काठमाडौं, वैशाख ७ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले निर्वाचन आयोग जाने भएको छ । राप्रपाले हिन्दुराष्ट्र र संवैधानिक राजतन्त्र चाहिने र नयाँ शक्ति नेपालले आँखा चिन्ह पाउनु पर्ने माग राख्दै आन्दोलन गरिहहेको बेला एमाले निर्वाचन आयोगमा जाने भएको हो ।
देशभर निर्वाचनको क्रममा आचारसंहिता उल्लंघन भएको विषयमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाबसहितको शीर्ष नेतृत्वको टोली निर्वाचन आयोगको कार्यालयमा जान लागेको प्रचार विभाग सचिव विष्णु रिजालले बताए ।