गर्नु ? अहँ केही नगर्नु । चुपचाप बस्नु । ताकि आभा र मेरो विचको प्रेमको बारेमा कसैलाई थाहा नहोस यो यति ठुलो दुनियामा । संसारलाई देख्न नपाउदै गर्भबाटै क्यूरेट गरीएको बच्चा जस्तो जीन्दगी भयो मेरो प्रेमको ।

मान्छेहरुको चहलपहल अलि पातलियो । चौकको विचमा एउटा पिलर निर्माण भएको मिति देखि जुन अबस्थामा उभिएको छ त्यसको धर्म त्यहि हो । म आफुलाई यस्को स्थानमा पाउछु । या उभिएको छु केही थोरै समय देखि । समयलाई जान दिएर । मान्छेको मन पनि यहि चौक जस्तै हो । कति आउछन । कति जान्छन । कसैको लेखाजोखा हुदैन । सकिदैन सबैको अनुहार राख्न हृदयमा । त्यसैले कुनै साधु सन्त महात्मा जसरी वर्षौ देखि बसेको छ यो चौक । कुनै सन्ताप विना ।

जीवनमा सधैभरी कोही हुदैन आफ्नो । कसैले साथ दिदैन । कहिलेकाही एक्लै आफ्नो कथा भोग्नु पर्छ । भोग्नु भन्दा कोही टाढा जान सक्दैनन् । मैले सम्झीरहेकी आभाले मलाई याद गरेकी छ होला की छैन होला । मैले चुमेका हत्केलाहरुमा आज कसैको नाममा मेहन्दी पोख्दैछे । पीर छ होला कि छैन होला ? मैले समाएको कम्मर, मैले छोएको उस्को बदनहरुमा विवाहको उत्साह होला कि नहोला । मर्छ होला भन्ने डरले नै लेखेकी हो उस्ले यी शब्दहरु । के उस्ले मलाई कायर सम्झी ?

दाङ, फागुण १६ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको तेस्रो अधिबेसन सम्पन्न भएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले साहित्य समाज रुपान्तरणको पहिलो आधार भएको बताएका छन् ।

साहित्य समाजलाई सापेक्षिक रुपमा अगाडि बढाउनका लागि सधैँ सहयोगी भुमिकामा देखिने गरेको भन्दै साहित्यले चेतना जागरणको काम गर्ने बताएका थिए । नेपाली साहित्यको धारमा दाङको साहित्यले अग्रणी भुमिका आफूलाई उभ्याएको भए पनि त्यसको प्रतिफल प्राप्त गर्नबाट भने दाङ सधैँ बञ्चित हुनुपरेको साहित्यकारहरुले गुनासो गरे ।

परिषद्का शाखा अध्यक्ष कमलमणी देवकोटाको अध्यक्षता तथा बरिष्ठ साहित्यकार गिरिराज शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रमको अवसरमा संस्थापक अध्यक्ष नारायण गुरु, परिषद्का केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनाललाई सम्मान गरिएको थियो, भने यज्ञबहादुर बुढाथोकी स्मृति कला, साहित्य, संगीत पुरस्कार २०७३ बाट संगीतकार सन्तोष श्रेष्ठलाई पुरस्कृत गरिएको थियो ।

साथै अधिबेसनले नयाँ नेतृत्व पनि चयन गरेको छ । अधिबेसनले परिषद्को अध्यक्षमा पुनः कमलमणी देवकोटालाई चयन गरेको हो । जस्को उपाध्यक्षमा नगेन्द्र गुरु, सचिवमा शारदा शर्मा, सहसचिवमा छविलाल कोपिला, कोषाध्यक्षमा गोपाल भुसाल रहनु भएको छ भने सदस्यहरुमा प्रकाश केसी, मोहन कुमार दाहाल, आशिष कल्पबृक्ष, प्रद्युम्न प्रोख्रेल, केपी शर्मा एकल, प्रबल विष्ट, कमला रिजाल, मनिस सेढाई चयन हुनुभएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम, प्रगतिशील लेखक संघका अध्यक्ष शरद अधिकारी, राप्ती साहित्य परिषद्का बरिष्ठ उपाध्यक्ष टीकाराम उदासी, प्रलेसका जिल्ला सचिव खगेश्वर भण्डारी, संगीतकार सन्तोष श्रेष्ठलगायतले बोल्नु भएको थियो । सो अवसरमा राप्ती साहित्य परिषद्ले वार्षिकरुपमा प्रकाशन गर्दै आएको मुखपत्र साहित्यपुञ्जको पनि विमोचन गरिएको थियो ।

