Top-Story
दाङ, जेठ १५ । सरकारले डा. गोविन्द केसीका सबै माग पुरा गर्ने भएको छ । सरकारले माग पुरा नगरेको भन्दै डा. केसी ११ औं अनसन बस्न दाङ पुगेका छन् । डा. केसी पुनः अनसन बस्न लागेपछि सरकारले उनीसँग विगतमा गरेका सम्झौता र हाल राखेका माग पुरा गर्न तीनवटा समिति गठन गरेको हो ।
डा. केसीले संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयकलाई जनतामुखी बनाउँदै पारित गर्नुपर्ने, प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग प्रस्ताव फिर्ता हुनुपर्ने र विगतमा अनशनका क्रममा भएका सहमति अनुरुप दाङको राप्ती उपक्षेत्रीय अस्पताललाई मेडिकल कलेज बनाउनुपर्ने तीन बुँदे माग राख्नुभएको छ ।
प्रधानन्यायाधीश कार्कीमाथि लगाइएको महाअभियोगको प्रस्ताव फिर्ता लिने निर्णय भइसकेको छ, महाअभियोग फिर्ताको निर्णयसँगै संसद समेत सुचारु भइकेको छ । संसद सुचारु भएसँगै संसदमा विचाराधिन विधेयकलाई जनतामुखी बनाउन छलफल अगाडि बढाउने विषयमा समेत सरकार तयार भएको छ ।
स्वास्थ्यमन्त्री गगन थापाका अनुसार डा. केसीसँग विगतमा भएको सम्झौता अनुसार मन्त्रीपरिषदले न्यायिक छानबिन समितिमा सदस्य नियुक्त गरेको छ । पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित समितिमा डा. उपेन्द्र देवकोटा र शिक्षा मन्त्रालयको उच्च शिक्षा महाशाखाका सहसचिव सदस्य हुनुहुन्छ । यसअघि उक्त समितिमा डा. श्रीकृष्ण गिरीको नाम सिफारिस गरिएको थियो । तर, डा. गिरीको नाममा डा. केसीले आपत्ती जनाएपछि उहाँको स्थानमा मन्त्रीपरिषद्ले नयाँ डा. देवकोटालाई नियुक्त गरेको हो । न्यायिक समितिका सदस्यहरुलाई प्रधानन्यायाधीसले सपथ खुवाउनु पर्ने हुन्छ । सपथ खुवाउने कार्यक्रम १६ गतेका लागि तय भएको मन्त्री थापाले जानकारी दिनुभयो ।
यस्तै, सरकारले ऐन, नियम अध्ययन समितिको म्याद समेत थप गरेको छ । विश्वविद्यालय अनुदान आयोगका प्रमुख परासर कोइरालाको संयोजकत्वमा रहेको उक्त समितिमा डा. लक्ष्मीप्रसाद मैनाली, विष्णु खनाल, अभि सुवेदी र प्रत्युष वन्त सदस्य हुनुहुन्छ । मन्त्री थापाका अनुसार डा. केसीसँग बिगतमा भएको सम्झौता अनुसार अनुगमन समिति गठन भएको छ । डा. कपिल श्रेष्ठको संयोजकत्वमा गठित समितिमा डा. शरद वन्त, अधिवक्ता ज्योति बानियाँ, प्रधानमन्त्री कार्यालयका सहसचिव, स्वास्थ्य मन्त्रालयका सहसचिव, शिक्षा मन्त्रालयका सहसचिव र विश्वविद्यालय अनुदान आयोग सहसचिव सदस्य हुनुहुन्छ ।
मन्त्री थापाले राप्तीमा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने कार्य अगाडि बढिसकेको जानकारी दिनुभयो । उहाँले यसका लागि स्वास्थ्य मन्त्रालयले २५ करोड रुपैयाँ बजेट पनि बिनियोजन गरिसकेको बताउनुभयो । ‘पाँचनम्वर प्रदेशमा राप्ती उपक्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने काम अगाडि बढिसकेको छ,’ उहाँले भन्नुभयो, ‘प्रतिष्ठान निर्माणका लागि विधेयकको ड्राफ्ट समेत बनाइसकेका छौं ।’
उहाँले यही विषयमा भोलि सोमबार दुई वजे सामाजिक न्याय समितिको बैठक बस्न लागेको समेत जानकारी दिनुभयो । मन्त्री थापाका अनुसार स्वास्थ्य मन्त्रालयअन्तर्गत देशका सातवटै प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने कार्य समेत अगाडि बढिरहेको छ ।

नवीन अभिलाषी,
दाङ, जेठ १४ । शनिबार बिहान ११ वजे घोराही टेकेका प्रा.डा. गोविन्द केसी केहि समय आराम गरे । त्यसपछि राप्ती उपक्षेत्रीय अस्पतालमा पुगेका डा. केसी आफै अलमलमा परे । शनिबार ४ वजेदेखि राप्ती उपक्षेत्रीय अस्पताल परिसरमै सत्याग्रह सुरु गर्ने उद्देश्यसहित काठमाडौँबाट दाङ झरेका थिए–केसी । तर, उनले अनसन बस्नका लागि राप्ती उपक्षेत्रिय अस्पतालमा एउटा कोठा सम्म पाएनन् ।
कहिले जिल्ला प्रशासन कार्यालय पुगे त कहिले आई.एन.एफ.को कार्यालयले छोडेको खण्डहर जस्तो भवनमा पुगे । राप्ती उपक्षेत्रीय अस्पतालका आधा दर्जन बढी बडेमानका भवनहरु समेत अवलोकन गर्दा केसीले अनसन बस्नका लागि सुरक्षित र राम्रो कोठा पाउन सकेनन् । अन्ततः उनी ट्राफिक चोक नजिकै रहेको सत्यसाई मन्दिरको धर्मशालामा अनसन बस्ने करिव–करिव टुगो लाग्यो ।
दाङबाटै सत्याग्रह सुरु गर्ने योजनासहित डा. केसी काठमाडौँबाट हिडेदेखि नै खुट्टा कमाएको राप्ती उपक्षेत्रीय अस्पताल प्रशासनले आफ्नो कमजोरी देखाएको छ । अस्पतालका सुविधा सम्पन्न मानिएका ठूला भवनहरुमा डा. केसीले अनसन सुरु गर्नका लागि कुनै कोठाहरु उपलब्ध गराउन सकेन । विभिन्न बहानामा डा. केसीलाई अस्पताल प्रशासनले बाहिरै अनसन बस्ने व्यवस्था मिलाउनका लागि निमित्त मेडिकल सुपेरिटेन्डन्ट डा. जनार्दन पन्थी खटिएका थिए । अस्पताल प्रशासनले माथिको आदेश अनुसार डा. केसीलाई अस्पताल बाहिर राख्न खोजेको बुझिएको छ ।
अस्पतालमा राम्रो शौचालयको सुविधा नभएको भन्दै निमित्त मेडिकल सुपेरिटेन्डन्ट डा. पन्थीसहितको टोलीले डा. केसीलाई सिरडी सत्य साई मन्दिरको धर्मशालामा पु¥याएका थिए । त्यसको अलावा डा. केसी सत्याग्रहमा बस्ने भएपछि उनको स्वास्थ्य व्यवस्थापनका लागि आवश्यक उपकरण नभएको भन्दै प्रशासनले खुट्टा कमाइरहेको छ । आईसियूको व्यवस्था नभएको, राम्रो शौचालयको सुविधा नभएको, मानिसहरुको आवागमन बढ्ने भएपछि भर्ना गरिएका बिरामीहरुलाई असर पर्ने भन्दै अस्पताल भन्दा बाहिरै अनसनमा बस्ने व्यवस्था मिलाउने निमित्त मेडिकल सुपेरिटेन्डन्ट डा. पन्थीले बताए ।
डा. केसीलाई प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले समेत सुविधा सम्पन्न नभएको स्थानमा अनसन बस्दा समस्या आउन सक्ने दाङमा अनसन नबस्न सुझाव दिए । सरकारले घोषणा गरे अनुसार दाङमा मेडिकल कलेज स्थापनाको सुरुवात गर्नुपर्ने माग पुरा गर्न दाङ झरेका डा. केसी प्रमुख जिल्ला अधिकारीलाई भेट्न गएका थिए । भेटका क्रममा प्रमुख जिल्ला अधिकारी काफ्लेले स्वास्थ्यमा आउन सक्ने समस्यालाई व्यवस्थापन गर्न जिल्लामा सुविधाहरु नभएको बताए ।
एकदिन रोकियो सत्याग्रह
प्राध्यापक डाक्टर गोविन्द केसीले शनिबारदेखि सुरु गर्ने भनिएको सत्याग्रह एक दिनका लागि रोकिएको छ । सरकारले २०७३ साल मंसिरमा घोषणा गरे अनुसार दाङमा मेडिकल कलेज स्थापनाको सुरुवात गर्नुपर्ने, चिकित्सा शिक्षा विधेयकलाई संशोधन गरेर पारित गर्नुपर्ने, प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोग प्रस्ताव फिर्ता गर्नुपर्नेलगायतका मागहरु पुरा गर्न दवाव दिने योजनासहित घोराही आइपुगेका केसी शनिबारैदेखि अनसनमा बस्ने कार्यक्रम थियो । तर, स्वास्थ्य मन्त्रीको आश्वासनपछि डा. गोविन्द केसीको अनसन आइतबार दिउँसो १२ वजेसम्मका लागि रोकिएको हो ।
स्वास्थ्य मन्त्री गगन थापाले डा. केसीलाई फोनमार्फत् कुरा गर्दै आइतबार दिउँसो १२ वजेसम्म एक किसिमको निकास निकाल्ने आश्वासन दिएका थिए । स्वास्थ्य मन्त्री थापाको आश्वासनलाई कुर्दै डा. केसीले आफ्नो अनसनको समय तालिकालाई पछि सारेका हुन् । सरकारी चिकित्सा क्षेत्रको सुधारका लागि १० आंै पटक अनसनमा बसेका डा. केसीले सरकारसँग भएका सम्झौताहरु कार्यान्वयनका लागि दाङबाट दवाव सिर्जना गर्ने बताए ।
पाँच वर्षभित्र सबै प्रदेशमा मेडिकल कलेज निर्माण गर्ने सम्झौता अनुसार दाङमा पनि त्यो आयोजना सुरु हुनुपर्ने थियो । तर, अहिलेसम्म मेडिकल कलेज निर्माण बारे कुनै पनि प्रक्रिया अगाडि बढ्न सकेन । डा. केसी शनिबार नै अनसन बस्ने तयारी गरिरहदा आइतबार मध्यान्न १२ वजेसम्म सम्झौताको सुनुवाई गर्न अल्टिमेटम दिएका छन् ।
सत्याग्रह कहाँ हुन्छ ?
