मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

धादिङ, बैशाख १४/ वेपत्ता ताइवानी पर्यटक २१ वर्षीय लाइङ सिंङ युनलाई ५५ दिनपछि जीवितै उद्धार गरिएको छ। उनकी प्रेमिका १९ वर्षीया लिउ चेन चुनलाईको भने उद्धार हुन नसक्दा तीन दिनअघि मृत्यु भएको थियो।

नेपाल घुम्न आएका यी ताइवानी जोडी फागुन २० गतेदेखि धादिङको तिप्लीङ क्षेत्रबाट परिवारसँग सम्पर्कपछि वेपत्ता थिए। वेपत्ता भएको ५५ दिनपछि पर्यटकलार्इ बुधबार धादिङको रुवीभ्यालीस्थित खोला किनारको ओढारमा स्थानीयले फेला पारेका हुन्। परिवार र एसियन ट्रेकिङ एजेन्सीको पहलमा स्थानीयबासीलाई प्रयोग गरी खोजी गर्दा खोलाको अप्ठ्यारो ओढारमा बसेको अवस्थामा युवकलाई गम्भीर अवस्थामा र युवती मृत अवस्थामा स्थानीयले बुधबार बिहान फेला पारेका हुन्।

स्थानीयले खबर गरेपछि युनलाई एसियन ट्रेकिङ एजेन्सीले उद्धारको पहल गरेको थियो। बाटो बिराएर फसेका पर्यटकलार्इ सिम्रिक एयरको सहयोगमा पाइलट सिदार्थ जे गुरुङ र गाइड छिरिङ डेन्डुप भोटेले सफलता पूर्वक रेस्क्यू गरेका हुन्। उनीहरु सिम्रिक एयरका लङलाइट रेस्क्यु विषेशज्ञ हुन्। धादिङको तिप्लिङलगायतका उत्तरी क्षेत्रको दुई हजार मिटरसम्म हिमपात हुदाँ पाङ्गसाङ्ग पासबाट नारचेत खर्क हुँदै सोमदाङ्ग बस्ती झर्न खोज्दा उनीहरु त्याङग्रो भीरबाट हिउँमा चिप्लेर ओढारमा फसेका थिए।

धादिङबाट लाङटाङ जाने क्रममा तेतुङ पास गर्न खोजेका ताइवानी युवायुवती हिमपात फसेपछि वेपत्ता भएको उद्धारमा संलग्न लङलाइन रेस्क्यू गाइड छिरिङ डेण्डुप भोटेले बताए। बिहान १० बजे भेटिएका पर्यटकलाई दिउसो २ः३० बजे सिम्रिक एयर मार्फत् काठमाडौं ल्याइएको हाे। साथीका अनुसार वेपत्ता युवतीको तीन दिनअघि मृत्यु भएको थियो। ५५ दिनसम्म के खाएर बाँचे होला भन्ने जो कोहीलाई प्रश्न उठ्छ। रेस्क्यू गाइड भोटेले उनीहरु करिब दुई सय मिटर तल पहरा छाँगा भएको ओढारमा फसेकाले पानी खाएर बाँचेको हुनसक्ने बताए।

उक्त क्षेत्र एकान्त र कोही जान नसक्ने छ। उनीहरु बसेको स्थानमा रारा चाउचाउका केही खोष्टाहरु देखियो तर अन्य केही सामाग्री थिएन उनले भने। ट्रेकिङ गर्ने क्रममा हिमपातले वेपत्ता भएको भोटेले बताए। लाङटाङ क्षेत्रको ट्रेकिङका लागि अनुमति लिएका यी जोडी बेपत्ता भएको भन्दै भारतमा रहेको ताइवान दूतावासले फागुन २० गते खोजी गरिदिन पर्यटक प्रहरी इकाइमा निवेदन समेत दिएका थिए। लाङटाङ राष्ट्रिय निकुन्जको अनुमती लिए पनि धादिङको तिप्लीङ क्षेत्रमा अन्तिम पटक परिवारसँग कुरा भएको दूतावासले जनाएको थियो। यी दुई युवा युवती बिना गाइड ट्रेक हिँडेका थिए। लाङटाङ राष्ट्रिय निकुन्जमा फागुन १० गते प्रवेश गर्ने अनुमती लिएको कागजात भेटिएको तर त्यस क्षेत्रमा खोजी गर्दा नभेटिएको पर्यटक प्रहरी इकाइका अनुसन्धान अधिकृत दिनेश थापाले बताए।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post