Sampadakiya
पछिल्ला केही दिन यता दाङमा धु्रवीकरण बढिरहेको छ । सामाजिक सञ्जालदेखि सडकसम्म केन्द्रीय राजनीतिलाई लिएर रस्साकस्सी बढिरहेको छ । जिम्मेवार व्यक्तिहरुसमेत जिल्लालाई धु्रवीकरण गर्ने खालका अभिव्यक्ति दिँदै आएका छन् । जसले सिंगो दाङका सम्भावना खोसिने खतरा बढिरहेको छ । ५ नम्वर प्रदेशलाई टुक्राउने गरी संसदमा संविधान संशोधन विधेयक पेस भएपछि शान्त दाङमा भित्रभित्रै बिग्रहको ज्वाला सल्कन सुरु भएको हो । संशोधन प्रस्तावमा ५ नम्वर प्रदेशका बर्दिया, बाँके, कपिलबस्तु, रोल्पा, प्यूठान, रुपन्देही, नवलपरासी, गुल्मी, अर्घाखाँचीमा एकमत भइरहँदा दाङमा जिल्ला को फाइदा भन्दा राजनीतिक पूर्वाग्राही साँच्ने प्रवृत्तीको हावी बन्दै गइरहेको छ ।
==============
राप्तीका रोल्पा, रुकुम र प्यूठान हामीबाट छुट्टिएर जाँदैछन् । ती भूभाग हामीसँग रहेन भने दाङ राजधानी बन्छ भन्ने ढ्वाङ पिट्ने काममा हामी तल्लीन छौं । अखण्ड राप्तीको माग गर्दै थालिएको आन्दोलनको खिल्ली उडाउँदैछौं । दाङमा बिखण्डन ल्याउँदैछौं ।
=======================================
‘काम भन्दा कुरा बढी गर्ने’ दङालीको पुरानो प्रवृत्ती हो । अरुलाई भरिया बनाएर आफूले सफल यात्रा गरेको ढ्वाँङ फुक्ने दङालीको झन् पुरानो र खतरनाक प्रवृत्ती हो । बिगतमा पनि सानादेखि ठूला योजना निर्माणमा आफ्नो पार्टीको योगदानको दावी गर्दै मख्ख परेर बस्ने र काम लथालिङ्ग हुँदासमेत समयमै काम सम्पन्न गर्न दवाव नदिने दङालीको बानीकै कारण विकासमा दाङले फड्को मार्न सकेको छैन । नागरिकको भूमिकामा नभई हरेक व्यक्ति नेताको हैसियतमा उभिएर अभिव्यक्ति दिँदा दाङ पछाडि परेको तीतो यथार्थता हामीसँग छँदैछ ।
संशोधन प्रस्तावको पक्ष बिपक्षमा बहस हुनु स्वभाविकै हो । आफूलाई चित्त नबुझेको बिचारलाई आत्मसाथ गर्नुपर्छ भन्ने पनि होइन । तर, मुलुकको स्वाधिनतासँग जोडिएको विषयलाई अत्यन्तै हल्कारुपले हरिदैछ । ५ नम्वर प्रदेशका कुनै पनि भूभागमा थालिएका आन्दोलनले राजधानीको माग गरेका छैनन् । तर, लुम्विनीमा थालिएका आन्दोलनलाई बुटवलमा राजधानी बनाउन थालिएको आन्दोलनको संज्ञा दिँदै कुनै पार्टी प्रवक्ताका रुपमा अभिव्यक्ति दिने कार्य भइरहेको छ । जसले दाङलाई नै कमजोर बनाइरहेको छ । हिजो राप्तीका सल्यान र रुकुम टुक्रिदा प्रकाश ज्वाला र जनाद्र्धा शर्मा प्रभाकरलाई गाली गरेर दङालीहरु बसिरहौं । अखण्ड राप्तीको माग गर्दै थालिएको आन्दोलनको खिल्ली उजाइरह्यौं । सडकमा आन्दोलनकारी गनिरह्यौं । फेसबुकमा उही कुरा उचालिरह्यौं । जसको कारण हामी कमजोर बन्यौं । आज पनि उही परिस्थिति उत्पन्न भएको छ । राप्तीका रोल्पा, रुकुम र प्यूठान हामीबाट छुट्टिएर जाँदैछन् । ती भूभाग हामीसँग रहेन भने दाङ राजधानी बन्छ भन्ने ढ्वाङ पिट्ने काममा हामी तल्लीन छौं । अखण्ड राप्तीको माग गर्दै थालिएको आन्दोलनको खिल्ली उडाउँदैछौं । दाङमा बिखण्डन ल्याउँदैछौं । यो प्रवृत्तीलाई त्यागेनौं भने एक दिन यस्तो अवस्था आउने छ, त्यतिबेला हामीसँग पछुताउनु सिवाय केही बाँकी रहने छैन । किनकी दाङकै कारण दाङले आफ्नो सम्भावना र अधिकार गुमाउँदैछ ।
