लक्की चौधरी,
‘सखिए हो ! माघीक् पिबी गुरी जाँर ...’ (साथीसंगी हो ! माघीमा पिऔंला गुलियो जाँड) यो गीतको श्लोकले माघीको पहिचानलाई अहिलेसम्म भरथेग गर्दै आएको छ । थारु माघी पर्वलाई गैर थारु समुदायले बुझ्ने यत्ति हो । कारण, हामीले यस पर्वको महत्व र नयाँ वर्ष किन ? बौद्धिक वहस गर्न सकेनौं । पर्वको दायरालाई फराकिलो बनाउन सकेनौं । सांस्कृतिक कार्यक्रम र खानपिनलाई मात्र जोड दिएर यसको बहुआयामिकतालाई खुम्च्यायौं । गैरथारुको मानसपटलमा माथिको हरफमात्र झुण्डिएको छ ।
माघी भनेको थारुले जाँर दारु खाने, ढिक्री, मासु परिकार खाएर राम रमाइलो गर्ने पर्वमात्र हो कि भन्ने बुझाई बाहिर छ । तर, माघीको रौनक त्यतिमै सीमित त छैन । नयाँ वर्षकारुपमा मनाइने माघी पर्वलाई किन थारु समुदायले फराकिलो वहस गर्न सकेनन् ? यसका दुईटा कारण छन् । पहिलोः पश्चिमा थारुले बौद्धिक वहस र पर्वको बहुआयामिक पक्षलाई ध्यानै दिएनन् । दिन सकेनन् । रामरमाइलो गरी मात्रै मनाउने प्रयास गरे । दोस्रोः पूर्वीया थारुका लागि यो माघीपर्व खास अर्थ नै राख्दैन । गैर थारु समुदायले जसरी माघ १ गतेलाई माघेसंक्रान्ति मनाउँछन्, त्यतिमात्र हो पूर्वीया थारुले मनाउने । न उनीहरुले बडघर चयन गर्छन्, न गुरुवा, वैदवा, सूचिकार, चौकीदार नै चुन्छन् । पूर्वी थारु समाजमा त्यस्तो कुनै प्रचलन छैन, जुन पश्चिमका थारुले माघीमा गर्छन् । माघीलाई नयाँवर्ष मान्न पनि उनीहरुलाई धौ–धौ छ । कारण, यसको महत्व उनीहरुले बुझ्दैनन् । अहिले महोत्सव ठाउँ ठाउँमा गरेर माघीको महत्वलाई अलि फराकिलो ढंगले पूर्वका थारुले बुझ्ने प्रयास गरेपनि आफ्नै घरमा उनीहरुले पश्चिमका थारुलेझैं माघी मनाउँदैनन् । चाडपर्वमा मीठा परिकार बनाएर खाने त सबैको घरमा हुन्छ ।
एकापसमा रमाइलोका साथै, साथी–भाइबीच भातृत्वप्रेम तथा आदरसम्मान गर्न सिकाउने ‘माघी’ थारु समुदायको नयाँवर्ष हो । नयाँ नीति नियम बनाउने, कार्यान्वयन गर्ने, नयाँ प्रतिवद्धता जनाउने तथा नयाँ कामको जिम्मेवारी बाँडफाँड गर्ने काम माघीमै हुन्छ । यस पर्वले गएको वर्षभरिको कामको समिक्षा समेत गर्छ । जुन काम पूर्वका थारुले गर्दैनन् । एकवर्षे अवधिमा के कति काम भए, के राम्रा भए, के नराम्रा भए । वार्षिक योजना सफल भए कि भएनन् समिक्षा गर्ने चलन बडो राम्रो काम हो । तर यी वहस र समिक्षा सतहीरुपमा हुनेगर्छ गाउँघरमा । छलफलको नाममा रीति पु¥याउनेमै सीमित छ ।