दीपकसंगम थापा,
रुकुम फागुण १६ । रुकुममा गत फागुण १२ गतेदेखि जारी मध्यपश्चिम रुकुम महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरुले बेजोड प्रस्तुती दिइरहेका छन् । कलाकारहरुले रुकुमेली दर्शकहरुको मन जित्न सफल भएका छन् ।

सोमबारको प्रस्तुतीमा लोकदोहरी गायक किरणबावु पुनले पर्खी बसे, लोक टप्पालगायतका चर्चित गीतहरु प्रस्तुत गर्नुभएको थियो । यसैगरी गायक तिलक परियारले रिम्मा दोभान, टप्पालगायतका गीत प्रस्तुत गरेर दर्शकलाई नाच्न बाध्य बनाएका बनाउनुभएको थियो । गायक तथा संगीतकार किरणबाबुले हामी सबै नेपाली, हामी सेना प्रहरी, छितिजपारीलगायतका थुप्रै गीतहरु पनि गाउनुभएको छ ।

रुकुमबासी तिलक र किरणले प्रायः स्थानीय भाकालाई जोड दिएर गीतहरु निर्माण गरेका छन् । चर्चित गायक किरण र तिलकले महोत्सवको रौनक तताएका थिए । यसैगरी गायक जय देवकोटाले पनि अघिल्लो दिनको प्रस्तुतीमा निकै उत्साहका साथ दर्शकलाई नचाउनुभएको थियो ।

यसैगरी नेपाल महेन्द्र प्रहरी क्लवका कलाकारहरुले रुकुुमको महोत्सवलाई निकै रमणिय बनाएका छन् । सोही क्लवको तर्फबाट रुकुम आएकी चर्चित मोडल पुर्णीमा श्रेष्ठलाई टेलिभिजनको पर्दामा मात्र देख्न पाएका रुकुमेलीले प्रत्यक्ष देख्न पाउँदा खुसी भएका छन् । पूर्णीमा श्रेष्ठले रुकुमेली दर्शकहरुको मन जित्ने गरी आफ्नो नृत्य प्रस्तुत गर्नुभएको थियो ।

विशेषगरी प्रहरी क्लवका कलाकारहरुले हिमाल, पहाड र तपाई एवं विभिन्न भाषाभाषीहरुले गाउने गीत र नृत्यलाई उतारेर प्रस्तुत गरेका थिए । महोत्सव फाल्गुन २१ गतेसम्म चल्ने छ । सोमबारको महोत्सवमा रुकुमका प्रमुख जिल्ला अधिकारी वंशीकुमार आचार्य, स्थानीय विकास अधिकारी नरेन्द्र कुमार राणा, प्रहरी नायव उपरिक्षक अंगुर जिसीलगायतले अवलोकन गरेर महोत्सवको गरिमा बढाउनुभएको थियो ।

दैनिक हजारांैको उपस्थिति हुने महोत्सवमा करिब डेढसय स्टलहरु रहेका छन् । स्टलहरुमा बाक्लो किनमेल भइरहेको छ । उक्त महोत्सव अवलोकनका लागि रुकुम उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक टेकबहादुर पुनले सबैलाई आग्रह गर्नुभएको छ । महोत्सवबाट संकलन भएको रकम एम्वुलेन्स खरिद गरिने बताइएको छ ।


दाङ, फागुण १५ ।
यात्राबाट एउटा मान्छे कम भएको छ
सम्झनामा भने धमाधम भएको छ ।
छ न त छ, एउटा बाँच्नैपर्ने जीवन
त्यो पनि त हिजोआज खत्तम भएको छ ।

देशभरका ९२ वटा रेडियोबाट एकैसाथ बज्ने रेडियो कार्यक्रम बहकिने मनका प्रस्तोता महावीर विश्वकर्मा शनिबार दाङको घोराहीमा देखिए । घोराहीस्थित नेपाल पत्रकार महासंघको सभाहलमा उनले आफ्ना तीन दर्जन बढि मुक्तक र आफ्ना जीवन भोगाईहरु सुनाए ।

