भोजपुर, वै शाख १४ । रास– भूकम्प गएको दुई वर्ष पूरा हँुदा पनि भूकम्पपीडितहरूको पूर्ण क्षति भएका निजी आवासको विवरण जिल्लामा आउन सकेको छैन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको ढिलाइकै कारण विवरण आउन ढिला भएको निजी आवास पुनर्निर्माण प्राधिकरण भोजपुरले जनाएको छ ।
निजी आवासतर्फ हालसम्म ४ हजार ९ सय २६ को विवरण आएको छ, भने साबिक ७ गाविससहित १ वटा नगरपालिकाको पूर्ण क्षतिको विवरण आउन बाँकी रहेको प्राधिकरण भोजपुरका फोकल पर्सन धनकुमार राईले बताए । प्राधिकरणमा प्राप्त सम्पूर्ण विवरण राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पठाइसकेको उनले बताए । केन्द्रकै कारण ढिला भएको गुनासो गर्दै उनले भने, ‘कुरा गर्दा दुई दिनमा पठाउँछौं भन्ने जवाफ आएको छ, सायद अबको केही दिनमा आउला ।’
क्षतिको हिसाबले कम क्षति हुने जिल्ला भोजपुरमा गत २९ चैतबाट मात्र पीडितसँग पहिलो किस्ताको अनुदान सम्झौता सुरु गरिएको छ । पहिलो किस्ताका लागि २९ करोड आवश्यक पर्ने भए पनि हाल ५ करोड ७९ लाख निकासा भएको र हालसम्म १ हजार जनासँग पहिलो किस्ताको अनुदान सम्झौता भइसकेको प्राधिकरणले जनाएको छ ।