शरद रेग्मी,
तुलसीपुर, फागुण १७ । दाङको तुलसीपुरमा जारी क्लिन तुलसीपुर ग्रीन तुलसीपुर सरसफाई अभियान मंगलबार २८ औं हप्तामा प्रवेश गरेको छ । मंगलबारको सरसफाई अभियानको नेतृत्व दाङमा भर्खरै मात्र गठन भएको वेटर नेपाल संस्थाले गरेको छ ।
तुलसीपुर उद्योग वाणिज्य संघ र तुलसीपुर नगरपालिकाको मुख्य आयोजना तथा दर्जनांै सामाजिक संघसंस्थाहरुको सहकार्यमा सञ्चालन भइरहेको सरसफाई अभियानले तुलसीपुरको फोहोर व्यवस्थापनमा उल्लेखनिय योगदान पु¥याउन लागेको सरसफाई अभियानका संयोजक एवं तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले जानकारी दिनुभयो । साथै उहाँले यो अभियान सबै नगरबासीको स्वास्थ्य र सरसफाईसँग गाँसिएको हुँदा सबैको सहयोग अपरिहार्य रहेको बताउनुभयो ।
मंगलबार विरेन्द्र चोकदेखि ‘ख’ लाइन हँुदै बाहिनी चोकसम्म सरसफाई एवं घरदैलो गरिएको उहाँले जानकारी दिनुभयो । सरसफाई कार्यक्रममा वेटर नेपालका कलाकारहरुले प्रस्तुती समेत राखेका थिए । कार्यक्रमको सहजीकरण संघका महासचिव नेत्रलाल वलीले गर्नुभएको थियो ।