मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, जेठ ८ । रुकुम उद्योग वाणिज्य संघ रुकुममा ठूलो मात्रामा सामानहरु चोरी भएका छन् । रातीको समयमा चोरले ताल्चा फोडेर उक्त सामानहरु चोरी गरेको कार्यालय सचिव हिरामणी बस्यालले बताउनुभयो ।

उवासंघको तल्लो तलामा रहेका तीन वटै ढोकाहरुमा लगाएको ताला फोडी सामान चोरेको बताइएको छ । उद्योग वाणिज्य संघ रुकुमको कार्यालयबाटै ल्यापटप ४ थान, साउण्ड सिस्टम १ वटा, प्रोजेक्टर १ वटा, क्याल्कुलेटर १ वटा र प्रिन्टर चोरी भएका हुन् । कार्यालयको काम सकेर कार्यालयमै राखिएका करिव ४ लाख बराबरको सामानको चोरी भएको सचिव बस्यालले बताउनुभयो ।

हरेक दिन कर्मचारीहरुले काम सकेर ल्यापटप आफूसँगै लिएर जाने गरेको भए तापनि उक्त दिन पानी परेका कारण सबैले कार्यालयमै छोडेर गएकै दिन चोरी हुनुले रहस्यमय भएको बताइएको छ । केही समय अघि पनि उक्त कार्यालयबाट एउटा ल्यापटप चोरी भएको थियो । जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइएको छ, भने चोरीको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ । एउटै कार्यालयबाट पटक पटक सामानहरु चोरी हुनुले पनि धेरै रहस्यमय भएको कार्यालयले बताएको छ ।


Abroad Study
«
Next
»
Previous