मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

बर्दिया, चैत २८ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बर्दियाको ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँमा आइतबार राति ११ बजे यात्रु बस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन् । सुदूरपश्चिमको दार्चुलाबाट काठमाडौंका लागि छुटेको ना ६ ख १२२७ नम्बरको रात्रि बसले मोटरसाइकललाई जोगाउन खोज्दा दुर्घटना भएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ ।

बस राजमार्गमै पल्टिएको छ । घाइते धेरैको टाउकोमा चोट लागेको र केहीको हात खुट्टा भाँचिएको प्रहरीले जनाएको छ । घाइते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ । घाइते सबैलाई भुरीगाउँको केपी पोलीक्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लगिएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post