निरला अर्याल गैरे,
दाङ, बैशाख ८ । स्थानीय तहमा महिला सहभागीता समबन्धी एकदिने अभिमुखीकरण कार्यक्रम तुलसीपुरमा सम्पन्न भएको छ । उद्दम तथा सामाजिक विकास मञ्च नेपाल दाङको आयोजना तथा निर्वाचन आयोग र सयुंक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहयोगमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
स्थानीय तहमा महिलाको सहभागीताको आवश्यकता, महिलाको सहभागीतामा कसरी सक्रिय बनाउने, महिलाहरु स्थानीय चुनावमा सहभागी हुन किन आवश्यक छ, भन्ने विषयमा उद्यम तथा सामाजीक विकाश मञ्च नेपाल दाङका उपाध्यक्ष विन्जु श्रेष्ठले जानकारी गराउनुभएको थियो । महिलाहरुलाई उचित शिक्षा स्वास्थ्य, समान पहुँच, परम्परागत, र पीतृसत्तात्मक सोच सामाजीक विवेधीकरण जस्ता कुराहरु न्यूनीकरण गर्नुपर्नेलगायतका विषयमा सहभागीहरुलाई तालिम दिएको थियो ।
स्थानीय निर्वाचनमा महिलाहरु उम्मेदवार उठ्दा त्यसको पहुँच कम हुने र विभिन्न किसिमले विभेद गर्ने र पार्टीले टिकट नदिने गरेको, राज्यको सबै निकायमा महिला सहभागीताको कमी प्रचलित ऐन कानुन व्यवहारमा लागु हुन नसक्नु महिलाले गरेका सकारात्मक कामप्रति समाजको दृष्टि कोण नकारात्मक हुनु जस्ता कुराहरुले महिलाहरुलाई हस्तक्षेप गरेको र उम्मेदवारमा वाधा पु¥याएको सहभागीहरुले बताएका थिए ।
मञ्चले तुलसीपुर उपमहानगरपालिकाको वडा नं ५ र ६ का स्थानीय तहका आकांक्षीहरुलाई समावेस गरी अभिमुखीकरण दिएको हो । सो अवसरमा मतदाता शिक्षा समेत दिएको थियो । सो अवसरमा वडा नं ५ र ६ का २६ जना महिला नेतृहरुको सहभागीता रहेको प्रशिक्षकमा उद्यम तथा सामाजीक विकाश मञ्च नेपाल दाङका अध्यक्ष भोला अधिकारी र उपाध्यक्ष विन्जु श्रेष्ठ रहनुभएको थियो ।