यदि सरकारले डा. केसीलाई चित्त बुझ्दो जवाफ दिन सकेन भने आइतबार दिउँसो २ वजेदेखि सत्याग्रह सुरु हुनेछ । सत्याग्रहका लागि उनी धर्मशालामा जानेछन् । राप्ती उपक्षेत्रीय अस्पतालमा सत्याग्रह सुरु गर्न नमिल्ने अवस्था आएपछि डा. केसी ट्राफिक चोकस्थित सिरडी सत्य साई मन्दिरको धर्मशालामा बस्ने करिव पक्का भएको छ ।
अनसनका लागि ठाउँ खोज्न अस्पताल प्रशासनको टोली दिनभर भौतारी रहँदा अस्पताल प्रशासनलाई नै डा. केसीलाई अस्पतालमा बस्न नदिएको टिप्पणी गर्न सुरु भएको छ । नागरिक स्तरबाट अस्पतालभित्रै अनसनमा बस्ने व्यवस्था मिलाउनुपर्ने दवाव आउन सुरु गरेपछि सरकारी तथा प्रशासन पक्ष भने डा. केसीलाई बाहिर नै अनसन बसाउने मनस्थितिमा देखिएको छ ।
दलहरुलाई टाउको दुखाई
दाङमा हुने भनिएको स्वास्थ्य विज्ञान प्रतिष्ठानको विषय रोकिएको लामो समय भइसकेको थियो । यो विषयमा दलहरुले आफ्नो क्षेत्रबाट पहल गर्दै आएका थिए । तर, नजिक आएको स्थानीय तहको निर्वाचनकै समयमा डा. केसी अनसन बस्ने नै गरी दाङ झरेपछि दलहरुलाई टाउको दुखाईको विषय भएको छ । चुनावी प्रसारप्रसारको कार्यक्रमलाई तीव्रता दिनुपर्ने समयमा केहि समय डा. केसीको आन्दोलनमा पनि खर्चिनुपर्ने, केसीको अवस्थामा जुनसुकै मोड आउन सक्ने र त्यसले जिल्लाको माहोल परिवर्तन गर्ने र त्यसले निर्वाचनमा असर गर्ने नेपाली काँगे्रसका एक नेताले बताए । बाहिरी रुपमा डा. केसीको सत्याग्रहलाई दलहरुले स्वागत गरेको भएपछि त्यति ध्यान नदिएको पाइएको छ ।

प्रेमबहादुर राम्जा
दाङ, जेठ १३ । दाङ जिल्लामा रहेका दश स्थानीय तहमा कसले विजयी हासिल गर्छ यसै भन्न सक्ने अवस्था छैन । मुख्य रुपमा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच प्रतिष्पर्धा हुने आकलन गरिए पनि कसले बाजी मार्ला भन्ने अवस्था छैन ।
जिल्लाका दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिकामा कसले विजयी हासिल गर्छ भन्नका लागि विगतका निर्वाचनलाई मुल्यांकन गर्न आवश्यक छ । विगतका चार वटा निर्वाचनलाई मुल्यांकन गर्ने भने तीन दल नै जिल्लामा हाबी देखिन्छन् ।
दोस्रो पटक २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेले तीन वटा गाविसबाहेक सबैमा विजयी भएको थियो । त्यसको दुई बर्षपछि २०५६ सालमा भएको आम निर्वाचनमा जिल्लामा रहेका ४ निर्वाचन क्षेत्रबाट नेपाली काँग्रेसले विजयी हासिल गरेको थियो । त्यसबेला नेकपा एमालेको फुटेको असर दाङमा पनि परेको थियो ।
माओवादी जनयुद्धको विश्राम पश्चात शान्ति प्रक्रियासंगै जिल्लामा पाँच निर्वाचन क्षेत्र निर्धारण गरियो र २०६४ सालमा भएको पहिलो संविधानसभाको निर्वाचनमा माओवादीले पाँच वटै निर्वाचनक्षेत्रमा विजयी भयो । पछिल्लो समयमा भएको २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा नेपाली काँग्रेसले पाँच वटै निर्वाचन क्षेत्रमा विजयी हासिल गरेको छ । जिल्लामा नेकपा एमालेले स्थानीय निकाय निर्वाचनबाहेक अन्य निर्वाचनमा विजयीको स्वाद चाख्न पाएको छैन ।
दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा विजयी हासिल गर्नका लागि तीन मुख्य पार्टीहरु तयारीमा लागेका छन् । यद्यपी नेपाली काँग्रेस उम्मेदवार छनौटको सकसमा फसेको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले उम्मेदवार टुंगो लगाएका छन् । नेपाली काँग्रेसले एकाध गाउँपालिका बाहेक अन्य स्थानमा उम्मेदवारको टुंगो लगाउन सकेको छैन । यसका बारेमा बुझ्न खोज्दा नेपाली काँग्रेसका नेताहरु कसैको फोन उठ्दैन ।
जिल्लामा हुने दोस्रो चरणको निर्वाचनका लागि दुई लाख ९१ हजार एक सय ७३ मतदाताले त्यसको निर्धारण गर्ने छन् । मतदाताहरुले एक सय ५१ मकतदानस्थलका तीन सय ५१ केन्द्रबाट मतदान गरेर पाँच सय २० जना प्रतिनीधिहरुको भाग्य निर्धारण गर्ने भएका छन् ।
जिल्लामा रहेका दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिकामा एमाले र केन्द्रले उम्मेदवार टुंगो लगाएका छन् भने नेपाली काँग्रेस अझै अलमलमा परेको छ । एमालेले रहेको घोराही उपमहानगरपालिकाको मेयरका लागि प्रदेश सदस्य नरुलाल चौधरीलाई उम्मेदवार बनाएको छ । शुक्रबार सम्पन्न एमालेको स्थायी कमिटीले प्रदेश सदस्य चौधरीलाई उम्मेदवार बनाएको हो । उपमेयरमा भने पुर्व अञ्चल सदस्य सिता न्यौपानेलाई उम्मेदवार बनाएको छ ।
त्यसैगरी तुलसीपुर उपमहानगरपालिकामा बन महासंघका पुर्व अध्यक्ष तथा तत्कालीन तुलसीपुर नगरपालिकाका उपमेयर घनश्याम पाण्डेयलाई मेयर पदको उम्मेदवार बनाएको छ भने उपमेयरमा दंगाली कम्युनिष्ट आन्दोलनका धरोहर श्रीमणी आचार्यकी धर्मपत्नी माया आचार्यलाई अगाडी सारेको छ ।
त्यसैगरी लमही नगरपालिकामा नेकपा एमालेका जिल्ला सचिवालय सदस्य कुलबहादुर केसीलाई मेयर र उपमेयरमा अनेमसंघकी जिल्ला अध्यक्ष मीना गुरुङलाई अगाडी सारेको छ । यस्तै माओवादीले घोराही उपमहानगरपालिकाको प्रमुखमा यसअघि नै जीवन गौतमलाई घोषणा गरिसकेको छ भने उपप्रमुखमा सिता चौधरीलाई अघि सारेको छ ।
यस्तै तुलसीपुर उपमहानगरपालिकाको प्रमुखमा शेषुराम भण्डारी र उपप्रमुखको उम्मेदवार सिता ओलीलाई बनाइएको माओवादी केन्द्र दाङले जनाएको छ । माओवादी केन्द्रले लमही नगरपालिका प्रमुखमा द्रौपदा पौडेल र उपप्रमुखमा कालुराम चौधरीलाई अघि सारेको छ ।

राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा अनसन बस्ने बताउनुभएका डाक्टर केसीले आफ्नो सुरुको अनसनका क्रममा दाङमा मेडिकल कलेज स्थापना गर्ने विषयमा सहमति भएको बताउनुभयो । ‘मेरो पहिलो अनसनका क्रममा प्रत्यक विकास क्षेत्रमा एउटा मेडिकल कलेज स्थापना गर्ने सहमति भएको थियो । मुलुक संघीयतामा गइसकेपछि प्रत्यक प्रदेशमा एउटा मेडिकल कलेज स्थापना गर्ने सहमति भएको थियो । यी दुवै सहमतिमा दाङमा मेडिकल कलेज स्थापना गर्नुपर्ने उल्लेख भएको थियो, ‘डाक्टर केसीले भन्नुभयो, ‘दलका नेताहरुकै कारण सहमति कार्यान्वयन भएको छैन । अब सहमति कार्यान्वयन गराएरै काठमाडौं फर्कन्छु ।’
उहाँले आज साँझ ४ वजेदेखि आफ्नो एघारौं अनसन सुरु हुने बताउनुभयो ।
दाङ नै सत्याग्रहका लागि किन ?
नेपालमा तीनवटा सरकारी र १८ वटा निजी मेडिकल कलेजहरु छन् । सरकारी मेडिकल कलेज बढी र निजी मेडिकल कलेजहरु कम हुनुपर्ने आम मान्यता रहे पनि नेपालमा भने निजी मेडिकल कलेजहरु बढि छन् । दुई वर्ष अघिको अनसनमा सरकारसँग सम्झौता भएको थियो । सरकारसँग भएको सम्झौता अनुसार दाङमा सरकारी मेडिकल कलेज खोल्ने भनिएको थियो । पाँच वर्षभित्र सबै प्रदेशमा मेडिकल कलेज निर्माण गर्ने सम्झौता अनुसार दाङमा पनि त्यो आयोजना सुरु हुनुपर्ने थियो । तर, अहिलेसम्म मेडिकल कलेज निर्माण बारे कुनै पनि प्रक्रिया अगाडि बढ्न सकेन । सबैभन्दा पहिले दाङमा मेडिकल बनाउने सम्झौता रहेको थियो । बरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कालो धनलाई सेतो बनाउन लागिएको बि एण्ड सी कलेजलाई सम्बन्धन दिने प्रयास गरेको देखियो ।
सुदूरपश्चिममा सरकारी मेडिकल कलेज खोल्ने भनिएको थियो । त्यसलाई पनि रोकेर शेरबहादुर देउवाले अर्को मेडिकल कलेजलाई सम्बन्धन दिनुपर्ने पक्षमा उभिए । ‘सरकारी मेडिकल कलेज खोल भनेर हामीले भन्दा पनि उनीहरुले भन्नुपर्ने हो’, डा. केसी भन्नुहुन्छ, ‘यो अवस्थाको अन्त्यका लागि पटक पटक लड्नुपरेको छ । यिनै नेताहरुले अर्बौं कमाउन सरकारी मेडिकल कलेज रोकेका छन् । दाङमा पहिले नै खोल्ने भनिएको थियो । तर, निजी मेडिकल कलेज खोल्न दौडधुप गरेर त्यहाँ खोल्न नदिने षडयन्त्र गरियो ।’
सरकारसँग भएको सम्झौता अनुसार दाङमा पहिलो मेडिकल कलेज सञ्चालन गर्नुपर्ने अनुसार डा. केसी दाङबाटै दवाव दिन चाहनुभएको छ । यो ठाउँमा पहिले नै मेडिकल कलेज बन्नुपर्ने तर अहिलेसम्म किन बन्न सकेन भनेर उहाँले सरकारलाई प्रश्न गर्न खोज्नुभएको छ । त्यहाँका जनतासँग ऐक्येवद्धता जनाउन खोजेको भन्दै माग पूरा भएपछि मात्रै आफू फर्किने योजनामा केसी रहनुभएको छ ।
डा. गोविन्द केसी शनिबारदेखि दाङमा सत्याग्रह सुरु गर्न लाग्नुभएको छ । सरकारसँग यसअघि भएका सम्झौता कार्यान्वयन र प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग लगाउन संसदमा दर्ता गरिएको प्रस्ताव फिर्ता लिनुपर्ने माग डा. केसीका छन् । सरकारसँग यसअघि भएका सम्झौताअनुसार दाङमा तत्कालै मेडिकल कलेज खोल्ने भनिए पनि अहिलेसम्म काम सुरु नभएको भन्दै सोही स्थानमा सत्याग्रह सुरु गर्न लागेको उहाँले बताउनुभयो । शुक्रबार अबेरसम्म पनि त्रिवी शिक्षण अस्पतालमा बिरामीको सेवामा रहनुभएका केसीले कुरा गर्दै माग पूरा गरेर मात्रै दाङबाट फिर्ता हुने बताउनुभयो ।
यस्तो छ, उहाँसँग गरिएको कुराकानी ।
शनिबारदेखि काठमाडौं बाहिरबाट सत्याग्रह थाल्न लाग्नुभएको हो ?