थारु जातिको मौलिकता बोकेको ऐतिहासिक् चाड माघी विकासेपर्व हो । यसले ‘मेरो हैन हाम्रो’ भावनाको विकास गर्छ । पूर्खाको आशीर्वाद, आफूभन्दा ठूलाको आदर र सानालाई मायागर्ने भावनाको विकास गर्छ । वर्षभरिको दुःखसुखका कुरा एकापसमा साटासाट गर्ने, मीठो(मसिनो खाएर आत्मसन्तुष्टि लिने काम यसै पर्वमा हुन्छ । विवाह गरी पराईघर गएका चेलीबेटीलाई उपहार दिने र उनीहरुको सुख–दुःखको कुरा अभिभावकबाट जानकारी लिने काम हुन्छ । चेलीबेटीले आफूले भोगेका समस्या खुलेर राख्छन् र बुबा–आमासँग सुख–दुःखका कुराहरु साटासाट गर्ने अवसर पाउँछन् । वर्षभरि गरिएको मेहनत र प्रगतिबारे एकापसमा जानकारी लिने र समस्याका कुरा एकाअर्कासँग साँटेर मन हलुङ्गो पार्छन् थारु सदस्यहरुले ।
किन गर्ने बौद्धिक वहसः
माघी पर्व किन नयाँ वर्ष ? विभिन्न तर्क गरिन्छ । जुन स्वभाविक लाग्छ । तर माघी पर्वमा देखिएका राम्रापक्षको अनुशरुण र गलत विकृतिजन्य प्रचलनको अन्त्यका लागि पर्याप्त वहसको खाँचो छ । माघी पर्वलाई परम्परागतरुपमै मनाउने कि त्यसको समयानुकुल परिमार्जन गर्ने, आजको वहसले तय गर्नुपर्छ । माघी पर्वमा अहिलेसम्म बौद्धिक वहस भएको उदाहरण छैन । यसपर्वको सकारात्मक र नकारात्मक पक्षबारे औंल्याएर कार्यपत्र प्रस्तुत गरेर वहस भएको पाइदैन । माघीपर्व कसरी शुरुभयो ? किन नयाँ वर्षको रुप लियो भन्ने तर्कपनि किंवदन्तीमै आधारित छन् । ‘पूर्खाले यसो भनेका थिए’ भन्ने आधारबाहेक अन्य वैज्ञानिक तर्क थारु अगुवाहरुसँग छैन । पूर्खाको तर्क एउटा आधार हुनसक्ला । तर, उहिल्यैदेखिको मनाउने यस पर्वमा कैयौं यस्ता परिमार्जनका पाटा खड्किएका छन् । जसलाई आजको वौद्धिक वहसबाटै छिनोफानो गरिनुपर्छ । अहिलेको बदलिदो समय र युवावर्गको मागलाई वहसले नै पूरा गर्नसक्छ ।
थारु हुनु र माघी मनाइनु के सम्बन्ध छ ? के यी सँगसँगै शुरु भए ? माघी पर्वलाई नयाँवर्ष किन ? महिनांैपिच्छे यस्ता पर्व थारु समुदायमा छन् । अरु पर्वलाई किन नयाँवर्षको संज्ञा दिइएन ? यस्ता अनुत्तरित प्रश्न वर्गेल्ती छन्, थारु युवाको मनमा । जसको उत्तर खोज्न वहसको खाँचो छ । थारु समुदाय यसै नेपालको आदीबासी हो । सरकारका प्रशस्त ऐन कानून र नियमहरु छन् । थारुले पनि ती ऐन नियमको पालना गरेकै छन् । फेरि किन गाउँमा अलग बडघरको आवश्कयता प¥यो ? किन गाउँ चल्ने ऐन नियम र कार्यविधि फरक बने ? कहिलेदेखि बने ? अरु समुदायमा किन बनेन ? बेलायतमा मौखिक संविधान रहेजस्तै थारुगाउँको बडघरका निर्देशन र नियम किन मौखिक चलनचल्तीमा रहे ? यी यावत यक्ष प्रश्नको उत्तर खोज्नु आजको बौद्धिक जमातको दायित्व हो । हिजोसम्म समाज अशिक्षित थियो । लेख्ने प्रचलन थिएन । गाउँघरमा गरिने नाटकका हरफ पनि अलिखित थिए । कण्ठ गरेर सुनाइन्थ्यो । थारु गुरुवाले जप्ने मन्त्र पनि सबै अलिखित छन् । किन त्यसो भयो ? के यसको कुनै दार्शनिक सम्बन्ध छ । माघीमा स्नानगर्दा किन पैसा चढाइन्छ ? छोरी चेलीलाई निसराउ दिनुको महत्व के हो ? मेलमिलापको पर्व भन्ने तर माघीमै थारु घर फुट्नुको राज के हो ? यस्ता पक्षसमेत बौद्धिक वहसमा उठाइनुपर्छ । जुन आजका युवाले शुरुवात गर्नुपर्छ ।