उदाहरण समूह, दाङले आयोजना गरेको महावीर र महावीरका मुक्तकहरु कार्यक्रममा युवा पुस्ताले अहिले गर्दै आएको प्रेम, लेख्दै आएको साहित्यको मुक्तक विधा र सुन्दै आएको आफ्नो रेडियो कार्यक्रमको बारेमा बताए । युवाहरुको मन जीत्ने गरी कार्यक्रम बनाएको उनले बताए । रेडियोमार्फत् पनि युवाहरुलाई केहि नयाँ कुरा दिनुपर्छ भन्ने सोचका साथ कार्यक्रमलाई अगाडि बढाएको बताउँदै उनले कार्यक्रममा प्रेमलाई जोडेर हरेक पक्षलाई समेट्न खोजेको जानकारी दिए ।

मन सम्वेदनशील हुने र त्यसले युवाहरुको मन सहजै छुन सक्ने गरी विषयबस्तुहरुको छनौट गरिने भएका कारण पनि कार्यक्रम चर्चित बन्न पुगेको उनले बताए । कार्यक्रममा उदाहरण समूह दाङका अभियन्ता नवीन अभिलाषीले महावीरसँग साक्षात्कार गरेका थिए ।  
म रातो गुलावझैं सर्वत्र भएछु
बसेछु मनमा यत्रतत्र भएछु
सिउरिन्छु भनेरै लिएकिथ्यौ
सुँघेर फाल्दियौ अलपत्र भएछु ।

खचाखच भरिएको नेपाल पत्रकार महासंघ दाङको सभाहलमा महावीरले जीवन भोगाई, प्रेम, सम्बन्ध, जीवनका सपनाहरु र त्यसका लागि आइपर्ने कठिनाईहरु संकेत गर्दै मुक्तकहरु बाचन गरे । कार्यक्रमका सहभागीहरुले महावीरसँग सवालजवाफ समेत गरेका छन् । सहभागीहरुले मुक्तक लेखनको विषय, प्रेमलाई कसरी सफल र सुन्दर बनाउँदै लैजाने र रेडियो कार्यक्रमका विषयमा सवालजवाफ गरेका थिए । मुक्तक लेखनमा चोर्ने प्रवृत्ती मौलाएको र त्यसमा सबैले स्पष्ट रुपमा त्यसको प्रतिकार गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा साहित्यकार टीका बस्नेतले मुक्तक लेखनको विषयमा प्रष्ट्याएका थिए, भने कार्यक्रममा माया विकले मायाको चिनो प्रदान गरेकी थिइन् । कार्यक्रममा उदाहरण समूहका संगीत मगर, शर्मिला रोका मगर, सविना भुसाललगायतले सम्मान गरेका थिए । कार्यक्रमको सहजीकरण अभियन्ता शर्मिला रोका मगरले गरेकी थिइन् ।

दाङ, फागुण ७ । राष्ट्रव्यापी गायन प्रतिष्पर्धा कार्यक्रम । प्रतिष्पर्धीहरुले प्रतियोगीताको तयारी स्वरुप जोडजोडले भाका हालिरहेका थिए ‘म यस्तो गीत गाउँछु..........।’ त्यहि प्रतियोगीताका एक सहभागी शान्त, मौन थिए ।

उनी त्यो होहल्लाको समूहदेखि टाढै, एकान्त स्थलमै हुन्थे । शान्त स्वभाव, गायनमा ‘म अब्बल छु’ भन्ने घमण्ड उनमा थिएन । भाका हाल्थे ‘सुस्त सुस्त ।’ उनी गाउँथे, आफू मात्रै सुन्थे । केहि समय अघि काठमाडौँमा भएको ‘प्रेम गीत’ कभर गायन प्रतियोगीताका एक प्रतियोगी पुरुषोत्तम सुवेदी । अहिले मौनता तोडियो । मिठासपूर्ण स्वरमार्फत् उनी छरपष्टै भए, स्रोताको मनै छुने गरी । भन्छन् ‘यो मेरो पहिलो कोशेली हो ।’