काठमाडौं बाहिरका माग पूरा गर्न बाहिरबाटै अनसनमा बस्न लागेको हुँ । काठमाडौंमा बस्ने अवस्था नभएपछि काठमाडौं बाहिर पनि बस्नुप¥यो नि, हैन र ?
तपाइँ दाङमै अनसन बस्न लाग्नुभएको हो ?
अहिलेसम्म म अस्पतालमा नै छु । तर, शनिबारसम्म दाङ पुग्छु ।
तपाई पटक–पटक अनसनमा बस्नुभएको छ । तपाईले गरेका अनसनबाट केही परिवर्तन भएका छन् कि छैनन् ?
मलाई सरकार र नेताहरुले त पेलेरै लैजानुपर्छ भन्ने सोचेका छन् । तर, पेलेर लैजाने कोशिस गरे पनि दबाबको कारणले गर्दा सोचेजति गर्न सकेका छैनन् । दबाबले गर्दा केही सम्झौता कार्यान्वयनमा पनि आएका छन् । नेपाली जनताले पनि केका लागि लडेका रहेछन् भन्ने कुरा थाहा पाए, यो पनि उपलब्धि हो । जनताले गुणस्तरिय शिक्षाबाट के कारणले बञ्चित भएका रहेछौं भन्ने थाहा पाए । त्यो पनि ठूलो कुरा हो । एकीकृत चिकित्सा शिक्षा ऐन अहिले संसदमा पुगेको छ । जुन प्रतिवेदनको आधारमा बनेको हो । त्यसमा अहिले संसदमा पार्टी र माफियालाई सहयोग पुग्नेगरी संशोधनको प्रयास भैरहेको छ । हामीले त्यसमा जनतामुखि बुँदा थपेर पारित गर्नुपर्छ भनेका छौं । संसद्सम्म पुग्यो, संसदीय समितिसम्म त पुग्यो । महिला, बालबालिका, जेष्ठ नागरिक र समाजकल्याण समितिमा रहेका सदस्यहरु पनि निजी मेडिकलमा लगानी भएकाहरु नै छन् । उनीहरुमा ‘कन्फ्क्टि अफ इन्ट्रेष्ट’ देखिन्छ । जनताका लागि बोलिदिने को ? महाभियोग लाग्नुपर्ने मान्छे संसदमा छन् । तर, जो सुशासनका लागि लडेको छ उसैका लागि महाभियोग लगाउँछन् यो विडम्बना छ । बाधा व्यवधान सबैतिर छ । माफिया र नेता मिलेर विथोल्न लागेका छन् । अब विथोल्न सक्दैनन् ।
तपाईले दाङ नै सत्याग्रहका लागि रोज्नुपर्ने कारण के ?
दाङ दुई वर्षअघिको अनसनमा सरकारसँग सम्झौता गरेका थियौं । नेपालमा तीनवटा सरकारी र १८ वटा निजी मेडिकल कलेज छन् । संसारमा कहिँ पनि यस्तो हुँदैन । यो संवेदनशील क्षेत्र हो । निजी क्षेत्रमा कम्प्रमाइज हुन्छ भनेर धेरै सरकारी मेडिकल हुन्छन् । सरकारी मेडिकल बढी र निजी मेडिकल कम हुनुपर्ने हो तर नेपालमा त्यस्तो छैन ।
नेपालमा के भयो भने जोसँग करोडौं रुपैयाँ छ उसैका छोराछोरीले मेडिकल शिक्षा पढ्न पाउने भए तर पैसा नहुनेका छोराछोरीले पाउने भएनन् । सरकारसँग भएको सम्झौताअनुसार दाङमा सरकारी मेडिकल कलेज खोल्ने भनिएको थियो । पाँच वर्षभित्र सबै प्रदेशमा मेडिकल कलेज निर्माण गर्ने तर पहिले दाङमा बनाउने भनिएको थियो । तर अहिलेसम्म केही पनि भएन । सबैभन्दा पहिले दाङमा बनाउने भनिएको थियो । बरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कालो धनलाई सेतो बनाउन लागिएको बि एण्ड सी कलेजलाई सम्बन्धन दिने प्रयासमा छन् । उनले मन्त्रिपरिषमा यो प्रस्ताव लगेका थिए । तर, केही मन्त्रीको विरोधले गर्दा त्यो पारित हुन सकेन । हामीले नलडेको भए पहिले नै दिने रहेछन् ।
सुदुरपश्चिममा सरकारी मेडिकल कलेज खोल्ने भनिएको थियो त्यसलाई रोकेर शेरबहादुर देउवा पनि माफियासँग मिलेर अर्को मेडिकल कलेजलाई सम्बन्धन दिनुपर्छ भन्ने पक्षमा छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेता राजनेता मनमोहन अधिकारीको नाम बिक्री गरेर निजी सम्पत्ति कमाउनेलाई सम्बन्धन दिनुपर्छ भनेर लागिपरेका छन् । यी सबै मिलेर ऐन आउन दिएका छैनन् । संविधान समाजवादउन्मुख भए पनि दलहरु त्यसको विरोधमा छन् । यी सबै माफियासँग मिलेर व्यापार गरेका छन् ।
सरकारी मेडिकल कलेज खोल भनेर हामीले भन्दा पनि उनीहरुले भन्नुपर्ने हो । यो अवस्थाको अन्त्यका लागि पटक पटक लड्नुपरेको छ । यीनै नेताहरुले अर्बौं कमाउन सरकारी मेडिकल कलेज रोकेका छन् । दाङमा पहिले नै खोल्ने भनिएको थियो । तर, निजी मेडिकल कलेज खोल्न दौडधुप गरेर त्यहाँ खोल्न नदिने षडयन्त्र गरियो ।
त्यहाँ मेडिकल कलेज भएको भए गरिबका छोराछोरीले पनि पढ्न पाउने थिए । म दाङमा सत्याग्रहमा बसेर तिमीहरुले देश लुटेका छौ, ऐन बन्न दिँदैनौ । यो ठाउँमा पहिले नै मेडिकल कलेज बन्नुपर्ने तर अहिलेसम्म किन बन्न सकेन भनेर भन्छु । त्यहीँ बसेर लड्छु। त्यहाँका जनतासँग ऐक्यवद्धता जनाउन पनि त्यहाँ गएर लड्न लागेको हुँ । म माग पूरा भएपछि मात्रै फर्किन्छु ।
सुशीला कार्की्विरुद्धको महाभियोग प्रस्ताव फिर्ता गर्नुपर्ने हुन्छ । यो देशमा जो भ्रष्ट छन् तिनैले जेहेन्दार र निर्भिक व्यक्तिलाई महाभियोग लगाउन लागिपरेका छन् । उनलाई महाभियोग लगाएर अब आउने न्यायाधीशलाई पनि तर्साउन लागिपरेका छन् । यो हुनै दिनुहुँदैन । सुशासन नष्ट हुन दिनुहुँदैन । मैले मेरो कर्तव्य बुझेर सत्याग्रहमा बस्न लागेको हुँ ।
बाह्रखरीबाट

दाङ, जेठ १२ । नेकपा एमालेले दाङका दुई उपमहानगरपालिकाका लागि उम्मेदवार चयन गरेको छ । लामो समयको पर्खाईपछि एमालेले घोराही उपमहानगरपालिकाको मेयरका लागि नरुलाल चौधरी र तुलसीपुर उपमहानगरपालिकाको घनश्याम पाण्डेलाई अगाडि सारेको हो ।
नेकपा एमालेको शुक्रबार बसेको स्थायी समितिको बैठकले दाङको घोराही र तुलसीपुर उपमहानगरपालिकाको उम्मेदवारका रुपमा चौधरी र पाण्डेको नाम टुंगो लगाएको हो । देशको अन्य क्षेत्रहरुमा जस्तै एमालेको लहर रहेको दाङका दुई उपमहानगरपालिकाको मेयरको उम्मेदवार को हुने भन्नेमा चर्चा रहदै आएको छ । घोराही उपमहानगरपालिकाको उपमयरका लागि सीता न्यौपाने र तुलसीपुर उपमहानगरपालिकाको उपमेयरका लागि माया आचार्यको नाम तय भएको छ ।
घोराही, जेठ १२ । नेकपा एमाले दाङले आफ्ना वडा अध्यक्षमाथि आक्रमण कांग्रेसको सुनियोजित र पराजित मानसिकता भएको टिप्पणी गरेको छ । एमालेले घोराही–५ धर्ना निवासी विवेक बुढाथोकीलाई कांग्रेसले पहिलेदेखि नै आक्रमणको निसाना बनाएको आरोप लगाउँदै पार्टीकोतर्फबाट उम्मेदवार बनेपछि उहाँलाई डर, त्रास, ज्यान मार्ने धम्की दिनुका साथै सुनियोजित प्रकारले आक्रमण गरेको बताएको एमाले दाङले बताएको हो ।
एमाले दाङका आर्थिक विभाग प्रमुख गेहेन्द्र बस्नेत र पार्टीका घोराही उपमहानगरपालिका ईञ्चार्ज विवेक श्रेष्ठले बुढाथोकी वडाध्यक्षको उम्मेदवार बनेपछि कांग्रेसले विभिन्न वहाना बनाएर गुन्डागर्दी र आपराधिक क्रियाकलापमा संलग्नहरुलाई प्रयोग गरेर उक्त घटना घटाएको बताउनुभयो । उहाँहरुले कांग्रेसी गुन्डाहरुले पेस्तोल, खुकुरी देखाएपछि भाग्दै होटेलभित्र पसेका बुढाथोकी माथि रड प्रहार गरिएको बताउनुभयो ।
गयराति ११ बजे धर्नाको वसन्तपुर चोकमा कांग्रेस कार्यकर्ताले बुढाथोकीलाई पेस्तोल देखाएर आक्रमण गरेको र आक्रमणबाट बुढाथोकीको खुट्टा भाँचिएको बताउनुभयो । ‘पछिल्लो समयमा स्थानीय तहको चुनावलाई लक्षित गरेर कांग्रेसले एमालेसँग रिस साँधेको हो, एमालेले जीत्ने डरले हाम्रो वडाध्यक्ष बुढाथोकीमाथि आक्रमण गरिएको हो’, इञ्चार्ज श्रेष्ठले थप्नुभयो, ‘उक्त घटनाको घोरभत्र्सना एवं बिरोध गर्दछौं । घटनाको सत्य तथ्य छानबिन गरी तत्काल दोषीलाई कडा भन्दा कडा कारबाही गर्न माग समेत गर्दछौं ।’
बुढाथोकीलाई वडाध्यक्षको टिकट दिए लगत्तै कांग्रेसले आपूm हार्ने डरले विभिन्न षड्यन्त्र गरी आपराधिक पृष्ठभुमिका व्यक्तिहरु प्रयोग गरे आक्रमण गर्ने योजना बनाएको र त्यसको श्रृङ्खलाबद्ध घटना बिहीबार राती घटाइएको एमाले नेताहरुको भनाई छ । ईञ्चार्ज श्रेष्ठका अनुसार घाइते बुढाथोकीको नेपालगञ्ज मेडिकल कलेज कोहोलपुरमा उपचार भइरहेको छ ।