मयल पखाल्ने पर्वः
माघी पर्वमा थारु समुदायका सदस्यहरु सकेसम्म अनिवार्य स्नान गर्छन् । तनमन सफा स्वच्छ बनाएर पूर्खाको आशीर्वाद लिन्छन् । माघेसंक्रान्तिका दिन नदी, पोखरी तथा जलासयमा गएर नुहाउँदा जानीनजानी काम गर्नेबेला वर्षभरि गरेको पाप र शरीरको मयल पखालिन्छ भन्ने विश्वास छ । अरुदिन निःशुल्क भएपनि त्यो दिन सःशुल्क स्नान गर्छन् थारुहरुले । जलदेवतालाई पैसा चढाएरमात्र नुहाउने चलन थारु समुदायमा छ । माघीलाई थारु समुदायले मिलनको पर्व मान्छन् । रिसराग त्याग्ने र नयाँ सम्बन्धको सुरुवात गर्ने पर्वकारुपमा लिन्छन् । स्थान गर्दा शरिरको मयल मात्र पखालिने होइन । मान्छेभित्र रहेका गलत भावना, रिस, क्रोध, अहम्ता सबैचिज पखालिन्छ । एकाअर्काबीचको दुश्मनी, वैमनस्यता र रिसरागको अन्त्यगरी नयाँ सम्बन्ध, भातृत्व निर्माण हुने विश्वास गरिन्छ । त्यसैले पनि यस माघीपर्व थारु समुदायका लागि विशेष महत्व राख्छ ।
माघेसंक्रान्ति मकरसंक्रान्तिसँगै पर्छ । माघ १ गते अशुभ काम गरिदैन । थारुहरु पुसको अन्तिम दिन नै मासुकालागि सुंगुर–बंगुर जीताकोरुपमा मार्छन् । मासुको लागि जीता भरसक गाउँबाटै खोज्ने चलन छ । सम्भव नभए अन्य गाउँठाउँमा गएर पनि सुंगुर–बंगुर खरिदगर्ने चलन छ । गाउँको भलमन्साको घरमा सामुहिक जम्मा भई मासु काटेर भाग लगाई वितरण गरिन्छ । मासु खान पाइने हुनाले सो दिन गाउँघरका केटाकेटीहरु निकै फुरुङ्ग हुन्छन् । माघेसंक्रान्तिका दिन गेडागुडीका चोखो चिजबस्तुहरु घरमा बनाई खाने प्रचलन छ ।
नयाँ नेतृत्वकर्ता चयन
देशको नेतृत्व प्रधानमन्त्रीले गरेजस्तै, थारुगाउँको नेतृत्व एकजना बडघरले गर्छ । जस्लाई थारु समुदायले माघीमै लोकतान्त्रिक प्रक्रियाबाट चयन गर्छन् । गाउँको नेतृत्व कसलाई दिने, उसको पारिश्रमिक कति तोक्ने ? निक्र्यौल गर्छन् । गाउँको नेतृत्वकर्ता (बरघर) गाउँको पूजारी (चिरक्या) र हुलाकीको कामगर्ने (चौकीदार) को नयाँ व्यवस्था गरिन्छ । उनीहरुको वर्षभरिको पारिश्रमिक र जिम्मेवारी गाउँघरका सदस्यहरुको सामुहिक बैठकले तोक्छ । घरको नेतृत्वकर्ता एकजना घरमुलीको पनि चयन गरिन्छ । वर्षभरिको घरको नाफानोक्सानको समिक्षा गरी चित्तबुझ्दो भए घरमुली पुनः एक वर्षकालागि पुनरनियुक्त गर्ने, नभए अर्को व्यवस्था गर्ने प्रचलन छ । घरको अनुशासन कायम घरमुलीले गर्छ भने गाउँको अनुशासन बरघरले । बर्षभरिको कामको जिम्मा लिएको बरघरले काम चित्तबुझ्दो नगरे छलफलबाटै उसलाई बीचैमा परिवर्तन गर्नसक्ने विकल्प पनि खुला हुन्छ । गाउँको साझा नीतिनियम बमोजिम निर्वाचित पदाधिकारीले काम गर्नुपर्ने हुन्छ । माघीदेखि थारुहरुको नयाँ खाताको सुरुवात हुन्छ । तिर्नुपर्ने ऋणहरु चुक्तागर्ने र नयाँ कामको प्रारम्भ गर्छन् । कुलोपानीको उचित व्यवस्थापनको प्रबन्ध मिलाउँछन् । थारुहरु बरघर छनौटगर्दा गाउँको जो सक्षम छ त्यही व्यक्तिको चयन गर्छन् । पुरुष या महिला जो भएपनि हुन्छ । थारु गाउँमा महिलाहरु बरघर हुने प्रचलन उहिलेदेखिको हो । तर संख्यात्मकरुपमा महिला बरघर भएको निकै कम उदाहरण छ । केही गाउँमा गैरथारु पनि बरघर भएका छन् ।
