मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दीप्तिशीखा चौधरी,
दाङ, पुस २९ । माघी पर्वका लागि चाहिने तरुल गञ्जी किन्नेहरुको बजारमा भिड लाग्ने गरेको छ । अघिपछि खोज्दा पनि नभेटिने बस्तु बजारका चोक चोकमा थुप्रिएका छन् ।

तुलसीपुर बजारको विपी चोकमा तरुल गञ्जी बेच्दै गरेका तुलसीपुर–५ साधना टोलका ४७ वर्षिय खिमबहादुर बुढा मगर दिनमा ५ देखि ६ हजारसम्म आम्दानी गरेको बताउनुहुन्छ । देउखुरीबाट ३५ देखि ३६ रुपैयामा खरिद गरी यहाँ ५० देखि ६० रुपैयाँसम्म बिक्री गर्ने गरेको उहाँले बताउनुभयो ।

त्यस्तै तुलसीपुरकै ३५ वर्षिया सरस्वती बिक पनि दिनमा ६ देखि ७ हजार रुपैयासम्म आम्दानी गरेको बताउनुहुन्छ । गएको वर्ष गञ्जी र तरुल मात्र बेचेर १० हजारको आम्दानी गर्नुभएकी बिक यो वर्ष अली कम बिक्री भएको बताउनुहुन्छ । माघी पर्व आउन एक हप्ता बाँकी हुँदै व्यापारीहरु तरुल बिक्रीबाट नै आम्दानी धेरै गरेको बताउनुहुन्छ ।

त्यस्तै कुनै व्यापारीले व्यापारीपिच्छे मूल्य पनि फरक–फरक भएकै कारण आफ्नो आम्दानी कम भएको गुनासो गरेका छन् । कुनै व्यापारीले १२० रुपैयामा वन गञ्जी बेच्ने गरेका छन्, भने कुनै व्यापारीले १ सय १० रुपैयामा किनबेच गरेका छन् । चोकचोकमा गञ्जी तरुलको मूल्य फरक फरक छ । त्यस्तै सेतो तरुलको मूल्य कतै ४० रुपैया प्रतिकिलो बिक्री गरेका छन्, भने कोहि व्यापारीले ५० रुपैया प्रतिकिलो बिक्री गरेका छन् । त्यस्तै रातो तरुल १ सय २० देखि १ सय रुपैया प्रतिकिलो किनबेच भइरहेको छ ।

Abroad Study
«
Next
»
Previous