मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

शरद रेग्मी,
दाङ, कार्तिक २८ । अर्थमन्त्री कृष्णबहादुर महराले दाङको एकीकृत विकासका लागि आफू लागि परेको बताउनुभएको छ । तुलसीपुर उद्योग वाणिज्य संघले तुलसीपुरमा आयोजना गरेको अन्तर्क्रियामा बोल्दै महराले दाङको एकमात्र टरिगाउँ विमानस्थल सुचारु, इन्धन डिपो स्थापनालगायत शिक्षा स्वास्थ्य, बाटो तथा अन्तर्राष्ट्रिय विमानस्थलको सम्भावनाका बारेमा आफूले अध्ययन गर्ने अवसर पाएको भन्दै सबै विकास निर्माणका कामहरुमा सम्पन्न गर्ने प्रतिबद्धथा जनाउनुभएको हो ।

दाङ प्रादेशिक राजधानीको एक मात्र बलियो आधार भएको भन्दै यसमा सबै पार्टीहरुले सहयोग गर्नु पर्ने धारणा उहाँले राख्नुभयो । तत्काल स्थानिय निकायको निर्वाचन हुनुपर्ने उहाँले बताउनुभयो ।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजाल, दाङ जिल्ला उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष खड्गबहादुर बुढाथोकीले संयुक्त रुपमा मन्त्री महरालाई ज्ञापन पत्र बुझाउनु भएको थियो । 

Abroad Study
«
Next
»
Previous