दाङ, फागुण १७ । दाङका कुनै पनि क्याम्पसमा स्ववियु निर्वाचन नहुने भएको छ । निर्वाचनका लागि आवश्यक कामको तयारी नभएपछि जिल्लाका रहेका ६ वटा क्याम्पसहरुमा स्ववियु निर्वाचन नहुने भएको हो ।
जिल्लामा रहेका महेन्द बहुमुखी क्याम्पस, राप्ती बबई क्याम्पस, देउखुरी क्याम्पस, जनता विद्यापीठ, केन्द्रीय आयुर्वेद विजौरी केन्द्रीय क्याम्पस बेलझुण्डीमा स्ववियु निर्वाचन नहुने पक्का भएको क्याम्पस प्रशासनहरुले जनाएका छन् ।
यसैबीच जिल्लामा रहेका क्याम्पस प्रमुखहरुसँग प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले छलफल गर्नुभएको छ । भोलि हुने निर्वाचनका विषयमा क्याम्पस प्रमुखहरुलाई छलफलमा बोलाएको र निर्वाचनका बारेमा छलफल भएको प्रमुख जिल्ला अधिकारी काफ्लेले जानकारी दिनुभयो ।
यसैक्रममा महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा स्ववियु निर्वाचन नहुने क्याम्पस प्रशासनले जनाएको छ । स्ववियु निर्वाचन समितिको मंगलबार बसेको बैठकले त्रिभुवन विश्वविद्यालयले तोकेको समयमा निर्वाचन गराउन नसकिने निर्णय गरेको हो । विभिन्न विद्यार्थी संगठनहरुको निरन्तर क्याम्पसमा तालाबन्दी हुँदा त्रिविले तोकेको समयमा निर्वाचन गर्न नसकिएको निर्वाचन समितिले जनाएको छ ।
क्याम्पसमा विद्यार्थी संगठनहरुसंग विभिन्न समयमा भएका वार्ता छलफलबाट कुनै निकास निस्कने नसकेकाले निर्वाचन हुन नसकेको निर्वाचन समितिको भनाई रहेको छ । जिल्लामा क्रियाशील विद्यार्थी संगठनहरुले तत्काल निर्वाचनको वातावरण तयार पार्न आग्रह गरेका छन् । तोकिएकै समयमा निर्वाचन हुन नसकेको भन्दै विद्यार्थी संगठनहरुले स्ववियु निर्वाचनका लागि वातावरण तयार गर्न क्याम्पस प्रशासनसँग माग गरेका हुन् ।