मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

नवीन अभिलाषी,
दाङ, बैशाख १४ । रामपुर सिमलताराकी पवित्रा घर्ती १७ वर्षको पुग्दा उहाँको काखमा १ वर्षिय सन्तान छ । कक्षा ८ मा पढ्दै गर्दा उहाँले भागेर प्रेमविवाह गर्नुभयो । विवाहपछिका दिनमा उहाँको व्यस्तता बढेर गयो घरपरिवारमै । विवाहपछि पढाई पनि टुटेर मात्र गएन । घरपरिवारमा कुरा मिल्न नसकेपछि उहाँ छुट्टिएर बस्नुभयो, श्रीमानलाई कमाउनका लागि भारत पठाउन बाध्य हुनुभयो ।

घोराही बडहराकी गोमा नेपालीको परिवारमा अहिले डेढ वर्षको छोरासहित श्रीमान र आफू गरी तीन जनाको परिवार छ । १७ वर्षकै उमेरमा उहाँले पनि भागेर विवाह त गर्नुभयो । तर, घरमा कुरा मिलेन । टायल निर्माणको काम गर्ने श्रीमानको कमाईको भरमा उहाँले पनि अलग बस्दै आउनुभएको छ । अहिले गोमालाई लाग्छ सरासर पढेको भए उहाँ अहिले ११ मा पढ्दै गरेकी हुनुहुन्थ्यो । तर, उहाँसँग आफ्नो पढाई भन्दा पनि काखमा हुर्किदै गरेको छोराको लालनपालन, शिक्षा दिक्षाका लागि योजना बनाउनु छ । तर, अहिलेसम्म योजना बनाउनुभएको छैन ।

त्यसो त घोराही बडहराकी सीता नेपालीसँग पनि भविष्यका लागि कुनै योजना छैनन् । घरपरिवार चलाउनकै लागि दिन बित्छ । ७ कक्षा पढेकी सीताको श्रीमानले त्यति पनि पढ्नुभएको छैन । तर, सीताको श्रीमानलाई विदेश जानु भने परेको छैन । दैनिक ६ देखि ७ सयसम्म कमाउने भएकाले घरखर्च चलिरहेको छ । ‘कहिलेकाही रिस उठ्छ, र पछुतो पनि लाग्छ ।’ आफूसँगका साथीहरु अहिले कलेज जान्छन् । यो देखेर सीतालाई विवाह गरेकोमा पछुतो लाग्छ । ‘केहि गरेर, पैसा कमाउने भए पनि विवाह गरेको भए हुन्थ्यो भन्ने हुन्छ ।’

विवाहपछि तत्काल सन्तान जन्माउने रहर भने थिएन गोमालाई । परिवार नियोजनका उपायहरु छन् भन्ने पनि थाहा थियो उहाँलाई । तर, सन्तान भयो । अहिले उहाँको काखमा डेढ वर्षको छोरा खेलिरहेको छ । ‘अब आफ्नो भन्दा पनि छोराका लागि भनेर सोच्ने बेला भयो । यसो सम्झिदा त चाडै बुढी भएजस्तो पो लाग्छ । हा हा हा...’ बालविवाह गर्नेहरुले न सन्तानको योजना बनाएको देखिन्छ न त शिक्षालाई नै अगाडि बढाएको देखिन्छ । पछिल्लो समयमा पनि दलित जनजाती समुदायमा बालविवाह रोकिन सकेको छैन । अभिभावकहरुको दवाव भन्दा पनि केटाकेटीको ईच्छा अनुसार प्रेम विवाह गर्ने गरेका छन् ।

दाङलाई बालमैत्री जिल्ला बनाउन बालविवाहले चुनौती थपेको छ । पहिलेको तुलनामा बालविवाह घटेको भए पनि यसलाई निर्मुल गराउन नसक्दा बालमैत्री जिल्लाका रुपमा काम गर्न नसकिएको त्यसक्षेत्रमा काम गर्ने निकायहरुले बताउनुभएको छ । जिल्लादेखि गाविसस्तरमा बनाउँदै आएको बजेट तथा कार्यक्रमहरुमा १५ प्रतिशत बजेट बालबालिकाहरुका लागि खर्च हँुदै आएको छ । धेरैजसो निकायहरुले त्यो बजेट बालविवाह न्यूनीकरणका लागि खर्च गर्दै आएका छन् । तर, अझै पनि बालविवाहमा न्यूनीकरण आउन सकेको छैन । 

Abroad Study
«
Next
»
Previous