चेलीबेटीलाई निसराउ
माघीमा थारुहरु आफ्ना चेलीबेटीलाई गच्छअनुसार उपहार टक्र्याउँछन् । चेलीबेटीका लागि नछुट्याएसम्म आफू केही खाँदैनन् । कुखुरा बासेपछि शुद्ध जलाशयमा स्नानगरी घरआएर चेलीबेटीका नाममा नुन, चामल, दाललगायतका खाद्यान्नहरु छुट्याएर बाँकी कामको शुरुवात हुन्छ । त्यसको अतिरिक्त नगद, लत्ताकपडा तथा अन्य सामग्री पनि चेलीबेटीलाई उपहारको रुपमा दिइन्छ । विवाहगरी अर्काको घरमा गएका चेलीलाई मात्र सो सामान उपहारस्वरुप दिने प्रचलन छ । जसलाई थारुमा ‘निसराउ’ भनिन्छ । माघीको निसराउ नपाए चेलीबेटीहरु आफू माइतबाट उपेक्षितभएको महशुस गर्छन् । उपहारले आफ्ना चेलीबेटीसँगको सम्बन्ध सुधारमा ठूलो महत्व राख्छ । तर, अहिले सो उपहारलाई समानतासँग तुलनागर्न थालिएको छ । महिला–पुरुष बरावरीको नाराले सधैंभरि चेलीबेटीलाई माइतीवालाले उपहार दिनुपर्ने पक्षमा प्रश्नचिन्ह लगाउन थालिएको छ । आर्थिक अवस्था दयनीय रहेका माइतीले पनि चेलीबेटीलाई उपहार दिनुपर्ने बाध्यात्मक परिपाटीलाई बदल्नुपर्ने आवाज उठ्नेगरेको छ । निसराउ दिने प्रचलन सांकेतिक सहयोग हो । विवाहबारीमा थारु समुदायले चेलीबेटीलाई कुनै दाइजो दिंदैनन् । दिने प्रचलन छैन । चेलीबेटीले पनि माइतीलाई कज्याएर दाइजो माग्दैनन् । सामान्य खर्चले विवाहबारी सकिन्छ । तर माइतीपक्षकाले समस्या परेकाबेला आफ्ना चेलीबेटीलाई जस्तोसुकै सहयोग गर्न अघि सर्छन् । घरका सदस्यहरुबीचको नाता र माया अटुट रहेको प्रमाणित गर्न कुनै कन्जुस्याई गर्दैनन् । यही थारु समुदायको उदाहरणीय पक्ष हो ।
साताभरी राम–रमाइलो
पुसको अन्तिम दिनबाट सुरु हुने माघीपर्व करिब एक हप्तासम्म मनाइन्छ । पहिलो दिन माघेसंक्रान्ति, दोस्रो दिन खिचडीभात पकाइखाने ‘खिच्रहुवा’ को रुपमा मनाइन्छ । त्यसपश्चात् साताभरि नाचगान गरी रमाइलो गरिन्छ । गाउँमा केटाकेटी, उमेरले अधवैसे तथा बुढाबुढीको अलग–अलग समूह बनाई नाच्छन् । सामुहिक नाचले गर्दा हप्तादिनसम्म गाउँ नै गुञ्जयमान हुन्छ । माघीमा मघौटा, छोक्रा, हुरडंग्वा, झुमरालगायतको नाच नाचिन्छ । नाचमा नचनियाँहरुले जाँडकोझोल र रक्सी प्रसादकोरुपमा पिउँछन् । जसलाई थारुमा ‘छाँकी पिलाएको’ भनिन्छ । नाचेबाफत दक्षिणा असुली त्यसलाई विकास निर्माणको काममा लगानी गर्ने प्रचलन छ । यसोगर्दा एकातिर सामाजिक सदभाव पनि कायम हुन्छ, अर्कोतिर संस्कृतिको जगेर्ना पनि हुन्छ । मनोरञ्जन बाहेकका बाँकी समय हरहिसाव तथा नेतृत्व छनौटगर्ने काममा लगाउँछन् । नाच नाच्दा मादले र नाच्नेको अनिवार्य व्यवस्था गरिन्छ । थारुहरु माघीको अतिरिक्त, दशैं, तिहार, होली, अतवारी, जितिया, सिरुवा, कृष्णाष्टमी, गुरिया, छठ, भजहर लगायतका चाडहरु धुमधामसँग मनाउँछन् ।