दाङ प्रदेशनम्वर ५ को राजधानीका लागि हरेक हिसाबले उपयुक्त हुँदाहुँदै पनि पछिल्लो समययता उक्त सम्भावना घटेर गइरहेको छ । राजनीतिक दल, उद्योग वाणिज्य संघ, नागरिक समाजलगायत जिल्लाका विभिन्न संघसंस्थाहरुको अभियानका कारण राजधानीका लागि चर्चामा रहेको दाङको सम्भावना यहाँका संघसंस्थाहरुकै निष्कृयताका कारण क्षिण बन्दै गइरहेको छ । हरेक मुद्दामा भेगीय लडाईमा होमिने यहाँको प्रवृत्तीकै कारण जिल्लाको सम्भावना कम हुँदै गएको नकार्न सकिदैन ।
उच्च अदालत दाङमा स्थापना गरेको विषयलाई गर्व मानेर त्यसको जस आफूले लिनमै यहाँका मुख्य दल नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र लागिरहेको समयमा यहाँका संघसंस्थाहरु पनि क्षेत्रीय लडाईमै व्यस्त देखिन्छन् । दलिय नेतृत्व जिल्ला आएको बेला आफ्नो क्षेत्रलाई राजधानीको केन्द्र तोक्न लविङ गर्ने कार्यमा यहाँका संघसंस्थाहरु पनि लागिपरेका छन् । प्रदेश नम्वर ५ को राजधानीका लागि सम्भावित रुपन्देहीले लुम्विनी अञ्चलका जिल्लामा मात्र नभई राप्तीको प्यूठान, रोल्पा, बाँके, बर्दियालगायतका क्षेत्रका सरोकारवालाहरुसँग ‘यस कारण रुपन्देहीको बुटवल राजधानी’ भन्ने बहसको थालनी गरिसकेको छ । अब उसको अभियान राजनीतिक दलहरुसँग छलफल गर्ने रहेको जानकारी आइरहँदा यहाँका सरोकारवालाहरु घोराही, तुलसीपुर र लमहीका नाममा लड्न छाडी दाङलाई राजधानी बनाउने अभियानमा जुट्नु आवश्यक छ । यहाँको सम्भावनाको खोजी गर्नु आवश्यक छ ।
दाङ प्रदेशनम्वर ५ को मात्र नभई सिंगो मुलुकको राजधानीका लागि छलफल चलाइएको जिल्ला हो । यहाँ जमिन, जल प्रसस्त मात्रामा छ । राजधानी घोषणापछि योजनाबद्ध विकासका लागि दाङ हरेक दृष्ट्रिले उपयुक्त छ । त्यतिमात्र नभई यो प्रदेशको मध्यविन्दूमा रहेको छ । सामरिक सुरक्षाका दृष्ट्रिले पनि यो भूमि उपयुक्त छ भन्ने कुरालाई बहसको विषय बनाई यहाँका सरोकारवालाहरुले छलफल थाल्नुपर्छ । अब कुनै पनि खालको दवावबाट दाङलाई राजधानी बनाउन सकिदैन । पहिलो प्रादेशीक सभाबाट राजधानीको नामाकरण र राजधानी तोक्ने कुरा संविधानमा उल्लेख भइसकेको अवस्थामा अब दाङले बर्दिया, बाँके, प्यूठान, कपिलबस्तु र अर्घाखाँचीसँग छलफल थाल्नुको विकल्प छैन । नत्र दाङ राजधानीका लागि उपयुक्त छ भन्ने कुरा चर्चामा मात्रै सीमित रहने छ ।

प्रतिक्षा गर्नुहोस्

सम्पादकीय

Loading...