मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, फागुन १७ । सिँचाइमन्त्री दीपक गिरीले सरकारको पहिलो काम संविधान कार्यान्वयन भएको बताउनुभएको छ ।

नेपाली काँग्रेस धनौरी गाउँ एकाइ समिति, दाङले सोमबार आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उहाँले त्यसका लागि सरकारले पहिलो खुट्किलो स्थानीय चुनाव घोषणा गरेको पनि बताउनुभयो ।
उहाँले सरकारले तीनै तहको चुनाव तोकिएकै मितिमा गर्ने बताउँदै त्यसको तयारीमा लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो । “सरकार निर्वाचन गर्न कटिबद्ध भएर लागेको छ, स्थानीय स्तरमा पनि चुनावी माहोल बनाउनुहोस्” मन्त्री गिरीले भन्नुभयो ।

उहाँले विगत दुई दशकदेखि स्थानीय चुनाव नहुँदा विकास निर्माणले गति लिन नसकेको भन्दै अब संविधान कार्यान्वयनसँगै देशमा विकासले गति लिने बताउनुभयो । “अब संविधान कार्यान्वयनसँगै देशलाई सम्वृद्धितर्फ लैजानुपर्छ राजनीतिक उपलब्धिसँगै देशमा अब आर्थिक सम्वृद्धि पनि छाउनेछ,” उहाँले भन्नुभयो ।

त्यस्तै, सिँचाइ मन्त्री गिरीले देशका विभिन्न स्थानमा सिँचाइ सुविधा पु¥याउन सरकारले विभिन्न योजना अगाडि सारेको बताउनुभयो । उहाँले बाँझो जमिनमा सिँचाइ सुविधा पु¥याउन आफू लागेको समेत बताउनुभयो ।

Abroad Study
«
Next
»
Previous