मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

पोखरा, चैत २५ । बिषालु जंगली च्याउको सेवनबाट पोखरामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
बिषालु च्याउको सेवनबाट ६० बर्षीया माइली तामाङ, उनकी कक्षा ११ मा अध्ययनरत १९ बर्षीया छोरी मनमाया तामाङ र माइलीकी जेठी छोरीका कान्छा छोरा सोनम मगरको मृत्यु भएको छ ।

नजिकैको जंगलबाट ल्याएको च्याउ खाएपछि बिरामी परेका पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १७, लामाचौरका तामाङ परिवारका तीन जनाको मृत्यु भएको छ भने एक जनाको गम्भीर बिरामी अवस्थामा राजधानीस्थित कान्ति अस्पतालमा उपचार भइरहेको छ ।


मृतक सोनमका दाइ १२ बर्षीय आयुष मगरको भने गम्भीर अवस्थामा कान्ति बाल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी खडग बहादुर खत्रीले जानकारी दिए । गत चैत १९ गते मनमायाले स्थानीय अकला मन्दिरको दर्शसँगै नजिकैको जंगलबाट ल्याएको च्याउ बेलुकी परिबारका चारै जनाले खाएका थिए । त्यसै दिनदेखि झाडापखाला लागेका उनीहरुले स्थानीय मेडिकलबाट पखालाको औषधि खाएर बसेको प्रहरीले जनाएको छ ।

च्याउको बिषले गम्भीर असर गर्न थालेपछि उनीहरुमध्ये माइलीलाई मणिपाल शिक्षण अस्पताल, मनमायालाई गण्डकी मेडिकल कलेज र सोनमलाई चरक मेमोरियल अस्पतालमा भर्ना गरियो भने आयुषलाई काठमाडौं रिफर गरिएको थियो । माइली र मनमायाको उपचाररत अस्पतालमा हिजो साँझ मृत्यु भएको डिएसपी खड्काले जानकारी दिए । त्यस्तै सोनमको आज मृत्यु भएको उनले जनाए ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post