यता प्रहरीले बुढाथोकीलाई आक्रमण गर्ने व्यक्तिहरुको पहिचान भइसकेको र खोजी कार्य जारी रहेको जनाएको छ । उनीहरु बस्ने सम्भावित स्थानहरुको पहिचान गरी प्रहरी खटाइएको समेत प्रहरीको भनाई छ ।
दाङ, जेठ १२ । नेकपा एमालेका उम्मेदवारमाथि दाङको घोराहीमा गोली प्रहरा गरिएको छ । घोराही उपमहानगरपालिका वडानम्वर ५ का एमालेका वडाध्यक्षका उम्मेदवार विवेक बुढाथोकीमाथि हिजो गोली प्रहार भएको हो ।
घोराही–५ मा गोली प्रहार गरिएको र भाग्दै होटेलभित्र पसेका बुढाथोकी माथि रड प्रहार गरिएको एमाले दाङले जनाएको छ । एमाले घोराही उपमहानगरपालिकाका ईञ्चार्ज विवेक श्रेष्ठले नेपाली कांग्रेस निकट नेविसंघका कार्यकर्ताहरुले उम्मेदवार बुढाथोकीमाथि आक्रमण गरेको भन्दै आक्रमणबाट बुढाथोकीको खुट्टा भाँचिएको बताउनुभयो । ईञ्चार्ज श्रेष्ठका अनुसार घाइते बुढाथोकीको नेपालगञ्ज मेडिकल कलेज कोहोलपुरमा उपचार भइरहेको छ ।

गणेश आचार्य,
तुलसीपुर, जेठ १२ । सिचाई मन्त्री दीपक गिरीले सांसद विकास कोषको र दुरुपयोग गरेको पाइएको छ । दोस्रो संविधानसभाको चुनावमा दाङ क्षेत्रनम्वर पाँचबाट प्रत्यक्ष निर्वाचित हुनुभएका मन्त्री गिरीले आफ्नो सांसद विकास कोषको रकम आफ्नै खेतमा बाटो बनाउन खर्च गरेको पाइएको हो ।
जिल्ला विकास समिति दाङबाट प्राप्त खर्च विवरण अनुसार गिरीले साविकको हेकुली–९ सुकदेवामा नयाँ बाटो निर्माणमा बजेट विनियोजन गरेको उल्लेख छ । जिविसको रेकर्ड अनुसार मन्त्री गिरीको सांसद विकास कोषबाट जुरपनिया–सुकदेवा सडक निर्माणमा शीर्षकमा २ लाख ८८ हजार रुपैया भुक्तानी गरिएको उल्लेख छ ।
उपभोक्ता समितिका अध्यक्ष सिताराम चौधरीका अनुसार सांसद विकास कोषको रकमले त्यहाँ बीच खेतबाट १ हजार १ सय मिटर लामो बाटो खोलिएको छ । स्थानीय कृष्ण चौधरीका अनुसार बाटो खोलिएको ठाउँमा मन्त्री गिरीकै परिवारको जग्गा नै धेरै छ । त्यहाँ करिव २६ विगाहा जग्गा गिरी परिवारको रहेको उहाँले जानकारी दिनुभयो ।
मन्त्री गिरीको खेतमा बनाइएको उक्त बाटो गोल्टाकुरीको झुलुङ्गे पुलसम्म छ । त्यो बाटो स्थानीय कसैले पनि प्रयोग गर्दैनन् । गिरी परिवारको जग्गा धेरै भएकाले घडेरीका रुपमा बेच्नका लागि बीच खेतबाट बाटो खोलिएको स्थानीय श्यामकुमार चौधरी बताउनुहुन्छ । समाचार गणतन्त्र दैनिकले छापेको छ ।
नवीन अभिलाषी
दाङ, जेठ ११ । दाङको घोराहीमा अहिले दैनिक ६ लाख लिटर खानेपानी अपुग हुँदै आएको छ । खानेपानीको स्रोतको तुलनामा पछिल्लो समय जनसंख्याको बृद्धिका कारण अहिले घोराहीमा दैनिक ६ लाख लिटर खानेपानीको समस्या हुँदै आएको घोराही खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले बताएको छ ।
घोराहीमा पछिल्लो १० वर्षमा जनसंख्या बृद्धि अत्यधिक बढेको, वन जंगलहरु मासिदै गएको र खोलाहरुमा भइरहेको उत्खनन्का कारण पानीका स्रोतहरुमा असर परेकाले पानी स्रोतहरु खोज्नु पर्ने देखिएको घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष देवीबहादुर डिसीले बताउनुभयो । अहिले वजार ईलाकाहरु मध्य माथिल्लो भरतपुर, पुरानो वसपार्क, झिँगौरा, शान्तिसुधा विद्यालयको पछाडि लगायतका केहि स्थानमा खानेपानीको समस्या रहेको छ । ती क्षेत्रहरुमा सामान्य रुपमा पानी वितरण गरिएको भए पनि त्यहाँका सम्पूर्ण उपभोक्ताहरुलाई सहजै रुपले दैनिक क्रियाकलाप गर्न पुग्ने गरी पानी वितरण गर्न नसकिएको संस्थाका अध्यक्ष डिसीले बताउनुभयो ।
अहिले संस्थाले दैनिक ३४ लाख लिटर खानेपानी वितरण गर्दै आएको छ । ५ हजार ५ सय ५० वटा निजी धारा र ३३ वटा सामुदायीक धारामार्फत् ५२ हजार भन्दा बढि जनसंख्यालाई पानी खुवाउँदै आएको संस्थाले अपुग रहदै आएको पानीको आपुर्तिका लागि ठूला आयोजनाहरु निर्माणको कामलाई तीब्रता दिँदै आएको छ । एशियाली विकास बैंकको सहयोगमा संस्थाले सञ्चालन गरेको कार्यक्रमअन्तर्गत केहि आयोजनाहरु अहिले अन्तिम चरणमा रहेको पनि संस्थाले बताएको छ ।
एशियाली विकास बैंकको ७० प्रतिशत र उपभोक्ताहरुको ३० प्रतिशत लगानीमा निर्माण सुरु गरिएको आयोजनाको कुल लागत करिव ७ करोड रुपैया रहेको छ । ३० प्रतिशत उपभोक्ताको लगानीअन्तर्गत ५ प्रतिशत संस्थाले बेहोरेको छ, भने बाँकी २५ प्रतिशत नागरिक लगानी कोषमार्फत् कार्यक्रम सञ्चालन भएको संस्थाका सचिव सुमन शर्माले जानकारी दिनुभयो ।
अपुग पानीको परिपुर्तिको लागि संस्थाले अहिले बोरिङ निर्माण, ट्यांकी निर्माणको कामलाई अगाडि बढाइरहेको बताएको छ । अहिले ४ वटा बोरिङ खन्ने काम भइरहेको छ भने एउटा होभरहेड ट्यांकीको निर्माण कार्य जारी रहेको छ । त्यस्तै दुई वटा रिजर्भ ट्यांकीको काम पनि सुरु गरिएको छ । यी आयोजनाहरुको काम अबको ६ महिनाभित्र सकिने संस्थाले बताएको छ ।
संस्थाले बुधबार कार्यालयमै एक कार्यक्रमको आयोजना गरी संस्थाले गरेका कामहरुको बारेमा पत्रकारहरुलाई जानकारी दिइएको छ । संस्थाका अध्यक्ष देविबहादुर डिसीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाले अहिलेसम्म गरेका कामहरुको बारेमा जानकारी दिएको हो । संस्थाले गुलरिया, विकासनगर टोल, प्रहरी बोर्डिङ स्कुल गुलरियाको उत्तरतर्फ र मेरिगोल्ड स्कुल नजिकै बोरिङ निर्माण गरिएको र त्यसको अन्तिम तयारी भइरहेको जनाएको हो । यस्तै गुलरियामा ४ सय ५० घनमिटर अर्थात ४ लाख पचास हजार लिटर क्षमताको ओभरहेड ट्यांकी निर्माण भइरहेको संस्थाका कोषाध्यक्ष ध्रुव केसीले जानकारी दिनुभयो ।
संस्थाले घोराहीका विभिन्न स्थानमा पाइप बिछ्याउने कामलाई पनि निरन्तरता दिँदै आएको छ । स्वर्गद्वारी रेडियोको दक्षिणबाट पूर्वतर्फको विपी चोकसम्म ५ सय मिटर नयाँ पाइप बिछ्याइएको छ । जसबाट माथिल्लो भरतपुर र शंकरनगर टोलमा पानी बितरणमा सहज हुने अपेक्षा गरिएको छ । यस्तै विभिन्न साइजका पाइपहरु आएको र उपभोक्ताहरुको माग अनुसार पाईपहरु ल्याइने बताएको छ ।
नयाँ पाइपहरु आएपछि करिव ३० देखि ३५ टोलमा नयाँ पाइपहरु बिच्छ्याउने संस्थाले लक्ष्य राखेको छ । यहि आर्थिक वर्षभित्रमा सम्पूर्ण पाइपहरु बिछ्याएर उपभोक्ताको माग पुरा गर्ने योजना रहेको संस्थाले बताएको छ । साथै विभिन्न सञ्चार माध्यमहरुमा कार्यरत पत्रकारहरुलाई स्थलगत अवलोकन गराउँदै संस्थाले अब केहि महिनापछि उपभोक्तालाई सहज रुपले खानेपानी आपूर्ति गर्नका लागि भइरहेका कामहरुको बारेमा जानकारी दिएको छ । खानेपानी आयोजनाअन्तर्गत सञ्चालन भइरहेका कामहरुको बारेमा अवलोकन गराउँदै अबको केहि महिनापछि घोराहीमा हुँदै आएको खानेपानीको अपुगलाई हटाउने संस्थाका सचिव शर्माले जानकारी दिनुभयो ।
सडकले गरेन समन्वय
घोराहीको रतनपुर चोकदेखि दक्षिणतर्फको सडक निर्माण गर्ने क्रममा खानेपानीको पाइपलाई व्यवस्थापन गर्न समस्या देखिएको छ । सडक निर्माण गर्ने निकायले आफूहरुसँग समन्वय नगरी सडक खन्दा बिछ्याइएको खानेपानीको पाइपलाई व्यवस्थापन गर्न नसकिएको घोराही खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले बताएको छ । खानेपानीको पाइप भन्दा गहिरो हुने गरी सडक खनेर ह्युमपाइप बिछ्याउन खोज्दा खानेपानीको पाइप निकाल्न पनि नमिल्ने र त्यहि राख्न पनि नमिल्ने अवस्था रहेको छ । त्यसको व्यवस्थापनका लागि सडक आफैले काम गर्न नसक्ने जानकारी गराएको छ, भने यता खानेपानी संस्थाले पनि बजेटका कारण काम गर्न नसकेको बताएको छ ।

दीपक वली,
