मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, बैशाख ८ । प्यूठानको भिंगृमा महिलाको पाठेघर खस्ने समस्याको निःशुल्क शल्यक्रिया शिविर सञ्चालन भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर बाँकेको प्राविधिक सहयोग तथा मध्यपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत, जिल्ला स्वास्थ्य कार्यालय प्यूठान र प्राथमिक स्वास्थ्य केन्द्र भिग्रीको आयोजनामा शिविर सञ्चालन गरिएको हो ।

बिहीबार शिविरको उद्घाटन गर्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले पाठेघर महिलाको महत्वपूर्ण तथा संवेदनशील अंग भएकाले यसको समस्या भएका बिरामीहरुलाई सेवा लिन आग्रह  गर्नुभयो । वैशाख १२ गतेसम्म चल्ने शिविरमा रोल्पा र प्यूठान जिल्लाका पीडित महिलाले स्वास्थ्य सेवा लिने अपेक्षा आयोजकले गरेको छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post