मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौं, चैत २२ ।  आगामी ३१ वैशाखमा तय गरिएको स्थानीय तहको निर्वाचन मिति सार्ने सर्त मधेसी मोर्चाले राखेपछि भइसकेको सहमति भाँडिएको छ ।

सरकारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मागमा लचकता देखाउँदै सहमतिमा हस्ताक्षर गर्न चाहे पनि मोर्चाले निर्वाचन मिति पछि धकेल्नुपर्ने मागसहित थप सर्त राखेपछि सहमति भाँडिएको हो ।


सरकारले यसअघि नै स्थानीय तहको संख्या थप गरिसकेको प्रदेश दुईमा मोर्चाले जनसंख्याको आधार स्थानीय तह पुनः थप गर्नुपर्ने तथा मधेसमा १ लाख मतदाता नामावली छुटेको र केही दल दर्ता हुन पनि बाँकी रहेको भन्दै निर्वाचन मिति सार्नुपर्ने माग अघि सार्दा सहमति हुन नसकेको हो । नजिकिएको सहमति टाढिए पनि मोर्चाले आगामी उसको कदमबारे केही बताएको छैन । आजको राजधानी दैनिकमा खबर छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post