पुरुषोत्तमको पहिलो गीत ‘चल्दै चल्दैन मुटु’ बोलको पप प्याटर्नको गीत भर्खरै बजारमा आएको छ । उनी भन्छन् ‘यो गीत पहिलो प्रयास हो, तथापी धेरै आशावादी छु ।’ प्रेमिकाविनाको जीवन अर्थहिन हुने भाव यो गीतले बोकेको छ । प्रेमिका विना मुटु नचल्ने अनि उनी बिनै रात नढल्ने मार्मिक शब्दमा पुरुषोत्तमले उत्कृष्ट गायकी प्रस्तुत गरेका छन् ।

यो गीतमा लेखूँ सहयात्रीको शब्द र बिक्रम राईको संगीत रहेको छ । भिडियोसहित युट्यूवमा सार्वजनिक यो गीतको भिडियोमा जीवनजंग थापा र अनिता चन्दको कुशल अभिनय छ । यो भिडियोको निर्देशन भिम थापाले गरेका हुन् । सुमधुर आवाजका पर्याय हुन्–पुरुषोत्तम । काठमाडौँको प्रतियोगीतामा उनको गायकीको तारिफ गर्नेहरु कम थिएनन् । प्रतियोगीतामा सहभागी उनी आफ्नो गीतमार्फत् सार्वजनिक हुन हतारो गरेनन् । उनी निरन्तर संगीत अभ्यासमै लागे । फलस्वरुप स्वरमा ‘मिठास’ बोकेर उदाए ।

उनी तीन वर्षदेखि निरन्तर संगीत अध्ययनमा छन् । चर्चित संगीतकार अर्जुन पोख्रेल र राम सिटौला उनका संगीत गुरु हुन् । ‘तीन वर्षदेखि संगीत अध्ययनमा छु’, उनले भने, ‘म मेरा गुरुहरुप्रति कृतज्ञ छु ।’ उनी एरेञ्जर पनि हुन् । गायनसँगै एरेञ्जरको कामलाई पनि उत्तिकै निरन्तरता दिएको उनी बताउँछन् । दोलखा स्थायी घर भएका उनी अहिले काठमाडौँमा बसेर संगीत साधनमा सकृय छन् ।

नवीन अभिलाषी,
दाङ, फागुण ५ । दाङको घोराहीमा माघ २७ गतेदेखि चलिरहेको मध्यपश्चिम व्यापारिक, सांस्कृतिक एवं पर्यटन महोत्सव–२०७३ अन्तर्गत बिहीबार पनि विभिन्न सांस्कृतिक तथा सांगीतिक कार्यक्रमहरु भएका छन् । बिहीबार पनि विभिन्न कलाकारहरुले प्रस्तुति राखेका छन्, भने दर्शकहरुले पनि दिनभर कलाकारहरुसँग रमाइलो गरेका छन् ।

नव जागरण नेपालको मुख्य आयोजना र नवलपुर युवा क्लवको सहआयोजनामा माघ २७ गतेदेखि फागुण ९ गतेसम्म आयोजना गरिएको महोत्सवमा बिहीबार गायक चन्द्र शर्मा, कृष्ण रेउलेलगायतका कलाकारहरुले प्रस्तुति राखेका थिए, भने दिनभर जसो हाँस्य कलाकार कमल गाउँलेले आफ्ना प्रस्तुतिहरु देखाएका थिए । उद्घोषकका रुपमा रहेका गाउँले महोत्सवको आकर्षणका रुपमा देखिएका छन् ।

कार्यक्रममा रकस्टार सरस्वती लामाले आफ्ना आधादर्जन बढी गीतहरु गाएर युवाहरुलाई नचाउनुभएको छ । सधैँ लोक तथा आधुनिक गीतहरु सुन्दै आएका महोत्सवका दर्शकहरुले बिहीबार भने गायिका लामाका रक गीतहरु युवाहरुले रुचाएका थिए । यस्तै महोत्सवमा दर्शकहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा गायक प्रेम शर्मा, सलिना गहतराज विसी, टोपेन्द्र विष्ट र मिलन बुढालगायतले समेत आफ्ना प्रस्तुति देखाएका थिए ।

नवलपुरस्थित खेलकुद मैदानको स्तरोन्नति तथा विकास गर्ने मुख्य उद्देश्यले सञ्चालन भएको महोत्सवमा लागुऔषध दुव्र्यसनी न्यूनीकरण, ट्राफिक सचेतनाका विभिन्न कार्यक्रमहरु समेत भइरहेका छन् । कार्यक्रममा कलाकारहरुले लागुऔषध दुव्र्यसनी न्यूनीकरण र ट्राफिक सचेतनाका लागि सन्देश समेत बाँड्ने गरेका छन् । महोत्सवबाट आएको मुनाफाको ५० प्रतिशत खेलकुद मैदानको निर्माणमा खर्च हुनेछ । ५० रुपैया प्रवेश शुल्क रहेको महोत्सवमा विद्यार्थीहरुलाई ४० र जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।