दासदासी जीवनको अन्त्य
बिगतमा माघी थारुका लागि अभिसापजस्तै थियो । ठूलाबडा जमिन्दारको घरमा थारु सदस्यहरुलाई कमैया र कम्लहरी राख्ने प्रचलन माघीबाटै शुरु हुन्थ्यो । एउटा कमैयालाई छारागर्ने र अर्कोलाई पशु किनेजस्तै खरिदगरी दासीजिवन जिउन बाध्य पारिन्थ्यो । वि.सं. २०५७ साल साउन २ गते तत्कालिन सरकारले कमैयालाई मुक्त घोषणा ग¥यो । २०७० साउन ३ गते कमलहरी प्रथा अन्त्यको घोषणा ग¥यो । तर त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । अरुको घरमा सानैदेखि निकै थोरै ज्यालामा कामगर्ने चेलीबेटीलाई कम्लहरी भनिन्छ । यिनीहरुलाई दासदासीकोरुपमा काम लगाइने गरिन्छ । कैयौंको यौनशोषण पनि भइरहेको छ । सरकारले कमैया, कमलरी राख्न नपाउने, राखेमा कानूनबमोजिम दण्डित गर्ने ऐन नियम बनाए पनि त्यसको कार्यान्वयन व्यवहारमा फितलो छ । कानूनको कार्यान्वयन गर्ने निकायमा बसेकाहरुले नै आफ्नो घरमा कमैया कमलरी राख्न थालेपछि त्यसको कार्यान्वयन कमजोर बनेको हो ।
रुपान्तरण आवश्यक
थारु समुदायमा जाँड र दारु नभए पाहुनाको सत्कार हुँदैन भन्ने बुझाई छ । जुन अहिलेको सन्दर्भमा उपयुक्त छैन । इष्टमित्र तथा पाहुनालाई सत्कार र स्वागत गर्ने अन्य विकल्प तमाम छन् । थारुको देवताले पनि जाँड र दारु लिन्छन् भन्ने भ्रम सिर्जना गरिएको छ । त्यस्ता विकृतिलाई हटाई त्यसलाई सुधार्नुपर्ने खाँचो छ । कैयौंले जाँरदारुको ठाउँमा मिठाई, लवाङ, अछेताले पूजापाठ गर्न शुरु गरेका छन् । यसलाई सुधारको सुरुवातकोरुपमा चर्चागर्न सकिन्छ । विस्तारै यसलाई विस्तार गरी देवीदेवता पूजागर्ने प्रचलन र सामग्रीमा रुपान्तरण आवश्यक छ ।
संयुक्त परिवारमा बस्ने थारुहरु भाइ–भाइ छुट्टिनु परेमा माघीलाई नै गन्तव्य बनाउँछन् । जसले माघीपर्वको महत्वमाथि नै प्रश्नचिन्ह लगाउँछ । एकातिर नयाँ वर्षको रुपमा चाडलाई मनाउने अर्कोतिर ‘भाइफुटे गँवार लुटे’ नेपाली उखानलाई चरितार्थ गर्नेकाम उचित छैन । सुधारको खाँचो छ । माघी पर्वबाटै आफ्ना छोरीचेलीलाई स्कूल पढाउन छाडेर अर्काको घरमा भाँडा माभ्mने काममा लगाउने गलत परम्परा छ । दासदासी जीवनको अन्त्यकालागि थारुले आफ्नै घरबाट त्यसको सुरुवात गर्न सक्नुपर्छ । परिवारका सदस्य पाल्ने अन्य जुूिक्त निकाल्नु पर्छ । आर्थिक अवस्था कमजोर भएका परिवारका अभिभावकले छोरीचेली पाल्नकै लागि अरुको घरमा कमलरी बनाउनु कुनै अर्थमा ठीक छैन । सानो समस्या र गल्तीले दासदासी प्रथालाई आफैले प्रोत्साहन गर्ने परिपाटीको अन्त्य गर्नैपर्छ ।