घोराही, जेठ १० । घोराही उपहानगरपालिका वडानम्वर–१ स्थित चरिङ्गे दह नमुना पर्यटकीय क्षेत्र बन्न थालेको छ । घोराहीबाट करीव ७ किलोमिटर दुरीमा पूर्वतर्फ यो दह रहेको छ ।
दह पत्ता लागेदेखि नै चरिङ्गा जातको माछा पाइने र प्राकृतिक तालका रुपमा परिचित रहदै आएको छ । चरिङ्गे दह दाङ जिल्लाको चुरे श्रृङ्खलाको ऐतिहासिक स्थल पनि हो । त्यो दहको उत्तरतर्फ पर्यटकीय स्थलका रुपमा सीता गुफा पनि छ । २०५२ सालमा स्थापना भएको ताल सानो रुपमा देखिएको थियो र माथिबाट पहिरो खसेर पुरिने अवस्थामा गएपछि त्यसलाई संरक्षण गर्नका लागि सञ्चालक समितिले डोजर प्रयोग गरेर त्यसलाई ठूलो बनाइएको छ ।
तालदेखि करिव २ किलोमिटरको दुरीमा त्यो गुफाभित्र ढुङ्गाको बीचमा गाईका थुनको आकार पनि देख्न सकिन्छ । यस ठाउँमा पुगेपछि ऐतिहासिक अध्ययनका धेरै कुराहरु देख्न सकिन्छ । ताल सँगसँगै मन्दिर, गुफा जस्ता धार्मिक तथा पर्यटकीय स्थलहरु पनि रहेको छ । दहको उत्तर तर्फ ठाटिकोट भन्ने ठाउँ छ । त्यो ठाटिकोटबाट सगरमाथा सिमेन्ट उद्योग र रामपुर बुका भन्ने गाउँको समथर भागहरु अवलोकन गर्न सकिन्छ ।
त्यस दहमा पर्यटकहरुका लागि बस्ने तथा खाने होटल रेष्टुरेन्ट तथा होमस्टेको कमी रहेको र त्यसको विकास गर्न आर्थिकको कमिकै कारण गर्न नसकियको पनि सञ्चालक समितिका अध्यक्ष अनन्तबहादुर पाण्डेले बताउनुभयो । त्यस क्षेत्रमा होमस्टे तथा लजहरुको सञ्चालन गर्न सके झनै त्यसको प्रचारप्रसारमा सहयोग पुग्ने पनि अध्यक्ष पाण्डेको भनाई रहेको छ । विषेश गरी यो ठाउँमा असोज महिनादेखि फाल्गुन महिनासम्म पर्यटकहरुको भिड लाग्ने पनि उहाँले बताउनुभयो । त्यो ठाउँ पिकनिक स्पोट भएको कारणले गर्दा पिकनिक खानका लागि सबैको केन्द्रबिन्दु बनेको छ ।
उक्त दहको संरक्षणका लागि सरकारले पनि प्रत्येक वर्ष बजेट पनि दिने गरेको छ । २०७२ सालमा वन कार्यालयले चार लाख बजेट दिएको थियो । त्यो बजेट पनि ताल व्यवस्थितका लागि खर्च भएको छ । पर्यटन बोर्डले गतवर्ष पनि पाँच लाख रुपैया बजेट दिएको थियो । त्यो बजेटले दहको किनारा, पर्खाल तथा सिडी बनाउने काम गरिएको छ र यो वर्ष पनि पाँचै लाखको बजेट पर्यटन बोर्डले उक्त चरिङ्गे दहको विकासका लागि छुट्याएको छ ।
चरिङ्गे दहको दक्षिणतर्फ आधा घण्टा हिडेपछि सिमलतारा, बुका भन्ने गाँउ भेटिन्छ । त्यहाँ करिव २२० घरधुरीका मान्छे बसोबास गर्ने गर्दछन् । चरीङ्गे दहको संरक्षण र सम्बद्र्धन गर्न ती घरधुरीमध्येका समाजसेवीहरुले ठूलो योगदान गरिरहेका छन् । त्यो ताल प्राकृतिक ताल भएको र कहिल्यै पनि त्यहाँको पानी सुक्दैन र पानी नसुकेकै कारण त्यहाँ रहेका २ सय २० घरधुरीको जीविकोपार्जन तथा सिचाई हुने गरेको छ । वर्षेबाली मात्र नभएर हिउँदे बालीलगायत तरकारी फलफूलहरुमा पनि त्यस तालको पानीले सिचाई पुग्ने गरेको पनि स्थानीयहरु बताउँछन् ।
त्यतिमात्र नभएर त्यो तालमा एघार हजार माछा पनि पालन गरिएको छ । अहिले त्यहाँ एघार हजार माछा पालिएको छ । त्यसको रेखदेखको लागि एक जना चौकिदार पनि राखिएको छ । यस्तै विविध कारणले गर्दा त्यो ताल पर्यटकको आकर्षक मात्र नभएर त्यहाँका स्थानीयबासीको आयआजर्नको रुपमा पनि देखिने गरेको छ । अहिले देउखुरी क्षेत्र, पश्चिम पुरन्धारा हापुरेलगायतका ठाउँहरु र स्थानीय स्तरबाट पर्यटकहरु आउने गर्दछन् ।
चरिङ्गे दह पर्यटन विकास प्रतिष्ठान गठन गरेर नै उनीहरुले यो ठाउँलाई पर्यटकीय गन्तव्य बनाउन लागिपरेका छन् । अत्यन्तै रमणीय वातावरण चारैतिर जङ्गलै जङ्गल हरियाली छायाको सौन्दर्यले भरिपूर्ण दह क्षेत्रमा चिसो हावा चल्ने र शान्त वातावरण भएकाले पनि पर्यटकहरुको गन्तव्य बन्ने गरेको छ ।

दाङ, जेठ ९ ।
दाङको उत्तर–दक्षिण भएर बग्ने दुई दर्जन बढी खोलाहरु अहिले सुख्खा छन् । वर्षाको समयमा सडकखण्ड नै अवरुद्ध हुने गरी उर्लिने यी खोलाहरु अहिले मरुभूमि जस्तो देखिन्छन् । दश÷बाह्र वर्ष पहिले बाह्रै महिना बग्ने खोलाहरु बिस्तारै सुक्दै गएका छन् । खानेपानी तथा सिंचाईका लागि वर्षौंदेखि प्रयोग हँुदै आएको पानीको सतह भासिदै जान थालेपछि दाङ मरुभूमिकरण बन्न थालेको छ ।
जिल्लाको पानीको स्रोतका रुपमा रहेका यहाँका खोला तथा नदीहरु नै सुक्न थालेपछि स्रोत बचाउन चुनौति थपिएको छ । हरित जिल्लाका रुपमा विकास गर्नुपर्छ भन्ने अवधारणाको विकास भइरहेको जिल्लामा पछिल्लो पटक अव्यवस्थित रुपमा सञ्चालनमा आएका उद्योग, कलकारखानाहरुका कारण पनि पानीको स्रोत बचाउन समस्या भइरहेको जानकारहरु बताउँछन् ।
राप्ती र बबई नदी जिल्लाका दुई प्रमुख नदीहरु हुन् भने मुख्य खोलाहरुमा वौलाहा खोला, गहते खोला, पातुखोला, काला खोला, ग्वार खोला, पत्रे खोला, हापुर खोला, गुर्जे खोला, सेवार खोला, कटुवा खोला, सिस्ने खोला मुसोट खोला, अर्जुन खोला हुन् । तर, अहिले दुई चार खोलाहरु छोडेर सबै खोलाहरु सुकेर गएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका ईञ्जिनियर तिलक न्यौपानेले बताउनुभयो ।
त्यस्तै दाङलाई सिञ्चित बनाई राख्ने ताल तलैयाहरु पनि हुन् । तर, पछिल्लो समय यस्ता तालहरु पनि क्रमशः सुक्दै जान थालेपछि यसले जिल्लाको जैविक विविधतामा पार्ने प्रभावको समेत चिन्ता गर्न थालिएको छ । जिल्लाका जखेरा ताल, बाह्रकुने ताल रिहार, चरिङ्गे दह, सिमी छहरा, छहरा, पुरन्धारा जस्ता पानीका स्रोत तथा स्थानहरुमा पानीको मात्रा कम देखिन थालेको छ ।
वर्षातको समयमा मात्र पानी देख्न पाइने त्यो भन्दा अन्य समयमा सुख्खा रहदा दाङ मरुभूमि बन्ने खतरा बढ्दै गएको नागरिक समाज दाङका सचिव चन्द्रराज पन्तले जानकारी दिनुभयो । पानीका स्रोतहरुको विनासका कारण जाँदा मानिसहरुको स्वच्छ पानीमाथिको पहुँच गुम्दै गएको उहाँको भनाई छ । जिल्लामा अहिले पनि धेरै घरपरिवारहरु कुवा, ईनारको पानीमा निर्भर छन् । तर, पानीको सतह भाँसिदै गएपछि गर्मी मौसममा पानीको हाहाकार बढेको छ । बस्तीको बीचमा उद्योगहरु सञ्चालन हुनु, खोला तथा नदीको मापदण्ड बिपरित उत्खनन् हुनु, वनजंगल मासिदै जानुले पानीका स्रोतहरु सुक्दै गएको खानेपानी डिभिजनका ईञ्जिनियर न्यौपानेले बताउनुभयो ।
पानीको मुहानका रुपमा रहेका खोलाहरुबा अत्यधिक मात्रामा ढुङगा, वालुवा उत्खनन र दोहन भएकै कारण पानीको सतह भासिएको उहाले बताउनुभयो । दाङ सुक्नुको कारण धेरै भए पनि त्यसको प्रमुख कारण भनेको खोलाहरु उत्खनन् नै भएको उहाँको भनाई छ । खोलाहरुबाट ढुंगाजन्यबस्तुहरु उत्खनन गर्न अपनाउनु पर्ने निश्चित मापदण्ड अवलम्वन गर्न नसक्दा दाङको जैविक अस्तित्व संकटमा पर्न थालेको जानकार बताउँछन् । उत्खनन्का कारण चुरे समेत संकटमा परेको छ । पछिल्ला केहि वर्ष यता चुरेको रुखहरु मासिएर नांगो डाँडामा परिणत भएका छन । जस्लाई हेर्दा केहि वर्षमै ती पहाडहरु खण्डहरका रुपमा रहनेछन् ।
अहिले सहरी क्षेत्रको भौतिक विकास र औद्योगीक कलकारखानाको अव्यवस्थित स्थापना तथा सञ्चालन गर्दा त्यसको असर जंंगल क्षेत्रमा परेको छ । त्यसमाथि दाङ जिल्ला सिमेन्ट उद्योगको हव बन्न थालेको छ । महाभारत पर्वतमा रहेको चुुुनढुुंगा खानीलाई केन्द्र बनाएर दाङलाई सिमेन्ट उद्योगको हव बनाउन थालिएको छ । जिल्लाका उद्योगीहरु समेत दाङ जिल्लालाई सिमेन्टको उद्योगको हव बनाउने केहि उद्योग मन्त्रालयमा समेत सिफारिस गरिएको खुल्न आएको छ ।
