मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौं, फागुण १६ । नेपाली कांग्रेस भित्र सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच थप विवाद चर्कने संकेत देखिएको छ । विभिन्न देशमा सिफारिस भएका राजदुतको निर्णय फिर्ता लिएर केन्द्रीय समिति बैठकमा छलफल गर्नु पर्ने भन्दै पौडेल पक्षले लिखित रुपमा गरेको आग्रहलाई सभापति देउवाले सिधै अस्वीकार गरेपछि थप विवाद चर्कने संकेत देखिएको हो ।

सभापति देउवाले राजदुत नियुक्तिको विषयमा पुनर्विचार गर्न नसकिने स्पष्ट पारेका छन् । यसबारे केन्द्रीय समिति बैठकमा छलफल पनि हुन नसक्ने उनको भनाई थियो । देउवाले राजदुत नियुक्तिको विषय पार्टी भित्र कहिल्यै छलफल नभएको र अब पनि हुनै नसक्ने जिकीर गरे । पौडेल पक्षले राजदुत नियुक्तिको विषय सच्याउनु पर्ने माग गर्दै केन्द्रिय कार्य समितिको बैठक बोलाउन सभापति देउवासँग हिजो लिखित रुपमा माग गरेको थियो ।

संविधान संसोधनमा एमाले पनि सहमत हुने देउवाको दावी
नेपाली कांग्रेसले संविधान संसोधनमा नेकपा एमाले पनि सहमत हुने दावी गरेको छ । एमालेले संविधान संसोधनको औचित्व नभएको भन्दै संसोधनमा समर्थन गर्न नसकिने बताइरहेका बेला कांग्रेसले एमाले पनि सहमतिमा आउने दावी गरेको हो । त्यसका लागि संशोधन विधेयक पारित गराउन कांग्रेसले पहल गर्ने बताएको छ ।

तराई मधेसबाट प्रतिनिधित्व गर्ने पार्टीका सांसदसँग संसदीय दलको कार्यालय सिंहदरवारमा भएको छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवाले विधेयक पारित गराउन पहल गर्ने बताएका हुन् । देउवाले पार्टीले संविधान संशोधन विधेयकका पक्षमा गरेको निर्णयमा कुनै हेरफेर वा परिवर्तन नगर्ने पनि स्पष्ट पारे ।

देउवाले पार्टीको आधिकारिक निर्णयलाई आत्मसाथ गर्दै व्यक्तिगत हल्लाका पछि नलाग्न पनि आग्रह गरेका छन् । बैठकमा मधेसबाट प्रतिनिधित्व गर्ने कांग्रेसका सांसदले संविधान संशोधान विधेयक पारित नभए मधेशमा खुट्टा टेक्ने ठाउँ नहुने चेतावनी दिएका छन ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post