नवीन अभिलाषी, उनलाई देखेर दुःख पनि डरायो । समयले पनि हार मान्यो । उनी जहाँ–जहाँ हिडे, त्यहाँ–त्यहाँ एउटा फराकिलो बाटो बन्दै गयो । जब उनी १९९७ सालमा यो धर्तीलाई पहिलो पटक छोए । यो धर्तीको एउटा सानो भुगोल आफैमा बलियो बन्यो । तर, गिरिराज शर्माको यो जन्ममिति सत्य हो होइन, उनी आफैले जान्दैनन् ।
जस्ले उनलाई संसारमा ल्याई पु¥यायो–आमा । उनले आमालाई आमा पनि राम्रोसँग भन्न नपाउँदै गुमाउनु प¥यो–तीन वर्षको हँुदा नै । बाउको छहारी पनि उनले पाएनन् । लामो समय । उनी आठ वर्षको उमेरको उकालो लाग्दै गर्दा बाउलाई पनि गुमाउनु प¥यो । उनले आफ्नो जन्ममिति अरुबाट थाहा पाए । १९९७ जेठ १५ गते घोराहीकै मसिनामा उनी जन्मिएका हुन्–उनी ।
यो ७६ वर्षको उमेरसम्म आई पुग्दा उनी कहिले एक्लो भए कहिले साहरा पाए । अहिले उनको धेरैजसो साथीहरुले यो संसारबाट विदा लिए । एकलासमा बसेर सोच्दा अब आफ्नो पालो पनि आएछ भन्ने सम्झिदा उनलाई पीडाबोध हुन्छ ।
रुप्पेको सय दाना सुन्तला किनेका मान्छे हुन्–गिरिराज । मेला पर्वमा उनले रमाइलो गरे । तर, त्यो भन्दा बाहिर दुःख र अभाव थियो–उनी सँग । उनको पहिलो शिक्षाको यात्रा अलि पछि सुरु भयो । जनता महाविद्यालयमा उनले पहिलो पटक संस्कृत शिक्षा दिदीको घरमा बसेर पढ्न सुरु गरे । २०१६ सालमा उनी भरतपुरको कक्षामा ८ मा पढ्थे । भुगोल विषय बढाउने ईण्डियन शिक्षक थिए । एकदिन उनले विद्यार्थीहरुले सोधे मिसिसिपि मिसउरा नदी कहाँ पर्छ ? २८ जना विद्यार्थीहरुमध्ये त्यो प्रश्नको जवाफ कसैले जानेनन् । ती शिक्षकले ‘आप लोग हिमालयका खच्चड हो’, भने । राष्ट्रियतालाई लिएर अपमान गरेको सही नसकेपछि गिरिराज शर्मालगायतका केहि विद्यार्थीहरुले शिक्षकको कक्षा बहिस्कार गरे । बहिस्कार मात्र गरेनन् । कक्षा कोठाबाट झोला भिर्दै गिरिराजले जवाफ फर्काए ‘तुम ईण्डियन गधे हो ।’
त्यसको परिणति उनले विद्यालयबाट निकालिनु प¥यो । रेस्टिगेट गरिएको कागज समेत उनले च्यातेर जलाए । त्यसपछिको शैक्षिक यात्रा बनारसमा भयो । त्यो समयमा केहि पत्रिकाहरु जिल्लामा भित्रिने गथ्र्यौं । नारायणप्रसाद शर्मालगायतको संगतले पनि शर्मालाई सचेत र आत्मविस्वासी बनायो । शान्त स्वभाव तर आत्मिक रुपले विद्रोही ।