दाङ सिमेन्ट इन्डस्ट्रिजले पुरन्धाराको हापुरेमा, सोनापुर सिमेन्ट उद्योग प्रालिले दुधरासमा, घोराही सिमेन्ट उद्योग प्रालिले लक्ष्मीपुरको गोग्लीमा, सम्राट सिमेन्ट कम्पनी प्रालिले देउखुरीको सतवरियामा र रोल्पा सिमेन्ट प्रालिले दाङलाई केन्द्र मानेर रोल्पाको बुढागाउँ काउलेचौरबाट सिमेन्ट उत्पादन गरिरहेका छन् । यसरी जथाभावी रुपमा सिमेन्ट उद्योगहरु सञ्चालनमा आउँदा यसले डरलाग्दो खतरा निम्त्याइरहेको सिमेन्ट उद्योग क्षेत्र प्रभावितहरुले गुनासो गर्दै आएका छन् । दाङको उत्तर क्षेत्रमा रहेको महाभारत पर्वतहरुबाट जथाभावी रुपमा चुनढुङगा निकाल्दा पानीका मुहानहरु सुक्ने र दाङ मरुभूमि हुने सम्भावना बढेको छ । चुनढुङ्गा खानी खानेपानीको स्रोत भएकाले जिल्लामा पानीको सा्रेत बचाउन चुनढुंगा बचाउनुपर्ने सरोकारवालाहरुले माग राख्दै आएका छन् ।
त्यसो त जिल्लामा रहेका पानीका मुहानहरुको संरक्षणका लागि खास पहल भएको पाइदैन । सरकारी योजनामा पनि अहिले पानीका मुहान तथा स्रोतको संरक्षणका लागि कुनै कार्यक्रमहरु छैनन् । तर, पानीको आपुर्तिका लागि बैकल्पीक योजनाहरु भने जिल्लामा सञ्चालनमा छन् । त्यस्तै जिल्लामा सिंचाई तथा खानेपानीका लागि उच्च जलाशयको अवधारणा समेत अगाडि सारिएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले बताउँछन् । तुलसीपुरको पातुखोला, ग्वार खोला र घोराही नजिकैको कटुवा खोलामा उच्च जलाशय निर्माण गरी पानीको संकलन तथा सिंचाईका लागि त्यसलाई प्रयोग गर्ने गरी कार्यक्रमहरु अगाडि बढेका छन् ।

दाङ, जेठ ८ । दाङमा दो स्रो चरणको स्थानीय तहको निर्वाचनबाट पाँच सय २० जना जनप्रतिनिधिहरु चुनिदै छन् । जनताको घरदै लाको रुपमा रहने स्थानीय तहको निर्वाचनमा जिल्लाका दुई उपमहानगरपालिका, एक नगरपालिकासहित सात गाउँपालिकाहरुमा पाँच सय २० जना जनप्रतिनिधि चयन हुन थाले को जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
संघीय संरचनासहित नयाँ स्थानीय तहमा उपमहानगरपालिका र नगरपालिकामा मे यर र उपमे यर तथा गाउँपालिकाहरुमा अध्यक्ष र उपाध्यक्षसहित जिल्लाका एक सय वडाबाट प्रत्ये क वडाहरुमा अध्यक्ष र उपाध्यक्ष, महिला सदस्य, दलित महिला सदस् यसहित दुईजना, खुला सदस् यलगायत गरी पाँच सय २० जना जनप्रतिनिधि दो स्रो चरणको निर्वाचनअन्तर्गत जे ठ ३१ गते चयन हुने जिल्ला निर्वाचन कार्यालयका प्रमुख विजयकुमार कार्कीले बताउनुभयो ।
जसमा घो राही उपमहानगरपालिकामा ९७, तुलसीपुर उपमहानगरपालिकामा ९७, लमही नगरपालिकामा ४७, बंगलाचुली गाउँपालिकामा ४२, दंगीशरण गाउँपालिकामा ३७, शान्तिनगरपालिकामा ३७, बबई गाउँपालिकामा ३७, राप्ती गाउँपालिकामा ४७, गढवा गाउँपालिकामा ४२ र राजपुर गाउँपालिकामा ३७ जना जनप्रतिनिधिहरु चयन हुने कार्कीले जानकारी दिनुभयो । त्यस्तै दलित वा अल्पसंख्यक समुदायबाट गाउँ/नगरकार्यपालिकाका लागि गाउँसभा वा नगरसभाले उपमहागरपालिका र नगरपालिकाबाट तीन/तीन जना र प्रत्ये क गाउँपालिकाबाट दुईजनाका दरले २३ जना चयन हुने प्रमुख कार्कीले जानकारी गराउनुभयो ।
निर्वाचनमा जनताको भो ट खे र जान नदिन मतदाता शिक्षालाई गाउँ–गाउँसम्म प्रभावकारीरुपमा सञ्चालन गर्दै सचे तना फै लाउनुपर्ने बताउनुभयो । त्यस्तै कार्कीले उम्मे दवारको मनो नयन दर्ता जे ठ १९ गते हुने बताउनुभयो । मनो नयनदर्तासँगै उम्मे दवारको बिरो धमा उजरी २० गते , मनो नयनपत्र जाँच २२ गते , मनो नयन भएको उम्मे दवारको नामावली प्रकाशन गर्ने २१ गते , उम्मे दवारले नाम फिर्ता लिने २१ गते , उम्मे दवारको अन्तिम नामावली प्रकाशन र उम्मे दवारलाई निर्वाचन चिन्ह २२ गते दिइने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । दाङमा दुई लाख ९१ हजार एक सय ७३ जना मतदाता रहे को कार्यालयले जानकारी दिएको छ । जसमा पुरुष एक लाख ४३ हजार चार सय ५४, महिला एक लाख ४७ हजार चार सय १७ जना र ते स्रो लिंगी दुईजना रहे को कार्यालय प्रमुख कार्कीले बताउनुभयो ।
जिल्लामा एक सय ५१ मतदान के न्द्र
जिल्लामा स्थानीय तह निर्वाचनका लागि एक सय ५१ मतदान के न्द्रहरु रहने भएका छन् । जिल्ला निर्वाचन कार्यालय दाङका अनुसार जिल्लाका दश स् थानीय तहमा एक सय ५१ मतदान स्थल र तीन सय ५१ मतदाता के न्द्र रहे को जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जसअन्तर्गत घो राही उपमहानगरपालिकामा ३९ मतदान स्थल र ९४ मतदान के न्द्र, तुलसीपुर उपमहानगरपालिकामा ३३ मतदान स्थल र ८८ मतदान के न्द्र, लमही नगरपालिकामा १३ मतदान स्थल र २९ मतदान के न्द्र रहने भएका छन । त्यसै गरी गाउँपालिकातर्फ बंगलामुखी गाउँपालिकामा ११ मतदान स्थल र १८ मतदान के न्द्र, दंगीशरण गाउँपालिकामा आठ मतदान स्थल र १६ मतदान के न्द्र, शान्तिनगर गाउँपालिकामा नौ मतदान स्थल र १९ मतदान के न्द्र, बबई गाउँपालिकामा दश मतदान स्थल र २१ मतदान के न्द्र, राप्ती गाउँपालिकामा दश मतदान स्थल र २६ मतदान के न्द्र, गढवा गाउँपालिकामा दश मतदान स्थल र २५ मतदान के न्द्र र राजपुर गाउँपालिकामा आठ मतदान स्थल र १५ मतदान के न्द्र रहे को जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
यसै बीच जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले निर्वाचन आचारसंहिताको सूक्ष्म अध्ययन भइरहे को बताउनुभएको छ । समाचार नयाँ युगबोध दैनिकले छापेको छ ।
काठमाडौं, जेठ ७ । पहिलो चरण निर्वाचनको मतगणनाबाट एमाले अग्रस्थानमा देखिएको छ । एमालेले हालसम्म १ सय १० स्थानमा कब्जा जमाएको छ भने दोस्रो स्थानमा रहेको कांग्रेस १ सय तहमा विजयी भएको छ । माओवादी केन्द्रले भने ४६ स्थानमा मात्र जित हासिल गरेको छ ।
संविधानसभा निर्वाचनमा राम्रो नतिजा ल्याएको राप्रपा स्थानीय तहमा भने खस्केको छ । राप्रपाले एक स्थानमा मात्र प्रमुख पद जित्न सकेको छ । माओवादी केन्द्रबाट अलग भई नयाँ शक्ति गठन गरेका डा. बाबुराम भट्टराईको पार्टीले पनि एक स्थानमा मात्र प्रमुख पदमा जित हातपारेको छ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
काठमाडौं, ललितपुर, भरतपुर र पोखरा महानगरपालिकामा मतगणना जारी छ । सुस्त गतिमा मतगणना भइरहेका ती चारवटै महानगरपालिका बेलाबखत दलका प्रतिनिधिबीचको विवादले झन् ढिलाइ भइरहेको निर्वाचन आयोगका पदाधिकारी बताउँछन् । हेटौंडा उपमहानरपालिकामा पनि मतगणना जारी छ ।
पहिलो चरणको सम्पूर्ण नतिजा नआउँदै निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनको तयारी थालिसकेको छ । दोस्रो चरणको निर्वाचनको सुरक्षा रणनीतिबारे शनिबार आयोगमा आयोग पदाधिकारी र सुरक्षा अंगका प्रमुखबीच छलफल भएको थियो ।
‘पहिलो चरणको निर्वाचनका क्रममा देखिएका कमीकमजोरीबाट पाठ सिकेर दोस्रो चरणको निर्वाचनको सुरक्षा अवस्था थप बलियो बनाउने विषयमा छलफल भएको छ’, आयुक्त दाहालले भन्नुभयो।

दाङ, जेठ ६ । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले प्रजातन्त्रसँग कांग्रेसको कुनै साइनो नभएको दावी गर्नुभएको छ । दङाली कम्यूनिष्ट आन्दोलनका धरोहर नेत्रलाल अभागीको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत हरनुभएका नेपालले भन्नुभयो, ‘नेपाली कांग्रेसले प्रजातान्त्रिक, समाजवाद बिर्सिसक्यो । आफ्नो नीति बिर्सिएर सत्ताका लागि माओवादीसँग गला जोड्दा देशभरका कार्यकर्ताहरुमा निरासा छाएको छ । कांग्रेससँग अब प्रजातन्त्रको कुनै साइनो बाँकी छैन ।’
