घोराही, जेठ १२ । नेकपा एमाले दाङले आफ्ना वडा अध्यक्षमाथि आक्रमण कांग्रेसको सुनियोजित र पराजित मानसिकता भएको टिप्पणी गरेको छ । एमालेले घोराही–५ धर्ना निवासी विवेक बुढाथोकीलाई कांग्रेसले पहिलेदेखि नै आक्रमणको निसाना बनाएको आरोप लगाउँदै पार्टीकोतर्फबाट उम्मेदवार बनेपछि उहाँलाई डर, त्रास, ज्यान मार्ने धम्की दिनुका साथै सुनियोजित प्रकारले आक्रमण गरेको बताएको एमाले दाङले बताएको हो ।
एमाले दाङका आर्थिक विभाग प्रमुख गेहेन्द्र बस्नेत र पार्टीका घोराही उपमहानगरपालिका ईञ्चार्ज विवेक श्रेष्ठले बुढाथोकी वडाध्यक्षको उम्मेदवार बनेपछि कांग्रेसले विभिन्न वहाना बनाएर गुन्डागर्दी र आपराधिक क्रियाकलापमा संलग्नहरुलाई प्रयोग गरेर उक्त घटना घटाएको बताउनुभयो । उहाँहरुले कांग्रेसी गुन्डाहरुले पेस्तोल, खुकुरी देखाएपछि भाग्दै होटेलभित्र पसेका बुढाथोकी माथि रड प्रहार गरिएको बताउनुभयो ।
गयराति ११ बजे धर्नाको वसन्तपुर चोकमा कांग्रेस कार्यकर्ताले बुढाथोकीलाई पेस्तोल देखाएर आक्रमण गरेको र आक्रमणबाट बुढाथोकीको खुट्टा भाँचिएको बताउनुभयो । ‘पछिल्लो समयमा स्थानीय तहको चुनावलाई लक्षित गरेर कांग्रेसले एमालेसँग रिस साँधेको हो, एमालेले जीत्ने डरले हाम्रो वडाध्यक्ष बुढाथोकीमाथि आक्रमण गरिएको हो’, इञ्चार्ज श्रेष्ठले थप्नुभयो, ‘उक्त घटनाको घोरभत्र्सना एवं बिरोध गर्दछौं । घटनाको सत्य तथ्य छानबिन गरी तत्काल दोषीलाई कडा भन्दा कडा कारबाही गर्न माग समेत गर्दछौं ।’
बुढाथोकीलाई वडाध्यक्षको टिकट दिए लगत्तै कांग्रेसले आपूm हार्ने डरले विभिन्न षड्यन्त्र गरी आपराधिक पृष्ठभुमिका व्यक्तिहरु प्रयोग गरे आक्रमण गर्ने योजना बनाएको र त्यसको श्रृङ्खलाबद्ध घटना बिहीबार राती घटाइएको एमाले नेताहरुको भनाई छ । ईञ्चार्ज श्रेष्ठका अनुसार घाइते बुढाथोकीको नेपालगञ्ज मेडिकल कलेज कोहोलपुरमा उपचार भइरहेको छ ।
यता प्रहरीले बुढाथोकीलाई आक्रमण गर्ने व्यक्तिहरुको पहिचान भइसकेको र खोजी कार्य जारी रहेको जनाएको छ । उनीहरु बस्ने सम्भावित स्थानहरुको पहिचान गरी प्रहरी खटाइएको समेत प्रहरीको भनाई छ ।
