काठमाडौँ, फागुन १६- मधेसी मोर्चामा आबद्ध तमलोपाका सर्वेन्द्रनाथ शुक्ल, सद्भावना पार्टीका लक्ष्मणलाल कर्ण, नेपाल सद्भावना पार्टीकी डिम्पलकुमारी झा, राष्ट्रिय मधेस समाजवादी पार्टीका धर्मेन्द्रकुमार साह लेखी, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)की रुक्मिणी चौधरी, जनता दलका हरिचरण साहसहित ६ दलले संयुक्त रूपमा संशोधन हालेका छन् ।
आजको नयाँ पत्रिका लेख्छ - उनीहरूले पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्म मधेसी समुदाय बाहुल्य क्षेत्र तराईमा पर्नेगरी संशोधन हालेका छन् । झापा, मोरङ, सुनसरी, चितवन र कञ्चनपुर जिल्लालाई पूर्व–पश्चिम राजमार्गका आधारमा पहाड र मधेसमा विभाजित गर्नुपर्ने प्रस्ताव उनीहरूको छ । २ नम्बर प्रदेशमा सुनसरी, मोरङ, झापा र चितवनका तराईसँग जोडिएका गाविस थप्न उनीहरूको प्रस्ताव छ ।
त्यस्तै, प्रदेश नम्बर ४ मा गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, बाग्लुङ, पाल्पा, गुल्मी, अर्घखाँची, रोल्पा, प्युठानसँगै रुकुमका पूर्वी भाग मिसाइनुपर्ने उनीहरूको माग छ । संविधानतः पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा, प्युठानसँगै रुकुमका पूर्वी भाग ५ नम्बर प्रदेशमा छन् । सरकारको संशोधनमा भने यी जिल्लालाई ४ नम्बरमा सारिएको छ ।
त्यस्तै प्रदेश नम्बर ५ मा नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दियासम्म राख्न सरकारी प्रस्ताव आएकोमा मधेसी दलले कैलाली र कञ्चनपुरका केही गाविस मिसाइनुपर्ने संशोधन हालेका छन् । प्रदेश नम्बर ७ का बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी र डडेल्धुरालाई भने यथास्थितिमै राख्न उनीहरूको माग छ ।