अन्य दिनभन्दा फरक तरिकाले प्रस्तुत हुनुभएका नेता नेपालले बोलेका महत्वपूर्ण प्रसंगहरु-
१–माओवादी पार्टी डष्टविनमा फाल्ने स्थितिमा पुग्यो ।
२–बूढो रुख अब ढल्दैछ ।
३–प्रचण्डको हालत कस्तो भइरहेको छ भरतपुरको मत सार्वजनिक भएपछि थाहा हुन्छ ।
४–जनता एमालेको साथमा छन् भन्ने कुरा सिधा स्पष्ट भइसक्यो ।
५–काठमाडौँ जाग्दा देश जाग्छ, अब देश जगाउने जिम्मेवारी एमालेको काँधमा आएको छ ।

दाङ, जेठ ६ । नारायणप्रसाद शर्मा र नेत्रलाल अभागी दाङको कम्युनिष्ट आन्दोलनका जुझारु पात्र हुन् । तर, यी दुई बीच कहिल्यै मित्रता देखिएन, यहाँसम्म कि एकले अर्काको कामप्रति सन्तुष्ट जनाउने ठाउँ देख्दैनन् ।
यहि बीचमा नेत्रलाल अभागीले लेखेको कविता हो ‘एउटा चिठी गुन्यूको नाता पर्ने दाइलाई’ शीर्षकको कविता र यो कविता नेत्रलाल अभागी र नारायणप्रसाद शर्मा बीचको आन्तरिक द्वन्द्व देखाउने एउटा झिल्को हो । नारायण गुरुका साली नाता पर्ने विष्णु पौडेलसँग नेत्रलाल अभागीले विवाह गरेका थिए । श्रीमती तर्फबाट नाता पर्ने नारायण गुरुप्रति लक्षित गर्दै अभागीले लेखेको यो लामै कविता हो । यो कविता चर्चित कविता संग्रह ‘सतिसाल मात्र ठिंग उभिन सक्छ’ मा संग्रहित छ । नेत्रलाल पौडेल ‘अभागी’को जीवनको सबैभन्दा महत्वपूर्ण पाटो राजनीतिक जीवन हो । यति हुदाँहुदै पनि अभागीको साहित्यिक क्षेत्रमा समेत महत्वपूर्ण योगदान छ ।
वि.सं. २००१ पुस २७ गते दाङ जिल्लाको धर्ना गाविस वडा नं. २ सिसैपुर गाउँमा जन्मिएका नेत्रलाल पौडेलसँग नारायणप्रसाद शर्माको भेट भने धेरै पछि भयो । २०१७ सालतिर भरतपुरमा रहेको विद्यालयका हेडमास्टर थिए रामसुरत झा । उनले विद्यार्थीहरुलाई हेपाहा प्रवृत्ती देखाउने गरेको त्यस समयका विद्यार्थीहरुको आरोप मात्र थिएन हेडमास्टरलाई निकाल्नुपर्छ भन्ने आन्दोलन समेत चलाइरहेका थिए । त्यो आन्दोलनमा काम गरिरहेका नारायणप्रसाद शर्मासहित केहि विद्यार्थीहरु निस्कासनमा पनि परे । त्यसको प्रतिवाद स्वरुप फेरि आन्दोलन गर्दा नारायण गुरु जेल परे । त्यसको तीन वर्षपछि २०२० साल साउनमा छुटे पनि मात्र नारायण गुरु र नेत्रलाल अभागीको भेट भएको थियो । विद्यालयमा भएको त्यो चर्चित विद्यार्थी आन्दोलनको समयसम्म नेत्रलाल गुमनाम थिए । त्यो समय नेत्रलाल मौन थिए । त्यो आन्दोलनमा कुनै पक्षता देखाएका थिएनन् अभागीले ।
नारायण गुरुको भनाईमा त्यसपछि मात्रै अभागी राजनीतिमा आएका हुन् । ‘अभागी अत्यन्तै कमजोर आर्थिक अवस्थाबाट अगाडि आएका हुन् । उनले धेरै दुःख गरेर पढेका हुन् । २०२२ सालतिर जस्तो लाग्छ बी.ए. अनर्सको अध्ययन पुरा गरेपछि उनी बढी बढि चर्चामा आए’, घोराही काठेकोहोलस्थित आफ्नै निवासमा कुरा गर्दै नारायण गुरुले बताए, ‘अभागी मेरो नातेदार हुन् । उनलाई मेरो सालीसँग विवाह गराईदिने, व्यवस्थापन गर्ने काम मैले नै गरेको थिएँ ।’
वि.सं. २०२३ बाट नेत्रलालले शिक्षण पेसा सुरु गरे । अभागीले शिक्षण पेसा मात्र सुरु गरेनन् । राजनीति जीवन पनि सँगसँगै सुरु गरे । एक किसिमले अभागीको राजनीतिक जीवन र मावि नारायणपुरमा शिक्षण पेसा एकै साथ चल्यो । वि.सं. २०२३ मा केन्द्रको पुष्पलाल समूह निकट रहेर अर्घाखाँची र गुल्मीको संयुक्त प्र.ने.क.पा. जिल्ला कमिटीमा रही काम गर्ने क्रममा उनले वि.सं. २०२३ मा नै कम्युनिष्ट पार्टीको गौरवपूर्ण सदस्यता प्राप्त गरेका हुन् । उनी पार्टी सदस्य बनेपछि त्यहाँ सङ्गठित भएर काम गर्न थाले । यस क्रममा उनले शिक्षण, राजनीति र साहित्य तीनै क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरे । यहि बीचबाट नारायण गुरु र नेत्रलाल अभागी विचको सम्बन्धमा फाटो देखिन सुरु भएको हो ।
‘नेत्रलाल अभागी जागिरे थिए । तर, उनी जागीरे भन्दा पनि बढि राजनीतिक रुपमा सक्रिय देखिन थाले’, गुरु बताउँछन्, ‘तर तत्कालिन प्रशासनलाई यो सह्य हुने कुरै थिएन । जस्ले गर्दा उनी प्रशासनको आँखामा परे ।’ त्यसपछि अभागी शिक्षण पेसामा आबद्ध रहिरहन सकेनन् । उनी भुमिगत भए । हिसाबले जम्माजम्मी ११ वर्ष भूमिगत कठोर राजनीतिक यात्रा उनको राजनीतिक जीवनको उत्कर्ष समय हो ।
गुरु सुनाउँछन्, ‘एक किसिमले भन्ने हो भने नेत्रलाल कमरेड चरम उग्रबामपन्थी थिए, म २०११ सालदेखि २०/२२ सालसम्म पनि चरम उग्रबामपन्थी नै थिएँ । जब म शालिन राजनीतितर्फ गए उनी उग्र बन्दै गए ।’ यहि विषयलाई नारायण गुरुले आफूहरुको बीचमा नमिलेको पाटो सम्झन्छन् । भन्छन्, ‘हाम्रो विचार नै फरक भैसकेको थियो, त्यसपछिका दिनहरुमा म पत्रकारितासँग जोडिएपछि झन् मलाई विभिन्न आरोप लगाए ।’
नारायण गुरु घोराहीबाट प्रकाशनमा आउने नयाँ युगबोध पत्रिकाको जिम्मेवारीमा रहन थाले । उनी भन्छन्, ‘पत्रकारिताको मर्म अनुसार मैले सरकारको खुलेरै बिरोध गर्न सक्दैन थिएँल भने नेत्रलालले लिएको उग्र राजनीतिको खुलेरै सपोर्ट पनि गरेन । जसका कारण नेत्रलाल अभागीले मलाई सुधारवादी, संशोधनवादी जस्ता विशेषण प्रयोग गरेर आरोप लगाए ।’
नारायण गुरु विगत केलाउँदै थप्छन्, ‘त्यो समय पत्रिका मैले सुरुवात भर्खर गरेको थिएँ । पत्रिकालाई हुर्काउनु बाध्यता थियो भने पञ्चायत बिरुद्ध लेख्नु पनि कम साहसको विषय थिएन । एकातर्फ प्रशासनले दुःख दिन्थ्यो भने अर्कोतर्फ मलाई पञ्चायतको सपोर्ट गर्यो भनेर आरोप लगाउँथे ’, गुरु अगाडि भन्दै जान्छन्, ‘जसरी मैले जनयुद्धलाई खुलेर सपोर्ट गरिनँ र बिरोध पनि गरिनँ त्यसैगरी तत्कालिन नेकपा मालेले लिएको कदमलाई पनि मैले खुलेर सपोर्ट नगरेको हो ।’
वि.संं २०३१ मा भएको चौथो महाधिवेशन पश्चात् नेत्रलाल सुदूरपश्चिमको क्षेत्रीय ब्युरोको सदस्य बने । नेत्रलाल यसरी राजनीतिमा आउने क्रममा वि.सं. २०३० श्रावण २५ गतेदेखि पूर्णरूपमा राजनीतिक गतिविधिमा समर्पित हुन भूमिगत जीवनको यात्रा सुरु गरेका थिए । उनी वि.सं. २०३६ साउनमा नेकपा (माले) को केन्द्रीय सदस्य बने । वि.सं. २०३६ अषाढ ४ गतेदेखि दाङ जिल्लामा सुरु भएको आन्दोलनको नेतृत्व नेत्रलालले गरे ।
नेत्रलालको यस्तो आन्दोलन थियो कि वि.सं. २०३६ को दाङको किसान आन्दोलनको नेतृत्व गर्दै नेत्रलालले जमिन्दार, शोषक, सामन्तको भकारी फोडी किसानहरूलाई वितरण गर्थे । उनको नेतृत्वमा शोषकलाई मोसो दल्ने, ज्वालीमा नारी हल गोरु झैँ जोत्ने जस्ता जनकार्बाही पनि भए । उनले किसानहरूलाई सङ्गठित गराई मोही बेदखली विरुद्ध, सार्वजनिक जग्गामा जग्गाधनीको हस्तक्षेप बिरुद्ध किसान विद्रोह गराए । नेत्रलालले यसरी आन्दोलनमा आफू पनि प्रत्यक्ष सरिक भई र पीडित किसानहरूलाई पनि सहभागी गराई आपूm पनि अत्यन्त जनप्रिय बन्दै किसानहरूमा वर्गीय चेतना र राजनीतिक जागरण ल्याउने क्रान्तिकारी भूमिका निर्माण गरे । तर, यस्ता कामबाट आफू सधँै टाढा रहेको नारायण गुरु बताउँछन् । उनी भन्छन्, ‘उनको कामको सपोर्ट नगरेपछि उनले कवितामै घोचपेच गरे ।’
अहिले नारायण गुरु नेत्रलाल अभागीले त्यो समयमा लिएका नीति विचार तथा कार्यक्रमहरु प्रति सन्तुष्ट छैनन् । नेकपा माओवादीले १० वर्ष युद्ध गरेर जसरी सम्झौताको कसीमा आईपुग्यो । त्यो स्तरसम्म पनि नेत्रलाल र तत्कालिन नेकपा मालेको ऐजेण्डा जनताको पक्षमा नदेखिएको गुरुको बुझाई छ । पछि नेकपा मालेले आफ्ना एजेण्डा निर्णय नै गरेर छोडेको घोषणा गरेको भन्दै गुरुले नेत्रलाल उग्र स्वभावका भएको विश्लेषण गर्छन् ।