व्यवसायीक प्रबद्र्धन, स्थानीय कला संस्कृतिको संरक्षण, खेलकुदको विकास र प्रचारप्रसारको साथै पर्यटकीय सम्पदाहरुको पहिचान, विकास र प्रचारका लागि स्थानीय युवाहरुको सक्रियतामा महोत्सव आयोजना गरिएको हो ।

शुक्रबार कलाकारहरु
एक साता भन्दा लामो समयदेखि घोराहीको नवलपुरमा चलिरहेको मध्यपश्चिम व्यापारिक सांस्कृतिक तथा पर्यटन महोत्सव–२०७३ अन्तर्गत हुँदै आएका सांस्कृतिक कार्यक्रमका लागि शुक्रबार चर्चित गायक कमल खत्री आउने हुनुभएको छ । नेपाली आधुनिक र पप गीतको क्षेत्रमा नाम कमाएका युवा पुस्ताले रुचाएका गायक कमल खत्री आउने महोत्सव मुल आयोजक समितिअन्तर्गत सांस्कृतिक उपसमितिका सहसंयोजक सुनिल विसीले जानकारी दिनुभयो ।  त्यस्तै मोडल कस्मिरा रसाइली, चर्चित गायक कृष्ण रेउले, कमल गाउँले, रोहन वली, सलिना गहतराज विसी, प्रेम शर्मालगायतका कलाकारहरुको प्रस्तुति रहने आयोजकले बताएको छ ।

नवीन अभिलाषी,
दाङ, फागुन ४ । नेपाली लोकगीतको क्षेत्रमा चर्चित गायक रामजी खाँडले घोराहीमा चलिरहेको महोत्सवमा दर्शकहरुलाई नचाएका छन् । घोराही–५ नवलपुरमा माघ २७ गतेदेखि चलिरहेको मध्यपश्चिम व्यापारिक, सांस्कृतिक तथा पर्यटन महोत्सव–२०७३ को बुधबार सातौँ दिनमा देखिएका गायक रामजी खाडसंग दंगाली दर्शकहरुले झुमेर नाँचे ।

उल्लेख्य दर्शकहरुको बीचमा गायक रामजीले आफूले बजारमा ल्याएर चर्चा पाएका आधा दर्जन बढी गीतहरु गाएर दर्शकहरुलाई नचाएका थिए । दिनभर विभिन्न कलाकारहरुको विभिन्न प्रस्तुतिहरु हेर्दै र मनोरञ्जन लिदै आएका दर्शकहरुले कार्यक्रमको अन्त्य अन्त्यमा रामजी खाँडसँग खुलेर नाचेका थिए । ‘मन परेको मान्छेको नाम दिलमै लेखिन्छ, झिमझिम गर्ने परेलीमा धेरै गाजल नलगाऊ हल्का हल्का लाएको दामी देखिन्छ...’ बोलको गीतबाट आफ्नो प्रस्तुती सुरु गरेका रामजीले ‘वनैमा फूल बसायो...’, ‘फूल फुलेर पयालै भयो...’ लगायतका गीतहरु गाएका थिए । महोत्सवमा सहभागी भएका हजारौं दर्शकहरु मध्य युवादेखि बृद्धबृद्धाहरु समेतले रामजी खाँडको प्रस्तुतिमा रमाएका थिए ।

बुधबारको कार्यक्रममा हाँस्य कलाकार हर्के हवल्दार र लक्ष्मी तिमिल्सिनाले पनि प्रस्तुती देखाएका थिए । साथै गायिका सलिना गहतराज विसी, गायिका तथा मोडल लक्ष्मी पौडेल, मोडल लक्ष्मी बोहरा, गोमा रिजाल गायक प्रेम शर्मा, मिलन बुढालगायतले विभिन्न प्रस्तुति राख्नुभएको थियो । कलाकारहरुको प्रस्तुतीमा युवाहरु दिनभर रमाएका छन् ।