गिरिराज शर्माको जीवनका करिव ६० प्रतिशत आयु अध्यापनमा बित्यो । जीवनका महत्वपूर्ण वर्षहरु उनले अरुलाई शिक्षा दिनमा बिताए । अर्घाखाँचीमा उनले पहिले पटक पढाउन पुगे । २०१८ सालदेखि अध्यापन सुरु गरेका उनले अर्घाखाँचीको एक प्राविको प्राध्यानाध्यापक भएर काम गरे । २०२५ पछि नारायणपुरमा बसेर उनले अध्यापन गरे । नेत्रलाल अगागी हेडमास्टर भएको विद्यालयमा उनी निमावि तहको शिक्षक भए पनि १० कक्षा सम्म पढाउँथे उनले । उनले नाम लिन्छन् राधा शाह, अमर डाँगी, यज्ञ डाँगी, दामोदर अधिकारी, विमला योगी भगिरथ योगीहरु उनको चेला हुन् ।
उनले दाइजो भित्राएनन् । किनकी दाइजो ल्याउने र राख्ने घरबास नै थिएन । २०१८ साल फागुनको २५ गते उनले तौलिहवाबाट विवाह गरे । त्यो भन्दा अगाडि लप्पनछप्पनको बाटै थाहा भएन । जीवन र माटोप्रतिकै प्रेमले सधँै जितिरह्यो । देशको माया कति हुन्छ भन्ने हुन उनले पढाईको शिलशिलामा ५ वर्ष बनारस पढ्दा थाहा भयो ।
विद्यार्थी जीवनमा राजनीतिको पाटो महत्वपूर्ण रह्यो उनको । लेखनको कारण उनले दुई वर्ष हिरासतमा बस्नु प¥यो । पञ्चायति व्यवस्थालाई धरासायी पार्नुपर्छ भन्ने योजनाको साथमा उनले कांग्रेसका पर्चाहरु पनि बोके । पटक पटक गिरफ्तारीमा परे ।
गिरिराज शर्माको साहित्यिक यात्राको कुरा गर्दा रामजी गौतमको पनि कुरा गर्नुपर्छ । रामजी गौतमले घोराही पढ्थे भने शर्मा विजौरीमा संस्कृत पढ्थे । रामजी र गिरिराज शर्माले एक अर्कोलाई झ्याउरे गीतबाट चिठ्ठी लेख्थे । यसरी उनको जीवनमा साहित्यिक यात्राले बामे रह्यो । अहिलेसम्म आईपुग्दा उनले आधादर्जन भन्दा बढी कृतिहरुको सर्जक हुन् । नारायणपुर हाई स्कुल पढ्दा उनको दाउरेनी खण्डकाव्य २०२८ सालमा लेखेका थिए । त्यो समय प्रशासनको स्वीकृति विना प्रकाशन गर्न नपाइने व्यवस्था थियो । उनको त्यो खण्डकाब्यको पाण्डुलिपि पनि प्रशासनले जफत ग¥यो । उनले त्यो पाण्डुलिपीलाई २०४६ साल पछि मात्र प्रकाशन गर्न पाए ।
आज उनको अनुहार चाउरियो । तर, विचार चाउरिएन । उनले नेपाली बामपन्थी राजनीति, प्रगतिशील साहित्य, शिक्षाको विकास र सामाजिक चेतनाका लागि पु¥याएको योगदानलाई कम आकलन गर्न सकिन्न । उनी अहिले पनि एक दर्जन बढी सामाजिक संघसंस्थाहरुमा क्रियाशील छन् । अहिलेसम्म उनले राष्ट्रियस्तरका सयौैं, पुरस्कारहरुबाट विभुषित भएका छन् । र सम्मानित भएका छन् ।
उनी कसले लेख भनेर लेख्ने र नलेख भनेर नलेख्ने लेखक होइनन् । जब लेखिसकेपछि आत्मसन्तुष्ट हुन्छ त्यो जीवनको सन्तुष्ट हो भन्न उनको धारणा हो । सार्थक जीवन मात्र जीवन हो । जीवनलाई सार्थक बनाउने साधन ज्ञान र कर्म हो । ज्ञान जीवनका चरण चरण अनुसार फरक हुन्छ । उनले अहिले पनि आफूलाई बढी भन्दा बढी अध्ययनमा क्रियाशील राख्छन् । युवाहरुसँग मन पराउँछन् ।