दाङ, जेठ ५ । स्थानीय तहको चुनावका लागि खटिएका म्यादी प्रहरीले प्रहरी चौकी मच्छीमा तोडफोड गरेका छन् । प्रहरी र म्यादी प्रहरीबिचको विवाद हुँदा उनीहरुले चौकीमा तोडफोड गरेका हुन् ।
झिमरुक गाउँपालिका अन्तर्गत मतदान केन्द्रमा खटिएका म्यादीलाई प्रहरीले कुटपिट गरेको भन्दै म्यादी प्रहरीले तोडफोड गरेका हुन् । तालिमका क्रममा प्रहरी सहायक निरीक्षकले म्यादी प्रहरी हरि बिक्रम केसीलाई छातीमा हानेको भन्दै म्यादी प्रहरी आक्रोशित भएका हुन् ।
प्रहरी बीचको आपसी विवाद मिलाउन नसक्दा प्रहरी र म्यादी प्रहरीबीच दोहोरो झडप समेत भएको थियो । झडपका क्रममा म्यादी प्रहरीले कार्यालयमा ढुंगामुढा प्रहार गरेपछि झ्यालढोकाका सिसा तोडफोड भएका छन् ।
कुर्सी, बेन्चलगायत प्रहरीका महत्वपूर्ण कागजातमा क्षति भएको छ । घाइते केसीको स्वर्गद्वारी लाइफ केयर हस्पिटल बाग्दुलामा उपचार भइरहेको छ । स्थानीय बासिन्दाको सहयोगमा चौकीलाई थप क्षति हुनबाट जोगाएको बताउँदै प्रहरीले सामान्य विवादमा समेत चौकीमै आगजनी गर्ने हिसावले आक्रोशमा उत्रिएको जनाएको छ ।
नवीन अभिलाषी,
दाङ, जेठ ५ । कृषक समुदायमा सतर्कता तथा सचेतना फैलाउनका लागि कृषि विकास मन्त्रालयले कृषि व्यवस्थापन सुचना प्रणाली लागु गरेको छ । कृषि क्षेत्रमा हुन सक्ने जोखिम न्यूनीकरण र कृषकहरुलाई विभिन्न सुचनाहरु उपलब्ध गराउने उद्देश्यका साथ कृषि विकास मन्त्रालयले जिल्ला कृषि विकास कार्यालयमार्फत् कृषकहरुलाई विभिन्न सामग्रीहरु समेत वितरण गरेको छ ।
दाङका ६३ वटा समूहलाई स्मार्ट फोन, किसान सिम, रेनगेज थर्मोमिटर वितरण गरिएको छ । जिल्ला कृषि विकास कार्यालयले बिहीबार एक कार्यक्रमको आयोजना गरेर कृषि विकास कार्यालयमा दर्ता भई सञ्चालनमा रहेको कृषि सम्बन्धी ३८ वटा समूह तथा सहकारी र जिल्ला पशु सेवा कार्यालयमा दर्ता भएका पशुपालन सम्बन्धी २५ वटा समूह तथा सहकारीलाई एक एक थान सामग्री तथा प्रविधिका उपकरणहरु वितरण गरिएको हो । वितरण गरिएको मोवाइलमा रहेको अप्लिकेसनमा कृषि तथा पशुपालन बारेमा तयार पारिएको जानकारी लिनेछन्, भने जोखिमको समय, मौसमका बारेमा किसान सिममा सुचना प्रवाह गर्ने व्यवस्था मिलाइएको छ ।
जलवायु प्रभावित किसान समुदायकाहरुका लागि कृषि व्यवस्थापन सुचना प्रणालीमार्फत् मौसमी सुचना दिनुको साथै कृषक, कृषक समुदाय तथा सरोकारवालाहरुलाई पूर्व सुचना दिने योजना बनाइएको छ । यो पूर्व सुचना प्रणाली अनुसार कृषिसँग सम्बन्धीत सुचनाहरु प्रवाह गर्ने, किसानको तथ्यपरक निर्णय गर्ने क्षमतामा अभिबृद्धि गर्ने, कृषिका लागि अनुकुलनात्मक मौसमको बारेमा सहि समयमा उपयुक्त सल्लाह सुझाव दिएर कृषि उत्पादनमा बृद्धि गर्ने लक्ष्य लिएको छ । यसरी सरकारले घरमै बसेर किसानहरुले मौसम र कृषि सम्बन्धी जानकारी पाउने व्यवस्था सुरु गरेको हो ।
किसानलाई वितरण गरिएको फोनमा मौसम र कृषि उत्पादन सम्बन्धी सुचनाहरु पाउन सक्नेछन् । कृषकहरुले समयमै आवश्यक सुचना प्राप्त गरी सहि समयमा बाली, लगाउने, मल व्यवस्थापन, सिंचाई, बाली बिरुवाको शत्रु तथा तिनको रोकथाम आदि कुराहरुको सहि निर्णय लिन सहज हुने जिल्ला कृषि विकास कार्यालयका प्रमुख दीपक शर्माले बताउनुभयो ।
कृषि ईन्फो नामबाट पूर्व सुचना प्रणालीअन्तर्गत एसएमएस पठाइने गरिने उहाँको भनाई छ । एसएमएसमार्फत कुन क्षेत्रमा कस्तो बाली लगाउने, कति मल छर्ने, कस्तो बालीमा कस्तो खालको रोग तथा किरा लाग्छ र कसरी रोकथाम गर्नेलगायतका सन्देश पठाइन्छ । यस्तै मोवाइलमै रहेको हाम्रो कृषि भन्ने अप्लिकेसनबाट पनि कृषकहरुलाई आफ्नो व्यवसाय सञ्चालनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यस एपबाट किसानले मौसम, कृषि र प्रविधि, कृषि कार्यालयहरुको सम्पर्क नम्बरहरु, कृषि तथा पशु विमा अभिकर्ता सम्बन्धी जानकारीहरु र अन्य सफलताका कथाहरु समेत राखिएको छ । त्यस्तै खाद्य्यान्न, फलफूल, पशुपालन, तरकारी, तेलहनलगायतका सबै प्रकारका बालीका बारेमा प्रश्न उत्तरको शैलीमा जानकारी राखिएको छ । साथै किसानहरुले पनि आफ्नो जिज्ञासा टोलफ्रि नम्बरमा फोन गरेर सोध्न सकिने व्यवस्था पनि मिलाइएको छ ।
जलवायु प्रकोप समुत्थान प्रकोप सम्बन्धी नमुना कार्यक्रमअन्तर्गत जलवायु प्रकोप समुत्थान कार्यक्रम सन् २०१३ बाट सुरु भएको हो । यो कार्यक्रम नमुनाका रुपमा दाङ सहित २५ जिल्लामा लागु गरिएको छ । यो सुविधाबाट कृषि क्षेत्रमा देखिएको जोखिम कम हुने रामपुर राइटारीका कृषक मनोहरी चौधरीले बताउनुभयो । मौसममा फेलबदल हुने, कतिबेला हुरीबतास चल्छ, हसिना पानी पर्छ, बादल लाग्ने तथा घाम लाग्ने बारेमा मोवाइलबाटै जानकारी पाउने भएपछि त्यहि सुचनाको आधारमा काम गर्दा नोक्सानी कम हुने उहाँको बिश्वास छ ।
बरिष्ठ कृषि विकास अधिकृत दीपक शर्माको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेको प्रमुख आतिथ्यता तथा स्थानीय विकास अधिकारी कुलबहादुर जिसीको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि काफ्लेले सुचना र प्रविधिले कृषकहरुलाई व्यवसाय सञ्चालनप्रति सहज बनाई दिने विश्वास व्यक्त गर्नुभयो । प्रविधि विना अब कुनै पनि व्यवसाय तथा पेसा सञ्चालन हुन नसक्ने भन्दै नेपालको कृषि क्षेत्रलाई पनि प्रविधिमय बनाउन सरकार लागिपरेको जानकारी गराउनुभयो । कार्यक्रममा कृषकहरुलाई उपलब्ध गराइएको प्रविधिको प्रयोग बारे जानकारी समेत गराइएको थियो ।

काठमाडौँ, जेठ ४ । नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति सम्बन्धी विवादका विषयमा आज सर्वोच्च अदालतले पूर्ण इजलासमा सुनवाइ गर्ने भएको छ ।
न्यायाधिशहरु देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्र शमशेर राणा, केदार चालिसे, सपना प्रधान मल्ल, दीपक कार्की, तेजबहादुर केसी र जगदिश शर्माको पूर्ण इजलासले अहिले सुनवाइ गर्ने भएको हो । यसअघि प्रधानन्यायाधिश सुशीला कार्कीले बैशाख १९ गते सुनाउने तयारी गरे पनि उनलाई नै महाअभियोग लगाइएको थियो । सर्वोच्चको भावी फैसलाको पक्षमा बिभिन्न अड्कलबाजीहरु भइरहेका छन् । डीआइजीको पहिलो वरियतामा रहेका नवराज सिलवाल अदालतले आफूलाई न्याय दिनेमा ढुक्क देखिएका छन् ।

काठमाडौं, जेठ ४ – पहिलो चरणको स्थानीय तहको चुनाव अन्तर्गत मतदान भएका चार महानगरपालिकामा अहिले मतगणना भइरहेको छ । काठमाडौं, ललिपुर, भरतपुर र पोखरा लेखनाथ नगरपालिकामा मतगणना भइरहेको हो । पछिल्लो मतपरिणाम अनुसार चारवटै महानगरमा एमालेले अग्रता लिएको छ ।
काठमाडौं महानगरपालिका (मेयर)
एमाले–विद्यासुन्दर शाक्यः ३७८४
कांग्रेस–राजुराज जोशीः २३८३
विवेकशील नेपाली–रञ्जु न्यौपानेः १४२७
साझा पार्टी–किशोर थापाः १०११
ललिपुर महानगरपालिका (मेयर)
एमाले–हरिकृष्ण व्यञ्जनकारः ९४४२
कांग्रेस–चिरीबाबु महर्जनः ९४३२
भरतपुर महानगरपालिका (मेयर)
(एमाले) देवी ज्ञवालीः ६३४३
(माओवादी–कांग्रेस गठबन्धन) रेणु दहालः ४६७०
उपमेयर
कांग्रेस–माओवादी–पार्वती शाहः ५५२८
एमाले–दिव्या शर्मा आचार्यः ५३३९
पोखरा लेखनाथ महानगरपालिका (मेयर)
एमाले–राप्रपाःमानबहादुर जिसीः ७०९६
कांग्रेस–माओवादीः रामजी कुँवरः ६८७४
उपमेयर
एमालेः मन्जु गरुङः ६८०२
कांग्रेसः सरस्वती गुरुङः ६०६९

सम्पादकीय
Loading...